संस्कृति

    Showing २१-३० of १,१०० items.
  • यलम्बर संवत् ५०८०

    नेपालमा विभिन्न किसिमका साल संवत्हरू प्रचलित छन् । जसमध्ये विक्रमादित्यको नामबाट चलेको संवत् वि.सं.र इस्वी संवत्लाई आधिकारिक रूपमा राज्यले लागू गरेको देखिन्छ । हुन त किरात यलम्बर सम्बत् (यले÷यल÷किरात), नेपाल संवत्, शक संवत् ÷ शालिवाहन, विक्रम संवत्, मानदेवले चलाएको संवत्, पाशुपत संवत्, हिजरी संवत्, बुद्ध संवत् आदि संवत्हरू अस्तित्वमा छन् । तर, यलम्बर संवत् सबैभन्दा प्राचीन संवत् हो । यहा यलम्बर संवत्को विषयमा संक्षिप्त केही चर्चा गर्न खोजिएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिएको राष्ट्र हो, जसमध्ये किरातीहरू (राई, लिम्बू, य

    • प्रकाशित मितिः पुष २९, २०७६
    • ७२१ पटक पढिएको
    • शालिक सतासक राई
  • नेपाल र नेपाली हुनुमा गर्व नगर्नु र ?

    इटहरीमा विगत ०६९ सालदेखि जनस्तरबाट स्वतःफूर्त रूपमा नेपाल एकीकरण दिवस मनाउने परिपाटी रहेको छ । ०७६ साल पुस २७ गते एकीकरण दिवस तथा पृथ्वी जयन्ती मनाउन कस्तुरी कलेजका प्रिन्सिपल कमलेश पौडेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । समितिको सह संयोजकमा केशव भट्टराई, पूर्णकृष्ण श्रेष्ठ, भेषजा कफ्ले तथा सचिवमा सुमित थापा रहेका छन् । इटहरीले एकीकृत,स्वाधीन स्वतन्त्र नेपालको निर्माण महानतम कार्य ठहर गरेर यस कार्यक्रमलाई निरन्तरता दिएको छ । यो कार्यक्रम विशुद्ध रूपमा ऐतिहासिक गौरवशाली गाथा गानसित सम्बन्धित रहेको छ । यो कार्यक्रम कुनै पनि राजनीतिक आग्रहबाट प्रभावित रहेको छैन । अझ राजा आउ देश बचाउ

    • प्रकाशित मितिः पुष २८, २०७६
    • १३१ पटक पढिएको
    • प्रा.डा.बद्रीविशाल पोखरेल
  • नेवाः दय दबूको वराहक्षेत्र १ र २ गठन

    बराहक्षेत्र / नेवाः देय दवूको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ र २ को पुर्न गठन गरिएको छ । आईतबार राम बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्य समिति गठन गरिएको हो ।समितिको उपाध्यक्षमा रेनुका श्रेष्ठ,सचिवमा ईश्वर श्रेष्ठ,सह सचिव गर्जमान श्रेष्ठ,कोषाध्यक्ष कल्पना श्रेष्ठ तथा सदस्यहरुमा महेश बज्राचार्य,लक्ष्मी मालाकार र टंक श्रेष्ठ,मिलन, गोविन्द,डिक बहादुर,सुशिला र बुद्ध कुमार श्रेष्ठ रहेका छन् । कार्यक्रममा नेवाः दय दबूको सुनसरी जिल्ला अध्यक्ष तिर्थ मास्केले, जेष्ठ नागरिक,कवि तथा साहित्यकार कविमान वज्राचायले नव गठित समितिको सदस्यहरुलाई पद र गोपनियताको शपथ गराएका थिए । नव निर्वाचित अध्यक्ष राम व

    • प्रकाशित मितिः पुष २७, २०७६
    • १०० पटक पढिएको
    • सन्तोष गुप्ता
  • पर्यटन कवितामा पराजुली प्रथम

    धरान/ नेपाल पर्यटन वर्ष २०२० सँगै कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जयन्तीको अवसरमा धरानस्थित कवि शिरोमणि साहित्य साधना समाजद्वारा शनिबार आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा इटहरीका योगेन्द्र पराजुलीको ‘धन’ शीर्षकको कविताले प्रथम पुरस्कार प्राप्त गरेको छ । पराजुलीले नगद ११ हजार र प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा पर्वत जिल्लास्थित विहादी बस्ने तारानाथ पराजुली द्वितीय हुँदै ‘मेरो देश’ शीर्षक कवितामार्फत् नगद ७ हजार हात पारे । स्याङ्जाका सत्कार रेग्मीले ‘स्वर्गसरी मेरो देश’ कविता सुनाउँदै तृतीय भई नगद ५ हजार पाए भने महेन्द्रनगर कञ्चनपुरका

    • प्रकाशित मितिः पुष २७, २०७६
    • ३३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मुन्धुमी सम्पदा अतिक्रमण रोक्न युमा साम्योको माग

    धरान / युमा साम्यो महासभाले धरानमा शुक्रबार पत्रकार सम्मेलन गर्दै याक्थुङ लिम्बू जातिको मुन्धुमी सम्पदामाथि अतिक्रमण रोक्न माग गरेको छ । महसभाले याक्थुङ समुदायको आस्था र विश्वास मुन्धुमी (सामाजिक इतिहास) सम्पदाहरूसँग जोडिएकाले इतिहास, भाषा, संस्कार–संस्कृति आजसम्म प्रतिबिम्बित भएको जनाउँदै धर्म र पापको नाममा भएको धार्मिक अतिक्रमण र विकासको नाममा आएको भौतिक संरचना निर्माणले मुन्धुमी सम्पदाहरू जताततै जोखिममा परेको जनाएको छ । महासभाले लिम्बू जातिको माटो, पानी र वनसँगको अक्षुण्ण सम्बन्धलाई टुक्र्याउने सिलसिला जारी रहेको भन्दै लिम्बूहरूलाई आफ्नो पुख्र्यौली भूमिबाट लखेट्ने दुस्साहस भइरहेकोमा

    • प्रकाशित मितिः पुष २६, २०७६
    • २९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • थारू बस्तीमा माघीको चटारो

      थारू समुदायको सबैभन्दा ठूलो पर्व नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्नमा व्यस्त छन् । नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारू बस्तीमा शुरु भइसकेको छ । थारू समुदायको माघी पर्व आउन चार दिनमात्रै बाँकी छ । पर्व नजिकिएसँगै थारू बस्तीमा चहलपहल बढेको छ । माघी पर्वलाई भव्यरूपमा मनाउने थारू समुदायका मानिस अहिले माघीको तयारीमा जुटेका छन् । पुरुष माघीका लागि मासुको जोहो गर्न जुटिरहेका छन् । अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत क

    • प्रकाशित मितिः पुष २५, २०७६
    • १८१ पटक पढिएको
    • काशीराम शर्मा (रासस)
  • कीर्तिपुरका नेवारले गरे धरानका पर्यटकीय स्थलकाे भ्रमण

    ब्लाष्टखबर । कीर्तिपुर नगरपालिकाबाट ३२ जना कलाकारहरुको टोली धरान आएका छन् । उनीहरूले बुधबार नेवारी माैलिक बाजागाजाका साथ नाच्दै धरानको धार्मिक पर्यटकीय स्थल काे भ्रमण गरेका छन् । कीर्तिपुर १६ जोडी पुचःको नामले चिनिएका टोलीले धिमे बाजा, खी बाजा र बाँसरी बजाउर्दै गाउदै विजयपुरको दन्तकाली बुढासुब्वा पिण्डेश्वर लगायतको मन्दिर परिक्रमा गरेका थिए । भिजिट नेपाल २०२० लाई सफल बनाउन र आफ्नो मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्धन गर्न उनिहरु कृतिपुरबाट धरान आईपुगेको हो । कलाकार टोलिलाई धरानमा कलाकार सुवास शाक्य, विशाल भण्डारीले सहजिकरण तथा व्यवस्थानमा सहयोग गरेका थिए । उनिहरुलाई धरानका ३ नंं. वडा

    • प्रकाशित मितिः पुष २३, २०७६
    • ३३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उर्लाबारीमा तमु ल्होसारकाे सार्वजनिक बिदा

    उर्लाबारी / उर्लाबारी नगरपालिकाले मंगलबार नगर क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उर्लाबारी नगरपालिकाले ‘तमु ल्होसार’को अवसरमा मंगलबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगर प्रमुख खड्ग फागोले प्रेस बिज्ञप्ती जारी गर्दै ल्होसारको अवसरमा विदा दिएको घोषणा गर्दै शुभकामना पनि समेत गरेका छन । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार’ भव्यताका साथ मनाउने नगर समितिले जनाएको छ । यस्तै ल्होसारकै अवसरमा मोरङकै कानेपोखरी र बेलवारी नगरपालिकाले पनि भोली स्थानीय विदा दिने निर्णय गरेको समन्धित नगरपालीकाले जनाएका छन ।

    • प्रकाशित मितिः पुष १४, २०७६
    • १२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ख्रीष्टमस डेको अवसरमा धरानका इसाईहरुले बिभिन्न कार्यक्रमको आयोजना

    धरान सुनसरी । ख्रीष्टमस डेको अवसरमा धरानका इसाईहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेर धरानमा ख्रीष्टमस डे मनाएका छन् । सियोजन मेथेडिष्ट चर्चा धरान १२ स्थितमा ख्रीष्टमस डे मनाउन आएका युवायुवती ,बालबालिकाहरुले साँस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए । ख्रीष्टमस डे को अवसरमा एकल महिला र जेष्ट नागरिक गरी १४ जनालाई सम्मा समेत गरेको थियो । त्यस्तै गरी पबित्र आस्रमका ११ जना बालिकाहरुलाई जाडोका कपडा स्टेशनरी समाग्री र ३५ हजार रुपैया सहयोग गरेको छ भने धरान १५ निराजन बस्तीमा रहेको आशिस होस्टेलमा रहेका बालिकाहरुलाई समेत जाडोको लुगा हस्तान्त्ररण गरेको सियोजन चर्चाका पास्टरले जानकारी दिएका छन्।

    • प्रकाशित मितिः पुष ११, २०७६
    • १२० पटक पढिएको
    • निलिफा सुब्बा
  • चासोक तङ्नामको मैजारो

    धरान / लिम्बु समुदायले मनाउदै आएको परम्परागत मौलिक सांस्कृतिक चाड चासोक तङ्नाम शनिबार सकिएको छ । धरानको चुम्लुङ हिममा याक्थुङ चुम्लुङले चारदिने चासोक तङ्नाम सांस्कृतिक पर्यटन उत्सवको रुपमा मनाएको थियो । उक्त अवसरमा चुम्लुङले मुन्धुमका तिनै विद्यामा दक्ष येवा÷येमानी, साम्बा र फेदाङ्बा बोलाएर विधिवतरुपमा न्वागी उत्सव मनाएको थियो । चुम्लुङले पहिलो पटक याग्राङ्सिङ उठाएर तङ्सिङ तक्मा गरेको थियो । उत्सवका मुल संयोजक मोहन हुक्पाचोङ्बाङ्का अनुसार लिम्बु समुदायको याक्थुङ मुन्धुम अनुसार चासोक तङ्नाम मनाइएको थियो । उनकाअुनसार आदिम कृषीयुगसंग सम्बन्ध राख्ने चासोक तङ्नामको बारेमा मुन्धुममा बर्णन गरि

    • प्रकाशित मितिः मंसिर २८, २०७६
    • १७६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved