इटहरी । कोरोना भाइरसका कारण सुस्ताएको प्रदेश १ को पर्यटन व्यवसाय अझै माथि उठ्न सकेको छैन । होटल तथा रेष्टुरेण्टहरू खुल्ला भए पनि पर्यटकहरू नआउँदा होटलहरू सुनसान छन् । बन्दाबन्दी खुलेपछि केही चलायमान हुनेमा आशावादी रहेका व्यवसायी कोरोना सङ्क्रमणको सन्त्रास यथावत् रहेका कारण होटल खुलाउने मात्रै काम भएको होटल व्यवसायीले गुनासो गरेका छन् । प्रदेश १ को प्रमुख पर्यटकीय क्षेत्रहरूमा पनि पर्यटकको खडेरी लागेको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी बताउँछन् । आन्तरिक पर्यटकहरू समेत चलायमान नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘सरकारले न्यूनतम् मापदण्ड पूरा गरी होटल खुलाउन भनेप
हिमालय उद्धार सङ्घ (एचआरए) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि आफ्ना मेडिकल उद्धार, गन्तव्य प्रवद्र्धन तथा सूचना प्रवाहका कामलाई प्रभावकारीरूपमा अघि बढाइएको जनाएको छ । एचआरएको आज यहाँ सम्पन्न ४७औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष हरिप्रसाद धरेलले महामारीको असहज परिस्थितिका बाबजुद पनि विगतदेखि गर्दै आएका कामलाई निरन्तरता दिइएको बताए ।उनले मनाङ तथा फेरिचे स्वास्थ्यचौकी, सगरमाथा आधार शिविर स्वास्थ्य शिविर एवं गोसाइँकुण्ड स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए । मनाङ स्वास्थ्य चौकी र फेरिचे स्वास्थ्यचौकीमा नेपाली ५९७ र विदेशी ११५ गरी जम्मा ७१२ बिरामीको उपचार गरिएक
अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को नयाँ अध्ययनले नेपालका होटल व्यवसायीले अपाङ्गमैत्री पूर्वाधार र सेवामा थप लगानी गर्नसके विश्वव्यापीरूपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवद्र्धन हुने र त्यसले देशको आर्थिक वृद्धिदरसमेत उकास्न सक्ने देखाएको छ ।सबैका लागि खुलाः नेपालका होटेलमा अपाङ्गता भएका व्यक्तिको पहुँचसम्बन्धी एक सर्वेक्षण शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्नसके देशको अर्थतन्त्र उकासिने बताएको हो । यो अध्ययन प्रतिवेदन नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको सहकार्य र आइएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरेको हो ।आइएफसील
पाँचथर/ गत आर्थिक वर्षमा पाँचथरमा ११ वटा झोलुङ्गे पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २०७७/७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको हो । तीमध्ये दुईवटा पुलले पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेका छन् । बाँकी नौमध्ये पाँचथरमा छ तथा ताप्लेजुङमा तीन पुलको निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । दुई जिल्ला जोड्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ सिलसिले र पाँचथरको याङवरक गाउँपालिका–२ ओखल्लीवारी जोड्ने ८३ मिटरको इवाखोला र त्यही वडा जोड्ने ११९ मिटरको अर्को इवाखोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । कार्यालयका अनुसार ताप्लेजुङको आठराई त्
जनै पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको तीर्थ सम्पन्न गरी घर फर्किँदै गर्दा लेक लागि अचेत अवस्थामा पुगेका एक व्यक्तिको मङ्गलबार उद्वार गरिएको छ ।अचेत हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ सल्लेडाँडा निवासी २१ वर्षीय विवेक श्रेष्ठ रहेका थिए । उनको उद्वार प्रहरीले गरेको हो । पवित्र कुण्डमा स्नान गरी फर्कने क्रममा नुवाकोट र रसुवाको सिमाना छेडा भञ्ज्याङ क्षेत्रमा साँझ बास बसेकै स्थानमा लेक लागेर श्रेष्ठ अचेत अवस्थामा पुगेका थिए ।बिरामीको खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालको आदेशबाट नेपाल प्रहरी, विष्णु दल गणका नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्वार टोली सोमबार नै परिचालन गर
झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन् । मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थारु हुम्ला पुग्न थालेका हुन् । कोरोना सङ्क्रमणले चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पनि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न मिल्ने भएकाले भारतीय तीर्थारु आउन थालेका हुन् । भारतीय तीर्थयात्री हुम्लाबाटै मानसरोवर दर्शनका लागि काठमाडाँैबाट हवाईजहाजमार्फत जिल्ला पुग्न थालेपछि पर्यटन व्यवसायीले कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर तयारी थालेका छन् । नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर
धरान। धार्मिक पर्यटकीय स्थल वराहक्षेत्रको चतराधाममा २ सय करोडको लगानीमा ब्रह्माण्डीय वास्तुकलामा आधारित श्रीयन्त्र शैलीको विशाल संरचना निर्माण गरिने भएको छ ।मन्दिर अण्डरग्राउण्डदेखि १२ तलसम्मको संरचना निर्माण हुने चतरास्थित रामानन्दाचार्य सेवापीठका महासचिव विनोद गुरागाञीले जानकारी दिए । ‘२ सय बाइ २ सय वर्गफिटको क्षेत्रफलमा फैलिएको संरचनाको जगद्गुरु कृष्णदासजी महाराजको सत्सङ्कल्पबाट निर्माण सुरु हुनेछ’ महासचिव गुरागाञीले भने, ‘मानव सभ्यताको उत्पत्तिदेखि वर्तमानसम्मको धार्मिक शास्त्रीय आधारमा रहेर अध्ययन, पर्यटन केन्द्रका रूपमा संरचना निर्माणको महाराजश्रीबाट सङ्कल्प गरिए हो ।’२ सय करोडको अनुमानि
सुनसरी। कोसीटप्पु वन्यजन्तु आरक्ष (मृगकुञ्ज) लाई राष्ट्रिय निकुञ्ज बनाउने तयारी थालिएको छ । सुनसरीको कोसी गाउँपालिकाका जनप्रतिनिधिको मागलाई सम्बोधन गर्दै सरकारले यसको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सुनसरीबाटै चुनाव जितेर हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री तथा वन तथा वातावरण मन्त्रीलाई आरक्षको जग्गा राष्ट्रिय निकुञ्जको मापदण्डअनुसार पुग्ने देखिएकाले आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्दै सिफारिस गरेका छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पनि वन तथा वातावरण मन्त्रालयलाई पत्र लेख्दै आरक्षला
इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।मेचीनगर नगरपालिका वडा नं १ र २ का १९ खानेपानी परियोजनाको मुहानमा उक्त झरना छ । झरनामा नुहाउन र रमाइलो गर्न झापा र इलामबाट दिनहुँ सयौँ आन्तरिक पर्यटक ओइरिन थालेका छन् । यसबाट पिउने पानी धमिलिएको उपभोक्ताको आरोप छ ।पानीको मुहानमा आन्तरिक पर्यटक रमाउने नाममा फोहरमैला गरिदिँदा उपभोक्ता दूषित पानी पिउन बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीले बताए ।उनले मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दा
कोभिड–१९ महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरेको हो । उक्त परियोजनाबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदुरलाई राहत पुग्ने छ । दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि बोर्डले रु १० लाख डलर तथा युएनडिपिका तर्फबाट रु १० लाख ५० हजार सह लगानी गरी कूल रु २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिने जनाएको छ । विशेषगरी पर्यटन क्षेत्रका करिब पाँच हजार मजदुरल
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved