पर्यटन

    Showing २१-३० of ३४१ items.
  • जर्मनी र युएईमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन

    धरान । सङ्घीय गणतन्त्र जर्मनीको राजधानी बर्लिन र संयुक्त अरब इमिरेट्सको अबुधाबीमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले विविध प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएका छन् । कार्यक्रमका क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वशान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थलको अवलोकनका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं भाषिक विविधताको देश नेपालको जीवनकालमा एकपटक भ्रमण गर्न नेपालका कूटनीतिक अधिकारीले आह्वान गरिएको थियो । बर्लिनमा नेपाली राजदूतावासले आयोजना

    • प्रकाशित मितिः पुष २४, २०७६
    • ११३ पटक पढिएको
    • रासस
  • रामधुनीको जनजाति पार्कमा व्यक्तिको नर्सरी

    इटहरी/ रामधुनी नगरपालिका–१ झुम्का बजार चौकमा अवस्थित आदिवासी जनजाति पार्क व्यक्तिगत नर्सरीमा परिणत भएको छ । व्यक्तिगत स्वार्थ र राजनैतिक खिचातानीले सिंचाइको जग्गामा बनेको जनजाति पार्क नर्सरीमा परिणत भएको हो । लामो समयदेखि जनजातिहरूको हकहितको लागि स्थापना भएको पार्क अहिले नर्सरीमा फूलका बिरुवा बेच्ने नर्सरी बनेको छ । आदिवासी जनजाति महासङ्घ रामधुनी नगरका सविचलाय सदस्य दिलु राईले समितिलाई समेत जानकारी नदिई व्यक्तिगत नर्सरी बनाएको भन्दै आपत्ति जनाए । जनजातिहरूको अस्तित्व नै समाप्त हुने गरी नर्सरी बनाएको भन्दै उनले अध्यक्ष र सचिवको मनोमानी विरुद्ध रामधुनी नगरपालिकामा उजुरी ४ महिना अगाडि नै

    • प्रकाशित मितिः पुष २४, २०७६
    • १६७ पटक पढिएको
    • धनबहादुर पुरी
  • कीर्तिपुरका नेवारले गरे धरानका पर्यटकीय स्थलकाे भ्रमण

    ब्लाष्टखबर । कीर्तिपुर नगरपालिकाबाट ३२ जना कलाकारहरुको टोली धरान आएका छन् । उनीहरूले बुधबार नेवारी माैलिक बाजागाजाका साथ नाच्दै धरानको धार्मिक पर्यटकीय स्थल काे भ्रमण गरेका छन् । कीर्तिपुर १६ जोडी पुचःको नामले चिनिएका टोलीले धिमे बाजा, खी बाजा र बाँसरी बजाउर्दै गाउदै विजयपुरको दन्तकाली बुढासुब्वा पिण्डेश्वर लगायतको मन्दिर परिक्रमा गरेका थिए । भिजिट नेपाल २०२० लाई सफल बनाउन र आफ्नो मौलिक लोक संस्कृतिको संरक्षण र प्रवर्धन गर्न उनिहरु कृतिपुरबाट धरान आईपुगेको हो । कलाकार टोलिलाई धरानमा कलाकार सुवास शाक्य, विशाल भण्डारीले सहजिकरण तथा व्यवस्थानमा सहयोग गरेका थिए । उनिहरुलाई धरानका ३ नंं. वडा

    • प्रकाशित मितिः पुष २३, २०७६
    • २८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यसो भन्छन्ः दमक र मधुमल्लाका पर्यटन व्यवसायीहरू

    सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यससँगै सडक पहु“च, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे दमक र मधुमल्लाका पर्यटन व्यवसायीहरू यसो भन्छन् : राजन दङ्गाल (अध्यक्ष) होटल व्यवसायी सङ्घ माईपश्चिम झापाभ्र

    • प्रकाशित मितिः पुष २३, २०७६
    • २६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यलम्बर साँझ हुँदै

    जिरोपोइन्ट/धरानमा यही पौष २९ गते यलम्बर साँझ हुने भएको छ । यलम्बर सम्बत् ५०८० को अवसरमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । किरात राई यायोक्खा सुनसरीको आयोजनामा धरानको भानुचोकमा हुनलागेको यलम्बर साँझमा गायक राजेशपायल राई, जितेन राई, किरात राई सांस्कृतिक कलाकार सङ्घका कलाकारहरूका साथमा स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रम दिउँसो ३ बजेबाट शुरु हुने किराया सुनसरी अध्यक्ष बलराम राईले जानकारी दिएका छन् । कार्यक्रमको शुरुवातमा प्रदेश नम्बर १ को नामकरण किरात प्रदेश राख्नुपर्ने आधार प्रस्तुत गरिनुका साथै य

    • प्रकाशित मितिः पुष २३, २०७६
    • १७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्याराग्लाइडिङको नयाँ गन्तव्य गढी थुम्की

    धरान/ साहसिक पर्यटनका रूपमा लिइने प्याराग्लाइडिङका लागि धरान–४ को दानाबारी नजिकैको श्रीगाउँमा पर्ने गढी थुम्की नयाँ गन्तव्यका रूपमा विकास हुन थालेको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ सङ्घ प्रदेश नं. १ ले धरान ४ नं. वडाले उपलब्ध गराएको सरकारी जमिनमा प्याराग्लाइडिङको टेकअफ साइड निर्माण गरेपछि प्याराग्ल्याइडिङको नयाँ गन्तव्य थपिएको हो । केही वर्षअघि मात्र पूर्व भित्रिएको प्याराग्लाइडिङका लागि प्राइभेट कम्पनीहरूले धरानको रमिते डाँडा (चिण्डे) र भेडेटार नजिकको छोटी मोरङबाट उडान गर्दै आएका थिए भने प्राइभेट कम्पनीले नै उदयपुरको बेलकामा प्याराग्लाइडिङ प्रशिक्षण स्कुल चलाउँदै आएको छ

    • प्रकाशित मितिः पुष २३, २०७६
    • ४३९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अष्ट्रेलिया र मलेसियामा नेपाल भ्रमण वर्षको प्रवद्र्धन

    ब्लाष्टखबर । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र त्यहाँ रहेका नेपालीलाई निमन्त्रणा गरेका छन् । भ्रमण वर्ष सन् २०२० को अन्तरराष्ट्रिय रुपमा आज  अष्ट्रेलियामा औपचारिक शुभारम्भ गर्दै उनले जीवनको नयाँ अनुभवका लागि नेपालको भ्रमण गर्न सबैमा अनुरोध गरेका छन् । प्राकृतिक हिसाबले विश्वकै धनी देश नेपालमा भ्रमण गर्न आग्रह गर्दै उनले भने, “लाइफ टाईम एक्सप्रियन्सका लागि भ्रमणको निम्तो दिन चाहान्छु ।” नेपालमा विशेष तयारीका साथ यस वर्षलाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको जानकारी दिँदै उनले नेपालको पर्यटकीय महत्वका बारेमा जान

    • प्रकाशित मितिः पुष २२, २०७६
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यसो भन्छन्: उर्लाबारी र पथरीका व्यवसायीहरू

    सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यसस“गै सडक पहु“च, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे उर्लाबारी र पथरीका व्यवसायीहरू यसो भन्छन् : विनोद अर्याल (कार्यकारी निर्देशक) मदन भण्डारी स्मृति प्रतिष्

    • प्रकाशित मितिः पुष २२, २०७६
    • ५८५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यसो भन्छन्ः बेलबारी र विराटचोकका जनप्रतिनिधि तथा व्यवसायीहरू

    सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यसस“गै सडक पहु“च, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे बेलबारी र विराटचोकका जनप्रतिनिधि तथा अन्य व्यवसायीहरू यसो भन्छन् : शिवप्रसाद ढकाल (सुन्दरहरंैचा नगरपा

    • प्रकाशित मितिः पुष २१, २०७६
    • ५७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेलबारीमा पर्यटन वर्षको शुभारम्भ

    लक्ष्मीमार्ग ।  सन २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ जनवरी १ देखि शुरु भएको नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ गरिएको छ । बेलबारीमा रहेको ड्रिमल्याण्ड फनपार्कको संयोजन र नेपाल भ्रमण बर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रर्बद्धन समितिको आयोजनामा प्रदेश १ का उद्योग,पर्यटन,बन तथा बाताबरणमन्त्री जगदिश कुसियैतले बेलबारीमा भ्रमण बर्ष सन २०२० को शुभारम्भ लेखिएको बेलुन सहितको ब्यानर उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । मन्त्री कुसियैतले प्रदेश १ मा भ्रमण बर्षमा ५ लाख पर्यटक भित्रयाउने र प्रदेश १ मा प्रशस्त पर्यटकीय सम्भावना रहेको कारण भ्रमण सफल हुने बिश्वास व्यक्त गरे ।

    • प्रकाशित मितिः पुष २०, २०७६
    • ४४६ पटक पढिएको
    • विवेक मिश्र

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved