Trending Tags

पर्यटन

    Showing ४१-५० of ५६३ items.
  • झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित

    इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।मेचीनगर नगरपालिका वडा नं १ र २ का १९ खानेपानी परियोजनाको मुहानमा उक्त झरना छ । झरनामा नुहाउन र रमाइलो गर्न झापा र इलामबाट दिनहुँ सयौँ आन्तरिक पर्यटक ओइरिन थालेका छन् । यसबाट पिउने पानी धमिलिएको उपभोक्ताको आरोप छ ।पानीको मुहानमा आन्तरिक पर्यटक रमाउने नाममा फोहरमैला गरिदिँदा उपभोक्ता दूषित पानी पिउन बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीले बताए ।उनले मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दा

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • ३४५ पटक पढिएको
    • रासस
  • पर्यटन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना

    कोभिड–१९ महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरेको हो । उक्त परियोजनाबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदुरलाई राहत पुग्ने छ । दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि बोर्डले रु १० लाख डलर तथा युएनडिपिका तर्फबाट रु १० लाख ५० हजार सह लगानी गरी कूल रु २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिने जनाएको छ । विशेषगरी पर्यटन क्षेत्रका करिब पाँच हजार मजदुरल

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • २३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पर्यटक पर्खंदै बुद्ध जन्मस्थल लुम्बिनी

    कोरोनाको महामाहरी नभइदिएको भए यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक अटाई–नअटाई हुने थिए । एक त लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र, अर्काे कुरा नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले नेपाल आएका विदेशी पर्यटकमध्ये अधिकांश त कम्तीमा एकपटक लुम्बिनी पुग्ने चाहना राख्थे नै । यी सबै सम्भावनाहरुलाई विश्वभर फैलिएको महामारीले असम्भव बनाइदिएको छ । त्यसैले यतिखेर विश्वप्रसिद्ध यो पवित्रस्थल पर्यटक पर्खिएरै बस्न बाध्य छ । नेपाल करिब डेढ वर्षयता देखि ठप्प प्रायः नै छ । कोरोना महामारीको पहिलो लहर सुरु भएदेखि बन्दाबन्दीमा पुगेको देश अझै

    • प्रकाशित मितिः भदौ २, २०७८
    • १६९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोभिडविरुद्धको खोप शीघ्र व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

    पर्यटन क्षेत्रका अगुवा सङ्गठनले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको शीघ्र व्यवस्था गरी नागरिकलाई सुरक्षित गर्न सरकारसमक्ष माग गरेका छन् ।ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान, नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल सङ्घ, पर्वतारोहण सङ्घ, लगायत १२ भन्दाबढी संस्थाले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग उनकै कार्यकक्षमा भेट गरी कोभिड महामारीबाट बच्ने एकमात्र प्रमुख आधार नै खोप भएकाले खोपको सुनिश्चितता गर्न आग्रह गरेका हुन् । साथै व्यवसायीले पर्यटन क्षेत्रका सङ्घ संस्थाका तर्फबाट स्वास्थ्यराज्यमन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्

    • प्रकाशित मितिः भदौ २, २०७८
    • २५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • नयाँ गन्तव्यको प्रवर्धनमा अन्नपूर्ण

    पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवर्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।‘कोभिडपछिको पर्यटनका लागि भर्जिन गन्तव्य पहिचान गरेका छौँ’, उनले भने, ‘नयाँ गन्तव्यमा पूर्वाधार निर्माणसँगै प्रवद्र्धनमा जोड दिएका छौँ ।’ अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज ह

    • प्रकाशित मितिः भदौ १, २०७८
    • २०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • म्याग्दीको पानी उड्ने झरना

    पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने उडाइनो झरना हिजोआज धेरैको आकर्षणको केन्द्र बन्दै गइरहेको छ ।म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पर्ने यो झरना अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेपछि झरनाको चर्चा पनि व्यापक बन्दै गएको छ ।म्याग्दीको सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभिर सुर्केमेला बरंजा सडकखण

    • प्रकाशित मितिः श्रावण ३२, २०७८
    • २०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • देशका चार पर्यटकीय गन्तव्य जोड्यो हवाई उडानले

    देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो ।बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ । आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उनले जानकारी दिए । बस्नेतले भने, “पर्यटकीय गन्तव्यसँगै उपचारका

    • प्रकाशित मितिः श्रावण ३२, २०७८
    • ७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मुन्द्रा चढाउने डाँडा जोड्ने पदमार्ग निर्माण

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडा उक्लने पदमार्ग निर्माण भएको छ । मुन्द्रा चढाउने डाँडाको पर्यटन विकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो । भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हँुदै बराह गुफादेखि मुन्द्रा चढाउने डाँडासम्म जोड्ने पदमार्ग बनाएको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए । “मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न पूर्वाधार बनाएका हौँ”, उनले भने, “सडकका कारण पुराना पदमार्ग र पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तव्य पहिचान गरेका छौँ ।” आर्थिक वर्ष २०७७/७८ मा गाउँपा

    • प्रकाशित मितिः श्रावण ३०, २०७८
    • २११ पटक पढिएको
    • रासस
  • बङ्गलादेशमा महामारीका कारण बन्द पर्यटकीय गन्तव्य खोलिने

    बङ्गलादेश सरकारले अगष्ट १९ देखि पर्यटकीय गन्तव्य पुनः खोल्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पर्यटकीय स्थल, रिसोर्टका साथै मनोरञ्जन केन्द्रलाई आधा क्षमतामा सञ्चालन गर्न दिने निर्णय लिएको हो । पुनः सञ्चालनमा आउने सबै संस्था तथा स्थलहरूमा स्वास्थ्य निर्देशिकाको कडाइसँग पालना गर्नुपर्ने बताइएको छ ।सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरुलाई आग्रह गरिएको छ । सरकारले मास्क लगाउने, स्वास्थ्य सतर्कता अपनाउने र सामाजिक दूरी कायम गर्नेजस्ता नियमलाई कडाइका साथ पालना भए नभएको अनुगमन गर्नेछ ।परिपत्र अनुसार, कोभिड–१९सुरक्षा नियमको उल्

    • प्रकाशित मितिः श्रावण २९, २०७८
    • १६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बङ्गलादेशमा महामारीका कारण बन्द पर्यटकीय गन्तव्य खोलिने

    बङ्गलादेश सरकारले अगष्ट १९ देखि पर्यटकीय गन्तव्य पुनः खोल्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पर्यटकीय स्थल, रिसोर्टका साथै मनोरञ्जन केन्द्रलाई आधा क्षमतामा सञ्चालन गर्न दिने निर्णय लिएको हो । पुनः सञ्चालनमा आउने सबै संस्था तथा स्थलहरूमा स्वास्थ्य निर्देशिकाको कडाइसँग पालना गर्नुपर्ने बताइएको छ ।सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरुलाई आग्रह गरिएको छ । सरकारले मास्क लगाउने, स्वास्थ्य सतर्कता अपनाउने र सामाजिक दूरी कायम गर्नेजस्ता नियमलाई कडाइका साथ पालना भए नभएको अनुगमन गर्नेछ ।परिपत्र अनुसार, कोभिड–१९सुरक्षा नियमको उल्

    • प्रकाशित मितिः श्रावण २८, २०७८
    • २६० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved