Trending Tags

संस्कृति

    Showing ९१-१०० of १,४६८ items.
  • बिर्तामोडमा भक्का दिवस मनाइयो

    बिर्तामोड । कोचिला गाभुर फ्रन्टको आयोजनामा झापाको बिर्तामोडमा भाक्का दिवस मनाइएको छ । राजबंशी समुदायले खाजाको रुपमा उपभोग गर्ने भाक्काको पहिचान स्थापित गराउने उद्देश्यले भाक्का दिवस मनाउन थालिएको हो ।राजवंशी समुदायको मौलिक परिकारको रुपमा रहेको भाक्का (चलनचल्तीको शब्दमा भक्का) लाई राष्ट्रिय स्तरमा चिनाउन र आदिवासी विपन्न वर्गका महिलाहरुले पेशाको रुपमा अंगाल्दै आएको भाक्का व्यवसायको प्रचार र उनिहरुको सम्मानको लागि भाक्का दिवस मनाउन सुरु गरिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए ।फ्रन्टको अगुवाइमा भएको यो पाँचौ भाक्का दिवस हो । राजवंशी समुदायको  परम्परागत परिकार भाक्का, पूर्वी नेपालको

    • प्रकाशित मितिः पुष ३०, २०७८
    • ५०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

    विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ ।पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेका बेला मेला लगाउन रोक लगाइएको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए  । पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा हरेक वर्षको माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि स्वदेश तथा विदेशवाट समेत

    • प्रकाशित मितिः पुष ३०, २०७८
    • १८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • देवघाट मेलाको तयारी तिव्र

    चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी अशमान तामाङले देवघाट मेलालाई व्यवस्थित गर्न नवलपुर र तनहुँसँग समन्वय गरी काम थालिएको बताए । “माघे सङ्क्रान्ति मेलाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्छौँ”, उनले भने, “स्नानको समयमा कुनै दुर्घटना नहोस् भनेर स्नानघाट नजिकै ग

    • प्रकाशित मितिः पुष २१, २०७८
    • ९७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

    विराटनगर ।  भाषा, धर्म, संस्कृतिको जर्गेना र संरक्षण गरिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । तमु ह्यूला छोज धीं महानगर विराटनगरले बिहीबार  तमु ल्होछारको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले धर्म संस्कृतिको रक्षा गर्दै यस्ता सांस्कृतिक पर्वले समाजमा भाइचारा कायम गर्ने बताए । उनले भाषा, धर्म र संस्कृतिको संरक्षण गर्दै सबै धर्मको सम्मान गरेर पर्वहरु मनाउनुपर्ने बताए । ‘नेपालमा सबै जातजातिको बसोवास रहेको छ । यो हाम्रो विशेषता हो,’ उनले भने, ‘आफ्नो संस्कृति बिर्सनु हुदैन । धर्म, स

    • प्रकाशित मितिः पुष १५, २०७८
    • ४१८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विभिन्न कार्यक्रमसहित मनाइँदै तमू ल्होसार

    विजयपुर। आज (बिहीबार) गुरुङ समुदायको चाड तमु ल्होसार विविध कार्यक्रम गरी मनाइँदै छ ।गुरुङ समुदायले तमु ल्होसारका अवसरमा धरान–१८ स्थित गुम्बामा तमू ह्युल छाेंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान इकाई समिति र नेपाल बौद्ध गुम्बा पूर्वाञ्चल तमु बौद्ध सेवा समितिले संयुक्त रूपमा विविध कार्यक्रम गरेर मनाउने भएका छन् । गुरुङ समुदायले ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यसपटक गाई वर्गलाई बिदाई गरेर बाघ वर्गलाई स्वागत गर्दै विभिन्न कार्यक्रम गरिने बताइएको छ ।ल्होसारको कार्यक्रम बुधबारदेखि नै सुरु भएको छ । बुधबार फुर्बा पूजा साथै सामूहिक ग्रहशान्ति गरिएको छ । बिहीबार गणजक्र पूजा आयु अभिषेक साथै विभ

    • प्रकाशित मितिः पुष १५, २०७८
    • ३२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज क्रिसमस डे

    धरान । इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस आज (शनिबार) विश्वभर मनाइँदै छ । जिसस क्राइस्टमा विश्वास राख्ने इसाईहरूले यस दिनलाई क्रिसमस डेका रूपमा मनाउने गरेका छन् । आजका दिनलाई जिसस क्राइस्टको जन्मदिनको रूपमा लिने गरिन्छ । चौथो शताब्दीदेखि नै २५ डिसेम्बरलाई क्रिसमस डेका रूपमा मनाउन थालिएको हो । क्रिस्चियन धर्मावलम्बीहरूले आजका दिन चर्चहरूमा जिसस क्राइस्टको पूजाअर्चना गर्ने गरेका छन् । उनीहरूले जिससलाई प्रभुको नामले पुकार्ने गर्छन् । सम्पूर्ण मानवजातिको पापलाई नाश गर्नका लागि जिससले मानिसको अवतार लिएको विश्वास गरिन्छ । इसाई धर्मावलम्बीहरूको मुख्य ग्रन्थ बाइबल हो । बाइबलमा जिससका उपदेश, चमत्

    • प्रकाशित मितिः पुष १०, २०७८
    • ३४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • साकेला पार्कमा यलम्बरको प्रतिमा

    धरान । धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कमा किरात राजा यलम्बरको पूर्ण कदको प्रतिमा निर्माण गरी सोमबार अनावरण गरिएको छ । किरात समुदायको उँधौली पर्वको अवसर पारेर निर्माण गरिएको प्रतिमा धरान नगर प्रमुख तिलक राईले अनावरण गरे । स्वर्गीय कप्तान भीमराज राईको सम्झनामा पत्नी धुर्पीमाया राई, छोराबुहारी वीरबहादुर, लीलादेवी राईलगायतका परिवार मिलेर प्रतिमा निर्माण गरिदिएका हुन् । कार्यक्रमपश्चात् उँधौली पर्व पनि मनाइएको थियो । साकेला पार्कमा हरेक वर्ष १५ दिनसम्म धुमधामका साथ उँधौली पर्व मनाउने गरिन्छ । यसैबीच किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस

    • प्रकाशित मितिः पुष ६, २०७८
    • ३७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पोखरामा मनाए लिम्बू समुदायले ‘उधौली पर्व’

    पोखरा । याक्थुङ (लिम्बू) ले सामूहिक रूपमा आफ्नो समुदायको राष्ट्रिय पर्व उधौली पर्व मनाएका छन् ।हरेक वर्ष मनाउँदै आएका किरात याक्थुङ चुम्लुङ कास्कीले पूजाआजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै पर्व मनाएका हुन् । संस्थाका अध्यक्ष धनबहादुर थेबे लिम्बूले पोखरा रहेका याक्थुङहरू भेला भएर उधौली पर्व मनाउँदै आएको बताए । उनले भने, ‘यसरी आफ्नो महान् पर्व मनाउन पाउँदा खुशी लागेकोछ ।’ उनका अनुसार किरातले उधौली पर्व अन्नबाली छरिसकेपछि मनाउने गर्छन् भने उभौली पर्व अन्नबाली लगाउने समयमा मनाउने गर्दछन् ।कास्कीमा लिम्बू समाज स्थापना गरेको तीन वर्ष भएको जनाउँदै उनले भने, ‘यो चुम्लुङ खोल्नुको उद्देश्य

    • प्रकाशित मितिः पुष ५, २०७८
    • ४०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विराटनगरको ट्राफिक चौकमा बिक्रीको लागि राखिएको यमरी खानेकाे भिड (तस्विरहरू)

    झी पुच: विराटनगरले आइतबार विराटनगरको ट्राफिक चौकमा  बिक्रीको लागि राखिएको यमरी खानेको भिड । नेवार सामुदायहरुले यमरी पकाई देवीदेवतालाई चढाई हर्ष र उल्लासका साथ यमरी पूर्णिमा मनाउने गरेको छ । केटाकेटीदेखि बूढाबूढीसम्मले मनपराउने भएकाले यस रोटीको नाम यमरी (मनपरेको रोटी) रहेको पाकाहरू बताउँछन् । नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ । चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रुपमा डल्लो बनाइएको परिकार यमरी हो । तस्बिर: ब्लाष्ट अनिल श्रेष्ठ 

    • प्रकाशित मितिः पुष ४, २०७८
    • ५९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किराँत समुदायले उधौली पर्व मनाउँदै

    मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै छन् । लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए ।यो पर्वको पहिलो दिन थियो । आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् । किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरकफरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।किराँत समुदायले आपू

    • प्रकाशित मितिः पुष ४, २०७८
    • ३६५ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved