Trending Tags

संस्कृति

    Showing ३१-४० of १,३६५ items.
  • वालुङ समुदायको फुटुक पर्व आजदेखि सुरु

    ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक सुरु भएको छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मनाइने फुटुक पर्व आजदेखि विधिवत रुपमा सुरु भएको हो ।वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको मौलिक सांस्कृतिक पर्व फुटुक विगतदेखि नै धुमधामसँग मनाउने गरिएको छ । यस वर्ष कोरोना सङ्क्रमणको अवस्था न्यून भएकाले फुटुक पर्व भव्यरुपमा मनाउन थालेको फक्ताङ्लुङ–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन भोटे (वालुङ) ले जानकारी दिए ।उनका अनुसार परापूर्वकालदेखि नै ओलाङ्चुङगोल

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १४५ पटक पढिएको
    • रासस
  • पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

    दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दसैँमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन आउने गर्छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीचमा पनि भारतको सिक्किम, दार्जिलिङलगायत ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनभित्र २० हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको प्रहरी चौकी फेदीले जनाएको छ । यस अवधिमा ताप्लेजुङसहित पा

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महिलाले शव बोकेर घाटसम्म पुर्याए

    छोरीले शव बोक्न तथा  काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पुर्याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय  जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पुर्याएका हुन् । महिलाले शव बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती र दाहसंस्कार गरेका थिए । छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृत्युपश्चात् पालोपालो शव बोकेर घाटसम्म पुर्याउँदै आएको आश्रमकी अध्य

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ५५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम जारी

    वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ ।आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै ९अखिल० बलि पूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आजसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बेलुकी अखिल बलिपूर्ति नभएसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए।कोजाग्रत पूर्णिमाका अवसरमा

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विजयादशमी, टीका थाप्ने प्रभावशाली समय बिहान १०ः०२ बजे

     नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिएविजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको उहाँले बताए। “अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०ः०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विस

    • प्रकाशित मितिः आश्विन २९, २०७८
    • ९९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज महानवमी, सबैभन्दा बढी बलि दिने चलन

    धरान । बडादशैंअन्तर्गत आज नवौं दिन अर्थात् महानवमी । आज दुर्गा माताको नवौं शक्ति स्वरूपा माता सिद्धिधात्रीको विशेष पूजाआरधना गरिन्छ । धन्यधान्यकी देवी महालक्ष्मी देवीको पनि पूजा गरिने गरिन्छ । शक्तिस्वरूपा सिद्धिधात्रीको पूजा गर्नाले संसार जित्न सकिने र सिद्धता हासिल हुने मान्यता रहेको छ । देवीपुराणमा यिनै देवीको कृपाका कारण शिवजीले सिद्ध प्राप्त गरेको उल्लेख छ । सिंहको बाहनमा विराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैमा मोक्ष प्राप्त गर्ने विश्वास छ ।आजका दिन निर्माण र शिल्पकलाका देवता विश्वकर्माको पूजा पनि गरिन्छ । आजका दिनमा इन्जिनहरू, गाडी, क

    • प्रकाशित मितिः आश्विन २८, २०७८
    • ८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • देशभरका शक्तिपीठमा फूलपाती भित्र्याइँदै

    धरान । आज देशभरका शक्तिपीठहरू फूलपाती भित्र्याइँदै छ । नेपालको एकीकरणपश्चात् गोर्खा दरबारबाट काठमाडौंको तलेजु भवानीको मन्दिरसम्म फूलपाती ल्याउने प्रचलन छ । शाह वंशले देशको बागडोर सम्हालेयता नै यो प्रचलन बसेको हो । आज नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपातीको हर्षबढाइँ गर्दै छ । जसमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक हुने कार्यक्रम छ किनकि राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् । धरानको दन्तकाली शक्तिपीठमा पनि फूलपाती भित्र्याउने प्रचलन छ । जसमा मन्दिर व्यवस्थापन समितिसँगै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयवासी सरिक हुँदै आएका छन् । विभिन्न नौ प्रक

    • प्रकाशित मितिः आश्विन २६, २०७८
    • ११६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना

    नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।नवरात्रको पहिलो द

    • प्रकाशित मितिः आश्विन २५, २०७८
    • १८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बडादसैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना

    नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन बिहीबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूज

    • प्रकाशित मितिः आश्विन २२, २०७८
    • ११५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इनरुवामा पशुबली विरुद्ध शान्ति र्याली

    इनरुवा । पशुबली रोक्नु पर्ने मागसहित इनरुवामा शान्ति र्याली निकालिएको छ ।  पूर्णब्रह्म कबिर उपासक समाज सुनसरीले चाडपर्वमा हुने पशुबलि रोक्नु पर्ने माग गर्दै शान्ति र्याली निकालेको हो ।समाजले पशुबली रोक्न दवाब सृजना गर्ने उद्येश्यले र्याली आयोजना गरिएको जनाएको छ ।  आध्यात्मिक शान्ति र्याली निकालेको समाजले हिंसा अन्त्यको माग गरेको छ । पशुबलि मानवताको पक्षमा नभएकाले रोकिनु पर्ने आफुहरुको प्रमुख माग रहेको कार्यक्रम संयोजक गोविन्द पोखरेलले बताए । पोखरेलका अनुसार शान्ति र्यालीमा सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, भोजपुर, संखुवासभासहित प्रदेश १ का विभिन्न जिल्लाबाट आएका सहभागिहरुको उपस्थिति

    • प्रकाशित मितिः आश्विन २१, २०७८
    • १९६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved