Trending Tags

शिक्षा

    Showing ६१-७० of ३,०७६ items.
  • वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत

    नेपाली हास्यव्यङ्ग्य क्षेत्रका प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू आज राजधानीमा वितरण गरिएको छ । जसअनुसार २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशी शाहलाई प्रदान गरियो भने २०७७ सालको हास्यव्यङ्ग्य अभिनयतर्फको पुरस्कार किरण केसी (राता मकै) लाई प्रदान गरियो । यी दुवै पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । वरिष्ठ साहित्यकार रोचक घिमिरेले वासुदेव विद्यादेव लुइँटेल गुठीका पदाधिकारीहरूको उपस्थितिमा शाह र केसीलाई पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा घिमिरेले पुरस्कृत कलाकार शाहको नेपाली आधुनिक कलासँगसँगै हास्यव्यङ्ग्य चित्रकलामा पनि विश

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • २८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कक्षा १२ भन्दा माथिल्लो तहका सबै विद्यार्थीलाई खोप

    सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहमा अध्ययरत विद्यार्थीका लागि खोप उपलब्ध गराइएको जानकारी दिए । “अठार वर्ष वा सोभन्दा बढी उमेर समूहका सबै परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराइएको प्रवेशपत्रसहित तोकिएको खोप केन्द्रबाट खोप सेवा लिनहुन अनुरोध गरिन्छ”, उनले जारी गरेकाे विज्ञप्तिमा जन

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • १२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेलायतका शैक्षिक कार्यक्रम लिएर आईएसएमटी कलेज विराटनगरमा

    काठमाडौँमा विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेज विराटनगरबाट पनि सञ्चालन हुने भएको छ ।बेलायतको यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू संञ्चालन गर्दै आएकाे यस कलेजले  विराटनगरबाट  शैक्षिक कार्यक्रम सञ्चालनका लागिआवश्यक सबै औपचारिकता पुरा भइसकेको जनाएको छ ।बेलायतका प्रमुख शहरहरू तथा  हङकङलागायतमा आफ्नै कलेज रहेका उक्त विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएकाे जनाउँदै आईएसएमटीले विराटनगरमा पनि उक्त विश्वविध्यालयबाट सम्वन्धन प्राप्त शैक्षिक कार्याक्रम संञ्चालन गरिने जनाएकाे छ । कल

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • २१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानका कलेजः एउटा नाम, अर्कैमा विज्ञापन

    धरानमा कक्षा १२ अध्यापन गराउने अधिकांश कलेजले एउटामा विज्ञापन गरी अर्कैमा विद्यार्थी भर्ना गर्ने गरेका छन् । त्यसमध्येमा धरान–१२ को मेघा कलेजले हिमालयन माविमा भर्ना गरेको विषयमा ब्लाष्टले समाचार प्रकाशन गरेको थियो । मेघाको नाममा विज्ञापन गरे पनि विद्यार्थी भर्ना भने हिमालयन माविमा गर्ने गरेका छन् । त्रिविबाट सम्बन्धन भने अल्पाइन कलेजको नाममा अझै रहेको स्रोत बताउँछ । यता धरान–१६ स्थित युएन कलेजले पनि नवोदयमा भर्ना गर्ने गरेको छ । युएन त्रिविबाट सम्बन्धनप्राप्त कलेज हो । युएन–नवोदयको नाममा विज्ञापन गरिरहेको हो । धरान उपमहानगरमा युएन–नवोदय दर्ता भएको पाइँदैन । नवोदय विद्यामन्दिर भने दर्ता छ 

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • १,०१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विदेश बसेका युवा एसईईमा उत्तीर्ण

    वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको  माध्यामिक शिक्षा परीक्षा (एसईई)  उत्तीर्ण गराएका विषयमा छानबिन सुरुआत गरिइएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत गोपाल सन्तलाई अङ्क थपेर २.७५ जीपीए ल्याई एसईई पास गराएका विषमा छानबिन सुरु गरिएको हो । उक्त विद्यालयले वैदेशिक रोजगारीमा रहेको युवालाई एसईई पास गराएका विषयमा समाचार सार्वजनिक भएपछि विद्यालयमाथि छानबिन सुरु गरिएको  शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विजय मण्डलले जानकारी दिए ।उनले भने, “एसईई पास गराउने   विद्या

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • १६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सामाजिक अभियानकर्मी डा विष्णुमायाका बारेमा विश्वव्यापी पढाइ हुँदै

    सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिएको छ ।उक्त पुस्तकका ६९२ पृष्ठमध्ये डा परियारको कहानी पृष्ठ ५९१–५९४ बीच चार पृष्ठमा समावेश गरिएको युएस नेपाल अनलाइनका सम्पादक प्रदीप परियार थापाले जानकारी दिए । विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेशनको पाठ्यपुस्तक अमेरिकामा मात्र होइन, विश्वका १०० भन्दा बढी मुलुकका हाइस्कूल, कलेज र विश्वविद्यालयमा पढाइ हुन्छ । सन् २०२० को तथ्याङ्कअनुसार हाल यो

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • १५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नतिजा सच्याउन माग गर्दै आयोगलाई साँचो बुझाइयो

    चिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एशिया) पूर्वाञ्चल विश्वविद्यालयसहित तीन सङ्घसङ्गठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन् । आयोगले पारा मेडिकलको स्नातक तहतर्फको नतिजामा सुनियोजित ढङ्गले कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराउँदा कलेजले विद्यार्थी नपाएको भन्दै आज सानोठिमीस्थित आयोगमा पुगेर साँचो बुझाएका हुन् ।सङ्घका अध्यक्ष यामप्रसाद अधिकारी, कलेज सङ्घ त्रिभुवन विश्वविद्यालयका अध्यक्ष जीवनप्रकाश शर्मा र ओपन (पोखरा विश्वविद्यालय)का अध्यक्ष नवराज पाण्डे नेतृत्वको टोलीले आयोगका उपसचिव तथा सूचना अधिकारी सेमन्तराज कोइरालालाई ६० वटा कलेज बन्द गरी उक्त कलेजका साँचो ब

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • १४२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग

    पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।  ती सङ्गठनले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्याङ्कलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा बढाइएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् ।जनतालाई नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न खबरदारी गर्नुका साथै सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धिलाई फिर्ता लिन पनि माग गरेको नेविसङ्घका महामन्त्री दीपक भट्टराईले बताए । यस्तै, पाँच विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड अप

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • २१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप बितरण

     मोरङको केराबारी गाउँपालिकाले एक जना दृष्टिवीहिन विद्यार्थीलाई पठनपाठनमा सहज पुर्याउने उद्देश्यले ल्यापटप बितरण गरेको छ । गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले केराबारी ५ याङसिलाका सोयल राईलाई एक थान ल्यापटप बितरण गरेको हो । कक्षा दशमा अध्ययरत राई दृष्टिविहीन हुन् । बिपन्न परिवारका राई धरानस्थित श्री पूर्वाञ्चल ज्ञान चच्छु विद्यालयको कक्षा दशमा अध्ययरत छन् । ब्रेनलिपीको साहयतादेखि अध्ययन गर्दै आएका उनलाई कम्प्युटर आवश्यक परेपछि उनलाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले गाउँपालिकाले एक थान ल्यापटप वितरण गरेको अध्यक्ष कार्कीले बताए । गाउँपालिको जेहन्दरा र विपन्न परिवारका विद्यार्थीहरू

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • २३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पुरा शुल्क नलिन झापाका विद्यालयहरुलाई बिद्यार्थी संगठनकाे चेतावनी

    बर्तामोड/ कोरोना संक्रमणको त्रासका बीच अनलाइन कक्षा अध्ययन गराइरहेका निजी बिद्यालयहरुले अभिभावकबाट पुरा शुल्क लिएको भन्दै बिद्यार्थी संगठनले त्यो शुल्क फिर्ता गर्न माग गरेका छन् ।कतिपय बिद्यालयले अभिभावकबाट गतबर्षको भन्दा बढी शुल्क असुल गरेको  आरोप बिद्यार्थी नेताहरुको छ । उनीहरुले यस्तो बिषम परिस्थितीमा शुल्क बृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशत बढी अनलाइन कक्षाको शुल्क नलिने झापाका विद्यालयहरुलाई चेतावनी दिएका छन् ।यस बिषम परिस्थितिमा विद्यार्थीहरुको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने बहानामा झापाका कतिपय सामुदायिक एवं संस्थागत विद्यालय तथा क्याम्पसहरुले अभिभावकहरुबा

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • १८४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved