मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उनले बताए । उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको
धरान । रामधुनी नगरपालिका–२ स्थित शिवनगरमा पूर्वका थारू चौधरी समुदायका इतिहास, संस्कृति, संस्कार र जीवनशैली चिनाउने थारू सङ्ग्रहालय आकर्षणको केन्द्र बन्न थालेको छ । सङ्ग्रहालय स्थापना भएको तीन वर्षमात्र भएकाले थारू समुदायको जीवनशैली चिनाउने सामग्रीहरू सङ्कलन गरेर प्रदर्शनीमा राख्ने काम भने जारी रहेको छ । सङ्ग्रहालयमा पुर्वका थारू चौधरी समुदायको इतिहास, कला, संस्कृतिलाई जीवन्त राख्न सजाइएका पुराना र मौलिक सामग्री, भित्तामा बनाइएका चित्रको अवलोकन गर्न भीड लाग्ने गरेको छ । सङ्ग्रहालयमा दैनिक आन्तरिक र वाह्य पर्यटकहरू आउने गरेका छन् । रामधुनीमा थारू सङ्ग्रहालय भवन निर्माण गर्न र पुराना सामग्री जुटा
धरान / आधुनिक धरानको जगबारे जानकार नभएकाहरू धरानको मुटु भानुचोकस्थित घण्टाघरको उत्तरतर्फको पर्खालमा पुगेपछि टक्क अडिन्छन् । पर्खालमा राखिएका धरानको ऐतिहासिक तस्बिरमा आँखा डुलाउँछन्, अनि ‘यस्तो रहेछ’ धरान भनी भलाकुसारी गर्दै गन्तव्यतिर लाग्छन् । घण्टाघरको त्यो पर्खाल अहिले ‘सेल्फी पोइन्ट’ बनिरहेको छ । प्रेमिल जोडी भने पर्खालसँगै निर्मित ‘पाना आकार’ को प्रतिमामा टाँसिँदै तस्बिर खिच्छन्, फेसबुकमा शेयर गर्छन् । तर, धरानमा नयाँ आउनेहरूले भने भित्तातिरको तस्बिरमा निकैबेर आँखा डुलाउँछन् । जहाँ राणा प्रधानमन्त्री चन्द्रशमशेरले बसाएको चन्द्रबजार, जुद्धशमशेरले बसाएको नयाँबजार र ढुङ्गे रेललाई तस्बिरमा सज
ताप्लेजुङ । मंसिर महिनाको अन्तिम दिन सोमबार, पूर्वी नेपालको ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरबाट मौसम सफा देखिएको छ ।मन्दिरबाट मौसम सफा भएकोले धार्मिक हिसाबले निकै महत्व राख्ने ताप्लेजुङको पाथीभरा मन्दिरबाट देखिएको कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमाल । निकै मनमोहक देखिन्छन्। पाथीभरा देवीको मन्दिरमा बाह्रै महिना मानिसहरु दर्शन गर्न जाने र सुन्दर हिमाल हेर्न जानेको संख्या पनि कम नहुने बताइन्छ ।समुद्री सतहबाट झण्डै ३८ सय मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा हेलिकप्टरबाट अथवा ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङबाट पैदल यात्रा गरेर जान सकिन्छ। पैदल यात्राका लागि फुङ्लिङस्थित सुकेटार व
नेपाल र भारत दुवै देशको पर्यटन प्रवद्र्धनका साझा पर्यटनसम्बन्धी कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दुुई देशबीच सांस्कृतिक तथा धार्मिक समानता हुनका साथै सदिऔँदेखिको नजिकको सम्बन्ध रहेकाले पनि साझेदारीमा प्रवद्र्धन अघि बढाउन सके दुवै देशलाई फाइदा पुग्ने उनीहरुको धारणा छ । एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो) भारतले बोधगयामा आयोजना गरेको तीन दिवसीय चौथो अब्टो अन्तर्राष्ट्रिय कन्भेन्सनमा बोल्ने वक्ताहरले सो कुरामा जोड दिएका हुन् । सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट तथा बौद्ध धर्मको दुई हजार ५६६ वर्ष र यसको सान्दर्भिकता विषयक छलफल पनि आयोजना गरि
पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ । दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो । कोरोना महामारीसँगै नगरपालिका र डुङ्गा सञ्चालकबीच केही समस्या उत्पन्न भएपछि अन्तु पोखरीमा डुङ्गा सञ्चालन हुन् छोडेको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलोपटक नगरपालिका आफैँले डुङ्गा सञ्चालनमा ल्याएको हो । श्रीअन्तु पुगेपछि सूर्योदय र सूर्यास्तको दृश्यसँगै आन्तरिक तथा बाह्य पर्यटकको अर्को रोजाइ डुङ्गा सयर हुने गरेको छ ।हाल पोखरीमा तीनवटा डुङ्गा सञ्चालन थालिएको नगर प्रमुख रणबहादुर राईले बताए । बाहिरबाट आउने पर्यटकको मनोरञ्जनका लागि ड
माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो ।धराको भेडेटारबाट दसैँयता ७० उडान भएको छ । यस क्रममा ४५० भक्तजन भेडेटारबाट ताप्लेजुङको पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक पविन श्रेष्ठले बताए । बिहानबिहानै हेलिकोप्टरका आवाजले फुङ्लिङ बजारवासी उठ्ने बानीको विकाससमेत हँुदै गएको ताप्लेजुङका स्थानीयवासी चितेन लिम्बूले बताए ।सदरमुकाम फुङलिङ, पॉचथर
नेपाली पर्वतारोही निर्मल पुर्जा 'निम्स' ले तयार परेको वृत्तचित्र "१४ पिक्सः नथिङ इज इम्पोसिवल " नेटफ्लिक्समार्फत सार्वजनिक भएको छ । वृत्तचित्रमा कसरी निम्सले ७ महिनाभित्र विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिम शृङ्खलाको आरोहण गरे भन्ने देखाएको छ । हिमाल चढ्दा जीवन र मृत्युसँगको सङ्घर्षलाई वृत्तचित्रमा उतारिएको छ । कुशल शेर्पाहरूसँगको सहयात्रामा कसरी विश्वका हिमाल आरोहण सम्भव हुन्छ भन्ने दृष्टान्त देखाइएको छ । हिमाल चढ्दा आइपर्ने सङ्कट, सफलताका लागि चाहिने दृढता र सहनशक्ति आवश्यक पर्छ भन्ने वृत्तचित्रमा देख्न सकिन्छ । हिमाल र मानव बीचको द्वन्द्वलाई मनोरञ्जनात्मक रूपमा प्
‘दुई सय रुपैयाँमा मानिसको ढुवानी गरिन्छ’ यो सुन्दा अनौठो लाग्न सक्छ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने दुई सय रुपैयाँमा भरियामार्फत विगतदेखि नै ढुवानी हुँदै आएको छ । यातायात अन्तर्गत सवारीसाधन र हवाई मार्गमा हेलिकप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरियामार्फत ढुवानी गर्ने गरिएको छ । पाथीभराधाम तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ । उक्त उचाइमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रुपमा सहज भए पनि सहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्द
पथरी । मोरङको कोनेपोखरी–७, स्थित शुक्रबारेमा रहेको ‘भलुवा सिमसार’लाई पूर्वकै नमूना पर्यटकीय गन्तव्य स्थल निर्माण गर्न शिलन्यास भएको छ ।सोमबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले शिलान्यास गरेको हो । भलुवा सिमसार निर्माणको लागि यस बर्ष ३ करोड ६५ लाख ९८ हजार ८७० रुपैयामा स्काई/सएस/मुटुयल जेभी कम्पनीले ठेक्का लिएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रि हुदा पूर्व मन्त्रि भानुभक्त ढकालले ‘भलुवा सिमसार’लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि ५ करोड रकम विनियोजन गरेका थियो । ठेकेदार कम्पनीले दुई बर्ष भित्र काम सम्पन्न हुने गरी काम सुरु गर्न ला
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved