पर्यटन

    Showing १-१० of ४६६ items.
  • चतराको कोशी पुल पर्यटकीय क्षेत्र बन्दै

    इटहरी। सुनसरी र उदयपुर जोड्ने सप्तकोशीको वैकल्पिक पुल पर्यटकीय स्थल बन्न थालेको छ । चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएसँगै यो क्षेत्र एउटा आकर्षक पर्यटकीय स्थल बनेको छ । यहाँ दैनिक सयौंको सङ्ख्यामा पर्यकटहरू आउने गरेका छन् । यतिबेला पुल आसपासमा सेल्फी खिच्ने र जेटबोट चढ्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । त्यहाँ आन्तरिक पर्यटकको चहल–पहल बढेपछि होटल व्यवसायसमेत फस्टाउन थालेको छ । पुल आसपासको क्षेत्रमा अहिले धरान र इटहरी क्षेत्रबाट धेरैजसो पर्यटकहरू पुग्ने गरेका छन् । पुलमुनिबाट केही वर्षदेखि जेटबोट पनि सञ्चालन भएको छ । यो बोट वराहक्षेत्र, सिम्लेसम्म पुग्ने गरेको छ । उदयपुर

    • प्रकाशित मितिः फाल्गुन १२, २०७७
    • १५१ पटक पढिएको
    • धनबहादुर पुरी
  • फोनिजको प्रदेश भेलाः उपसमिति गठन, सुनसरीका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) को १ नम्बर प्रदेश स्तरीय भेला आयोजनाका लागि बुधबार इटहरीमा विभिन्न उपसमिति गठन गरिएको छ । गठन गरिएका उपसमितिमा आर्थिक व्यवस्थापन, प्रचारप्रसार, खाद्य तथा आवास, अतिथि सत्कार, मञ्च तथा साउण्ड सिस्टमलगायतका उपसमिति निर्माण गरिएको छ । फोनिज सुनसरी जिल्ला अध्यक्ष धिरेन्द्र चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ । जसका सदस्यहरुमा प्रदीप जस्मैत चौधरी, विना तामाङ, नवीन गुरुङ र निशान प्रकृति थारु रहेका छन् । प्रचारप्रसार तथा समन्वय उपसमितिका संयोजक नवीन गुरुङ छन् भने सदस्यमा विना तामाङ रहेकी छन् ।  खाद्य तथा आवास व्यवस्थापनका

    • प्रकाशित मितिः फाल्गुन ६, २०७७
    • २०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोशी महोत्सवको उद्घाटनः पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

    भण्टाबारी । सुनसरीको कोशी गाउँपालीकामा दोस्रो कोशी महोत्सव सुरु भएको छ । कोशी टप्पुलाई प्रदेशकै मुख्य पर्यटन क्षेत्रका रूपमा चिनाउने उद्देश्यले आइतबारबाट कोशी महोत्सव सुरु भएको हो । कोशी गाउँपालीका ३ स्थित रहेको कोशी टप्पुमा सुरु भएको उक्त कोशी महोत्सव तथा तेस्रो वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन विघटित प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए । कोशी गाउँपालीकाको आयोजना सुरु भएको उक्त महोत्सवको उद्घाटन कार्यक्रम कार्कीको प्रमुख आतिथ्य तथा गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।कोशी पर्यटन महोत्सवको उद्घा

    • प्रकाशित मितिः फाल्गुन ३, २०७७
    • १८३ पटक पढिएको
    • मिकाइल आलम
  • धरानको हाङ्कुक साराङमा गाउँदै सन्देश

    धरान । भ्यालेन्टाईन डेको अवसरमा धरानको हाङ्कुक साराङ कोरियन रेष्टुरेन्टमा विशेष साङ्गीतिक कार्यक्रम हुने भएको छ । आज आइतबार बेलुका हुने भ्यालेन्टाईन विशेष कार्यक्रममा वाईवाई नेपाल स्टारका उपविजेता धरानका गायक सन्देश बम्जन लामाले प्रस्तुती दिने कार्यक्रम रहेको रेष्टुरेन्टका सञ्चालक महेश श्रेष्ठ बिकीले जानकारी दिए । यस्ता अवसरहरुमा विभिन्न कार्यक्रम गर्दै आएको कोरियन रेष्टुरेन्ट कोरियन परिकारका लागि प्रदेश १ मै परिचित छ । भ्यालेन्टाई डेका अवसरमा युवापुस्ताका साथै सबै किसिमका ग्राहकलाई मनोरञ्जन दिन यस्तो कार्यक्रम आयोजना गरिएको सञ्चालक श्रेष्ठले बताए । 

    • प्रकाशित मितिः फाल्गुन २, २०७७
    • १५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वनस्पतिजन्य अनुसन्धान केन्द्र सञ्चालनको तयारीमा

    विजयपुर। मोरङको केराबारी–३ शाहीडाँडामा वनस्पति विज्ञान अनुसन्धान केन्द्र सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । वनस्पतिजन्य अध्ययन केन्द्र २ जना युवाहरू स्वर्णिम कार्की र सञ्जय तामाङले सञ्चालनमा ल्याउन लागेका हुन् । केन्द्रमा विश्वका धेरै देशहरूमा पाइने जडिबुटीजन्य वनस्पति पाइने सञ्चालक सञ्जय तामाङले जानकारी दिए । उनले केन्द्र वनस्पति विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूलाई ध्यान दिएर वनस्पतिजन्य उद्यान सञ्चालनमा ल्याएको बताए । केन्द्र वनस्पति विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूलाई उपयोगी र महŒवपूर्ण हुने बताए । प्रदेश १ मा यो केन्द्र नै पहिलो भएको सञ्चालकद्वयले बताएका छन् । उनीहरूले नेपालम

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • १९३ पटक पढिएको
    • खिलानाथ विक
  • होटल गजुर प्यालेसको वार्षिकोत्सवमा छुट अफर

    धरान । धरानको ‘होटल गजुर प्यालेस’ले दोस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई छुट दिने भएको छ ।वार्षिकोत्सवको अवसरमा आज माघ २५बाट फागुन २ गतेसम्मका लागि होटलका कोठा, खानेकुरा तथा हलमा विशेष छुटको व्यवस्था गरिएको सञ्चालक गोपालप्रसाद आचार्यले जानकारी दिए । होटलले यो सममा कोठामा ५० प्रतिशत, खानेकुरामा २५ प्रतिशत, बारमा १० प्रतिशत र हलमा शत प्रतिशत छुटको व्यवस्था गरेको आचार्यले बताए । गजुर प्यालेसले डिलक्स कोठा, स्वस्थ र सफा खानेकुरा सहित थ्रि स्टार होटलको सुविधा उपलब्ध गराउँदै आएको सञ्चालक आचार्यले बताए । 

    • प्रकाशित मितिः माघ २५, २०७७
    • १०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विश्व सिमसार दिवसमा सात तलाउको नामाकरण

    काठमाडौं । विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ। अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए।पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको बताए। उनका अनुसार प्रकृतिविद् स्व हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको छ।डा घनश्याम गुरुङ हाल विश्व वन्यजन्त

    • प्रकाशित मितिः माघ २१, २०७७
    • ९८ पटक पढिएको
    • रासस
  • जुडी सिमसार नयाँ गन्तव्य

    इटहरी। रामधुनी नगरपालिकास्थित कुमारखत सामुदायिक वन क्षेत्रमा पर्ने रमणीय जुडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेको छ । सामुदायिक वन उपभोक्ता समिति र स्थानीय समुदायले सिमसार क्षेत्रलाई थप आकर्षक बनाएपछि घुमघाम गर्नेहरुका लागि नयाँ गन्तव्यस्थल बनेको हो । सखुवाको जङ्गलले घेरिएको पोखरी प्रकृतिले दिएको वरदान सावित भएको छ । रुखमा फलाम, काठले बनाएको ट्रीहाउसको आकर्षण बेग्लै छ । इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकाको सिमानामा रहेको जुडी सिमसार आजभोलि स्थानीय तथा आन्तरिक पर्यटकहरूले भरिभराउ हुने गरेको छ । मनोरम एवम् प्राकृतिक सौन्दर्यले भरिपूर्ण जुडी सिमसारलाई थप प्रचार गर्न सामुदायिक व

    • प्रकाशित मितिः माघ १८, २०७७
    • ४९७ पटक पढिएको
    • धनबहादुर पुरी
  • हिउँ नपरेपछि अनिकाल लाग्ने चिन्ता

    ताप्लेजुङ। ताप्लेजुङको सुदूर उत्तरीभेगका तेञ्जिङ शेर्पा निकै निराश भएका छन् । विगत वर्षका हिउँदमा बाक्लै हिउँ परेर जमिन सुख्खा हुनबाट जोगिँदै आएको थियो । बाक्लो हिउँ पर्नु भनेको उच्च पहाडीभेगका बासिन्दाका लागि समस्याभन्दा पनि वरदान हो । यसपालिको हिउँद हिउँ नै नपरी बित्न लागेकाले खडेरी र सुख्खाको मारमा परेर अनिकाल आइलाग्ला कि भन्ने चिन्ताले शेर्पाको मन खिन्न भएको हो । ताप्लेजुङको ओलाङ्चुङगोला, घुन्साका स्थानीयलाई हिउँ नपरेर बालीनाली बिग्रन्छ कि भन्ने चिन्ता छ भने पाथीभरा क्षेत्रका स्थानीयलाई हिउँ खेल्न आउने आन्तरिक पर्यटक (ग्राहक) नआउने हुन् कि भन्ने पिरलो छ । बुधबार सदरमुकाम फुङ्लिङको ताप

    • प्रकाशित मितिः माघ १६, २०७७
    • ३१७ पटक पढिएको
    • वसन्त लिम्बू
  • नयाँ वृन्दावन गौशालाले ध्यान खिच्दै

    इटहरी। सुनसरी–मोरङको सिमानामा पर्ने बूढीगङ्गा किनारमा रहेको वृन्दावन गौशालाले पर्यटकहरूलाई आकर्षित गर्न थालेको छ । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र अहिले पर्यटकीय क्षेत्रको रूपमा समेत विकास हुन थालेको हो । जहाँ दैनिक सयौंको सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन् ।  राधा र कृष्ण लीलाको पुण्यभूमिको दर्शन गर्न प्रत्येक वर्ष हिन्दु धर्मावलम्बी नेपालीहरू भारततर्फ जाने गर्दछन् । तर, अहिले कृष्णको वृन्दावन गौशालामा सबै ठाउँहरूलाई सचित्ररूपमा दर्शाउने गरी मोरङ सुन्दरहरैंचा–५ मा निर्माण भएपछि धर्मावलम्बीहरू त्यहाँ पुग्ने गरेका छन् । द्वापरयुगमा श्रीकृष्णले आफ्नो कृष्णलीला देखाएको पवित्र ती

    • प्रकाशित मितिः माघ १५, २०७७
    • २८४ पटक पढिएको
    • धनबहादुर पुरी

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved