Trending Tags

पर्यटन

    Showing ७१-८० of ५६३ items.
  • सूर्यकुण्डको कथाः सडक निर्माणमा उदासिनता, 'स्वर्ग जाने नर्कको बाटो'

    वराहक्षेत्रको पर्यटकीय स्थल सूर्यकुण्ड जति रमाइलो र मनमोहक छ, त्यहाँसम्म पुग्ने बाटोको भने कन्तबिजोग छ । ‘स्वर्ग जाने नर्कको बाटोजस्तो ।’ चतराको मिलन चोक, देवीस्थान हुँदै सूर्यकुण्डसम्म झण्डै १० किलोमिटर कच्ची बाटो मर्मतमा स्थानीय सरकार उदासिन भएपछि बर्खामा सडक हिलाम्मे छ । पछिल्लो समय स्ट्रबेरी खेतीका कारण कृषि पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको सूर्यकुण्ड, चियाबारी र धापा क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल हुन थालेको छ । निषेधाज्ञाका कारण त्यहाँ पुग्ने पर्यटकहरुको कमि भए पनि केही खुकुलो भएपछि सूर्यकुण्डको रमणीयता, प्राकृतिक र जैविक विविधताको अवलोकन गर्न आन्तरिक पर्यटक पु

    • प्रकाशित मितिः असार ११, २०७८
    • ६७६ पटक पढिएको
    • नवराज विष्ट
  • सूर्यकुण्डमा होम–स्टेः सम्भावना प्रचुर, लगानी र बृहत् नीति आवश्यक

    वराहक्षेत्र–१ का वडाध्यक्ष सुरेश श्रेष्ठले मुख मिठ्याउँदै भने, ‘ओहो १ कुलुङ वाचिपा त भयङ्कर मीठो हुँदो रहेछ ।’ पर्वते भाषामा ‘तीते’ भनिने ‘वाचिपा’ कुखुराको ‘भुत्ला’ डढाएर त्यसमा चामल, मासुलगायत मिसाएर बनाइने राईको जातीय परिकार हो ।वडाध्यक्ष श्रेष्ठले ‘कुलुङ वाचिपा’ साथमा ‘स्ट्रबेरीको तीनपाने’ चिरिप्प पार्दै भने, ‘ल हेर्नुहोस् त कतै जानुपर्छ ?, भेडेटार यहीँ छ, कस्तो खाने ? परिकार यहीँ छ, सबै लोकल सबै अग्र्यानिक ।’ वडाध्यक्षले ‘अग्र्यानिक उद्घाटन’ गरेपछि वराहक्षेत्र–१ धापा सूर्यकुण्ड पुगेको पाहुनाको टोलीले पनि तात्तातो ‘कुलुङ वाचिपा’ र स्ट्रबेरीको तीनपाने लिए । तीनपाने नचल्नेले स्ट्रबेरीको जुस म

    • प्रकाशित मितिः असार ९, २०७८
    • ८७४ पटक पढिएको
    • विजयकुमार राई
  • कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा

    नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल,ट्रेकिङ  तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ । कोषले ती क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा सहभागीलाई थप ब्याज शुल्क नलिने भएको हो ।कोषले आज एक विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई मुलुकभित्र फैलिन नदिनका लागि निषेधाज्ञा गर्दा तुलनात्मक रूपमा बढि प्रभावित भएको भन्दै राहत दिने कार्यक्रम अगाडि सारिएको जनाएको हो ।असमान्य परिस्थितिमा कोषका

    • प्रकाशित मितिः असार ६, २०७८
    • ३२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भलुवा सिमसारलाई पर्यटकीय स्थल बनाउन ५ करोड

    पथरी । मोरङको कोनेपोखरी–७ स्थित शुक्रबारेको ‘भलुवा सिमसार’लाई पूर्वकै नमूना पर्यटकीय गन्तव्य स्थल बनाउने कामअघि बढेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको पहलमा मन्त्रालयबाट भलुवा सिमसार विकासका लागि ५ करोड रकम विनियोजन भएपछि नमूना पर्यटकीय गन्तव्य स्थल निर्माण गर्न लागेको हो । बजेटले दुई वर्षभित्र काम सम्पन्न हुने गरी काम सुरु गरिने वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए । यो भलुवा सिमसारले पोखरीबाट उत्तर तीन किलोमिटर माथिको पूर्वपश्चिमको सडक सिमसार तथा जलाधारले भेट्ने भएकोले क्रमशः यसको क्षेत्र फराकिलो हुनेछ । यस क्षेत्रलाई पर्यटकीय स्थल कस्तो बनाउने भ

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • ५६० पटक पढिएको
    • दिनेश सुब्बा
  • सगरमाथा आरोहीको शव काठमाडाैं लगियो

    सोलुखुम्बु (रासस) : सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडाैं लगिएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडाैं लगिएको प्रहरीले जनाएको छ । सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ः०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए । मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाडाैं लगिएको उनको भनाइ छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । यस

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • २९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फेकोफनद्वारा २५ वर्षे गन्तव्यको मार्गचित्र तयार

    सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) ले आगामी २५ वर्षे गन्तव्यको मार्गचित्र तयार गरेको छ । विसं २०५२ साल जेठ १८ गते स्थापना भएको फेकोफनले विगत २५ वर्षका सिकाइलाई आधार मान्दै आगामी २५ वर्षका लागि महासंघको नयाँ गन्तव्यसहितको मार्गचित्र तयार गरेको जनाएको छ ।फेकोफनको २६औँ स्थापना दिवसका अवसरमा आज आयोजित पत्रकार सम्मलेनमा अध्यक्ष भारती पाठकले मार्गचित्रअन्तर्गत सामुदायिक वनमा उपभोक्ता समूहको अधिकार सुरक्षित गर्दै थप सशक्त बनाउन निरन्तर पैरवी अभियान सञ्चालन गर्ने र तथ्य प्रमाणमा आधारित पैरवी अभियानका लागि ज्ञान निर्माणमा सुदृढीकरण गर्ने जानकारी दिइन् । त्यस्तै सबैखाले नागरिक तथा सा

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • २९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मकालुबाट सात हजार किलो फोहोर संकलन

    सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ ।मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टोलीमा सहभागि नेपाली सेनाका सेनानी रुपकजंग थापाले जानकारी दिए । फोहोर संकलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते  मकालु हिमालको आधार शिविर पुगेको उनले जानकारी दिए ।टोलीले गत जेठ ११ गते सम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो, र चौँथो क्याम्प फो

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • ४५३ पटक पढिएको
    • रासस
  • मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ

    मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज बिहानदेखि सगरमाथा आरोहण जारी छ । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा गत वैशाख २९ गतेयता आरोहण हुन सकेको थिएन । सगरमाथा आधारशिविरमा रहनुभएका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आज एकै दिन करीब २०० आरोही चौथो शिविरबाट शिखरतर्फ लागेका छन् । उनका अनुसार अहिले आरोहण भइरहेको भए पनि के कतिले आरोहण गरे भन्ने विवरण प्राप्त भएको छैन ।शेर्पा आरोही

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • ३९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा यस्तो बन्दै छ प्याराग्लाईडिङ उडान र अवतरण स्थल

    धरान । साहसिक पर्यटनका गतिविधि बढिरहेको धरानमा प्याराग्लाईडिङ अवतरण स्थल निर्माण सुरु भएको छ । धरान उपमहानगरपालिका वडा नं. १४ मा पर्ने सेउती बगरमा प्याराग्लाईडिङ अवतरण स्थल निर्माण सुरु भएको हो । सङ्घीय सरकारले धरानको प्याराग्लाईडि उडान तथा अवतरण स्थल निर्माणका लागि ३० लाख रुपैयाँ सुरुवाती बजेट छुट्याएको थियो । सरकारले बजेट छुट्याएपछि धरान–१४ वडा समितिको निर्णय र सरोकारवाला निकायसँग समन्वय गरि निर्माण कार्य सुरु गरिएको प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ सङ्घ १ नम्बर प्रदेश समितिका अध्यक्ष भुपेन्द्र चाम्लिङ राई (भुपाल)ले बताए ।प्याराग्लाईडिङ उडान तथा अवतरण स्थलको गत वैशाख २५ मा १ नम्बर प्रदे

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • १,०६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ऐतिहासिक स्थल कानेपोखरीमा खुल्ला व्यायामशाला निर्माण हुँदै

    मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ७ मा पर्ने ‘ऐतिहासिक स्थल कानेपोखरी’ मा खुल्ला व्यायामशालासहित पर्यटकका लागि आकर्षक पोखरी निर्माण गरिने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको पहलमा मन्त्रालयबाट ५० लाख गाउँपालिकामा आएपछि पोखरीलाई आकर्षक गन्तव्य बनाउने तयारी सुरु भएको हो । सो बजेटले आगामी असारसम्ममा काम सम्पन्न हुने गरी काम सुरु भएको छ । त्यस क्षेत्रमा खुल्ला व्यायामशाला, प्रवेशद्वार (गेट), वनभोज खाने कटेज, विश्रामालय, खानेपानी ट्युबवेललगायत निर्माण गरिने निर्माण समितिका अध्यक्ष विष्णु राईले बताए । पोखरीको पूर्वपट्टि सेल्फी खिच्नका लागि सेल्फी डाँडा पनि बना

    • प्रकाशित मितिः बैशाख ३१, २०७८
    • ७१८ पटक पढिएको
    • दिनेश सुब्बा/ पथरी

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved