Trending Tags

मुख्य समाचार

    Showing ११-२० of ७,६१७ items.
  • कोरोना संक्रमित बढे पछि टेम्केमैयुङ गाउँपालिकाका सम्पुर्ण बिद्यालय बन्द

     भोजपुर । कोरोना संक्रमितको संख्या बढे पछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पुर्ण बिद्यालय बन्द गरिएको छ । शिक्षक , बिद्यार्थी र अभिभावकलाई कोरोना पोजेटिभ भए पछि ६ दिनका लागि गाउपालिका भित्रका सबै बिद्यालय बन्द गरिएको हो । गाउँपालिकाको निर्णय अनुसार मंगलबार श्रावण २४ देखि २९ गते सम्म सम्पूर्ण बिद्यालयहरु बन्द गरिएको गाउपालिकाका शिक्षा शाखा प्रमुख राजन ढकालले बताए । अन्नपुर्ण , कोट , गोगने लगाएत बिद्यालयका शिक्षक र बिद्यार्थीहरुमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । ढकालका अनुसार अधिकाशं विद्यार्थिहरुमा रुघा लाग्ने , ज्वरो आउने , टाउको दुख्ने लगाएत लक्षण देखिएकाले पठन पाठन बन्द ग

    • प्रकाशित मितिः श्रावण २५, २०७९
    • ८४ पटक पढिएको
    • सन्देश किराती
  • ल्यावै नदेखी इन्जिनियर बन्छन् पूर्वाञ्चल क्याम्पसका विद्यार्थी

    विजयपुर । आभास शर्मा मेकानिकल इन्जिनियरिङका विद्यार्थी हुन् । उनी इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पूर्वाञ्चल क्याम्पस धरानमा चौथो वर्षमा अध्ययनरत् छन् । मेकानिकल इन्जिनियरिङमा ४ वर्षको ८ सेमेष्टरमा ४८ वटा विषय पढाइ हुन्छ । ४८ मध्ये कम्तिमा ४० वटा विषयको ल्यावमा प्राक्टिकल गर्नु पर्दछ । तर, ल्यावमा प्रयोग गरिने सामग्रीको अभावमा एउटा पनि प्राक्टिकल गर्न पाएका छैनन् । प्राक्टिकलको समस्या उनको मात्रै नभई क्याम्पसमा अध्ययनरत २ हजार विद्यार्थीको हो ।शर्मा भन्छन्, ‘चौथो वर्षमा पुगेँ । १० वटामा सामान्य प्राक्टिकल गराएर झारो टार्ने काम भयो । ३० वटा विषयको पूर्णरूपमा प्राक्टिकल भएन ।’ उनका अनुसार ल्य

    • प्रकाशित मितिः श्रावण २५, २०७९
    • १९९ पटक पढिएको
    • खिलानाथ विक
  • ‘प्रदेशको नाम आदिवासी राखौं’

    धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले प्रदेश १ को नाम ‘आदिवासी प्रदेश’ राख्न सुझाव दिएका छन् ।मङ्गलबार २८ औं विश्व आदिवासी दिवसका अवसरमा धरानमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेशका नाममा विभिन्न प्रस्ताव आए पनि विवाद रहेकाले आदिवासी प्रदेश नाम राख्नु उपयुक्त हुने बताए । उनले भने, ‘नाम त मैले होइन, प्रदेशसभा सदस्यहरूले राख्ने हो । तर, आदिवासीहरूको बाहुल्य रहेकाले मेरो सुझाव आदिवासी प्रदेश राख्दा हुन्छ भन्ने हो ।’नेपाल आदिवासी जनजाति महासङ्घ धरान उपमहानगर समन्वय परिषद्ले आयोजना गरेको आमसभामा बोल्दै उनले पहिला खानेपानीमा अनावश्यक खर्च हुने गरेकाले अब त्यसरी हुने खर्चबाट ७ करोड ब

    • प्रकाशित मितिः श्रावण २५, २०७९
    • २८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अनियमितता बाहिरने डरले वन रक्षकको सरूवा

     विराटनगर । मोरङको सलकपुर सब डिभिजन वन भित्र कार्यालय प्रमुखसहित वन कमाण्डरको मिलेमतोमा हुने गरेको अनियमितताको विरोध गर्दा सशस्त्र वन रक्षक प्रेम विष्टको सरूवा भएको छ । वन भित्र हुने गरेको अनियमितता बारिहने डरले सशस्त्र वन कमाण्डर कुमार बस्नेतको योजना अनुसार वन रक्षक विष्टको सरूवा भएको हो ।विष्ट २०७१  मंसिर २४ गते नियुक्त भएका वन रक्षक हुन् । उनी करारका कर्मचारी हुन् । प्रदेश मातहतमा रहेको वन कार्यालय अन्तर प्रदेश सरूवा नहुने गरेको छ । तर, सव डिभिजन प्रमुखको मिलेमहतोमा वन कमाण्डर बस्नेतको योजना अनुसार सुनियोजित तरिकाले मधेश प्रदेश सरूवा गरेको विष्टले विराटनगरमा पत्रकार सम्मेलन गरी जा

    • प्रकाशित मितिः श्रावण २४, २०७९
    • ३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

    काठमाडौँ । नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ । परिवार पनि थपिएको छ । संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । “यो छेपा

    • प्रकाशित मितिः श्रावण २४, २०७९
    • ८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ मा दैनिक ४ ले गर्छन् आत्महत्या

    विराटनगर । ८ साउनमा झापाका तीनजना किशोरीले सामूहिक आत्महत्या गरे । उनीहरूको शव एउटै रूखमा झुन्डिएको अवस्थामा भेटिएको थियो । आत्महत्या गर्नेमा झापा कचनकवल गाउँपालिका–५ पाठामारीका १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका थिए । यस सामूहिक आत्महत्याको घटनालाई झापा प्रहरी र प्रदेश १ प्रहरीले हाल पनि अनुसन्धान गरिरहेको छ । १ नं. प्रदेश प्रहरीको पछिल्लो तीन वर्षको तथ्याङ्क केलाउँदा आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । आत्महत्या गर्ने कम उमेरका र सामान्य परिवारका व्यक्ति बढी देखिन्छन् । १४ जिल्ला रहेको प्रदेश १ मा आ.व. ०७६÷७७ देखि ०७८/७९

    • प्रकाशित मितिः श्रावण २३, २०७९
    • १०६ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • भोजपुरमा मोटरसाईकल चोरीमा सलग्न ६ जना पक्राउ

    भोजपुर । भोजपुरमा मोटरसाईकल चोरीमा सलग्न ६ जनलाई पक्राउ गरि सार्वजानिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले उनिहरुलाई विभिन्न ठाउबाट पक्राउ गरि आईतबार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो । पक्राउ गरिएकाहरुको साथबाट ४ थान चोरीका मोटसाईकल समेत बरामद गरिएको छ । उनिहरुले ३ थान २५० सिसीको बजाज कम्पनीको पल्सर र एक थान १६० सिसिको अपाची मोटरसाईकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक डिएसपी राजकुमार राईले बताए । चोरीका मोटरसाईकल २५ हजार देखि ७० हजार सम्ममा बेच्ने गरिएको डिएसपी राईले जानकारी दिए । पक्राउ पर्नेमा सखुवासभा चैनपुर नगरपालिकाका २६ बर्षिय चिनी भन्ने निर

    • प्रकाशित मितिः श्रावण २२, २०७९
    • ९७० पटक पढिएको
    • सन्देश किराती
  • धरानको कार्यपालिकाकाे बैठक स्थगित

    देउराली ।  धरान उपमहानगरपालिकाको आजको कार्यपालिकाको बैठक स्थगित गर्न माग गर्दै नेकपा एमालेका कार्यपालिका सदस्य कार्यपालिका बैठकबाट बाहिरिए पछि कार्यपालिकाेकाे बैठक  स्थगित भएकाे छ  ।  दिउँसो  साढे १ बजेबाट सुरु भएको कार्यपालिका बैठकमा  एमाले  संसदीय दलका नेता नरेश इवारमले बैठक स्थगित  गर्न माग राखेका थिए । नगर प्रमुख हर्क साम्पाङले बैठक स्थगित नगर्ने सङ्केत गरेपछि एमालेका कार्यपालिका सदस्यहरू बैठकबाट बाहिरिएका थिए । उनि बाहीरिएसँगै दुई कार्यपालिका सदस्य , नगर प्रमुख र उपप्रमुख धारणा रहेकापछि बैठक स्थिगित भएकाे  हाे । बैठकबाट बाहिरिएका १५ न

    • प्रकाशित मितिः श्रावण २०, २०७९
    • ३२३ पटक पढिएको
    • डम्बर कार्की
  • चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

    पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाल सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको थियो ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो । बैठकले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार न

    • प्रकाशित मितिः श्रावण २०, २०७९
    • ५११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राप्रपा अध्यक्ष लिङ्लेनको झापामा चुनावी चहलपहल तीब्र

    भद्रपुर । निर्वाचन आयोगले सङ्घ र प्रदेशको निर्वाचन मिति तोकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको गतिविधि तीब्र बनाएको छ ।  अध्यक्ष राजेन्द्र लिङ्देनले संघ र प्रदेशको निर्बाचनका लागि पार्टीले झापाबाट तयारी तीब्र पारेको बताएका छन् । झापा क्षेत्र नम्वर –३ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुने  लक्ष्यकासाथ अध्यक्ष लिङ्देनले जिल्लामा चुनावी गतिविधि शुरु गरेका हुन् । केही दिन यता देखी गृहजिल्ला रहेका लिङ्देन पार्टीको सदस्यता वितरणमा व्यस्त देखिएका छन् । यसैक्रममा शुक्रबार विहान मात्र भद्रपुर ८ मा आयोजित पार्टी प्रवेशको कार्यक्रममा अध्यक्ष लिङ्देनबाट २ सय भन्दा

    • प्रकाशित मितिः श्रावण २०, २०७९
    • १०१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved