Trending Tags

शिक्षा

    Showing ११-२० of ३,०७६ items.
  • सुनाखरी स्कुलमा पुँजी बजारसम्बन्धी तालिम

    विजयपुर । धरान–१२ को सुनाखरी स्कुलले पुँजी बजारसम्बन्धी आधारभूत तालिम सञ्चालन गरेको छ ।शुक्रबार स्कुलले कक्षा–११ का विद्यार्थीहरुलाई केन्द्रित गरी पुजी बजार (शेयर मार्केट) सम्बन्धि तालिम सञ्चालन गरेको हो । आधारभुत तालिममा पुँजी बजार के हो? कसरी प्रवेश गर्ने, कति लगानी गर्ने, कुराको विषयमा जानकारी दिइएको थियो । कस्ता व्यक्तिले पुँजी बजार लगानी गर्ने सम्बन्धि तालिम दिइएको थियो । डिम्याट एकाउण्ट, मेरो शेयर खोल्नका लागि आवश्यके कागजात विषयमा पनि जानकारी दिइएको थियो । तालिमको सहजीकरण दिपा लिम्बूले गरेकी थिइन । दिपा पुँजी बजारसम्बन्धी जानकार र लगानीकर्ता हुन् । उनले बालबालिकाकादेखि बृद्धबृद्धा सबैले

    • प्रकाशित मितिः आश्विन २३, २०७८
    • १४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘भ्रूण प्रश्न’ कविता सङ्ग्रहको ओजिलो पक्ष

    यो ब्रह्माण्ड कहाँ रहन्छ यसको मासेर मूलै जरो ?रोक्दैछौं किन जन्मिने पथ यहाँ छोरीहरुकै तर ?त्रासैत्रास छ भु्रणमै पनि हेर ! पाउन्न कि जन्मिन ?छोरी जन्मनु श्राप हो यदि भने संसार कस्को भन ?आमा भन्दछ प्रेम प्यार दुनियाँ छोरी तिनी हैन र ?पत्नी रोज्दछ जिन्दगी सहजको छोरी उनी हैन र ?चाहन्छौ गुणकी सुशील युवती त्यस्ती बुहारी किन ?छोरी जन्मनु श्राप यदि हो भने संसार कस्को भन ?माथिका हरफहरुले नै ‘भ्रूण प्रश्न’ कविता सङ्ग्रहको भाषिक, शब्द चयन, नारी विभेद अनि कविको लेखन उच्चता प्रष्ट पार्छ । नारी नै पुरूषका आधार हुन् र नारी विनाको पुरूष असम्भव रहेको सत्य कुरा ओकल्ने कविता सङ्ग्रह पढ्न पाउँदा ज्यादै हर्ष लागेक

    • प्रकाशित मितिः आश्विन २३, २०७८
    • १६१ पटक पढिएको
    • डा.लेखनाथ न्यौपाने
  • हिसानको सात सदस्यीय धरान नगर समिति

    धरान । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको क्षेत्राधिकारभित्र पर्ने धरानमा नगर समिति गठन भएको छ । धरान क्षेत्रका जिल्ला उपाध्यक्षको संयोजकत्वमा रहने गरी सात सदस्यीय समिति गठन गरिएको छ । बिहीबार भेडेटारमा सम्पन्न शुभकामना आदानप्रदान तथा धरान नगर भेलाले समितिको सहसंयोजकमा लोकेन्द्र श्रेष्ठ, सचिवमा सन्तोष कोइराला, सहसचिवमा अनिल श्रेष्ठ र कोषाध्यक्षमा पुरन चेम्जोङ रहेका छन् । यस्तै समितिको सदस्यमा सञ्जिव बान्तवा र एकजना सदस्य मनोनित गरिने जिल्ला अध्यक्ष मुकुन्द घिमिरेले जानकारी दिए । भेलामा निवर्तमान कोषाध्यक्ष सन्तोष कोइरालाले संस्थाको प्रगति प्रतिवेदन प्रस्

    • प्रकाशित मितिः आश्विन २१, २०७८
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सेमिस्टर टपर विद्यार्थीलाई सम्मान

    विराटनगर ।  त्रिभुव विश्व विद्यालयले लिएको परीक्षामा सेमिस्टर टपर गर्ने विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजले विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ । कलेज परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरि ८ जना सेमिस्टर टपर गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको हो । बिएससी सिएसआइटी फस्ट सेमिस्टरका हिमाङसु दाहाल, थड सेमिस्टरमा अनिश भत्त जोशी र पाँचौं सेमिस्टरका रामसिस कामतलाई नगदसहित कलेजले सम्मान गरेको छ । यसैगरी बीआइएम थड सेमिस्टरका कैलाश यादव, फस्ट सेमिस्टरका दिपा साह र पुष्पा साह, बिएचएमको फस्ट सेमिस्टरका दिपेन्द्र अधिकारी, बिबिएस चौथो वर्षका गुन्जन गुप्तालाई कलेजले सम्मान गरेको छ ।

    • प्रकाशित मितिः आश्विन १९, २०७८
    • १५४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • युएनद्वारा टपर विद्यार्थीलाई सम्मान

    धरान । धरान–१६ स्थित युएन, नवोदय कलेजको बिएचएममा प्रदेश १ मा ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ विद्यार्थीलाई नगदसहितले सम्मानित गरिएको छ । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहितले सम्मानित गरिएको हो । तेस्रो सेमेष्टरमा प्रिजा डाँगी धरान प्रथम तथा प्रदेश सेकेण्ड बनेकी छन् । प्रिजाले ३.८४ जिपिए प्राप्त गरेकी थिइन् । उनलाई नगद १५ हजार रुपैयाँले सम्मानित गरिएको कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । त्यस्तै प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो नतिजा ल्याएकी थिइन् । जानुकाले ३.७३ जिपिए प

    • प्रकाशित मितिः आश्विन १९, २०७८
    • २६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पथरीमा फाइन आर्ट, पत्रकारिता र कानून

    पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा प्रदेशमै फरक रुपमा साहित्य कलाको क्षेत्रको प्रवद्र्धनको प्रयास स्वरुप चित्रकला (फाइन आर्ट ) विषयमा अध्यापन अघि बढेको छ । संगसंगै पत्रकारिता र कानूनको उस्तै फरक विषयपनि सञ्चालनमा छ ।   प्रदेशमै कला साहित्यमा सक्रिय नगरको एभरेष्ट आर्ट फ्यूजनको पहलमा नगरको वडा नम्बर १ स्थित पथरीको पञ्चायत माविमा गत वर्षदेखि कक्षा ११ र १२ मा फाइन आर्ट विषयको पठन पाठन थालिएको छ । गत वर्ष कक्षा ११ बाट सुरु भएको फाइन आर्टले चित्रकला क्षेत्रमा स्थानीय नगरका मात्र नभएर पूर्वका युवा पुस्तालाई प्रोत्साहित गरेको छ । मोरङ, झापाका विभिन्न ठाउँका चित्रकलाप्रेमीहरु अध्ययनका लागि

    • प्रकाशित मितिः आश्विन १६, २०७८
    • ४०५ पटक पढिएको
    • भूपेन्द्रराज तिम्सिना
  • प्राइम भिजनद्वारा दुई समझदारी पत्रमा हस्ताक्षर

    प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज धरान र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी म्यानेजमेन्ट ललितपुर बिच क्रेडिट ट्रन्स्फर सम्झौता पत्रमा हस्ताक्षर भएको छ।एआईटिएम् कलेज र प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज बिच एड्भान्स डिप्लोमा उर्तिण विद्यार्थीलाई बिएच्एम् चौथो सेमेस्टरमा क्रेडिट ट्रन्स्फरका लागी सम्झौता भएको छ ।   एआईटिएम् कलेजको तर्फबाट  कलेजका सीईओ रोशन राठी  र प्रमुख वसन्त जोशी  तथा प्राइम भिजनको तर्फबाट  सीईआ अभिषेक श्रेष्ठ बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।साथै वैदेशिक अध्ययनका लागि धरानमा परामर्श केन्द्र स्थापना गर्न&

    • प्रकाशित मितिः आश्विन १६, २०७८
    • २४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नगरको नेतृत्व गैरजिम्मेवारः अभिभावक सङ्घ

    विजयपुर । अभिभावक सङ्घ धरान नगर समितिले धरान उपमहानगरपालिकाको नेतृत्व शैक्षिक विषयमा गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।सङ्घले विज्ञप्ति जारी गर्दै  उपमहानगरपालिकाले सरोकारवाला पक्षसँग छलफलै नगरी शैक्षिक माफियाहरूको चक्रव्यूहमा फसेर विद्यालय खोल्ने निर्णय गरेको आरोप लगाएको छ । कोरोना महामारी अन्त्य नभएको अवस्थामा स्वास्थ्य मापदण्डलाई समेत ध्यान नदिई विद्यालय खोल्ने निर्णय भएकाले विद्यालयमा कुनै पनि बालबालिका सङ्क्रमित भएर गम्भीर स्वास्थ्य समस्या भएमा विद्यालय सञ्चालक र स्थानीय सरकारले पूर्ण जिम्मेवारी लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।  निजी विद्यालयका विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउ

    • प्रकाशित मितिः आश्विन १५, २०७८
    • २८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • को बन्ला मिस कोसी ?, ताज पहिरिन ३० प्रतियोगी भिड्दै

     विराटनगर ।  छैटौँ संस्करणको मिस कोसीको उपाधि शिरमा पहिरिन ३० जना प्रतियोगीले प्रतिस्पर्धा गर्ने भएका छन् । विभिन्न चरणको अडिसनबाट छनौट भएर फाइनलमा पुगेका ३० जना प्रतियोगीले उपाधि जित्न असोज १६ गते प्रतिस्पर्धा गर्ने भएका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रालिले किशोरीहरूमा भएका प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा प्रदेश १ भरीबाट छनौट भएर प्रतियोगी फाइनलमा पुगेका छन् ।यसरी फाइनलमा पुग्नेहरूमा मोरङको बेलबारीदेखि रिजा तामाङ, प्रतिक्षा कार्की, आयूषा खवास, झापादेखि आकृति गिरी, कुसुम निरौला, औरावनीदेखि प्रेरणा चौधरी, विरा

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • ५०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एम्सद्वारा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

    धरान/धरान–१२ को एम्स एकेडेमीले नयाँ विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरेको छ । धरान(१९ ब्रिटिस सामुदायिक भवनमा आयोजित कार्यक्रममा नेशनल मल्टिपल कलेजका विद्यार्थीलाई स्वागत गरेको हो । त्यस्तै हालै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई बिदाइ गरेको हो । एकेडेमीका प्रिन्सिपल मित्र तामाङका अनुसार कक्षा १२ का २०० भन्दाबढी विद्यार्थीलाई बिदाइ गरिएको हो । त्यस्तै नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको हो । कलेजले हालै नेशनल मल्टिपल कलेजलाई पनि समाहित गरेको छ । एकेडेमीका एकेडेमिक डाइरेक्टर नेत्र सुवेदीले नेशनल मल्टिपल कलेजलाई पनि गाभ्दै पाँचवटा नयाँ शैक्षिक कार्यक्रम

    • प्रकाशित मितिः आश्विन १३, २०७८
    • १०२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved