Trending Tags

शिक्षा

    Showing १११-१२० of ३,१४१ items.
  • धरानको शैक्षिक समस्याः उपमहानगरले निर्णय गर्न नसक्दा अन्यौल

    विजयपुर । धरानमा शिक्षाका क्षेत्रमा विविध समस्याहरू छन् तर, समस्याको समाधान गर्ने जिम्मेवारी लिएको धरान उपमहानगरपालिका समस्याप्रति उदासिन छ ।नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दासमेत उपमहानगरले निजी तथा संस्थागत विद्यालयले अभिभावकसँग के कति शुल्क लिन पाउने भन्ने बारे निर्धारण गर्न नसक्दा विद्यालय सञ्चालक, अभिभावक र शिक्षकहरू अन्यौलमा रहेका छन् । उपमहानगरले १ महिनाअगाडि नै गतवर्षकै अनुपातमा शुल्क लिन पाउने निर्णय गरेको थियो । उक्त निर्णय विद्यालय सञ्चालकहरूको दबावपछि कार्यान्वयनमा आउन सकेको छैन । उपमहानगरले अभिभावकबाट विद्यालयले कति शुल्क लिन पाउने भन्ने स्पष्ट निर्णय नगर्दा विद्यालय सञ्

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • ८९६ पटक पढिएको
    • खिलानाथ विक
  • विराटनगर प्याब्सनको अध्यक्षमा चार आकांक्षी

    प्याब्सन नगर कार्यसमिति विराटनगरको चुनावी सरगर्मी बढेको छ । प्याब्सन नगर कार्यसमतिकिो दोस्रो अधिवेशनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको हो ।आउँदो भदौ ३१ गते विराटनगरमा हुने प्याब्सन नगर कार्यसमितिको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।अघि पनि निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको नगर प्याब्सनमा यसपटक पनि निर्वाचन हुने देखिएको छ । अध्यक्षसहित विभिन्न पदमा आकांक्षी बढ्दा प्याब्सन नगर कार्यसमितिको निर्वाचन हुने देखिएको हो ।प्याब्सन नगर कार्यसमितिका उपाध्यक्ष मोहन बुढाथोकी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यस्तै अध्यक्षमा अर्जुन श्रेष्ठ, शिवप्रसाद अधिकारी र संजयकुमार यादवले पनि उम्मेदवार

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • ३६० पटक पढिएको
    • ब्लाष्ट खबर
  • यु एन कलेजका बिएचएमतर्फका विद्यार्थी प्रदेश १ मा ‘सेकेण्ड टपर’ र ‘धरान टपर’

    धरानः धरान–१६ स्थित यु एन कलेजको बिएचएममा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि प्रदेश १ मा  ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ भएका छन् ।त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको बिहिबार नतिजा आएको छ । तेस्रो सेमेष्टरको फाइनलको नतिजामा तेस्रो सेमेष्टरकी प्रिजा डाँगीले धरान प्रथम तथा प्रदेश सेकेण्ड टप गर्न सफल भएको कलेजले जनाएको छ । उनले ३.८४ जिपिए प्राप्त गरेकी छिन् ।यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो नतिजा ल्याएकी छिन् । जानुकाले ३.७३ जिपिए प्राप्त गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयले बिएचएमका लागि ३३ कोटा निर्धारण गरेको

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • २८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पहिलो पटक हात्तिसार क्याम्पसले पायो महिला 'सहायक क्याम्पस प्रमुख'

    धरान -१४ स्थित केन्द्रिय प्रविधि क्याम्पसको सहायक क्याम्पस प्रमुखमा खाद्य प्राबिधिक तथा खाद्य बैज्ञानिक बबिता अधिकारी नियुक्त भएकी छिन् ।त्रिभुवन विश्व बिध्यालय, केन्द्रिय प्रविधी क्याम्पसको कार्यकारी समितिको बैठकले अधिकारीलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्षको हुनेछ । यो क्याम्पसले पहिलो पटक महिला सहायक क्याम्पस प्रमुख पाएको हो । अधिकारीले २०४७ सालमा प्रबिणता प्रमाण पत्र अर्थात आइ।एस्सी।तह केन्द्रिय प्रविधी क्याम्पसबाट उतीर्ण गरेका थिइन् भने सोही क्याम्पसबाट २०५२ सालमा स्नातक बि.टेक खाद्य प्रविधी उतिर्ण गरेकी थिइन् । अधिकारी २०५३ सालबाट आंशिक शिक्षकको

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • ६५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कक्षा १२ को परीक्षा भदौ ३० बाट

    धरान । कोरोना महामारीका कारण मिति तय भए पनि स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु हुने निर्णय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको हो । यसअघि बोर्डले साउन ३१ गतेबाट परीक्षाको मिति तय गरेको थियो । तर, कोरोना महामारीका कारण स्थगित गरिएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिअनुसार परीक्षा सञ्चालन गर्ने निर्णय छ । कक्षा १२ को परीक्षा दुईपटक स्थगित गरिएको थियो । पौने चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • ३९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

    काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै आज सो निर्णय गरेको हो । विद्यालयहरु सञ्चालन गर्नैपर्ने भएमा सरकारले जारी गरेको ‘स्मार्ट लकडाउन’को प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्लाको केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।यही भदौ १७ देखि ३१ गतेसम्म लागू हुने निषेधाज्ञासम्बन्धी आदेश

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • २७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नवआगन्तुक विद्यार्थीलाई प्राइम भिजनको अभिमुखीकरण

    धरानमा 'एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट' पढाइ हुने एक मात्र कलेज प्राइम भिजन इन्टरनेश्नल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले नवागन्तुक विद्यार्थीका लागि अभिमुखीकरण संचालन गरेको छ । अभिमुखीकरणमा विद्यार्थीलाई अध्यापन गराइने विषय, शैक्षिक सम्बन्धन, इन्टर्नशीप, प्रयोगात्मक सीप, अनुशासन, सत्कार, शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलाप, सामाजिक उत्तरदायित्वलगायतका विषयमा जानकारी गराइएको थियो । कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सलर मधुसुदन कोइराला, एडमिनिस्ट्रेटिभ इन्चार्ज विशाल शंकरलगायतले अभिमुखीकरणमा सहजीकरण गरेका थिए । अभिमुखीकरणमा कलेजका तर्फबाट अध्य

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • ५२४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किरातेश्वर माविमा दाताद्वारा निर्मित भवन उद्घाटन

    धरान । धरान–१९ को किरातेश्वर मावि परिसरमा दाताले निर्माण गरिदिएको दुई तले भवन सोमबार उद्घाटन गरिएको छ । ‘मानवीर लङ्वा र इशा एभेङ लिम्बूको स्मृतिमा निर्मित भवन सिनियर एरिया वेलफेयर अफिसर क्याप्टेन पूर्णप्रसाद लिम्बूले उद्घाटन गरे । हङकङमा बस्दै आएकी इसाको स्मृतिमा परिवारले ७ लाख ९० हजार रुपैयाँ खर्चेर एक तलेको दुई कोठा निर्माण गरिदिएको हो । त्यस्तै सेभेन जिआरमा आवद्ध भई सेवा गरेका मानवीर लङ्वाको स्मृति पनि उनको परिवारले ७ लाख १८ हजार रुपैयाँको लागतमा माथिल्लो तलाको दुई कोठा निर्माण गरिदिएको हो । उनीहरू धरान–१९ निवासी हुन् । लङ्वाको ७६ वर्षको उमेरमा निधन भएका थिए भने एभेङको ३२ वर्षको उ

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • ३७५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैयामा साईकल वितरण

    सिरहा । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैयामा साईकल वितरण भएको हो । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत मिर्चैया नगरपालिका वडा नं.५ स्थित रहेको श्री मोहन नमुना माध्यमिक विधालय(प्र.)मा अध्यनरत कक्षा ९ का ८९ जना छत्रा विद्यार्थीहरूलाई  साईकल वितरण गरिएको हो । साईकल वितरण कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले भने महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने हो । देशलाई अगाडी बढाउन महिला शिक्षामा जोड दिनुपर्ने बताए । महिला शिक्षित नभएसम्म देश शिक्षित नहुने धारणा राखे । मिर्चैया नगरपालिकाका नगर प्रमुख यादवले देशलाई विकसित गर्न सबैले म

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • ४२३ पटक पढिएको
    • गणेश कुमार शर्मा
  • इक्यान झापाले बाल आश्रमलाई खाद्यान्न र शैक्षिक सामग्री दिएर मनायाे २५औं वार्षिकोत्सव

    बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आइतबार २५औं वार्षिकोत्सव मनाएको छ । बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै इक्यान झापाले रजत महोत्सव मनाएको हो ।कार्यक्रममा इक्यान झापाका अध्यक्ष सुमन शर्मा, उपाध्यक्ष मिलन ओली, सचिव मदन बुढाथोकी, कोषाध्यक्ष राज कार्की, अतिरिक्त विभाग प्रमुख अनिल सापकोटा, रियल वल्र्डका सञ्चालक राज मुखियाले इक्यानले शिक्षाका क्षेत्रमा विभिन्न काम गर्दै आएको बताए । उनीहरुले आश्रमका बालबालिकालाई इक्यानको तर्फबाट गर्ने शैक्षिक सहयोग निःशुल्क रुपमा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।इक्यानले शैक्षिक परा

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • ३५२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved