हिन्दू संस्कारअनुसारको कर्मकाण्ड पूरा गराउन सामान्य परिवारका मानिसलाई खर्च धान्न हम्मे हम्मे पर्न थालेको छ । बढ्दो महँगीका कारण व्रतबन्ध गराउन समस्यामा रहेका परिवारलाई ध्यानमा राखेर नुवाकोटको देविघाटमा रहेको शहीद जगतप्रकाशजङग शाह संस्कृत माध्यमिक विद्यालयले सञ्चालन गरेको सामूहिक व्रतबन्धबाट ११४ बटुकका परिवार लाभान्वित भएका छन् । श्रीपञ्चमीको अवसरमा आज विदुर नपा–५ देविघाटस्थित नीलकण्ठ कैलाशधाम परिसरमा विद्यालयले सामूहिक ब्रतवन्ध सञ्चालन गरेको हो । संस्कृत विद्यालय सञ्चालन गर्न आर्थिक समस्या भएपछि स्रोत जुटाउन र सामान्य परिवारका बटुकको कर्म चलाउनका लागि २०५५ सालबाट सुरु गरिएको सामूहिक व्रतब
नेपालमा विभिन्न चाडपर्वहरू मनाइन्छन् । यी चाडपर्वहरूका आ–आफ्नै विशेषताहरू छन् । यी चाडपर्वहरू मनाउँदा एक किसिमको आनन्दको अनुभूति हुन्छ, जसले मानिसहरूलाई नयाँ किसिमको जोस, जाँगर तथा ऊर्जा पनि प्रदान गर्न सक्छ । आज माघ शुक्ल पञ्चमी । आजका दिनलाई श्रीपञ्चमी पनि भनिन्छ । आजैका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरी मनाइने गरिन्छ ।हातमा वीणा र पुस्तक लिएकी,चन्द्रमा जस्तो गोरो वर्ण भएकी, सेतो हाँसमा बसेकी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, चन्द्रघण्टा आदि विभिन्न नामले पनि पुकार्ने गर्दछन् । सरस्वती विद्य
ताप्लेजुङमा यस वर्ष चौथो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ । हिमपातले बाटो अवरुद्ध भएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । उनले भने, “आज ३० तीर्थ यात्री पाथीभरा मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात जारी छ । हिउँले बाटो पूरै छोपिएको छ ।” पाथीभरामा जानुभन्दा पनि फकिर्न समस्या हुने गरेको महतले बताए । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ । ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुन्छ । पाथीभरा क्षेत
नेपाल भारत सिमानास्थित भारतको तिकुनिया हुँदै कैलालीको टीकापुरस्थित सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार निर्माण थालिएपछि अलपत्रै छोडिएको छ ।नेपाल र भारतको सिमानामा प्रवेशद्वार निर्माण सुरु गरिएको दुईवर्ष भइसक्दा पनि ठेकेदार कम्पनीको लापरबाही र बजेटको अभावका कारण अलपत्र परेको हो । कैलाश मानसरोवर तीर्थयात्राका लागि पैदलमार्गबाट जाँदा टीकापुर नगरपालिका–७ मा रहेको पद्मप्रकाशेश्वर मन्दिर दर्शन गरेर जाने र आउँदा पनि त्यहाँ दर्शन गरेर फर्कने प्रचलन रहेकाले पनि प्रवेशद्वारको नाम नै कैलाश मानसरोवर प्रवेशद्वार राखिएको बताइएको छ ।सुदूरपश्चिम प्रदेशको उद्योग,
विद्वान् महेशराज पन्तले एक पत्रिकामा स्वस्थानी ब्रतकथाको इतिहास विषयमा लेखेको एउटा लेख मैले पढेकी थिएँ । त्यस लेखमा स्वस्थानी नेपाल संवत् ६९३ मा पहिलो पटक प्रकाशमा कथा देखापरेको बताइएको छ । अनि नेपाल संवत् ७२३ मा भने स्वस्थानी ब्रतकथा ठूलो आकारमा प्रकाशित भएको उहाँले उल्लेख गर्नुभएको छ । अहिले त नेपाली मैथिली, भोजपुरी र हिन्दीमा समेत यो कथा प्रकाशित छ, भनिन्छ । स्वस्थानीको पूजा गर्ने परम्परासँगै स्वस्थानी देवीका रूपमा पूजा गर्न थालेको पाइन्छ । मातृसत्तात्मक समाजमा माताको पूजा गर्ने चलनसँगै यसमा पितृसत्तात्मक सोच प्रवेश गरेपछि यस ब्रतकथामा महिलाप्रति चरम उपेक्षा र अपमान तथा हेलाहोचो
नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछेँबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिका देवीदेवतालाई आह्वान गरी श्वेतभैरवले विधिवत्रुपमा पूजाअर्चना गरेर सुरु भएको हो ।सूर्यमढीबाट सुरु हुने सो जात्रा नगरभित्र करिब आठ महिना लगाएर क्रमशः नगरका २१ ठाउँमा प्रदर्शन गरिन्छ । भक्तपुरका सूर्यमढी, तचपाल, क्वाठण्डौं गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछेँ, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछेँ, टिबुक्छेँ, बोलाछेँ, खौमा, इताछेँ, बालाखु, तुलाछे,
माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटो हुँदै जान्छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने शुभकामना दिएका छन् । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विविधता परिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थप्दै बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गरेका छन्र । सन्देशमा मुख्यमन्त्री राउतले भनेका छन् , “जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मकर सङ्क्रान्ति पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा
विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए । कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा सुनसान भएको बताए। गत वर्ष कोभिड भए पनि केहीले स्नान गर्न पाएको भन्दै उनले यस वर्ष प्रशासनले देवघाट
आज माघे सङ्क्रान्ति विभिन्न फलाहार तथा कन्दमूल खाएर मनाइँदै छ । यसलाई मकर सङ्क्रान्ति पनि भन्ने चलन छ । आजका दिन बिहानै उठेर मकर स्नान गर्नुपर्ने धार्मिक मान्यता छ । विशेष गरेर पूर्वको माई खोलामा मेला लाग्ने गरेको थियो । तर, कोरोना महामारीका कारण यस वर्ष पनि मेला रोकिएको छ । आजको दिनलाई सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन मानिन्छ । आजका दिन तिलको लड्डु, घ्यू, चाकु, भुजाको लड्डु साथै तरुल, सखरखण्ड, पिँडालुलगायतका परिकार खाइन्छ । तिल र चाकु मिसाएको परिकार तथा तरुल खानाले जाडोमा शरीरलाई न्यानो पार्ने जनविश्वास रहेको छ । पहाडे समुदायमा मात्रै नभई मधेशी समुदायमा पनि यस चाडलाई वि
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved