Trending Tags

संस्कृति

    Showing ४१-५० of १,३६० items.
  • बडादसैँका साइत सार्वजनिक, विजयादशमी असोज २९ गते १०ः०२ बजे शुभ

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले  जानकारी दिए ।  घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उएले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अ

    • प्रकाशित मितिः आश्विन ८, २०७८
    • ३६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लिम्बूमा ‘नीति’ र ‘स्मृति’: सेनकालीन निरन्तरता

    राज्यविस्तार अभियानका क्रममा गोरखाली फौज पूर्वतिर बढ्दा पहाडतिरबाट रामकृष्ण कुँवर र अमरसिंह थापा तथा तराई खण्डमा अभिमानसिंह बस्नेत र पारथ भण्डारी लगायतका सैन्य अधिकारीहरू खटिएका थिए । १८३१ साउनमा अभिमानसिंह बस्नेतहरूले लिम्बूहरूलाई सेनकालीन अधिकारलाई निरन्तरता दिने प्रतिज्ञा गरेर मोहर दिएपछि केही लिम्बू सुब्बाहरू गोरखासँग मिल्न पुगे । तर, कतिपय लिम्बू सुब्बाहरू गोरखासँगको सन्धि–सम्झौताप्रति असन्तुष्ट थिए । उनीहरू लामै समय गोरखालीहरूसँग लड्दै–भिड्दै रहे ।त्यसबेला १० लिम्बू, १७ थुममा र १२ जना नामी सुब्बाहरू थिए । तीमध्ये फेदापको आतहाङको नेतृत्वमा तम्बरखोलाको शुभवन्त राय, मैवाखोलाका श्रीदेव राय र

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • ३४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानस्थित विश्वकर्मा मन्दिरमा भक्तजनहरूको भीड, ब्लाष्टकाे छापाखानामा पनि गरियो बिश्वकर्मा बाबाकाे पूजा

    आज असोज १ गते अर्थात कन्या संक्रान्ति निर्माणका देवता  प्रविधि उत्पादन तथा अध्ययनका विद्वान विश्वकर्मा बाबाको पूजा गरी मनाइएको छ ।  आजको दिन विभिन्न उद्योग कलकारखना, कार्यालय, तथा विश्वकर्म मन्दिरमा गई उत्पादनमा प्रयोग भएका धातुजन्य यन्त्र, उपकरण तथा सवारी साधनको पूजा गर्ने गरिन्छ । धरान ८  तीनकुनेस्थित कोशी राजमार्गसँगै रहेको विश्वकर्मा बाबाको मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुँइचो थियो । मन्दिरमा  पूर्वीय जिल्लाहरूबाट नयाँ तथा पुराना सवारी साधन ल्याई तिनको पूजा  गर्ने गरिन्छ । यसरी गरीने पूजाबाट विश्वकर्मा बाबा प्रशन्न भई औजार उपकरण, तथा सवार

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • ३०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

    ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ । कोभिडको जोखिम न्यून भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथीभरा आउ

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ३६५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

     थारू समुदायले  ‘अट्वारी पर्व ’ आज  धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती  समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ । थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार उनीहरुले पर्वको पहिलो रात दर (भिन्सर्या भाट) खाने गर्दछन् ।  दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन् । उनले भने,“ दिउँसो पुरुष बर्तालु नुहाइधुवाई

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय बससेवा सुरु

    कोरोना महामारीका कारण बन्द रहेका धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय गतिविधिसमेत सुरु हुन थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि झण्डै पाँच महिनादेखि बन्द रहेका पर्यटकीय बससेवा धार्मिक तीर्थस्थल खुलेसँगै सुरु भएका हुन् ।सरकारले दोस्रो चरणको कोरोनाले बन्द गरेको निषेधाज्ञालाई पूर्णरूपमा हटाएसँगै देश दर्शन बससेवा प्रालिले स्वास्थ्य मापदण्डलाई लागू गर्दै पर्यटकीय बससेवा सुरु गरेको हो । कोरोनाको पहिलो र दोस्रो लहरले थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न देशदर्शन बससेवा प्रालिले दिवा तथा रात्रि पर्यटक बससेवा पुनः सुरु गरेको प्र

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • २५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज ऋषिपञ्चमीः सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

    भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले  जानकारी दिए ।रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्ध

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • १८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

    पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि  पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराउन थालिएको छ ।मन्दिर प्रवेशका

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • ६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महालक्ष्मीमा तिजको दर

    धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले तीजको अवसरमा महिलाहरुलाई दर खुवाएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा तीज विशेष कार्यक्रम गरेर नाचगानसहित महिलाहरुलाई तीजको दर खुवाइएको हो ।तिजको अवसरमा सरकारी पैसाले पहिलो पटक दर खाएर छमछमस् नाच्न पाउँदा महालक्ष्मी नगरपालिका वडा नं.१ कटहरेका दिदिवहिनीहरु खुशिले गदगद भएका छन् । सो अवसरमा कायृक्रमका अतिथि माननिय संघिय सांसद राजेन्द्र कुमार राई, प्रदेश सांसद इन्द्रमणी पराजुलीले पनि दिदिवहिनीहरुसंग छमछमी पसिना चुनेगरी दर खाएर नाचेका छन् । तीजमा माइत जान नपाउँने महिलाहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रम गरेर तीजको दर खुवाइएको महालक्ष्मी नगरपालिकाका मेयर प

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • १४४ पटक पढिएको
    • सन्तवीर लामा
  • स्वास्थ्य मापदण्डको पालना गर्दै हरितालिका तीज मनाउन प्रधानमन्त्री र राष्ट्रपतिको अनुरोध

    धरान डेक्स : राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीनको शुभकामना दिएका छन् । तीजको अवसरमा नेपाली महिला दिदीबहिनीहरूलाई उनीहरुले शुभकामना दिएका हुन् । हरितालिका तीनजस्ता चाडपर्वले समाज र राष्ट्रलाई समेत भावनात्मक एकतामा आवद्ध गर्न सहयोग गर्ने भण्डारीले उल्लेख गरेकी छन् । तीजले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तबीचको सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत गर्ने उनले बताएकी छन् । तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानुपर

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • ८० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved