Trending Tags

शिक्षा

    Showing १०१-११० of ३,१४१ items.
  • दशैं तिहारपछि मात्र विद्यालय खोल्न अभिभावकहरुको माग

    धरान । धरान उपमहानगरपालिकाले असोज ४ गतेबाट भौतिक रुपमा विद्यालय खोल्ने तयारी गरिरहेका बेला अभिभावकहरुले भने दशैं–तिहारपछि मात्र भौतिक कक्षा सञ्चालन गर्न माग गरेका छन् ।बुधबार अभिभावक संघ, नेपालको धरान नगर समितिले उपमहानगरपालिकाका मेयर तिलक राईलाई ध्यानाकर्षण तथा सुझावपत्र बुझाउँदै चाडपर्वपछि मात्र विद्यालय खोल्न माग गरेका हुन् । संघले असोज २१ गतेदेखि दशैं विदा सुरु हुने भएकाले त्यसअघि १५ दिन मात्र पढाई हुने साथै कोरोनाको नयाँ भेरिएन्ट समेत देखिइरहेकाले चाडपर्वपछि मात्र भौतिक कक्षा सञ्चालन गर्न सुझाव दिएको छ । अनलाईन कक्षाको शुल्क निर्धारण नभएकै अवश्थामा स्थानिय सरकारले भौतिक रुपमा विद्याल

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • २,४८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बान्तावा भाषालाई उपेक्षा गरिएको आरोप

    सुनसरी । किरात राई बान्तावा खिमले कामकाजी सरकारी भाषाका रूपमा बान्तावा भाषालाई समेट्न माग गरेको छ । प्रदेश १ सरकारले बान्तावा भाषालाई सरकारी कामकाजी भाषाका रूपमा नसमेटेर अन्याय गरेको भन्दै सो संस्थाले मङ्गलबार इटहरीमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो । किरात राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीले पत्रकार सम्मेलनमा जनगणना गर्दैखेरी बान्तावा भाषीहरूको पहिचान मेटाउने उद्देश्यले षड्यन्त्र गरेको बताए । उनका अनुसार २०५८ सालको जनगणनाको तथ्याङ्कमा ३ लाख ७१ हजार ५ सय ५६ जना बान्तावा भाषी रहेकोमा २०६८ सालको जनगणनामा १ लाख ३२ हजार ५ सय ८३ मात्र तथ्याङ्क देखाएको बताए । दश वर्षको अवधिमा जन

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ३३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

     प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच  प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा 'कोरोना संक्रमण: बालबालिकाको भोगाई र शिक्षामा असर' विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितिय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम विर्तामोडकी भावना चौहान सान्तवना भएका थिए । बक्तृत

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • १९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किर्ते हस्ताक्षर गरेर शिक्षक सरुवाको अनुमति, सिंहलाई प्रअबाट हटाएर मण्डललाई जिम्मेवारी दिइयो

    विराटनगर  । मोरङको जहदा गाउँपालिका – ४ स्थित सार्वजनिक माविका प्रधानाध्यापक अजय कुमार सिंहले किर्ते हस्ताक्षर गरेर रिक्त रहेको प्रावि तृतीय शिक्षक सरुवामा अनुमति दिएको पाइएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षसहित ७ जना सदस्यहरूको किर्ते हस्ताक्षर गरी रिक्त रहेको शिक्षकमा प्रअ सिंहले दुई जना शिक्षकलाई सरुवाको अनुमति दिएको हो ।सार्वजनिक माविमा रिक्त रहेको प्रावि तृतीय शिक्षक सरुवा गरेर अनुमति दिँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितको समितिका पदाधिकारीहरूले निर्णय गरिनुपर्ने हुन्छ । तर, प्रअ सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वर मुखिया, सदस्यहरू बालकृष्ण राजभर, बल

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ४१४ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • धरानका विद्यालय संञ्चालन : तेस्रो लहरको जोखिम, स्वास्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्न सुझाव

    विजयपुर / स्वास्थ्य मन्त्रालय र विज्ञहरूले जोखिम कायमै रहेको बताइ रहँदा धरानका विद्यालय भौतिक रूपमा सञ्चालन गर्न सबै पक्ष सकारात्मक रहेको पाइएको छ ।भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्दा जोखिम भए पनि सराेकारवाला पक्ष भने सकारात्मक रहेका छन् । विद्यालयका सरोकारवाला पक्षहरू, विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालकलगायत प्रध्यानाध्यापकहरूले भौतिक रूपमा शैक्षिक गतिविधि गर्नुपर्ने बताउँछन् । त्यसका लागि स्थानीय सरकारले विद्यालयले आफ्नो आवश्यकतामा विद्यालय सञ्चालन गर्न अधिकार दिनु पर्ने प्रध्यानाध्यापकहरूले बताएका छन् । अभिभावक माया रसाइलीले न्यूनतम स्वास्थ्यका मापदण्ड पुरा गरेर भौतिक रूपमा विद्यालय

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • १,०५० पटक पढिएको
    • खिलानाथ विक
  • भौतिक रुपमा कक्षा सञ्चालन गर्ने तयारी, सरोकारवालासँग सुझाव माग

    विजयपुर/धरानका शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्ने तयारी गरेसँग सरोकारवालासँग सुझाव माग गरिएको छ । उपमहानगरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था सञ्चालनको लागि सरोकारसँग सुझाव, सल्लाह, गुनासा तथा प्रतिक्रिया मागेको हो । उपमहानगरले भौतिक रुपमा कक्षा सञ्चालनका लागि सामुदायिक, नीजि तथा संस्थागत विद्यालयका प्रध्यानाध्यापक, विद्यार्थी, विद्यार्थी संघ संगठनलगायत सरोकारवाला पक्षसँग सुझाव, सल्लाह, गुनासा तथा प्रतिक्रियाहरु माग गरेको हो । उपमहानगरका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर बटुवालले भौतिक रुपमा उपस्थितिमा शैक्षिक गतिविधि सञ्चालनका लागि सुझाव माग गरेको बताए । उनले भने,

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ५३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनसरीका विद्यालय खोल्ने तयारी

    इनरुवा । कोरोनाका कारण लामो समययता बन्द रहँदै आएका सुनसरीका विद्यालय खोल्ने तयारी थालिएको छ । विद्यालय सञ्चालनको बारेमा डीसीसीएमसीले स्पष्ट धारणा सार्वजनिक नगरे पनि स्मार्ट लकडाउनको परिधिमा रही अगि बढ्न सक्ने भनेको छ । सोही बुँदालाई टेकेर जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालनको तयारी अगि बढाएका छन् । प्याब्सन सुनसरीले जिल्लाका सबै पालिकामा पठन–पाठन सञ्चालनमा ल्याउने गरी छलफल थालेको जनाएको छ । प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले कोरोनाको अवस्था सामान्य बन्दै गएको र विद्यालय मात्रै बन्द गरिनु उचित नहुने देखिएकाले सञ्चालनको तयारीमा जुटेको बताए । उनले असहज अवस्थामा

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ३७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जडेज स्कुल द्वारा स्व. भट्टराईको सालिक आवरण, जेहेन्दार विधार्थिहरुलाई छात्रवृत्ति प्रदान

    भरौल :बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ५ कालाबंजरमा अबस्थित श्री जगन नाथ डेड राज माध्यमिक स्कुलले बुधबार स्व. टंक बहादुर भट्टराईको सालिक अनावरण  गरेको छ भने जेहेन्दार विधार्थिहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर स्कुललाई २० विघा जमिन   हस्तान्तरण कार्यक्रममा अहम भूमिका प्रदान गरेकोले स्कुलले स्व.भट्टराईको सालिक अनावरण  गरेकाे हाे भने साेही त्नौँरफममा  जना जेहेन्दार विधार्थिहरुलाई छात्रवृत्ति प्रदान  गिरएकाे हाे । स्व. भट्टराई साविक भरौल ७ घर भई हाल बराहक्षेत्र ४ मा बसोबास गर्ने स्थानीय वासिन्दा हुन् । पहिला पहिला त्यति मान्छे

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • ३४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोनाका नाममा विद्यार्थीहरुलाई शिक्षाबाट वञ्चित गरियोः क्यापस प्रमुख तुम्बापो

      धरान -१६ स्थित यु एन  क्यापस  प्रमुख   तथा  नवोदय प्लस टु का प्रधानाध्यापक  डम्बरकुमार तुम्बापो सँग  शैक्षिक क्षेत्रको सेरोफेरोमा रहेर ब्लाष्ट खबरका लागि संजिता धमलाले गरेको  संवाद  अब विद्यालय कसरी संचालन गर्नु पर्छ जस्तो लाग्छ ?  शिक्षा  देश विकासको आधार सँगै परिवर्तनको संवाहक पनि हो । त्यही परिवर्तनका  सारथी भविष्यका कर्णधार विद्यार्थीहरुलाई  आज  कोरोनाका नाममा  शिक्षाबाट वञ्चित गरिएको छ  । त्यसैले  शिक्षा  बालबाालिका तथा विद्यार्थीको नितान्त  नैंसगिंक  अधिकार भएकाले अनलाईन&n

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • ६६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेलायतको डिग्री पढाउँदै विराटनगर इन्टरनेशनल कलेज

    धरान । विराटनगरमा विगत ७ वर्षअघि सञ्चालनमा आएको विराटनगर–६ भृकुटी मार्गस्थित मेरिल्याण्ड कलेज विराटनगरको नाम परिवर्तन भएर विराटनगर इन्टरनेशनल कलेज भएको छ ।बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसँगको सहकार्यमा पुर्वमा पहिलोपटक बेलायतको बिजनेस डिग्री सञ्चालन गर्दै आएको छ । कलेजले नयाँ नामसहित थप बेलायतका ३ वटा कोर्ष सुरु गर्ने भएको हो । शुक्रबार कलेज परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कलेजले नयाँ कोर्षको आवश्यकता अनुभूत गरी बिए (अनर्स) इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेण्ट, मास्टर्स इन इन्टरनेशनल बिजनेस म्यानेजमेण्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष पढाउने

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • २०२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved