Trending Tags

शिक्षा

    Showing ३१-४० of ३,०७६ items.
  • परीक्षा उत्तीर्ण गराउन विद्यालयसँग इन्स्टिच्युटहरू साँठगाँठ, परिक्षा दिन विद्यार्थीलाई बस रिजर्भ गरेर ल्याइयाे

    विराटनगर । कमाउन धन्दामा लागेका केही इन्स्टिच्युट विद्यार्थीसँग मोटो रकम लिएर आफु अनुकलको विद्यालयमा भर्ना गराउने र उत्तीर्ण गराउनेसम्मको जिम्मा लिएर विद्यालयसँग साँठगाँठ गर्ने गरेको पाइएको छ । झापा, मोरङ र सुनसरीका इन्स्टिच्युटहरूले कक्षा १२ उत्तीर्ण गराउन जिम्म लिने र त्यसवापत विद्यार्थीहरू मोटो रकम लिएर उनीहरूले आफु अनुकुलको विद्यालयमा भर्ना गराएर उत्तिर्ण गराउन साँठगाँठ गर्ने गरेको पाइएको हो । कक्षा १२ मा अध्ययन गर्न सामुदायिक विद्यालयमा वर्षिक पाँच हजार रुपैयाँ लाग्ने गर्दछ । तर, इन्स्टिच्युटहरूले विद्यार्थीहरूसँग ४० देखि ५० हजार रुपैयाँ लिएर उत्तीर्ण गराउने जिम्मा लिने गरेका खुलेकाे

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • ३६७ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • अनलाइन कक्षाका फाइदा तथा बेफाइदाहरू

    वर्तमान अवस्थामा प्रायः सबै शिक्षालयहरू बन्द छन् । तथापि अनलाइन कक्षा भने यस पटक व्यवस्थित रूपमा सञ्चालित छन् । अनलाइन कक्षा अहिले सबैका लागि ‘नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाबुको अनुहार’ जस्तै भएको छ । यसमा संलग्न शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले यस तथ्यलाई मनन् गरेका होलान् । अनलाइन कक्षाका केही फाइदा र बेफाइदाहरूलाई यहाँ केलाउने प्रयास गरिएको छ । सूचनामा पहँुचः अनलाइन कक्षाले गर्दा चाहिने उपकरण, स्रोत जुटाउनु पर्ने हुन्छ । यसका लागि ल्यापटप, राम्रो मोबाइल, इन्टरनेट सेवा लिने त कतै डाटा लिएर पनि प्रयोग गर्न सकिन्छ । यसरी इन्टरनेटको प्रयोग गर्दा आफूलाई उपयोगी हुने विभिन्न वस्तु, क्

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • १९१ पटक पढिएको
    • प्रेम तुलाधर
  • कलेज सुरु हुनु अघि प्राइम भिजनका विद्यार्थीको स्वास्थ्य परीक्षण

    सङ्क्रमण नियन्त्रण हुँदै गएपछि धरानका शैक्षिक संस्थाहरु खुल्न थालेका छन् । विद्यालयहरुले कक्षा १२ को परीक्षा विद्यालयमै भौतिक उपस्थितिका माझ सन्चालन गरिरहेका छन् । धरानमा पहिलो पटक एडभान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट कक्षा सन्चालन गरिरहेको प्राइम भिजन हस्पिटालिटी म्यानेजमेन्ट कलेजले भौतिक कक्षा सन्चालनका लागि पूर्व तयारी गरेको छ । शुक्रबार कलेजले नयाँ भर्ना भएकासहित अघिल्ला कक्षामा अध्ययनरत ६० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गराएको छ । जनरल फिजिसियन सेवासहित विद्यार्थीले आँखा, दाँत, जनरल मेडिसिनसहितका शारीरिक परीक्षण गराएका छन् । विद्यार्थीहरुको रक्त समूह परीक्षणसमेत गरिएको

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • ३३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानका विद्यालय दशैं तिहार पछि मात्र खुल्ने, अनलाईन कक्षाको शुल्क ६० प्रतिशत

    धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले धरानमा दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका मेयर तिलक राई असोज ४ बाट विद्यालय सञ्चालन गर्ने पक्षमा थिए । तर कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले दशैं तिहारपछि मात्र विद्यालयका भौतिक कक्षा सञ्चालन गर्नु पर्ने अडान राखेपछि सोहि अनुसार निर्णय भएको हो । आज भएको कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले दशैंतिहार नजिकै आईसकेको र दशैं अगाडि १६ दिन मात्र विद्यालय खुल्ने, त्यसमाथि कोरोनाको जोखिम रहेकाले तत्काल खोल्न नहुने अडान राखेपछि दशैंतिहार पछि मात्र खोल्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।बुधबार अभिभावक सङ्घ धरान

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • २५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हतारमा विद्यालय नखोल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे निर्देशन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए । उनले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ । उनले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ४०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दशैं तिहारपछि मात्र विद्यालय खोल्न अभिभावकहरुको माग

    धरान । धरान उपमहानगरपालिकाले असोज ४ गतेबाट भौतिक रुपमा विद्यालय खोल्ने तयारी गरिरहेका बेला अभिभावकहरुले भने दशैं–तिहारपछि मात्र भौतिक कक्षा सञ्चालन गर्न माग गरेका छन् ।बुधबार अभिभावक संघ, नेपालको धरान नगर समितिले उपमहानगरपालिकाका मेयर तिलक राईलाई ध्यानाकर्षण तथा सुझावपत्र बुझाउँदै चाडपर्वपछि मात्र विद्यालय खोल्न माग गरेका हुन् । संघले असोज २१ गतेदेखि दशैं विदा सुरु हुने भएकाले त्यसअघि १५ दिन मात्र पढाई हुने साथै कोरोनाको नयाँ भेरिएन्ट समेत देखिइरहेकाले चाडपर्वपछि मात्र भौतिक कक्षा सञ्चालन गर्न सुझाव दिएको छ । अनलाईन कक्षाको शुल्क निर्धारण नभएकै अवश्थामा स्थानिय सरकारले भौतिक रुपमा विद्याल

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • २,४२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बान्तावा भाषालाई उपेक्षा गरिएको आरोप

    सुनसरी । किरात राई बान्तावा खिमले कामकाजी सरकारी भाषाका रूपमा बान्तावा भाषालाई समेट्न माग गरेको छ । प्रदेश १ सरकारले बान्तावा भाषालाई सरकारी कामकाजी भाषाका रूपमा नसमेटेर अन्याय गरेको भन्दै सो संस्थाले मङ्गलबार इटहरीमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो । किरात राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीले पत्रकार सम्मेलनमा जनगणना गर्दैखेरी बान्तावा भाषीहरूको पहिचान मेटाउने उद्देश्यले षड्यन्त्र गरेको बताए । उनका अनुसार २०५८ सालको जनगणनाको तथ्याङ्कमा ३ लाख ७१ हजार ५ सय ५६ जना बान्तावा भाषी रहेकोमा २०६८ सालको जनगणनामा १ लाख ३२ हजार ५ सय ८३ मात्र तथ्याङ्क देखाएको बताए । दश वर्षको अवधिमा जन

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • २७८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

     प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच  प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा 'कोरोना संक्रमण: बालबालिकाको भोगाई र शिक्षामा असर' विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितिय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम विर्तामोडकी भावना चौहान सान्तवना भएका थिए । बक्तृत

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • १६५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किर्ते हस्ताक्षर गरेर शिक्षक सरुवाको अनुमति, सिंहलाई प्रअबाट हटाएर मण्डललाई जिम्मेवारी दिइयो

    विराटनगर  । मोरङको जहदा गाउँपालिका – ४ स्थित सार्वजनिक माविका प्रधानाध्यापक अजय कुमार सिंहले किर्ते हस्ताक्षर गरेर रिक्त रहेको प्रावि तृतीय शिक्षक सरुवामा अनुमति दिएको पाइएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षसहित ७ जना सदस्यहरूको किर्ते हस्ताक्षर गरी रिक्त रहेको शिक्षकमा प्रअ सिंहले दुई जना शिक्षकलाई सरुवाको अनुमति दिएको हो ।सार्वजनिक माविमा रिक्त रहेको प्रावि तृतीय शिक्षक सरुवा गरेर अनुमति दिँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितको समितिका पदाधिकारीहरूले निर्णय गरिनुपर्ने हुन्छ । तर, प्रअ सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वर मुखिया, सदस्यहरू बालकृष्ण राजभर, बल

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ३५७ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • धरानका विद्यालय संञ्चालन : तेस्रो लहरको जोखिम, स्वास्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्न सुझाव

    विजयपुर / स्वास्थ्य मन्त्रालय र विज्ञहरूले जोखिम कायमै रहेको बताइ रहँदा धरानका विद्यालय भौतिक रूपमा सञ्चालन गर्न सबै पक्ष सकारात्मक रहेको पाइएको छ ।भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्दा जोखिम भए पनि सराेकारवाला पक्ष भने सकारात्मक रहेका छन् । विद्यालयका सरोकारवाला पक्षहरू, विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालकलगायत प्रध्यानाध्यापकहरूले भौतिक रूपमा शैक्षिक गतिविधि गर्नुपर्ने बताउँछन् । त्यसका लागि स्थानीय सरकारले विद्यालयले आफ्नो आवश्यकतामा विद्यालय सञ्चालन गर्न अधिकार दिनु पर्ने प्रध्यानाध्यापकहरूले बताएका छन् । अभिभावक माया रसाइलीले न्यूनतम स्वास्थ्यका मापदण्ड पुरा गरेर भौतिक रूपमा विद्यालय

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • १,००९ पटक पढिएको
    • खिलानाथ विक

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved