Trending Tags

मुख्य समाचार

    Showing १-१० of ६,७०९ items.
  • धरान ६ मा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट

    धरान ६ मा आगलागी  हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।  पानबारीरी स्थित लिम्बूचैरीका रामबहादुर खड्काको काठको घरमा आगलागी हुँदा जेलेर पूर्णरूपमा नष्ट भएको हो । आगलागीको कारण नखुलेपनि विद्युतिय सर्टका कारण आगलागि भएको हुनसक्ने अनुमान गरिएको अस्थायी प्रहरी पोष्ट पानवारीका असई टेकबहादुर गिरीले जानकारी दिए । उनका अनुसार श्रीमान श्रीमती घरको भुइ तलामका रहेका बेला माथीबाट आगलागी सुरू भएको थियो । घर पूर्णरुपमा  जलेर नष्ट भएकोले  ६० लाख क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय, धरानले जनाएका छ । आगो  धरान उपमहानगरपालिकाको २ वटा दमकल, नेपाली सेना

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपीको ल्यावमा ज्येष्ठ नागरिकलाई सास्ती

    विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रगतको नमुना सङ्कलन स्थान (ल्याव) मा ज्येष्ठ नागरिकहरूलाई विशेष व्यवस्था नहुँदा सास्ती पाउँदै आएका छन् ।ज्येष्ठ नागरिकमात्रै होइन, अन्य बिरामीहरूको पनि नमुना सङ्कलन गर्ने स्थानको अवस्था उस्तै छ । ‘स्याम्पल’ लिने स्थानमा न महिलाको छुट्टै काउण्टर छ, न त पुरुषको, न त विशेष अवस्थाका बिरामीका लागि नै छट्टै काउण्टर छ । सबै उमेर समूहका बिरामीले २ वटा लाइनमा बसेर रगतको नमुना दिनुपर्ने अवस्था छ । १ नं. प्रदेशको मात्रै नभएर २ नं. प्रदेशका साथै भारतबाट पनि उपचारका लागि बिरामी आउने प्रतिष्ठानमा छुट्टै व्यवस्था नहुँदा सबैभन्दा धेरै ज्येष्ठ नागरिक समस्या

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ९८ पटक पढिएको
    • खिलानाथ विक
  • भारतको कर्नाटकमा तीव्र संक्रामक ओमिक्रोनको दुई संक्रमित भेटिए

    धरान । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको तीव्र संक्रामक भेरिएन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ । दक्षिण भारतीय क्षेत्र कर्नाटकमा दुई जनामा ओमिक्रोन देखिएको भारतीय सरकारले पुष्टि गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जना पुरुष हुन् । ६६ वर्षीय र ४६ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको हो । उनीहरूको पहिचान भएपछि उनीहरूसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्न थालिएको छ । भारत सरकारले ओमिक्रोनसँग नडराउनका लागि आग्रह गरेको छ । ओमिक्रोनबारे चिन्ता लिनुपर्ने अवस्था नरहेको भए पनि सचेतना अन्त्यन्त आवश्यक रहेको जनाएको छ । बिहीबार स्वास्थ्इ मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनका दुई सङ्क्रमित भ

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

    दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको  कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाटलगायत नाकामा उच्च सतर्कता अपनाइएको हो । यी नाकाबाट आवागमन बढी ह

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ७८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुरूङ भित्र ढुङ्गा खस्दा अरुण तेस्रोमा कार्यरत एक भारतीय मजदुरको मृत्यु

    अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक भारतीय मजदुरको  मृत्यु भएको छ । संखुवासभा   चिचिला गाउँपालिका–३ सोलाखानीस्थित निर्मार्णाधीन आयोजनाको अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह बुधबार राती   सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभामा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताएका छन् । मृतक सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको उनले जनाएका छन् ।घटनाको सम्बन्धमा अनुसन्धानका लागि प्रहरी

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेमौसमी वर्षाको प्रभाव भान्सामा

    धरान । कात्तिक पहिलो साताको बेमौसमी वर्षाको प्रत्यक्ष प्रभाव हरियो तरकारीको मूल्यमा देखिन थालेको छ । हरियो तरकारीको सिजनमा पनि उपभोक्ताले विगतभन्दा झण्डै दोब्बर मूल्य खर्चेर तरकारी किन्नु परेको अवस्था छ । अविरल वर्षाका कारण लगाइएका तरकारीको बिरुवा र फलमा हानि पुर्याउँदा उत्पादनमा ह्रास आएको छ । धनकुटा नगरपालिका–१० पात्लेखोलाका किसान अमर दाहालका अनुसार पानीका कारण बिरुवा, दाना, फूल सबै नष्ट गरिदिएका कारण विगतको तुलनामा उत्पादन स्वात्तै घटेको छ । उनी भन्छन्, ‘बिरुवा सक्यो, दाना सक्यो, फूल सक्यो, किसानलाई एक प्रकारले उत्पादनमा १० प्रतिशतभन्दा तल ल्याएर सीमित गरिदियो ।’ पात्लेखोला क्षेत्रबाट मात्र

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १३२ पटक पढिएको
    • भोजराज श्रेष्ठ
  • धरान–१४ वडाध्यक्ष रनिङ फुटबलमा नारायणपुर विजयी

    धरान । धरान–१४ मा जारी दोस्रो वडाध्यक्ष रनिङ फुटबल कपअन्तर्गत बुधबार नारायणपुरको टिमले जितेको छ । विजयपुर बोर्डिङ स्कुलको खेल मैदानमा सञ्चालित खेलमा नारायणपुरले स्कुट टोलको टिमलाई ३–० गोलले हराएको छ । खेलमा विक्की तामाङ, विशाल राई र सरोज राईले एक–एक गोल गरे । खेलको म्यान अफ दी म्याच विपीन श्रेष्ठ घोषित हुँदै नगद ३१ सय रुपैयाँसहित ट्रफी पाए । उनलाई वडाध्यक्ष कृष्ण भट्टराईका छोरा यमन भट्टराई र आइडियल बोर्डिङ स्कुलका प्रबन्धक लोकबहादुर खड्काले नगद तथा ट्रफी दिए । आइडियनले १ हजार रुपैयाँ र वडाध्यक्ष भट्टराईले २१ सय रुपैयाँ प्रदान गरेको हो । बिहीबारको खेल हात्तीसार र गैरीगाउँको टिमबीच हुने आयो

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ३८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महालक्ष्मी नगरपालिकाद्वारा १४० पशुपालन कृषकलाई मोटरसहितको च्यापकटर वितरण

    धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालन कृषकहरूलाई मोटरसहितको च्यापकटर वितरण गरेको छ ।  नगर क्षेत्रका १४० पशुपालन कृषकहरूलाई ५० प्रतिशत अनुदानमा च्यापकटर बुधवार वितरण गरिएको हो । विद्युतका माध्यमबाट चल्ने सो च्यापकटर गाई बस्तुलाई दिइने घाँस टुक्राउन उपयोगी मानिन्छ । नगरपालिकामा औपचारिक कार्यक्रम गरेर कृषकहरूलाई च्यापकटर हस्तान्तरण गरिएको छ । कार्यक्रममा छुटेकाहरूलाई केही दिनभित्रै वितरण गरिने नगरपालिकाले जनाएको छ । कृषकहरूलाई पशुपालनमा प्रोत्साहन र सहजीकरण गर्न नगरपालिकाले अनुदानमा च्यापकटर प्रदान गरेको नगरप्रमुख परशुराम नेपालले बताए । कृषि पेसालाई समय अनकुल यन्त्र उपकरणको प्रयोग

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ११६ पटक पढिएको
    • सन्तवीर लामा
  • 'राप्रपा र हाम्राे गाेत्राे मिल्छ" प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका छन् । भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बाेधन गर्दै प्रचण्डले देश र जनताको पक्षमा  विचार मिल्ने बताएका हुन् । उनले भने, ‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन । तर, देश र जनताको पक्षमा भने समान छ । त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ ।’  उनले  दुवै पार्टीको राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका हुन् ।

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘म सभापतिको उम्मेदवार हुँ’

    विजयपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरलाले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने बताएका छन् ।नेपाली काङ्ग्रेसको १४ औँ अधिवेशन अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाइ तथा प्रमाण–पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दैै डा. कोइरालाले आफू सभापतिमा उठ्ने बताएका हुन् । यद्यपि उनले सभापतिको उम्मेदवार निश्चित भए पनि समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका अग्रज नेताहरू भएकाले छलफलबाट सभापतिको उम्मेदवार टुङ्गो लगाउने बताए । उनले उक्त समूहको छलफलबाट टुङ्गो लगाउँदा युवाहरू पनि रहने बताए । उनले हालको संस्थापन पक्षकै नेतृ

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ८५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved