Trending Tags

समाचार

    Showing ७१-८० of १३,५०० items.
  • ओमिक्रोमको जोखिमः दक्षिण अफ्रिकी मुलुकबाट नेपाल प्रवेशमा रोक

    धरान / दक्षिण अफ्रिकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।ओमिक्रोम भित्रिन नदिनका लागि सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरूलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।मन्त्रालयका अनुसार कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने न

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राजेश हमालले किने जीप कम्पास

    धरान । अभिनेता राजेश हमालले नयाँ गाडी जीप कम्पास किनेका छन् । बिहीबार नक्सालस्थित जीप शोरुमबाट लेजेन्डरी जीप कम्पास किनेका हुन् । केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको बिक्री उल्लेखनीय रूपमा बढिरहेको छ । यस्तो गति आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लु लाइफले गरेको छ । ‘जीपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछानेले भने, ‘नेपाली बजारले नयाँ जीप कम्पासलाई सहजै स्वीकारेको छ र हामी निकै उत्साहित छौं ।’नयाँ कम्पासमा जीपको आइकनिक स्ट

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इञ्जिनियरिङलाई वाइओडी क्रिकेटको उपाधि

    धरान । ‘अन्डर २१ प्रथम वाइओडी च्यारिटी क्रिकेट टुर्नामेन्ट’ को उपाधि पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको टिमले जितेको छ । धरान–१५ खोरिया बस्तीस्थित रङ्गशालामा शनिबार सम्पन्न प्रतियोगितामा पूर्वाञ्चलले आयोजक युथ अन डेस्टिनी (वाइओडी) लाई ४ विकेटले पराजित गरेको हो । टस जितेर मैदानमा उत्रिएको आयोजकले कुल १२ ओभरमा १ सय ३ रन बनाएको थियो भने जवाफी मैदानमा उत्रिएको पूर्वाञ्चलले ४ विकेट रहँदै १ सय ४ को लक्ष्य भेट्टाएको हो । विजेता पूर्वाञ्चलले नगद १५ हजार र उपविजेता बनेको आयोजकले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ । प्रतियोगितामा आयोजकबाट कप्तान रोशन साह मेन अफ दी सिरिज घोषित हुँदै

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एभरेष्ट स्कुलमा विद्यार्थीको समिति

    विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा आइतबार विद्यार्थीहरूको समस्या निराकरण गर्नका लागि दुईजनालाई प्रमुख बनाइएको छ । एक वर्षे कार्यकालका लागि सौगात तिम्सिना र केशिका श्रेष्ठलाई प्रमुख बनाइएको हो । विद्यार्थीहरूबीच मतदान गराउँदै नेतृत्व चयन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज राजन भट्टराईले जानकारी दिए । उनका अनुसार कक्षा २ देखि १० सम्मका हरेक कक्षाका लागि मनिटर र भाइस मनिटर तथा प्रत्येक हाउसका लागि हाउस क्याप्टेन र भाइस क्याप्टेन पनि चयन गरिएको छ । यस्तै विद्यालय भित्र रहेका विभिन्न क्लबका लािग समेत क्याप्टेन र भाइस क्याप्टेन चयन गरि सवैलाई आआफ्नो कर्तब्य र जिम्मेवारीका विषयमा

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • १०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्याटेलाइट कम्पनीको अनुमतिपत्र खारेज

    सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो ।बोर्डको निर्णयानुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो । कात्तिक २२ गते हेलो नेपालले जवाफ पठाउँदै मन्त्रिपरिषद्बाट निर्धारित किस्ता रकम तिर्न थप समय

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • ९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुन कछुवासहित चार पक्राउ

    काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैले जनाएको छ । पक्राउ पर्नेमा  काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहुँ घर भई हाल रानीबारी बस्ने हरि परियार रहेका परिसरले आज एक सूचना जारी गरी जनाएको छ । पहेँलो कछुवा अबैधरूपमा बिक्री गरिरहेको भन्ने जानकारीका आधारमा शनिबार साँझ खोजतलासमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको ह

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • १३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किरात कोयी/कोयू राई किमको अध्यक्षमा भूपी

    विजयपुर । किरात कोयी/कोयू राई सुदेल किमको अध्यक्षमा भूपी कोयी राई चयन भएका छन् ।शनिबार धरान–१० स्थित होटल वाइट डोभमा सम्पन्न साधारणसभाबाट समितिका वरिष्ठ उपाध्यक्ष अमृत कोयू राई, उपाध्यक्षमा जर्नबहादुर राई र सरणकुमार राई, महिला उपाध्यक्षमा गीता राई, महासचिवमा भीम राई, सचिवमा विशाल राई र कोषाध्यक्षमा सरण राई चयन भएका छन् । कार्यसमिति २५ सदस्यीय रहेको छ । अध्यक्ष रार्ईले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि निर्वाचित समितिले जिज्ञासा तथा सुझाव राखेको थियो । समितिले विभिन्न प्रस्तावहरू पनि पास गरेको छ । प्रस्तावहरूमा संस्थाको नाममा जग्गा व्यवस्थापन गर्ने, आर्थिक व्यवस्थापन गर्ने,

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • १०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • निश्चलको रहस्मय मृत्यु प्रकरणः सत्य–तथ्य सार्वजनिक गर्न माग राख्दै प्रदर्शन

    विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढाका एक बालकको रहस्यमय मृत्यु घटनाको अनुसन्धान गरी सत्य–तथ्य सार्वजनिक गर्न माग राख्दै निरन्तर प्रदर्शन गरेका छन् । १४ वर्षीय निश्चल रायको रहस्यमय तरिकाले मृत्यु भएको घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको भन्दै बूढीगङ्गाका स्थानीयले शनिबार पनि प्रदर्शन गरेका हुन् । उनीहरूले विराटनगरको संसारी माईस्थानदेखि निकालेको र्यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय मोरङअगाडि घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही र सत्य–तथ्य सार्वजनिक गर्न माग राख्दै प्रदर्शन गरे । उनीहरूले हत्यारालाई कारबाही गर, घटनाको सत्य–तथ्य सार्वजनिक गर, पोष्टमार्टम

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • ११० पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुरु भयो आठपहरियाको ‘वाडाङ्मेट’

    धनकुटा । धनकुटा जिल्लामा मात्र बसोबास रहेको आठपहरिया जातिको हिजोआज मङ्सिरे चाड (वाडाङ्मेट) सुरु भएको छ । किरात आठपहरियाहरू सबैले पूजा गर्ने घरलाई ‘मूलपाङ’ अर्थात् ‘साझा घर’ भन्छन् । अति सीमान्तकृत अल्पसङ्ख्यक किरात आठपहरिया समुदायको मौलिक परम्परागत ज्ञान, सीप, सिङ्गो संस्कार, संस्कृति र सभ्यतासित जोडिएको यो घरमा पुजारीहरूले पूजाआजा गर्छन्, सबै मिलेर ढोल र झ्याम्टा बजाएर नाच्छन् । यो घरको आफ्नै नियम छ । यो घरलाई तले घर पनि भन्ने गरिन्छ । तले घर जस्तै आठपहरिया समुदायको आ–आफ्नो पाछाअनुसारको पूजा गर्ने साझा घर रहेको हुन्छ । उनीहरू हरेक पर्वमा यहाँ भेला भएर सामूहिक पूजाआजा गर्ने गर्दछन् । अहिले मङ्

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • २६५ पटक पढिएको
    • सन्तवीर लामा
  • श्रमिकको हडताल दुई साता स्थगन

    विराटनगर ।  श्रम ऐन अनुसार सेवा सुविधा माग राख्दै आन्दोलनमा उत्रिएका श्रमिकहरूले मङ्सिर १२ गते विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी – आइसीपीमा हडताल गर्ने भनिएको कार्यक्रममा तत्कालको लागि स्थगन गरेको छ । आइसीपीमा कार्यरत मजदुरहरूले घोषणा गरेका हडताल दुई साताको लागि स्थगन गरेका हुन् । श्रम तथा रोजगार कार्यालयले मजदुरहरूका मागका विषयमा सर्वपक्षीय वार्ता आव्हान गरेपछि मजदुरहरूले मङ्सिर १६ गतेसम्मको लागि वार्ता स्थगित गरेको विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । श्रम ऐनले तोकेको सेवा सुविधासहित ९ बुद्धे माग राख्दै समाजवादी कारखाना श्रमिक संघको अगुवाइमा आइतबार

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • ५२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved