विविधतामा एकता भएको देश नेपाल त्यस्तै एकतामा विविधता भएको हाम्रो देश नेपाल । विभिन्न चाडपर्वहरू मनाइने देश नेपाल । समय अनुकूल मनाइने चाडपर्वहरूमध्ये रक्षाबन्धन, जनै पूर्णिमा तथा क्वाती पुन्हि आजै धुमधामसँग मनाइँदै छ ।आज एकाबिहानै नुहाइ धुवाइ गरी सप्तऋषिहरूलाई तर्पण दिने गरिन्छ । त्यसैले आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ । विशेषगरी हिन्दूहरूले मनाउने पर्व हो जनै पूर्णिमा । आज बिहानै खोला–नाला वा पानीको स्रोत भएको ठाउँमा गई स्नान गरी, शुद्ध भई ब्राम्हणहरूले जनै फेर्ने गर्दछन् । जनै फेर्दा गुरु पुरोहितले मन्त्रोच्चारण गरी जनै शुद्ध गरिएका हुन्छन् । आजै घर–घर घुम्दै वा मन्दिर परि
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।समितिले विज्ञप्ति प्रकाशित गरी साउन २७ गते शुक्रबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउनुपर्ने जनाएको छ । यो पर्व साउन २६ गते बिहीबार मनाउनुपर्ने भनी केही सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट भइरहेको प्रचार–प्रसार शास्त्रसम्मत नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।यस वर्षको जस्तो तिथिको अवस्था विसं २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४ र १९९४ मा भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, सदस्य एवं धर्मशास्त्रविद् प्रा डा
भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम ९ उतराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम बुधबार शिलान्यास गरिने पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले राससलाई जानकारी दिए । हिन्दू धर्मावलम्बीले मान्दै आएको चार धाममध्येको एक धाम हो द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्न गुजरात जाने गर्छन् । नेपालमा मुक्तिनाथ, पाशुपत, रुरु, र बरहा क्षेत्रलाई चारधाम भनिन्छ । नेपालमा
विषय प्रवेश:नेपालीहरूको लोक परम्पराअनुसारको लोक संस्कृतिभित्रका विभिन्न जात्रा पर्वहरूमा नचाउँदै आइरहेको लोकप्रिय नाचहरूमध्ये एक हो, लाखेनाच । उपत्यकाभित्रका नेवारहरूले पुस्तौँ–पुस्तादेखि नचाउँदै आइरहेको उक्त नाच नेवारहरू विभिन्न कालखण्डमा आ–आफ्नो थातथलोबाट पलायन भई बसाईं सर्दै गाउँ, सहर वा विभिन्न देशहरूमा समेत छरिएर पुगेसँगै उक्त नाचले पनि छरिन गई विश्वव्यापी प्रशिद्धि पाएको छ । हिजोका दिनहरूमा नेवारहरूले मात्र नचाउँदै आएको उक्त लाखेनाच आज नेवारहरूमा मात्र सीमित नभई विभिन्न जात–जातिहरूमा पनि लोकप्रिय भएर सबै जात–जातिहरूले समेत आप्mनो लोक, संस्कृति, संस्कार भनी स्वीकार गर्दै आ–आप्mनो था
साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।&nbs
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफ्नो भाषा, संस्कृति र वेशभूषाको जगेर्ना गर्नुपर्ने बताए । सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘मिस विराटनगर’ प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले युवाहरुमा लुकेर रहेका कला, कौशलहरु यस्ता प्रतियोगिताले प्रस्फुटन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।उनले मुलुकमा रहेको प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटन क्षेत्रको प्रवद्र्धनमा युवापुस्ताले आफ्नो क्षेत्रबाट दत्तचित्त भई क्रियाशील हुनुपर्नेमा जोड दिए । सष्ट्रा नेपालका अध्यक्ष विन्दीया कार्कीले यस प्रकारको प्रतियोगिताले युवतीहरुलाई समाजको व
तामाङ जातिको साझा संस्था नेपाल तामाङ घेदुङले परम्परागत शैली छोडेर अब नयां शैली अपनाए चल्नुपर्नेमा तामाङ अगुवाहरुले जोड दिएका छन् । नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा आयोजना गरेको समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा तामाङ अगुवा तथा घेदुङका नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले घेदुङको विधान बमोजिमको संरचना र संगठनलाई चुस्त दुरुस्त राख्दै समय सापेक्ष नीति तथा कार्यक्रम र दीर्घकालीन योजना बनाएर घेदुङ अघि बढ्नु पर्ने बताएका छन् । घेदुङ स्थापना भएको ६७ वर्ष पुग्दासम्म सांस्कृतिक, भाषिक र धार्मिक जस्ता पहिचानका मूद्दा विद्यमान हुंदा शैक्षिक, राजनीतिक र आर्थिक मूद्दा ओझेलमा परेको भन्दै यस्ता मू
धनकुटा । प्रदेश नं. १ कै पहिलो पर्यटकीय गन्तव्य धनकुटाको हिले बजारमा रहेको ५२ वर्ष पुरानो बौद्ध गुम्बाको पुनः निर्माण गरिएको छ । वि.सं.०७२ सालमा वैशाख १२ गते आएको भुईँचालोको कारण जीर्ण नेको ऐतिहासिक महत्त्व बोकेको बौद्ध गुम्बा पुनः निर्माण गरिएको हो । संघिय सरकारको बजेट नीति तथा कार्यक्रम अनुसार आव०७८/०७९ मा भूकम्प पुनः निर्माण प्राधिकरणको सहयोगमा धनपा–१ हिलेमा रहेको थुप्तेन देक्षेन छ्योलिङ गुम्बाको पुनः निर्माण गरिएको निर्माण समितिका अध्यक्ष सीताराम तामाङले बताए । पुनः निर्माण प्राधिकरणबाट प्राप्त अनुदान र स्थानीय गुम्बा निर्माण उपभोक्ता समितिको जनश्रमदानबाट हिले बिच बजारमा रहेको थु
धरान । नेपाल विज्ञापन सङ्घ (आन) ले आयोजना गर्ने कृति अवार्डको १२ औं संस्करण यही भाद्र २६ मा हुने भएको छ । २०६० सालदेखि सुरु गरेको नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने उद्देश्यले सुरु भएको अवार्डको १२ औं संस्करण घोषणा समारोहमा सङ्घका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आनले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड–१९ महामारीका कारण विगत २ वर्ष हुन सकेको थिएन । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले मुलुककै समग्र सञ्च
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदर्मागमा विभिन्न पूर्वाधारका काम विस्तार गरिदै लगिएको छ । हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र हिउँमा चिप्लिने जस्ता हैरानी खेप्नुपर्ने बाध्यता भएकाले पदर्मागमा फाइवरको ट्रस हालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । सो पदमार्गमा गत साता ९४ मिटर ट्रस लगाउने कार्य सम्पन्न भएको छ । सरकारबाट प्राप्त रु ३० लाख बजेटले समितिले सो ट्रस लगाएको हो । सो पदमार्गमा प्रत्येक वर्ष क्रमिकरुपमा मर्मत गर्ने, सोलिङ, रेलिङ र ट्रस लगाउँने कार्य हुँदै आएको छ । अहिलेसम्ममा मन्दिरदेख
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved