सिनेमा

    Showing १-१० of ४,६६३ items.
  • लालसिंह चड्डामा करिनाको अडिसन

    भारत / बलिउड नगरीमा करिना कपुरको आफ्नै महŒव छ । बलिउड इण्डष्ट्रीमा दुई दशक बिताइसकेकी छन् । रिफ्युजीबाट बलिउडमा डेब्यु गरेकी करिना अहिले त झनै खारिएकी छन् । सन् २००० मा रिलिज भएको रेफ्युजीले उनलाई फिल्म इण्डष्ट्रिजमा स्थापित गराउन केही भूमिका खेल्यो । तर, उनले त्यो बेला पनि आफूलाई फिल्मका लागि कुनै अडिसन दिएको घटना बाहिर आएन । तर, हालै भने उनले फिल्मका लागि अडिसन दिनुपरेको कुरालाई खुलाएकी छन् । त्यो पनि आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ मा । फिल्मी करिअरको २ दशकपछि अडिसन दिनुपर्दा उनलाई कस्तो लाग्दो हो । तर, उनले यसलाई सहज रूपमा लिएको बताएकी छन् । उनले एक अन्तरवार्तामा अडिसन

    • प्रकाशित मितिः पुष १२, २०७६
    • ११९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आमा बनिन् बिनिता बराल

    धरान / नायिका बिनिता बराल पछिल्लो समय फिल्म उद्योगबाट केही पर रहेकी थिइन् । चपली हाइटबाट चर्चाको शिखर चुमेकी बिनिता बुधबार मात्रै आमा बनेको खबर बाहिरिएको छ । उनले छोरीको जन्म दिएकी छन् । केहीअघि मात्रै उनले सामाजिक सञ्जालमार्फत् आफू आमा बन्न लागेको खुशी शेयर गरेकी थिइन् । त्यो खुशी शेयर गरेको केही महिना नबित्दै उनी आमा बनेको खबर पनि बाहिरिएको हो । उनले सामाजिक सञ्जालमार्फत् छोरीको जन्म दिएको खुलाएकी हुन् । उनले छोरीको नामसमेत ‘काया’ राखेको उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् नै छोरीको साथमा रहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले २०७४ को जेठमा प्रेमी तिलक पौडेलसँग विवाह ग

    • प्रकाशित मितिः पुष १२, २०७६
    • ३३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • निम्ताे मानेर घर पनि फर्कन पाएन् केशव भट्टराईले , यस्ताे थियाे घटना (भिडियाेसहित)

    धरान / ५३ वर्षको उमेरमा असामयीक निधन भएका चलभित्र क्षेत्रका आशाका केन्द्र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रणअन्त नाटकीय रुपमा भएको संञ्चारमाध्यमहरुले लेखेको छन् । आइतवार विकास वोर्डका सदस्य नरेन्द्र महर्जनको आमाको पुन्यतिथिको निम्तो मान्न गएका उनको करिव ३ घण्टाको अन्तरालमा मृत्यु भएको हो । १५ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आइरहेका उनले साझ ७ बजे महर्जनको घर कीर्तिपुर पुगेर नेवारी परम्परा अनुसार मधिरापान गरेको बताइएको छ ।निम्तामा पुगेका भट्टराईलाई महर्जनको घरमा रहँदा उनले केही असहज महसुस गरेको र टाउको दुःखेको बताएका छ भने निम्तो मानेर अनामनगरस्थित घर फर्किने क्रममा उनको

    • प्रकाशित मितिः मंसिर ३०, २०७६
    • १,८६९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चलचित्र अभिनेता केशव भट्टराईको निधन

    धरान । चलचित्र अभिनेता केशव भट्टराईको आइतबार राति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको छ । अकस्मात् बिरामी परेर अस्पताल भर्ना भएका उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनी चलचित्र विकास बोर्डका अध्यक्षसमेत हुन् । ५४ वर्षीय भट्टराई तीन दशकदेखि नेपाली चलचित्रको क्षेत्रमा क्रियाशील रहेका थिए । भट्टराईको राति १० बजेर २० मिनेटमा मृत्यु भएको थियो । उनको एक पत्नी र छोरा रहेका छन् । उनको निधनको कारणबारे खुलाइएको छैन । उनले ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावुलगायतका फिल्महरू अभिनय गरेका थिए । उनी एक वर्षअघि मात्रै बोर्डमा अध्यक्षमा नियुक्त भएका थिए ।

    • प्रकाशित मितिः मंसिर ३०, २०७६
    • ६०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फिटनेशमा ध्यान दिने प्रियङ्का

    ब्लाष्टखबर । बलिउड अभिनेत्री प्रियङ्का चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन् । हालै एक अन्तरवार्तामा प्रियङ्काले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन् ।अन्तरवार्ताको क्रममा प्रियङ्काले आफू खानाको ज्यादै सौखिन भएको बताएकी छन् । प्रियङ्काको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ ।जब प्रियङ्का नयाँ देशमा जान्छिन्, तब सबैभन्दा पहिले उनी मन परेको खाना खाने राम्रो रेष्टुरेण्टमा जान्छिन् । यसको प्रभाव धेरै पटक उनको शरीरमा देखापरेको छ । प्रियङ्काले आफू फिट रहनको लागि हप्तामा कम्तिमा ३ दिन बिहान उठेर वर्कआउटको प्रयास गर्ने बताइन् । उ

    • प्रकाशित मितिः मंसिर २१, २०७६
    • १४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रेम गीत ३ मा अनुभव र योगिशाको पोष्टर

    ब्लाष्टखबर । फिल्म ‘प्रेमगीत ३’ का मुख्य कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निर्वाह गरिरहेका अनुभव रेग्मी र मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भूमिकामा काम गरेकी योगिशा खत्रीको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माता सन्तोष सेन र छेतेन गुरुङले एकसाथ निर्देशन गरिरहेको यो फिल्म उनीहरूले नै निर्माण गर्दै छन् । चङ्खे शङ्खे पङ्खे, प्रेम गीत, प्रेम गीत २, मेरी मामुपछिको निर्माता सेनको यो पाँचौं फिल्म हो । फिल्ममा अनुभव र योगिशाका अलावा क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, मनिष राउत, सन्तोष सेन, प्रेम पुरी,

    • प्रकाशित मितिः मंसिर २१, २०७६
    • १२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ’गुञ्जन’मा नीताको आइटम डान्स

    ब्लाटखबर । द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ’गुञ्जन’मा नायिका नीता ढुंगानाको आइटम डान्स रहने भएको छ । फिल्ममा समावेश ’कोही भन्छन् रसिली छु रे’ बोलको आइटम गीतमा निताले नृत्य गरेकी हुन् । अमृत मरहथाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ । पोखरा स्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर छायांकन गरिएको उक्त गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने छायांकन राजेश श्रेष्ठले गरेका हुन् । भिडियोमा नायिका नीता ढुंगाना सहित फिल्मका मुख्य कलाकार सरोज खनाल, प्रितम राज सेञ्चुरी र कविर खड्का फिचर्ड छन् । सो

    • प्रकाशित मितिः कार्तिक १०, २०७६
    • २१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा प्रादेशिक चलचित्र महोत्सव

    धरान । प्रदेश सरकारले धरानमा चार दिवसीय प्रादेशिक चलचित्र महोत्सव लगाउने भएको छ । कात्तिक २१ गतेदेखि धरान–८ स्थित सभागृहमा लगाउने महोत्सवमा ३ स्वीस फिल्मसहित २१ फिल्म प्रदर्शनी गरिने भएको छ । महोत्सवमा वृत्तचित्र र आर्ट मूभी प्रदर्शनी गरिने भएको मुख्यमन्त्री कार्यालयका मुख्य सचिव सुरेश अधिकारीले आइतबारको पत्रकार सम्मेलनमा बताए । महोत्सव व्यवस्थापनको लागि सुनसरी उद्योग वाणिज्य सङ्घ धरानमा सचिवालयसमेत सञ्चालनमा ल्याइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सचिवालयको आइतबार नै उद्घाटन गरे । महोत्सवलाई भब्य बनाउनका लागि जातीय, धार्मिक, सांस्कृतिक पहिचान झल्कने झाँकी प्रदर्श

    • प्रकाशित मितिः कार्तिक ३, २०७६
    • २४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • हिजो आजका कुरामा ऋचा, केकी र रिमा

    नेपाल टेलिभिजनमा करिब १८ वर्षसम्म प्रसारण भएको हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा अब फिल्म निर्माण हुने भएको छ ।यो सिरियलका प्रमुख कलाकार तथा निर्देशक सन्तोष पन्तका छोरा साकार पन्तले फिल्मको निर्देशन गर्नेछन् । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मको औपचारिक निर्माण घोषणा गरियो । तिहारपछि फिल्मको छायाङ्कन शुरु हुनेछ । सन्तोष सन्त र साकार पन्तको कथालाई सन्दीप किस्नाले पटकथामा ढालेका छन् । रवि सायमीले फिल्म खिच्नेछन् भने हर्कुलस बस्नेतको सङ्गीत रहनेछ । ‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै प्रमुख भूमिका रहने फिल्ममा केकी अधिकारी

    • प्रकाशित मितिः कार्तिक २, २०७६
    • १७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धुर्मुस सुन्तलीको सेन्टी भाइरसको छायाङ्कन पूरा

    कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को छायाङ्कन पूरा भएको छ । करिब १ महिना लामो छायाङ्कनपश्चात् एक गीत बाँकी राख्दै शुक्रबार फिल्मको सुटिङ प्याकअप गरिएको हो । गीतको छायाङ्कन केही समयपछि हुने फिल्मका कलाकार सीतारामले जानकारी दिए । रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा सीतारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरूको पनि अभिनय छ । ‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस–सुन्तली’ फ

    • प्रकाशित मितिः कार्तिक २, २०७६
    • ११० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved