म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–घोडेपानी सडक निर्माणमा भएको ढिलासुस्तीले पर्यटक र स्थानीयवासीलाई सास्ती भएको छ । कालोपत्र, ढलान र ग्राभेल गरेर स्तरोन्नति गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु भएको सडक निर्माण कार्य अधकल्चो र अधुरो बनेको छ । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा सुरु गरेको १८ किलोमिटर ५४० मिटर दुरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलाते हुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडकको निर्माण २०७७ जेठ २२ गते सक्ने सम्झौता थियो । सडक निर्माण अधुरो हुँदा शिख र घारका दुई हजा
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भर्याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन् । दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्याहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताए। एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँछन् । आरोहणका
फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा । यो दृश्य पाथीभरा मन्दिर जाने पदमार्गको हो । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै अहिले पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगँरासका फूलले सजिएको छ । निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिने बित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँस फूलको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गर्दछ । लालीगुराँसले यत
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु हुँदैछ । भारत भ्रमणमा रहेकाका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गेपछि सो रेल सेवा नियमित रुपमा सुरु हुनेछ । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखको लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको बताइएको छ । रेल उद्घाटनका लागि जयनगर स्टेशन र जनकपुर
नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बिबिसी मास्टर सेफ’ को टोली नेपाल आउने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत ‘बिबिसी मास्टर सेफः द प्रोफेशनल २०२०’ का फइनालिस्टहरुलाई नेपाल ल्याउन लागेको हो । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले सो टोलीलाई नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले विज्ञप्तिमार्फत जनाएको छ ।पाटा नेपालका अनुसारमास्टर सेफ टोली ७ अप्रिल २०२२ मा काठमाडौँ आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ । सेफ सन्तोष स
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी माहोल बनाउन दुवै समूह लागि परेका हुन् ।मुनसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक थापा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी बस्नेत कोशी टुर एन्ड ट्राभलका सञ्चालक हुन् । पर्यटन व्यवसायमा उनको पनि लामो अनुभव छ । अध्यक्षका प्रत्यासी थापाले कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताए । अर्का अध्यक्षका प्रत्या
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा पर्यटकको आगमन सुरु भएको छ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको विस्तारै आगमन सुरु भएको हो । कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजङ्घा क्षेत्रमा विस्तारै पर्यटकको आगमन हुन थालेको । पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजङ्घा प्रवेशद्धार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए । पर्यटकको चहलपहल हुन थालेसँगै लामो समय बन्द भएको व्यवसाय सञ्चालनमा आउन थालेको शेर्पाले बताए। दुई वटा पदर्मागबाट कञ्चनजङ्घा हिमालसम्म पर्यटक पुग्छन् । द
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने भएको छ ।चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई हस्तान्तरण गर्ने कार्यक
नेपालको पहिलो केबुलकार मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहने छ ।गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबुलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।
पाँचथरको याङ्वरक गाउँपालिकास्थित निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण गर्न थालिएको छ । याङ्वरक–४ स्थित धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको हो । कूल रु छ करोड ९४ लाख ६१ हजारको लागतमा निर्माण हुन लागेका ती आयोजना सांसद योगेश भट्टराईले शुक्रबार शिलान्यास गरे। ती आयोजनाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० प्रतिशत तथा गाउँपालिकाको ३० प्रतिशत रकम ब्यहोरेका छन् । आयोजनाअन्तर्गत निशान कालिकाधाम र याङ्वरक पोखरीे विस्तार एवं निर्माणसँगै बालउद्यान, विश्रामस्थल, धा
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved