Trending Tags

संस्कृति

    Showing ६१-७० of १,४६८ items.
  • किरात राई चाम्लिङको राष्ट्रिय सम्मेल धरानमा

    विजयपुर/किरात राई चाम्लिङ खाम्वातिम्को पाँचौ राष्ट्रिय सम्मेलन धरानमा हुने भएको छ ।बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको छ । सम्मेलन २८ गतेदेखि ३ दिन हुने आयोजकले जनाएको छ । पहिलो दिन उद्घाटनमा हुनुपूर्व भानुचोकदेखि ¥यालीसहित नगर परिक्रमा गर्ने खाम्वातिम्का अध्यक्ष युवराज राईले जानकारी दिए । उनले सम्मेलनमा चाम्लिङ थरहरूको भाषा संस्कार संस्कृति तथा लिपिलगायतका विषयमा छलफल गर्ने बताए । नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने जनाएको छ । सम्मेलनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्ने आयोजकले जनाएको छ ।

    • प्रकाशित मितिः फाल्गुन २५, २०७८
    • १९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जङ्गवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान झापाद्धरा सम्मान

    भद्रपुर । जङ्गवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान झापाले एकजना प्रदेश सभा सदस्यसहित विभिन्न विधाका तीनजना व्यक्तिलाई बिहीबार पुरस्कृत तथा सम्मान गरेको छ ।प्रतिष्ठानको १२ औँ वार्षिक साधारण सभाको अवसरमा अर्जुनधारा—११ बुट्टाबारीमा आयोजित कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य वीर्ख बहादुर प्रधानलाई अभिनन्दन गरेको हो ।  यसवर्षको ज्येष्ठ नागरिक तथा समाजसेवा सम्मान झापा कमल गाउँपालिका— ५  छविलाल गौतमलाई प्रदान गरेको छ । त्यसैगरी हरिनारायण विष्णुमाया पत्रकारिता पुरस्कार तथा जङ्गवीर गुभाजू श्रेष्ठ सम्मान ताप्लेजुङ्गका पत्रकार राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी, साहित्यतर्फको पुरस्

    • प्रकाशित मितिः फाल्गुन १९, २०७८
    • ३१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • मिथिलामध्यमा परिक्रमा सुरु

    मिथिलाञ्चलमा प्रसिद्ध मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु  भएको छ । प्रत्येक वर्ष फागुण शुक्लपक्ष प्रतिपदाका दिनदेखि मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ ।धनुषाको मिथिला बिहारी नगरपालिका– ८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित मिथिलामध्यमा परिक्रमाका लागि डोला उठेको मन्दिरका महन्थ रामनरेश दासले जानकारी दिए ।जनकपुरधामबाट धनुषाधाम जाने मार्गमा पर्ने मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारी अर्थात भगवान रामको डोलालाई जनकपुरधामस्थित हनुमानगढी मन्दिरमा पुर्याइनेछ । परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रु

    • प्रकाशित मितिः फाल्गुन १९, २०७८
    • २७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पशुपतिनाथमा तीन लाख भक्तजनले गरे दर्शन

     महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका  पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको हो । आठ बजेपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढेको हो । पशुपतिनाथको नियमित रुपमा दर्

    • प्रकाशित मितिः फाल्गुन १७, २०७८
    • २५० पटक पढिएको
    • रासस
  • महाशिवरात्रिमा पिण्डेश्वर मन्दिरमा भक्तजनको भीड (फाटाे फिचर)

    हिन्दु धर्मालम्बीहरुको पर्व शिवरात्रिमा धरानको पिण्डेश्वर मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभरका शिवका मन्दिरहरुमा मनाइदैछ । हिन्दू धर्मावलम्बीहरूले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।

    • प्रकाशित मितिः फाल्गुन १७, २०७८
    • ९७४ पटक पढिएको
    • तस्बिरः ब्लाष्ट/ किस्तीका चाैधरी
  • ललितकतालको विकासका लागि सरकारको विशेष प्राथमिकताः मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको ललितकला र संस्कृतिको संरक्षण एवम् विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १२औँ प्राज्ञसभा को आज उद्घाटन गर्दै उनले ललितकलाको विकास, प्रवद्र्धन गर्न मन्त्रालयले योजनाबद्ध कार्यक्रम ल्याउने विश्वास दिलाए । मन्त्री आलेले भिन्न/भिन्न चार प्रज्ञा प्रतिष्ठानलाई एकीकृत गरेर, नाट््य, कला, संस्कृतिको प्रवद्र्धनमा ध्यान केन्द्रित गरिने बताए । उनले भने,“ललितकलाको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्छौ, तीन/चार वटा प्रतिष्ठान बनाएर काम छैन, पहिला पनि (नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत

    • प्रकाशित मितिः फाल्गुन १५, २०७८
    • ५३८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महाशिवरात्रिको तयारी पूरा

    भगवान् पशुपतिनाथ विराजमान पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले आज यहाँ पत्रकार सम्मेलन गरेर पर्वलाई व्यवस्थित ढङ्गले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको जनाएको हो ।कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले कोभिड–१९ सङ्क्रमणको जोखिम अन्त्य नभइसकेकाले सरकारले निर्धारण गरेका सुरक्षा मापद

    • प्रकाशित मितिः फाल्गुन १५, २०७८
    • ४१८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चन्द्रगढीमा डेढ करोडको काली मन्दिर

    भद्रपुर । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको छ । झापाको भद्रपुर नगरपालिका-१० स्थित चन्द्रगढीमा पुनःनिर्माण गरिएको मन्दिरको शनिबार उद्घाटन गरिएको हो ।  भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले मन्दिरको उद्घाटन गरेका थिए । मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले २७ लाख र विभिन्न दाताले आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष रमेशकुमार पराजुलीले बताए ।  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलको अध्यक्षतामा तथा नगर प्रमुख जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न विधाका व्यत्त

    • प्रकाशित मितिः फाल्गुन १५, २०७८
    • ४०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

    पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। कोरोना सङ्क्रमण फैलने डरले विसं २०७६ र २०७७ मा मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर सावधानीसाथ मेला सञ्चालन गरिने उनले बताए । महाशिवरात्रिको भोलिपल्ट अर्थात् फागुन १८ गतेदेखि एक हप्ता पशुपति क्षेत्रस्थित वनकालीमा मेला सञ्चालन गरिनेछ । मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने नेपाल मेला महोत्सव

    • प्रकाशित मितिः फाल्गुन १२, २०७८
    • ३९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राष्ट्रव्यापी कविता प्रतियोगिता: ‘भित्र्याउनु छ घरभित्र सह’ प्रथम

    ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता २०७८ मा खोटाङका तेजकुमार राई प्रथम भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा काठमाडौमा सो प्रतियोगिता   आयोजना गरेको थिए । ‘भित्र्याउनु छ घरभित्र सह’ शीर्षकको कविता लेखेर प्रथम हुनुभएका कवि राईले नगद रु ५० हजारको साथमा सम्मानपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा बैतडीका वासुदेव पाण्डे ‘प्रभाकर’को ‘पहिचान र लोकतन्त्र’  र ताप्लेजुङकी सविता बरालले लेख्नुभएको ‘ढोका उघारैँ अब’ शीर्षकको कविता क्रमशः द्वितीय र तृतीय भएको आयेजकले जारी गरेको विज्

    • प्रकाशित मितिः फाल्गुन ८, २०७८
    • २२८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved