सम्बन्धित निकायको बेवास्ताका कारण रोल्पाको बडाचौर विमानस्थल अलपत्र बनेको छ । संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानका रुपमा परिणत भएको हो । रोल्पाको लुङ्ग्री गाउँपालिका वडाचौरस्थित सो विमानस्थल राजनीतिक व्यवस्था फेरिएसँगै ओझेलमा परेको छ । विसं २०४६ सम्म सञ्चालनमा ल्याइएको सो विमानस्थल पछिल्लो समय ओझेलमा पर्दै गएको छ । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बालाराम घर्तीमगरको पहलमा २०३६ सालदेखि सञ्चालनमा ल्याइएको सो विमानस्थलबाट काठमाडौँ, पोखराजस्ता शहरमा उडान हुने गर्दथ्यो । विसं २०४८ पछि उडान स्थगित भएको सो विमानस्थल २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वका बेला
तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ ।कोभिड महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यस वर्षको चितवन महोत्सव पर्यटन क्षेत्र लक्षित गरी आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आज जानकारी दिइएको हो । पर्यटन र पर्यटन व्यवसायीको उत्थानमा महोत्सव केन्द्रित रहने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए। महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिने श्रेष्ठको भनाइ छ । महोत्सवमा पर्यटनसँग सम्बन्धित ग
संखुवासभा । जिल्लाको सदरमुकामदेखि एक दिनमा पुगेर सोही दिन फर्किन सक्ने दुरी रहेको चिचिला गाउँपालिकाको मत्स्यपोखरी पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले नागरिकहरूको पहिलो रोजाइमा यो पोखरी पर्न थालेको हो । चिचिला गाउँपालिका वडा नं. ४ मा पर्ने यो पोखरीमा फोहोरमैला तथा यहाँ रहेका माछा मारेमा अनिष्ट हुने विश्वास रही आएको छ । यो पोखरी नजिकै रहेको मन्दिरमा पुजा आज गरे चिताएको कुरा पुग्ने समेतको जनविश्वास रही आएको छ । पोखरीको माछा मार्दा अनिष्ट भएको प्रत्यक्ष रहेको भन्दै यो पोखरीमा ठुलो शक्ति रहेको स्थानीय पदम बहादुर गुरुङको भनाई छ ।धार्मिक हिसाबले हिन्दु, बौद्ध, क
धनकुटा । धनकुटालाई चित्रकारिताको माध्यमाबाट चिनाउने उद्देश्यले आयोजना गरिएको २ दिन स्थलगत चित्रकला कार्यशाला आइतबार सम्पन्न भएको छ । 'रङ्गमा मेरो धनकुटा, घुम्न आउँ धनकुटा–२' भन्ने मूल नाराको साथ आयोजना गरिएको २ दिने जल रङ्ग कार्यशालामा मुलुकभरबाट २६ जना चित्रकारहरू सहभागी भएका थिए । वाटरकलर चित्रकारिताको माध्यमाबाट धनकुटाका पर्यटकीय स्थलहरूको प्रवर्द्धन र धनकुटालाई देश विदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यशालामा इन्टरनेशनल वाटरकलर सोसाइटी नेपालका अध्यक्ष एनबी गुरुङ, महासचिव दिपेन्द्रमान वनेपाली, सदस्य डिवी राई, अन्तर्राष्ट्रिय जल रङ्ग समाज प्रदेश नं.१ का सदस्य महेन्द्र र
धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ ।मेल
सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिकास्थित मत्स्यपोखरीमा एकैसाथ चारवटा कार्यक्रम गरिँदै छ । मत्स्यपोखरीमा निर्मित मूर्तिहरूको ७ दिने प्राण प्रतिष्ठा गरिन लागिएको हो । अन्तिम दिन साहित्यिक महोत्सव, दाता सम्मान र मेलाको आयोजना गरिँदै छ । त्यहाँ बसाहा, शिवलिङ्ग र गौतम बुद्धको मूर्ति निर्माण गरिएको छ । प्राण प्रतिष्ठा गर्न ५ जना पुरोहितहरू ७ दिनसम्म निरन्तर खटिने गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शुक्रदेवी राईले बताइन् । योसँगै मकालु साहित्य समाजसँगको समन्वयमा आगामी मङ्सिर ३ गते पूर्णिमाको दिन साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र अन्य विविध कार्यक्रम गरिने उनले बताइन् । सोही दिन सामुदायिक
विश्वका १२ उत्कृष्ट गन्तब्य सूचीमा अमेरिकाको समाचार संस्था सीएनएनले सूचीकृत गरेपछि धनकुटाको ‘नाम्जे गाउँ’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । साँघुरीगढी गाउँपालिकाको वडा नं ६ नाम्जे गाउँमा बसोबास गर्दै आएका मगर समुदायको २२ घरमा पर्यटकका लागि घरबास (होमस्टे) सञ्चालन गरिएको छ । कोरोना कहरबाट लामो अवधिसम्म घरभित्रै बस्नुपर्दा दिक्क भएका हजारौं पर्यटक नाम्जेका घरबासमा ओइरिन थालेका छन् । यसलाई धान्न स्थानीय घरबास सञ्चालकहरुलाई हम्मे हम्मे परेको छ । धरानबाट २० किलोमिटर र भेडेटारबाट चार किमी नजिक रहेको ‘नाम्जे गाउँ’ पुग्न मोटर र पैदलमार्गको सहज र सुविधाजनक पहुँच छ । घरबास, मगर संस्कृति र म
कोरोना संक्रमण न्युनिकरणका लागि भएको लामो लकडाउनले गर्दा ठप्प भएको भेडेटारको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । यति बेला भेडेटारमा आन्तरिक पर्यटकहरुको आगमन बढेको व्यवसायीहरुले बताएका छन् । कोरोना संक्रमण कमहुदै गएको र धेरैले खोप लगाएर आत्मबल बढाएपछि विस्तारैे आन्तरिक पर्यटकहरु साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार, नाम्जे, ध्वजे डाँडा, नमस्ते झर्ना घुम्न आउने पर्यटकहरु बढेको होटल एसोसिएन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । विरैस्ता पर्यटकहरु घुमफिर गर्न पहाडतर्फ उक्लन थालेको र व्यवसायमा पनि चहलपहल बढ्न थालेको व्यवसायीहरुको भनाई छ । भेडेटारमा द
बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवद्र्धन अभियानमा जुटेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनकरूपमा बढ्न नसकेकाले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिए ।उनका अनुसार निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । बैजनाथ गाउँपालिकाको गाभर भ्याली सामुदायिक घरबास र कोहलपुर नगरपालिकाको खड्कवार घरबासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भइरहेको छ ।बाँके राष्ट्रिय निकुञ्जमा घुम्नका लागि पैदलमार्ग, हात्ती सफारी, बास
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण झरनाको रौनक बढ्दै गएको छ ।बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत पर्ने रुप्से झरनामा रमाउन देशका विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भीड बढेको हो । मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा समय बिताउने गरेका छन् । मोटरसाइकल र निजी सवारी तथा भाडाका सवारीसाधन हुँदै मुस्ताङ आउनेजाने पर्यटकको रोजाइमा रुप्से झरना पर्ने गरेको छ । गत वर्ष आएको भीषण बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाध
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved