फाेटाे फिचर

    Showing ८१-९० of ११४ items.
  • पहिरो ग्रस्त सडक

    मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ सडकखण्ड अन्तर्गत बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानास्थित पहिरो ग्रस्त सडक । 

    • प्रकाशित मितिः असार २५, २०७६
    • २६३ पटक पढिएको
    • रासस
  • धरान–१८ वाल मैत्री वडा घोषणा

    धरान  / धरान उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान अन्तर्गत आज १८ नं. वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । प्रदेश नं. १ की प्रदेश सभा सदस्य सावित्रा श्रेष्ठ, कार्यवहाक मेयर मञ्जु भण्डारी, २० वटै वडाका वडा सदस्यहरुलगायतको वृहत उपस्थितिमा बालमैत्री वडा घोषणा गरिएको हो । प्रमुख अतिथि श्रेष्ठले धरान–१८ ले निर्माण गरेको वाल उद्यानको उद्घाटनसमेत गरिन । बालमैत्री वडा बनाउनका बालबालिकाहरुलाई खेल्नका लागि प्रत्येक वडामा एउटा वाल उद्यान बनाउने लक्ष्य रहेको छ । धरान उपमहानगर भित्र वडा नंं १८ ले बाल उदान बनाएर पहिलो भएको छ । कार्यक्रममा वडा अध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले बालमैत्री

    • प्रकाशित मितिः असार २२, २०७६
    • ५२४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झटाराे

    • प्रकाशित मितिः असार २२, २०७६
    • २६० पटक पढिएको
    • ब्लाष्ट खबर
  • तस्विरमा धान दिवसको रौनक (फोटो फिचर)

    ताप्लेजुङ । आज १६ औ धान दिवस । फुङलिङ नगरपालिकाको आयोजनामा फुनपा वडा नं ३ मा रोपाई कार्यक्रम समेत आयोजना गरिएको थियो । रोपाईमा फुङलिङ नगरपालिकाका मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । हिलो सँग उनिहरु निकै रमाएका थिए । यतिबेला किसानलाई भ्याइनभ्याई छ । यसमा पनि असार १५ को दिनले त किसानका लागि पर्व जत्तिकै महत्व राख्छ । धाइधपेडीको यो दिनमा किसानहरु गीत गाउँदै र जिस्किँदै रोपाइँको मेलो सक्न जुट्छन् । हिलो खेल्दै र छिल्लिँदै थकान कम गर्ने उनीहरुको काम गराइको काइदा हुन्छ ।

    • प्रकाशित मितिः असार १५, २०७६
    • ४१५ पटक पढिएको
    • बसन्त लिम्बू
  • एउटा इतिहास लगभग मेटिदैं(फोटो फिचर)

    धरान / नेपालको पहिलो सिभिल इन्जिनियर डिल्लीजंग थापाले श्री ३ चन्द्रशमशेरको पालामा सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरस्थित त्रियुगा नदिमा देशको पहिलो सिंचाइ परियोजना चन्द्र नहर निर्माण गरेका थिए । चन्द्रशमशेरको राज्यकालको उत्तराद्र्ध विसं १९८५ मा नहर निर्माण शुरू भई १९८९ मा तयार भएको इतिहास पाइन्छ । त्रियुगा नदीमा बाँध बाँधेर निर्माण गरिएको नहरमा त्यसबेला एक चिम्टी पनि सिमेन्ट प्रयोग गरिएको थिएन । पाको इँटको धूलो, चुन र मास मिसाई बनाइएको बज्र प्रयोग गरी बाँध बनाइएको थियो । यो उत्कृष्ट इन्जिनियरिङ भएका कारण नहर निर्माणको सूक्ष्म इन्जिनियरिङबारे अध्ययन गर्न विदेशी प्राविधिकहरू आउने गरेका छन् ।

    • प्रकाशित मितिः असार ८, २०७६
    • ७३५ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स
  • तस्विरमा सुनसरी उद्याेग वाणिज्य संघकाे निर्वाचन, मत गणना शुरू

    धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको अाज (साेमबार) भएकाे निवार्चनकाे मतगणना सुरू भएकाे छ । निर्वाचन उपसमितिका अनुसार अध्यक्षसहित वाणिज्यतर्फ ९ जना, उद्योगबाट ४ जना, एशोसियटतर्फ ३ जना वस्तुगततर्फ २ र मनोनित ४ गरी कुल २३ सदस्य कार्यसमितिमा रहनेछन् । सोही पदका लागि अध्यक्षमा २, वाणिज्यतर्फ १६ जना, वाणिज्य महिलातर्फ २ जना २, उद्योगबाट ८, एशोसियटबाट ६ जनाले उम्मेदवारी दिएका छन् । वाणिज्यमा १ हजार ५५, उद्योगमा ५ सय ९४, एशोसियटतर्फ ८३ र वस्तुगत तर्फ १६ जना छन् । कुल १ हजार ७४८ सदस्य रहेको संघको निर्वाचन  सम्पन्न भएपछि मत गणना सुरू भएकाे हाे ।  महिला सदस्यतर्फ एलिना मगरको मात्रै उम्मेद

    • प्रकाशित मितिः जेठ २७, २०७६
    • ६५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नाक जोगाऔं

    • प्रकाशित मितिः जेठ २६, २०७६
    • ७४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानको विजयपुरलाई उत्कृष्ट गन्तव्य बनाइदैं

    धरान / सरकारको सय वटा गन्तव्य सूचीमा परेको धरानको विजयपुरलाई सिर्घान यहाँका वडा अध्यक्ष कृष्णपूसाद भट्टराई लागि परेका छन् । आन्तरिक पर्यटकहरुलाई घुम्न रातीको सयममा उज्यालो बनाउन धरानको सिंहदेविबाट दन्तकाली मन्दिरसम्म प्ग्ने बाटोमा २५ वटा बत्तिको व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । प्रदेश सरकारको बजेटको वृहत्तर विजयपुर योजना अन्तर्गत सिढी तथा बत्ति बाल्ने लगाउने काम गरिएको हो । हिन्दु आराध्यदेव शिवको पहिलो पत्नी सतिदेवीले आत्मदाह गरेपछि उनको शव बोकेर ब्रम्हाण्डमा घुम्ने क्रममा सतिदेवीको दात पतन भएको विश्वासमा दन्तकालीमा पूजा आज गरिदैं आएको छ । नेपालका प्रमुख शक्तिपीड मध्य दन्

    • प्रकाशित मितिः जेठ १६, २०७६
    • १,४१७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धार्मिक गन्तव्य धरानको विष्णुपादुका

    धरान / धरान उपमहानगरपालिका २० नं. वडामा पर्ने विष्णुपादुका धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुदैं गएको छ । पितृहरुलाई सम्झन विशेष गरेर यहाँ दर्शनार्थीहरु आउने गर्दछन् । पछिल्लो समय माछामारा पार्क, नजिकैको होम स्टेमा घुम्न जाने पर्यटकहरु बढेका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७६
    • ७१७ पटक पढिएको
    • तस्विरहरुः रीता योङसाहाङ
  • पर्यटक तान्दैं चतराको कोशी पुल

    धरान / पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भए पछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयहरुलाई यातयातमा सहज भएको छ । एसियाली विकास बैंकको सहयोगमा बनेको पुलको अगस्त ३, २०१५ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेका थिए । उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने यो पुल संचालनमा आएसँगै हेटौंडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको छ । पुल संचालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौंडा सहजै रुपमा जोडिएका छन् । यो पुलले मध्यपहाडी राजमार्गलाई पनि जोड्न सहयोग गर्छ । हेटौंडाबाट धरान

    • प्रकाशित मितिः बैशाख २३, २०७६
    • २,७०७ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved