Trending Tags

शिक्षा

    Showing ५१-६० of ३,०७६ items.
  • सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

    काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै आज सो निर्णय गरेको हो । विद्यालयहरु सञ्चालन गर्नैपर्ने भएमा सरकारले जारी गरेको ‘स्मार्ट लकडाउन’को प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्लाको केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।यही भदौ १७ देखि ३१ गतेसम्म लागू हुने निषेधाज्ञासम्बन्धी आदेश

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • २३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नवआगन्तुक विद्यार्थीलाई प्राइम भिजनको अभिमुखीकरण

    धरानमा 'एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट' पढाइ हुने एक मात्र कलेज प्राइम भिजन इन्टरनेश्नल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले नवागन्तुक विद्यार्थीका लागि अभिमुखीकरण संचालन गरेको छ । अभिमुखीकरणमा विद्यार्थीलाई अध्यापन गराइने विषय, शैक्षिक सम्बन्धन, इन्टर्नशीप, प्रयोगात्मक सीप, अनुशासन, सत्कार, शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलाप, सामाजिक उत्तरदायित्वलगायतका विषयमा जानकारी गराइएको थियो । कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सलर मधुसुदन कोइराला, एडमिनिस्ट्रेटिभ इन्चार्ज विशाल शंकरलगायतले अभिमुखीकरणमा सहजीकरण गरेका थिए । अभिमुखीकरणमा कलेजका तर्फबाट अध्य

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • ४४२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किरातेश्वर माविमा दाताद्वारा निर्मित भवन उद्घाटन

    धरान । धरान–१९ को किरातेश्वर मावि परिसरमा दाताले निर्माण गरिदिएको दुई तले भवन सोमबार उद्घाटन गरिएको छ । ‘मानवीर लङ्वा र इशा एभेङ लिम्बूको स्मृतिमा निर्मित भवन सिनियर एरिया वेलफेयर अफिसर क्याप्टेन पूर्णप्रसाद लिम्बूले उद्घाटन गरे । हङकङमा बस्दै आएकी इसाको स्मृतिमा परिवारले ७ लाख ९० हजार रुपैयाँ खर्चेर एक तलेको दुई कोठा निर्माण गरिदिएको हो । त्यस्तै सेभेन जिआरमा आवद्ध भई सेवा गरेका मानवीर लङ्वाको स्मृति पनि उनको परिवारले ७ लाख १८ हजार रुपैयाँको लागतमा माथिल्लो तलाको दुई कोठा निर्माण गरिदिएको हो । उनीहरू धरान–१९ निवासी हुन् । लङ्वाको ७६ वर्षको उमेरमा निधन भएका थिए भने एभेङको ३२ वर्षको उ

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • ३४७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैयामा साईकल वितरण

    सिरहा । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैयामा साईकल वितरण भएको हो । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैया नगरपालिका वडा नं.५ स्थित रहेको श्री मोहन नमुना माध्यमिक विधालय(प्र.)मा अध्यनरत कक्षा ९ का ८९ जना छत्रा विद्यार्थीहरूलाई  साईकल वितरण गरिएको हो । साईकल वितरण कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले भने महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने हो । देशलाई अगाडी बढाउन महिला शिक्षामा जोड दिनुपर्ने बताए । महिला शिक्षित नभएसम्म देश शिक्षित नहुने धारणा राखे । मिर्चैया नगरपालिकाका नगर प्रमुख यादवले देशलाई विकसित गर्न सबैले म

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • ३९५ पटक पढिएको
    • गणेश कुमार शर्मा
  • इक्यान झापाले बाल आश्रमलाई खाद्यान्न र शैक्षिक सामग्री दिएर मनायाे २५औं वार्षिकोत्सव

    बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आइतबार २५औं वार्षिकोत्सव मनाएको छ । बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै इक्यान झापाले रजत महोत्सव मनाएको हो ।कार्यक्रममा इक्यान झापाका अध्यक्ष सुमन शर्मा, उपाध्यक्ष मिलन ओली, सचिव मदन बुढाथोकी, कोषाध्यक्ष राज कार्की, अतिरिक्त विभाग प्रमुख अनिल सापकोटा, रियल वल्र्डका सञ्चालक राज मुखियाले इक्यानले शिक्षाका क्षेत्रमा विभिन्न काम गर्दै आएको बताए । उनीहरुले आश्रमका बालबालिकालाई इक्यानको तर्फबाट गर्ने शैक्षिक सहयोग निःशुल्क रुपमा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।इक्यानले शैक्षिक परा

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • २७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मध्यपश्चिम विश्वविद्यालयले परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दियो

    अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी संगठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयम् विद्यार्थीलाई नै दिने सहमति भएको हो ।सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको ढाँचाको गुगल फारम भरी कुन माध्यमबाट जाँच दिने हो खुलाउनु पर्नेछ । विद्यार्थीको आवेदनबमोजिम परीक्षालाई व्यवस्थित, मर्यादित र आधारभूत मापदण्डअनुसार सञ्चालनका लागि समयतालिका अविलम्ब सार्वजनिक गर्ने सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उ

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • १८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नियुक्ति नभएको शिक्षकलाई तलब निकासा

    ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो ।महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ । उक्त विद्यालयले माध्यमिक तह सञ्चालन अनुमति भने विसं २०७६ असारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमार्फत पाएका थिए ।माध्यमिक विद्यालय सञ्चालन अनुमतिप्राप्त गरे पनि दरबन्दी स्वीकृत नभएको विद्यालयलाई गणित, विज्

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • १६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चित्रेमा विद्यालयको भवन उद्घाटन

    धनकुटा | धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ चित्रेस्थित सिंहदेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा निर्मित दुई कोठे पक्की भवनको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सांसद पराजुलीले भवन निर्माणले पठन–पाठनमा सहजता मिल्ने बताए । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले पठन–पाठनमा थप सहजता प्रदान गर्न नगरपालिकाले भवन निर्माणमा सहयोग गरेका बताए । उनले शैक्षिक क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए ।कार्य

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • २५९ पटक पढिएको
    • सन्तवीर लामा
  • लायन्स क्लव अफ मिर्चैया सिटिको पदस्थापन सम्पन्न

    सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा लायन्स क्लव अफ मिर्चैया सिटिको पदस्थापन, शपथ ग्रहण र बडापत्र प्रसूती करण  भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार याबदले  पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो ।सामाजिक क्षेत्रमा सकृय रहेको यस लायन्स क्लव अफ मिर्चैया सिटिका अध्यक्ष अशोक कुमार साहले आफनो पदभार ग्रहण गरेको हुन् । पदभार ग्रहण संगै साहले लायन्स वर्ष २०२१।०२२ को लागि अध्यक्ष पदमा रहेर कार्य गर्ने छन् । अध्यक्ष साहले भने क्लवलाई अगाडि बढाउन सबैको सहयोग चाहिने भन्दै सम्पुर्ण सदस्य र अग्रजहरुको सल्लाहमा अगाडि

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • १५५ पटक पढिएको
    • गणेश कुमार शर्मा
  • मनमोहन प्राविधिक विश्वविद्यालय अवलोकन

    विराटनगर/ प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मोरङको बुढीगङ्गामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको आज अवलोकन गरे । प्रदेश प्रमुख अधिकारीलाई विश्वविश्लयका उपकुलपति डा सुवासश्री पोखरेलले   विश्वविद्यालयको गतिविधिबारे जानकारी गराए । सो अवसरमा प्रदेश प्रमुख अधिकारीलाई  विश्वविद्यालयका डिन प्रचण्डमान प्रधान, निमित्त प्रार्चाय सुदिप अधिकारी, प्रशासन प्रमुख मदनकुमार श्रेष्ठ, प्रोग्राम कोडिनेटर नरेन्द्रकुमार डाँगीले भौतिक तथा प्राविधिक प्रयोगशालाको अवलोकन गराउँनुका साथै सोको बारेमा जानकारी गराएको थियो । मोरङ र सुनसरी क्षेत्रका उद्योगलाई आवश्यक पर्ने प्राविधि

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • २६० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved