धरान/धरान आर्दश स्कुलको सप्ताहव्यापी खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा सुजल श्रेष्ठको समूह विजेता बनेको छ । स्कुलको १० वटा समूहबीचको स्पर्धामा सुजल श्रेष्ठ, अभिजन पौडेल र बिमला बस्नेतको समूह विजेता बनेको हो । समूह ५ का उनीहरूले कुल १७० अङ्क ल्याएका थिए । त्यस्तै अर्मान शेख, अनिशा थापा र धिरेन तोलाङीको समूह दोस्रो बनेको छ । यस समूहले १५० अङ्क ल्याएको हो । त्यस्तै किशोर अधिकारी, विनिता यादव र अनमोल कोइरालाको समूह तेस्रो बनेको छ । उक्त समूहले ११० अङ्क बटुलेको स्कुलका प्रिन्सिपल एवम् निर्देशक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रमअन्तर्ग
धरान । धरान आदर्श स्कुलको सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत शुक्रबार डान्स र गायन प्रतियोगिता सम्पन्न भएका छन् । स्कुलका विद्यार्थीबीच गरिएको डान्स प्रतियोगितामा विनिता राई विजेता बनिन् । ममता एण्ड ग्रुप दोस्रो बन्दा टीछिरिङ शेर्पा तेस्रो बने । यता गायनतर्फ विवश लामिछाने र आयुश राई समान अंक प्राप्त गर्दै प्रथम बने । विशाका विक दोस्रो बन्दा आशिष विक तेस्रो बने । विवश र आयुशले समान १३६ अंक प्राप्त गरेको प्रिन्सिपल तथा निर्देशक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै विशाका र आशिषले क्रमशः १३१ र १२२ अंक प्राप्त गरेका थिए । स्कुलले उद्घाटनको दिन वक्तृत्वकला, र म्याराथुन प्रतियोगिता सम्प
ब्लाष्टखबर । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ५३ वर्षीय पक्राउ परेका छन् ।बिहिबार प्रहरीले बेलौरी नगरपालिका–६ बिद्यानगर घर भएका सोही ठाउँ स्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक मधु बिलास ढुङगानालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएकाे छ ।कार्यालयका अनुसार बुधबार बिहान विद्यालयको कक्षा कोठामा एक बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको भन्ने सुचनाका आधारमा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका ढुङगानामाथी थप अनुसन्धान भइरहेकाे उक्त कार्यालयले जनाएकाे छ ।
विजयपुर/धरान आदर्श बोर्डिङ स्कुलले स्थापनाको दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।विद्यालयले ५३ औँ वार्षिक उत्सवको अवसरमा फागुन६ गतेदेखि ११ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने भएको हो । सप्ताहव्यापी कार्यक्रममा ६ गते ‘रोजगार देश विकास आधार’ शिर्षकको वक्तृत्वकला र म्याराथुन प्रतियोगिता गरिने विद्यालयका प्रधानाध्यापक लोकन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार ७ गते नृत्य र गायन प्रतियोगिता, ८ गते, ९ गते, हाजिरी जवाफ प्रतियोगिता, १० गते नतिजा प्रकाशन र ११ गते पुरस्कार वितरण गरिने भएको हो । प्रतियोगितामा विद्यालयका विद्यार्थीहरू सहभागी हुन पाउनेछन् । हाइकिङमा भने होटल म
इटहरी र इटहरी पूर्वको केन्द्र हो । चारैतिरका मान्छे यहाँ ठोक्किन्छन् । आधुनिक सहर बन्ने क्रममा रहेको इटहरी शैक्षिक ‘हब’ पनि हो । यहाँ सरकारी तथा निजी प्रशस्त स्कुल कलेज छन् । निजी स्कुलले यहाँ बजार लिइरहेको पाइन्छ । तर, निजी स्कुलको भीडमा एउटा सरकारी विद्यालयले राम्रो प्रभाव जमाउन सफल भएको छ । सामुदायिक विद्यालयहरू पनि शिक्षा दिन कमजोर छैनन् । सामुदायिक विद्यालयमा पनि निजी सरह अङ्ग्रेजी माध्यममा उच्चकोटीको शिक्षा दिन सकिन्छ भन्ने गतिलो उदाहरण जनता नमुना माध्यमिक विद्यालय बनेको छ । जनता माविले अङ्ग्रेजी माध्यमबाट प्रविधिमैत्री कक्षाहरू सुरु गरेपछि विद्यार्थी तथा अविभावकको आकर्षण बढेको छ । अघिल्
सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ ।केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो ।सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ । सोअन्तर्गत द
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोतित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।संगीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यिनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आज सरस्वती पूजाका दिन यो आलेख श्री गणेश गर्न चाहन्छौं । आज सरस्वती पूजा । अर्थात्, श्रीपञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आरधनासहित श्रीपञ्चमी मनाउँछौ
भद्रपुर। मेची नदी पारी ’मेचीपारि गाउँ’ले परिचित त्यहाँका ९ जना छात्रालाई निःशुल्क साइकल प्रदान गरिएको छ । आर्थिक, सामाजिक तथा भौगोलिक रूपमै पछि परेको भारतीय भूमिसँग जोडिएको भद्रपुर नगरपालिका ३ स्थित मेचीपारि गाउँका आदिवासी तथा मधेसी समुदायका ९ जनालाई छात्रालाई आइतबार एक कार्यक्रमका बिच लायन्स क्लब अफ भद्रपुरले साइकल उपलब्ध गराएको हो ।मेचीपारि गाउँबाट माध्यमिक शिक्षा हासिल गर्न मेची नदी पार गरी पाँच किलोमिटरसम्म हिडनु पर्ने बाध्यतालाई ख्याल गर्दै क्लबले छात्रालाई निःशुल्क साइकल उपलब्ध गराएको क्लबका अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिए । साइकल पाउने छात्राहरू चन्द्र भानु माविमा अध्ययनरत हिना रा
कानेपोखरी। मोरङ कानेपोखरी गाउँपालिका–२ दलेलीस्थित शिक्षा विकास माविमा चिटिक्क परेको बुक कर्नर (किताब कुना) छ । फलामबाट निर्मित किताब कुनामा वेल्डिङ गरी ‘बुक कर्नर’ लेखिएको छ । तर, किताब कुनामा पुस्तक छैनन् । बरु विद्यार्थीहरू खेल्ने थलो बनेको छ । ‘खै त बुक कर्नरको लागि आएका किताब ?’ भनेर जिज्ञासा राख्दा एक शिक्षकले भने, ‘अफिसमा बाकस छ त्यहीँ भित्र छ ।’ शिक्षक बस्ने कोठामा राखिएको हरियो बाकस खोलेर हेर्दा दुई दर्जन जति किताब भेटियो । मोरङको कानेपोखरी–२ दलेलीस्थित शिक्षा विकास मावि परिसरको किताब कुना खाली छ । शिक्षा विकास माविका प्रधानाध्यापक रूद्र निरौलाले गतवर्षदेखि बुक कर्नर सुरु गरिएको ज
‘सहारा सूर्योदय स्पिच कन्टेस्ट’ सिजन २ को उपाधी विर्तामोडको देवी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा रोश्नी कार्कीले जितेकी छिन् । सूर्योदय टेलिभिजनले आयोजनामा भएको सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन २ को शुक्रवार भएको फाइनलमा अन्तिम ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीले उपाधीका हात पारेकी हुन् ।यस्तै कञ्चनजंघा स्कुल विर्तामोडमा कक्षा १२ मा अध्यनरत छात्रा प्रिसा खरेल फस्ट रनर अप र देवी माध्यमिक विद्यालय कक्षा ११ मा अध्यनरत छात्रा कृति खतिवडा सेकेण्ड रनर अप भएका छन् । सान्त्वना तर्फको उपाधी रेड स्टार वोर्डीङ्ग स्कुल पथरी शनिस्चरे मोरङ्गमा कक्षा १०मा अध्यनरत सुप्रिया खड्का र ज्ञान
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved