Trending Tags

शिक्षा

    Showing १-१० of ३,०७६ items.
  • एभरेष्ट स्कुलमा विद्यार्थीको समिति

    विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा आइतबार विद्यार्थीहरूको समस्या निराकरण गर्नका लागि दुईजनालाई प्रमुख बनाइएको छ । एक वर्षे कार्यकालका लागि सौगात तिम्सिना र केशिका श्रेष्ठलाई प्रमुख बनाइएको हो । विद्यार्थीहरूबीच मतदान गराउँदै नेतृत्व चयन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज राजन भट्टराईले जानकारी दिए । उनका अनुसार कक्षा २ देखि १० सम्मका हरेक कक्षाका लागि मनिटर र भाइस मनिटर तथा प्रत्येक हाउसका लागि हाउस क्याप्टेन र भाइस क्याप्टेन पनि चयन गरिएको छ । यस्तै विद्यालय भित्र रहेका विभिन्न क्लबका लािग समेत क्याप्टेन र भाइस क्याप्टेन चयन गरि सवैलाई आआफ्नो कर्तब्य र जिम्मेवारीका विषयमा

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • ७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश स्काउटद्वारा विद्यार्थीलाई स्काउट पोसाक वितरण

    धरान । प्रदेश स्काउट कार्यालय विराटनरले धरान–२ स्थित शिक्षा निकेतन स्काउट ट्रूपलाई निःशुल्क स्काउट पोसाक वितरण गरेको छ । निकेतनका १६–१६ जनाको स्काउट टूुपलाई पोसाक वितरण गरिएको प्रदेश १ सदस्य हेमन्त भण्डारीले जानकारी दिए । सामुदायिक विद्यालयमा स्काउटिङ शिक्षालाई प्रभावकारी बनाउनका लागि पोसाक वितरण गरिएको धरान स्काउटका संयोजक अनुप तामाङले जानकारी दिए । सोमबार एक कार्यक्रम गर्दै छात्रछात्रालाई पोसाक दिइएको हो । कार्यक्रममा धरान नगर संयोजक अनुप तामाङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश राई, स्काउटका प्रदेश सदस्य हेमन्त भण्डारीलगायतले विद्यार्थीलाई पोसाक हस्तान्तरण गरेका थिए । कार्यक्रमको संयोज

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • ९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एम्स कलेजद्वारा वक्तृत्वकलाकी विजयी उषा कार्कीलाई सम्मान

    धरान । आन्तरिक राजस्व कार्यालय धरानले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विजयी बनेकी एम्स एकेडेमी विज्ञान सङ्कायकी उषा कार्कीलाई कलेजले सम्मानित गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी सम्मानित गरेको कलेजका व्यवस्थापन सङ्कायका प्रमुख संयोजक दुर्गा सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार मङ्गलबार सम्पन्न प्रतियोगितामा एम्सकी उषा तेस्रो बनेकी थिइन् । उनले विज्ञान सङ्कायका विद्यार्थीहरू ‘सिङ्गल डाइमेन्सन’ का हुने भनी व्याख्या गरिए पनि विज्ञान सङ्कायमा पढ्ने विद्यार्थीहरू त्यस्तो नहुने भन्ने प्रमाणित गरिदिएको बताए । ‘विज्ञान पढ्ने भनेपछि यिनीहरू पढन्ते मात्रै हुन्, यिनीहरूलाई

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • २३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राष्ट्रपतिको चासोले विद्यालय परिवार उत्साहित

    मुलुककै जेठो मानिने महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय  परिवार यतिखेर उत्साहित छन् । राष्ट्रपतिले विद्यालय परिसरमै पुगेर अवलोकन गर्दै शैक्षिक र भौतिक अवस्थाबारे चासो देखाएपछि यहाँका शिक्षक, विद्यार्थी र मटिहानीवासी उत्साहित भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार विद्यालयको अवलोकन गर्दै  विद्यालयका गतिबिधिबारे जानकारी लिनुकी थिइन् । “राष्ट्रपतिले विद्यालयको शैक्षिक, भौतिक अवस्थाबारे चासो देखाउनुभयो”, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले भने, “राष्ट्रपतिले विद्यालयको सुधारका लागि के गर्न सकिन्छ रु भन्ने चासो देखाउनुभएको छ,

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १०१ पटक पढिएको
    • रासस
  • हुलासद्वारा ज्ञानचक्षुका विद्यार्थीलाई सहयोग

    धरान (ब्लाष्ट) गोल्छा अर्गनाईजेसन अन्तर्गत हुलास वायर इन्डष्ट्रिज लिमिटेडले उद्योगपति स्व.महेन्द्र गोल्छाको १२ औं पुन्य तिथिमा धरान स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका विद्यार्थीलाई सहयोग प्रदान गरेको छ ।विहीबार गोल्छा अर्गनाईजेसन, हुलास वायरका कर्मचारीहरुले विद्यालयमा पुगेर ४० थान ब्लाङ्केट, ५ दर्जन विस्कुट, २ कार्टुन फ्रुटि विद्यार्थीहरुलाई वितरण गरे । हुलासले हरेक वर्ष मंसीर २ गते पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय र विभिन्न स्थानमा सहयोग प्रदान गर्ने गरेको गोल्छा अर्गनाईजेसनकी पब्लिक रिलेसन अफिसर राधा थापा मगरले बताईन् । उनका अनुसार यसअघि सो विद्यालयमा टेवल टेनिस, फुटबल लगायतका खेलकुद सामग्

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • ८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जनएकता संस्थाद्धारा ४ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

    पथरी । मोरङको कानेपोखरी गाउँपालिका —६, मा स्थापित जनएकता बचत तथा ऋण सहकारी संस्थाले ४ सय छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ ।संस्थाले आफ्नो २० औं स्थापना दिवशको अवसरमा पालिका क्षेत्र भित्रका ९ वटा सामुदायिक विद्यालयका छात्राछात्रलाई न्यानो लुगा स्वेटर वितरण गरिएको हो । वडा नम्बर ६ को सुन्तली आधारभूत विद्यालयका ५६ जना र पंचज्योति आधारभूत विद्यालयका ३७ जना, वडा नम्बर–४ को थानेश्वर आधारभूत विद्यालयका २९ जना, सूर्योदय आधारभूत विद्यालयका ३५ जना र पंचकन्या आधारभूत विद्यालयका ३० जना, वडा नम्बर ३ को लक्ष्मि आधारभूत विद्यालयका ३५ जना र शिक्षा सदन माविका ६४ जना र वडा नम्बर २ को मैनावारी आधारभूत वि

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • १२८ पटक पढिएको
    • दिनेश सुब्बा
  • तलब नपाएपछि शिक्षक आन्दोलित

    मधुमल्ला। सरकारले तोकेको न्यूनतम् तलब पनि नपाएको भन्दै मोरङको मिक्लाजुङ गाउँपालिकास्थित सामुदायिक विद्यालयमा अध्यापनरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरू आन्दोलित बनेका छन् ।नेपाल सरकारले सङ्घीय बजेटमार्फत् व्यवस्था गरेको न्यूनतम् तलब १५ हजार नपाएको भन्दै सोमबारबाट ६ सूत्रीय माग राख्दै आन्दोलित बनेका हुन् । सोमबार मिक्लाजुङका सबै सामुदायिक विद्यालयमा हातमा कालोपट्टी बाँधेर काम गरेका थिए । सरकारले तोकेको न्यूनतम् तलब पाउनुपर्ने भगवती माविका प्रधानाध्यापक प्रेमप्रकाश कोइरालाले बताए । गत कात्तिक १७ गते नै सङ्घीय सरकारले तोकेबमोजिमको न्यूनतम् तलब उपलब्ध गराउन माग गर्दै मिक्लाजुङ गाउँपालिकाला

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सङ्कटमा निजी विद्यालय

    नेपालमा रोजगारयुक्त कलकारखाना, उद्योगधन्दा धेरै सङ्ख्यामा खुलेका छैनन् । खुलेका कलकारखाना, उद्योगधन्दा पनि विविध कारणले बन्द हुँदै गएका छन् । रोजगारको अभाव वा नेपालमा भन्दा बढी सुविधा तथा तलबको आशाले युवाहरू विदेशिन बाध्य भएका छन् । दैनिक रूपमा हजारभन्दा बढी युवाहरू रोजगारको खोजीमा विदेश गइरहेका छन् । विदेशिएका यी युवाहरूमध्ये अधिकांशले विदेशमा काम गरेर नेपालमा पैसा पठाइरहेका छन् । युवाहरूले पठाएको रेमिट्यान्स नै हाम्रो देशको आर्थिक स्रोतको मेरुदण्ड बन्न पुगेको छ ।नेपालमै रहेका केही व्यक्तिहरूले आफ्नै देशमा रही देशको सेवा गर्ने पवित्र उद्देश्य लिई आफ्नै लगानी र परिश्रममा निजी विद्यालयहरू खोले

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १११ पटक पढिएको
    • प्रेम तुलाधर
  • ज्ञानोदयको अध्यक्षमा गोपीकृष्ण निर्विरोध

    भद्रपुर ।  ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भद्रपुर ८ को १२ औं वार्षिक सभाले गोपिकृष्ण न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।चार वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा धनकुमारी खरेल (लता), सचिव डिल्लीराम अधिकारी, सहसचिव सिता विमली र कोषध्यक्षमा भगिरथ नेपाल चयन भएका हुन् । यसैगरी सदस्यहरूमा क्रमश लक्ष्मीप्रसाद गौतम, देवेन्द्रबहादुर थापा, रमेशचन्द्र पौडेल, वडाराम हेमरम, सत्यरूपा पुरी, सोहनलाल गणेश रहेका छन् भने खड्गनारायण श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरिएको छ ।गोकुलराज न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगर प

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • १०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्राइभ भिजनका विद्यार्थीले खुवाए मौलिक नेपाली परिकार

    धरान । धरानको प्राइभ भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले दशैं शुभकामना आदानप्रदान गर्दै ‘ककटेल र मकटेल’ डिनर कार्यक्रम गरेको छ । कलेजमा अध्ययरत विद्यार्थीहरूले तयार पारेका ‘ककटेल र मकटेल’ बारे जानकारीसहित डिनर कार्यक्रम गरिएको हो । कलेजले असोज २२ गतेदेखि २४ गतेसम्म कार्यक्रम गरेको हो । कलेजका विद्यार्थीहरूले विभिन्न जातिको सांस्कृतिक पोशाकमा सजिएर अतिथिको स्वागत गरेका थिए । विद्यार्थीहरूले नेपाली मौलिक परिकारसमेत तयार गरेर अतिथिहरूलाई खुवाएका थिए । कलेजका अध्ययनरत विद्यार्थीहरूले तयार पारेको मौलिक खानालाई प्रस्तुत गर्दै अतिथिहरूलाई खुवाइएको कलेजका संयोजक अनिल श्रेष्ठले जानकारी

    • प्रकाशित मितिः आश्विन २५, २०७८
    • १८३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved