धरान । वैशाख पहिलो साता काठमाडौंमा आयोजित ‘फिल्म साउथ एसिया–२०२२’ मा धरानको विमल स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङको जीवनकथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ पनि प्रदर्शन भएको थियो । दर्शकहरूको मन छुने उर्मिमा धरानवासीलाई पुस्तक पढ्न प्रेरणा दिने पूर्णबहादुरको सङ्घर्षको कथा प्रस्तुत गरिएको छ । संस्कृतमा ‘उर्मि’ को अर्थ ‘दुःख’ अनि ‘लहर’ भन्ने हुन्छ । भूतपूर्व गोर्खा सैनिक पूर्णबहादुरको जीवनमा पनि यस्तै दुःखका लहरहरू धेरै आए । तर, उनले यस्ता दुःख र शोकलाई शक्तिमा बदले र सिर्जनात्मक कर्म गरे । भित्तामा लस्करै दराजभरि पुस्तकै पुस्तक । टेबलमा भर्खर प्रकाशित पत्रपत्रिका मिलाएर राखिएका छन
विजयपुर । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेकोे छ ।सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर वृद्धि हुँदै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ मूल्य वृद्धि गरेको हो ।वृद्धि भएको मूल्य शनिबारबाट लागू हुनेछ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलसमेतको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ । निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् राखिएको छ ।
ताप्लेजुङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हँुदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेपछि पैदल मार्ग हँुदै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका पु¥याउन लागिएको हो । भौगोलिक हिसाबले अतिदुर्गम बस्ती याङ्मा, ओलाङ्चुङगोला, घुन्सा र ग्याप्ला गरी चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत् निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउन निर्वाचन आयोगले गत साता
झापा । झापामा मतदाता बढे पनि मतदान गर्नेको सङ्ख्या घटेको पाइएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापामा ७३ दशमलव ७ प्रतिशत मत खसेको थियो । २०७४ मा झापामा पाँच लाख १० हजार २ सय १६ मतदाता रहेका थिए । जसमध्ये तीन लाख ७२ हजार ८ सय ४० ले मतदान गरेका थिए । १५ वटा स्थानीय तह रहेको झापामा हाल ६ लाख ४६ हजार २ सय ६४ मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको झापामा पुरुष मतदाताको सङ्ख्या ३ लाख २१ हजार ५ सय २० रहेको छ भने महिला मतदाताको सङ्ख्या ३ लाख २४ हजार ७ सय ५ रहेको छ । त्यस्तै अन्यमा नौ जना
धरान । धरानमा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले खाता खोलेका छन् । धरान २ नम्बर वडाबाट वडाध्यक्षका उम्मेदवार रमेश राईले खाता खोलेका हुन् । तर, औपचारिक निर्णय हुन बाँकी छ । वडासदस्यमा भने मिश्रित नजिता आएको मतगणना स्थलमा रहेका एक अधिकारीले जानकारी दिए । यसअघि धरान २ मा नेपाली कांग्रेसबाट माधवगोविन्द श्रेष्ठले चुनाव जितेका थिए । धरान २ मा कुल मतदाता २ हजार ३ सय ६ भए पनि १४ सय ८० मत मात्रै खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयले चाँडै नै औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।
काठमाडौं । हालसम्म देशभरका १२ वटा पालिकाको मतगणना सकिएको छ। जसमा सर्वाधिक एमालेले ६, कांग्रेसले ३, एकीकृत समाजवादीले २ र माओवादी केन्द्रले एक पालिकाको प्रमुखमा जित निकालेका छन्।एमालेले मनाङको मनाङ ङिस्याङ गाउँपालिका, मनाङको चामे गाउँपालिका, मुस्ताङको लो– घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङको बागागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङको लोमन्थाङ गाउँपालिका र डोल्पाको शे फोक्सुन्डो गाउँपालिकाको नेतृत्व जितेको छ।त्यस्तै, नेपाली कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिका र मनाङको नासोँमा गाउँपालिकाको नेतृत्व जितेको छ।त्यस्तै, एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र
धनकुटा नगरपालिकामा १ हजार ४१४ मत गणना हुँदा नेकपा एमालेका उमेदवारले अग्रला लिएका छन् । नगरपालिकाकाे प्रमुख पदमा एमाेलेले ७६५ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उपेदवारले ५२६ मत प्रप्त गरेका छन् ।उपप्रमुखमा एमालेले ५८३ मत प्रप्त गर्दा माअाेवादी केन्द्रका उमेदवारले ५६३ मत प्रप्त गरेका छन् ।वडा नं १ वडा अध्यक्ष सुर्य ३१४ रुख २८१ पुतली ४६वडा नं २ वडा अध्यक्ष सुर्य ३२२ रुख २७१ &
शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले त्यहाँको मतगणना बाँकी रहेको त्यहाँकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकासहित आठवटा पालिकाको मतगणना सुरु भएको हो । जिल्लाका ८९ हजार ६८० मतदातामध्ये ६४ प्रतिशत अर्थात् ५७ हजार ८९१ मत खसेको थियो । यता मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा भने नेकपा एमालेका मनोजकुमार तुम्बाहाम्फेसहितको टोलीले बिजयी भएको छ।
धरान उपमहानगरपालिकामा १० बजेर ४० मिनेटबाट मत गणना सुरू भएकाे छ । धरान–१२ स्थित पब्लिक स्कुलमा बिहान ८ बजेबाट गणना सुरू गरिने भनिएपनि २ घण्टा ४० मिनेट ठिलाे गरी मतगणना सुरु भएको हाे ।अहिले वडा नम्बर १, २ र ३ काे मतगणना भइरहेकाे निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।
शुक्रबार सम्पन्न निर्वाचनको मतपेटिका सङ्कलनपछि यहाँका पालिकामा मतगणना कार्य सुरु गर्न थालिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा मतगणना सुरु भएको छ भने टीकापुरमा मतगणना सुरु गर्ने तयारी गरिएको छ । निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार गोलाप्रथाबाट छनोट गर्दा सबैभन्दा पहिले वडा नं ५ को गणना हुने भएको छ । वडा नं ५ पछि ३, ९, ४, ८, १, ७, २ र ६ नं वडाको गणना हुने भएको छ ।लम्कीचुहा नगरपालिकामा ३३ हजार ९४८ मत खसेको छ । कैलारी गाउँपालिकामा ७८।१२ प्रतिशत मत खसेको छ । जम्मा ३६ हजार ७३५ मतदाता रहेको यो पालिकामा २८ हजार ६९७ भोट खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए । जान
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved