Trending Tags

मुख्य समाचार

    Showing १-१० of ५,६२१ items.
  • स्वास्थ्य सामाग्रीमा कालोबजारी

    विराटनगर । दोस्रो लहरको कोरोना भाइरस संक्रमण र निषेधाज्ञाको फाइदा उठाउँदै व्यवसायी र बिचौलियाहरूले स्वास्थ्य सम्बन्धी सामग्री, उपकरण र औषधिमा कालोबजारी गरेका छन् । कडा लक्षणसहितको गम्भिर प्रकृतिका कोरोना संक्रमित बढेर विरामीले उपचार नपाएर मृत्युवरण गरिरहेको समयमा स्वास्थ्य सामाग्रीमा भने कालोबजारी सुरु भएको हो । संक्रमितले अस्पताल भरिएपछि बेडको अभाव, चिकित्सकको सहज उपलब्धता, घरबाट अस्पतालसम्मको पहुँच लगायत समस्या झेल्दै आएका कोरोना संक्रमित र उनीहरुका आफन्त स्वास्थ्य सामाग्रीमा हजारौं रकम खर्चिन बाध्य भएका छन् ।अहिले बजारमा माक्स, सेनिटाइजर, रेम्डिेसिभिर, अक्सिजनको मात्र मापन गर्ने अक्सिम

    • प्रकाशित मितिः बैशाख ३१, २०७८
    • २० पटक पढिएको
    • अनिल श्रेष्ठ
  • कालोबजारी गर्नेलाई दुई लाख जरिबाना

    इटहरी । दोस्रो लहरको कोरोना महामारीमा कालोबजारी गर्ने इटहरीका औषधि पसललाई जरिबाना तिराइएको छ । महामारीमा सर्वसाधारणलाई ठगी गर्ने विविता सर्जिकल हाउस र होम्ताङ आयुर्वेदिक औषधालय पोलिक्लिनिक कारबाहीमा परेका हुन् । इटहरीका अधिकांश औषधि पसलमा आफू खुसी मूल्यमा सेनिटाइजर र मास्क बिक्री गर्ने गरेको सूचनाको आधारमा अनुगमनको क्रममा जरिबाना तिराइएको हो । अनुगमनमा निस्केको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले दुईवटा पसललाई कारबाही गरेको हो । बजार मूल्यभन्दा बढी मूल्यमा सेनिटाइजर बिक्री गर

    • प्रकाशित मितिः बैशाख ३०, २०७८
    • ११४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोना मृतकलाई घाटको सकस, मानवीय संवेदना गुमाउँदै समाज

    धरान । कोरोना सङ्क्रमणबाट आफन्तको मृत्यु भएपछि शोकाकुल बनेका परिवारजन धरानमा आफ्नै समुदाय र समाजबाट थप पीडित बन्न थालेका छन् । कोरोनाको पहिलो लहर चलेको बेला सङ्क्रमित र उसका परिवारले विभेदको शिकार बन्नुपरेको थियो । दोस्रो लहरमा आफ्नै समुदाय र समाजले दाहसंस्कार स्थलमा शव जलाउन नदिएर अमानवीय व्यवहार प्रदर्शन गरेपछि शोकमाथि अर्को सामाजिक पीडा खेप्नु परेको घटना धरानमा दिनदिनै सार्वजनिक हुन थालेका छन् । कोरोना सङ्क्रमितको शव दाहसंस्कार स्थलमा जलाए कोरोना फैलिन्छ भन्ने त्रासले धरानमा स्थानीय दाहसंसकार स्थल आसपाका बासिन्दा र सञ्चालकहरूले जलाएर अन्त्येष्टि गर्न नदिएपछि मृतकका परिवारले थप पीडा भोग

    • प्रकाशित मितिः बैशाख ३०, २०७८
    • २५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुन पसलको गैरकानूनी बैङ्किङमा छैन प्रशासनको ध्यान

    विराटनगर। मोरङ र सुनसरी क्षेत्रमा रहेर सुनचाँदीलगायतका बहुमूल्य गरगहनाको कारोबार गर्ने अनुमति लिएका सुनचाँदी सञ्चालकले गैरकानूनी रूपमा बैङ्किङ कारोबार गर्ने गरेको पाइएको छ । उर्लाबारी नगरपालिका–६ डिबीमार्गको गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भनिने गोपाल गौतम तीन सयजनाभन्दा बढी सर्वसाधारणको १२ करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएपछि बैङ्किङ कारोबारबारे खुलेको हो । त्यसो त धेरै स्थानमा यस्ता कारोबार हुने गरेको बेला–बेला सार्वजनिक हुँदै आएको छ । कतिपयले भित्रभित्रै सहकारी चलाउने पनि गरेका छन् । सुन पसलेले अवैध रूपमा पासबुक छापेर बैङ्क र सहकारीको भन्दा आकर्षक ब्याज दिने भन्दै सर्वसाधारणबाट

    • प्रकाशित मितिः बैशाख २९, २०७८
    • १५४ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • सडकमा शव छोडेर एम्बुलेन्स बेपत्ता

    कोरोना महामारीमा लकडाउनले शुन्य बनेको वराहक्षेत्रको चतराघाटस्थित सडकमा सांझ करिब साढे ५ बजे बाटोमा एक्कासी भीड जम्मा भयो । बिना कारण हिंडडुल समेत बन्देज गरिएको बाटोमा त्यसरी भीड भएपछि स्थानीय प्रहरी तत्काल त्यहाँ पुग्यो । भीडलाई पन्छाएर हेर्दा, समाजको अमानवीयताको चरम रुप देखेर प्रहरी समेत छक्क पर्याे । भुइँमा रातो कपडा छोपिएको एक निर्दोष किशोरको मृत शरीर देखेर सोधपुछ  शुरु भयाे । सोधपुछ गर्दै जाँदा मंगलबार बिहान खोटाङ जिल्लाको चिसापानीस्थित घोर्ले भन्ने ठाउँमा भएको टेम्पो दुर्घटनामा गम्भीर घाइँते भएर उपचार गराउँन विराटनगर आएका १२ वर्षका मृतक गोकुल परियार रहेछन् । उनको शरीर कपडाल

    • प्रकाशित मितिः बैशाख २८, २०७८
    • ५०६ पटक पढिएको
    • सन्तोष गुप्ता/वराहक्षेत्र
  • छत खस्दा कर्मचारी घाइँते, 'जीर्ण भवन' कमिसनको आरोप–प्रत्यारोपमा बनेन

    जीर्ण भएको भवनको छत खसेर एक कार्यालय सहयोगी घाइते भएकी छन् । दक्षिणी झापाको कचनकवल गाउँपालिका ६ नम्बर वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी कमला गौतम घाइते भएकी हुन् । बाहिर बसेकी कार्यालय सहयोगी गौतमलाई सोमबार छतको पर्दा झर्दा उनको टाउकोमा गम्भीर चोट लागेको ६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए । घटनापछि घाइँतेको उपचार गराएर घरमा नै आराम गर्न राखिएको कार्कीले बताए । साबिक बनियानी गाउँ विकास समितिको कार्यालय समेत रहेको सो वडा कार्यालयको भवन २०५२ सालमा बनेको बताइएको छ । बर्खामा छतबाट पानी रसाउने भवन पूरै जीर्ण बनिसकेको वडा अध्यक्ष कार्कीको भनाइ छ । जनप्रतिनिधि र कर्मचारी

    • प्रकाशित मितिः बैशाख २८, २०७८
    • ९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आर्थिक प्रशासनको राय विपरीत डाइग्नोकेनलाई भुक्तानी

    धरान/उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५ महिनाअघि जडान गरिएको अक्सिजन प्लाण्टको हिसाबकिताब फरफारक नगर्ने एक कम्पनीलाई करिब ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । गिरीले डाइग्नोकेन इण्टरनेशनलका सञ्चालक विज्ञान अर्याललाई उक्त रकम भुक्तानी गरेको प्रतिष्ठान स्रोतले बतायो । ३ करोड २४ लाख रुपैयाँको लागतमा प्रतिष्ठानमा १५ महिनाअघि जडान गरेको अक्सिजन प्लाण्टको ३ हजार, ६ हजार र ९ हजार घण्टाको सर्भिसिङ शुल्क सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खरिद प्रक्रिया नभएकाले भुक्तानी रोकिएको थियो । डाइग्नोकेनका सञ्चालक अर्यालले अक्सिजन प्लाण्टको सर्भिसिङको

    • प्रकाशित मितिः बैशाख २८, २०७८
    • २५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पत्रकारहरुको सुरक्षा र अधिकारका लागि जिम्मेवार हुन स्थानीय सरकारलाई प्रेस चौतारी सुनसरीको आग्रह

    प्रेस चौतारी नेपाल सुनसरीले जिल्लाका स्थानीय तहलाई कोरोना संक्रमणको विषम परिस्थितिमा पत्रकारहरुको सुरक्षा र अधिकारका लागि जिम्मेवार हुन आग्रहसहित ध्यानाकर्षण गराएको छ । सञ्चारकर्मको क्रममा गाउँ, शहर पुग्ने सञ्चारकर्मीहरु घरमै सीमित हुनु परेको भन्दै चौतारीले निषेधाज्ञाका कारण सञ्चारकर्मीको आर्थिक स्रोतमा कमी आउँदा सञ्चारगृहहरु पनि सञ्चालन खर्च धान्न नसकेर बन्द हुनु परेकाले सञ्चारकर्मीहरु प्रत्यक्ष मारमा परेको तर्फ ध्यानाकर्षण गराएको छ । आज वराहक्षेत्र नगरपालिकामा नगरप्रमुख निलम खनाललाई चौतारीकी जिल्ला सदस्य समेत रहेकी वराहक्षेत्र नगर कमिटि अध्यक्ष विमला घिमिरेले ७ बुँदे ध्यानाकर्षणपत्

    • प्रकाशित मितिः बैशाख २८, २०७८
    • १५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सङ्क्रमितको निधनपश्चात् पनि कोरोना सर्छ ?

    धरान/ कोरोना सङ्क्रमितको मृत्युपछि पनि कोरोना भाइरस जीवित हुन्छ कि हुँदैन भन्ने आमजिज्ञासाहरू सतहमा आउने गरेका छन् । यस्ता जिज्ञासाका कारण कहिलेकाहीँ समाजमा विवाद उत्पन्न हुने गरेको छ । झिगु समाजले सञ्चालनमा ल्याएको धरान–१४ स्थित खत्रीधारा शवदाहस्थल वैशाख २५ गते यस्तै समस्याबाट गुज्रिएको थियो । धरान–१५ निराजन बस्तीवासी सडकमा उत्रिएर शव जलाउन नहुने अडान लिए । अन्ततः शव जलाइएन । किनकि धरान–१५ निराजन बस्तीका अधिकांशले खत्रीधाराको पानी पिउँदै आएका छन् । त्यहाँ शव जलाउँदा सतहमा कोरोना हुने भएकाले पानी लिन जाँदा वा आउँदा कोरोना सर्ने उनीहरूको तर्क थियो । स्थानीय धनकुमार देवान भन्छन्, ‘हामी त्यहीँको

    • प्रकाशित मितिः बैशाख २८, २०७८
    • १३८ पटक पढिएको
    • भोजराज श्रेष्ठ
  • मोटर साइकलमा मेयरको घरदैलो कार्यक्रम

    वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख सङ्क्रमितको मनोबल बढाउन भेटघाटमा निरन्तर दोस्रो दिन पनि घरघरमा पुगेका छन् । उनले सङ्क्रमितको अवस्थाबारे जानकारी समेत लिंदै आएका छन् । स्वास्थ्यकर्मी, मनोपरामर्शदाता, फलफूल र पौष्टिक आहारसमेत लिएर घरघर पुग्ने र सङ्क्रमितको मनोबल उच्च बनाउने अभियान नगर प्रमुख खनालले आइतबारदेखि सुरु गरेका छन् । दोस्रो दिन पनि मोटरसाइकल चढेर नगर प्रमुख खनाल सङ्क्रमितको घरदैलोमा पुगे । नगर प्रमुख खनालसहितको टोलीले वराहक्षेत्र ७ स्थित सप्तकोशी क्याम्पसको आइसोलेसनमा मृत्यु भएका ७२ वर्षीय उपेन्द्र बस्नेतको परिवारलाई भेटेर समवेदना व्यक्त गरे ।कोरोना सङ्क्रमणको दोस्रो लहरका ब

    • प्रकाशित मितिः बैशाख २७, २०७८
    • १३७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved