संस्कृति

    Showing १-१० of १,५१५ items.
  • हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताएको छ । बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आगामी बुधबार बाजागाजासहित स्थानियवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका नगर पमुख शान्तिरत्न शाक्यले बताए । प्रतिस्थापन गर्नुअघि मूर्तिलाई नाला तीनदोबाटोदेखि टेलिकम हुँदै नगर परिक्रमा गराउने कार्यक्रम तय भएको उनले बताए ।मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति केही समय अघि नै काठमाडौँस्थित राष्

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • १०२ पटक पढिएको
    • रासस
  • धनकुटामा वाडाङ्मी र पापानीको रौनक

    धनकुटा । धनकुटा नगरपालिकामा सीमित आठपहरिया जाति यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मी र खाल्सा क्षेत्रमा बसोबास गर्ने राई जाति पापानी चाड मनाउन व्यस्त छन् ।धनकुटाका आठपहरिया जातिको वाडाङ्मी पर्वमा खुसीयालीको हर्षबढाइँ गर्ने तथा सबै दुःखबाट उक्सिने मुख्य पर्वको रूपमा मान्छन् भने खाल्सा क्षेत्रका राईहरू पापानी नयाँ बाली भित्रिएको खुसीयालीमा मनाउने गर्दछन् । आठपहरियाहरूको वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उकास्ने यो एक मात्र पर्व पनि हो, मङ्सिरे चाड वाडाङ्मी । आठपहरिया जाति मौलिक बाजागाजा बजाउँदै इष्ट देवताको पूजा र खानपिनमा रमाइरहेका छन् । वाडाङ्मीमा वर्षभरि मृत्यु हुनेहरूका परिवारका सम्पूर्ण

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • ३९ पटक पढिएको
    • सन्तवीर लामा
  • हङकङमा नेपाली संस्कृति प्रदर्शन

    हङकङ । हङकङमा नेपाल सम्बन्धी जानकारी सहित नेपाली भेषभुषा तथा संस्कृति प्रदर्शन गरिएको छ ।हङकङ सरकारको लिजर एण्ड कल्चर डिपार्टमेण्टले आईतबार हङकङको स्टारफेरि स्थित चिमसाचुईमा द्वारा आयोजना गरेको ‘इन्टरनेशनल इथ्निक कल्चरल पर्फमेन्स’ कार्यक्रममा हङकङ नेपाली महासंघले नेपालको प्रतिनिधित्व गर्दै नेपाली पहिरन तथा कला संस्कृति प्रदर्शन गरेको हो । हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङको नेतृत्वमा नेपालको राष्ट्रिय झन्डासहित कार्यक्रमको मञ्चमा उक्लिएको नेपाली टोलिले पञ्चेबाचा बजाएर नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा नेपाल र नेपाली सम्बन्धी जानकारीमूलक स्टल समेत राखिएको थियो ।तस्विर : जगत अम्

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • ८३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पञ्चेबाजा बजाएर देउसी भैलो

    हङकङ । हङकङ स्थित गुल्मी समाजले पञ्चेबाजा बजाएर देउसी भैलो खेलेको छ ।लोप हुँदै गएको पञ्चेबाजा बजाउने प्रचलनलाई संरक्षण गर्ने उद्देश्यले समाजका पदाधिकारी तथा सदस्यहरुले आईतबार हङकङ स्थित इन्डियन क्लबमा पञ्चेबाजा सहिद देउसी भैलो खेलेका हुन् । तस्विर : जगत अम्बु गुरुङ 

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • १३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • विश्व बन्धुत्व र प्रेमको प्रतीक छठपर्व

    वराहक्षेत्र । दशैं, तिहार सकिए लगत्तै नेपालीहरूको साझा एकता तथा लोकआस्थाको प्रतिक प्रसिद्ध छठ महापर्व सुरु भएको छ । दीपावलीको देउसी–भैलोको रमाइलो सकिन नपाउ“दै घर–घरमा छठीमाताको गीत गुञ्जन थालेसँगै शुक्रबारबाट छठ पर्वको सुरुवात भएको छ ।यसै क्रममा शुक्रबारबाट सुरु भएको पर्वको लागि वराहक्षेत्रको चतरामा पनि प्रसिद्ध छठ पूजाको तयारी पूरा गरिएको छ । ४ दिनसम्म मनाइने पर्वको लागि विभिन्न समितिहरू गठन गरी नदी किनारको छठघाटलाई सजिसजाउ गरिएको छ । प्राचीन हरिद्वार चतराधामको सप्तकोशी किनारस्थित छठघाटमा महापर्वको लागि घाट सरसफाइ, रङरोगन, बत्ती जडान, यसैगरी प्रसाद वितरणस्थल साजसज्जा गरिएको सूर्यनारायण मन्दिर

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • १०१ पटक पढिएको
    • सन्तोष गुप्ता
  • यसरी मनाइन्छ छठ पर्व

    मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि शुक्रबारदेखि सुरु भएको छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ ।दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । मानव सभ्यताको विकास नदी किनार हुँदै भएको, पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तŒव रहेकाले यी दुई तŒवहरूप्रति श्रद्धाभाव व्यक्त तथा जीवन, जगत्, प्रकृति, वनस्पति,

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • ८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महानगरप्रमुख कोइरालाको नेतृत्वमा छठ पूजास्थलको अनुगमन

    विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छठ पर्वको तयारीबारे जानकारी लिन घाट निर्माण हुने नहर र खोलाको अनुगमन गरेका छन् । प्रमुख कोइरालाको नेतृत्वमा आज बिहान उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले महानगरले गरेको सरसफाइ, घाटको तयारीलगायतको अनुगमन गरेको हो ।टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिङ्घिया खोलाको अनुगमन गरेको थियो । सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहर तत्काल हटाउन प्रमुख कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिएका थिए। अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सर

    • प्रकाशित मितिः कार्तिक १२, २०७९
    • ६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल

    छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो । छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकहरुको भिड देखिन्छ । खासगरीे छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानीसहितको नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, गागल, मूला, अदुवाको बोटलगायतका फलफूल, हरियो तरकारी, माटो तथा बाँसका सामग्री खरिद गर्नेको भिड बजारमा देख्न सकिन्छ । छठ पूजामा आकर्षक सजावटका लागि नेपालमै सबैभन्दा बढी चर्चामा रहँदै आएको वीरगञ्जको घडीअर्

    • प्रकाशित मितिः कार्तिक १२, २०७९
    • २०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • देवकोटाको शालिक पुनः निर्माण

    भद्रपुर । भद्रपुर नगरपालिकाको सहयोगमा आकर्षक फूलबारीसहित २४ लाख ७३ हजार ७४६ रुपैयाँको लगानीमा देवकोटाको शालिक पुनः निर्माण गरिएको छ । भद्रपुर–९ स्थित मुना सामुदायिक भवनसँगै जोडिएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा तथा पार्क पुनः निर्माण गरिएको हो ।२०७८ भदौ १४ गते अज्ञात समूहले सो शालिक तोडफोड गरी शालिकमा क्षति पुर्याएपछि राजमार्गको मापदण्ड अनुसार सडकको बीचबाट संरचना हटाउँदै चन्द्रगढी वन समितिले भद्रपुर नगरपालिकाको सहयोगमा आकर्षक फूलबारीसहित पार्क निर्माण गरेको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा निर्माण गरिएको सो पार्कको महाकवि देवकोटाको ११४औं जन्मजयन्तीको अवसर पारेर उदघाट

    • प्रकाशित मितिः कार्तिक १२, २०७९
    • ९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जनकपुरमा छठको तयारी पूरा

    जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिकरुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिँगारेर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएको राम युवा समिति अध्यक्ष परमेश्वर साहले बताए।जनकपुरधामको गङ्गासागर पोखरीका अतिरिक्त धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग

    • प्रकाशित मितिः कार्तिक ११, २०७९
    • ८४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved