धरान । लिम्बू संस्कृतिमा आधारित नेपाली फिल्म ‘हाङ्नान्द’ निर्माण गरिने भएको छ ।फिल्मको छायाङ्कन जेठ ४ गतेदेखि सुरु गरिने निर्माण युनिटले आइतबार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ‘हाङ्नान्द’ को शाब्दिक अर्थ ‘विजयी राजा’ भन्ने हुन्छ । फिल्मलाई मौलिक तथा कथानकअनुसारको निर्माण गर्न अधिकांश कलाकार पनि लिम्बू समुदायबाटै रहेका छन् । कलाकार एवम् लेखक हेमन्तकृष्ण पन्धाकले भने, ‘अरू समुदायका कलाकारहरूले लिम्बू कल्चर, मुन्धुमलाई बुझ्न र भूमिका निभाउन गाह्रो हुन्छ । त्यसकारण कलाकारहरू लिम्बू समुदायबाटै राखेका छौं ।’ फिल्म करिब २० दिनभित्र छायाङ्कन पूरा गर्ने तयारी गरिएको पहिलो पटक फिचर फिल्म न
विराटनगर । मोरङको जहदा गाउँपालिकाको ६ नं. वडामा माओवादी केन्द्रका उम्मेदवार सूर्यनारायण मण्डल वडाअध्यक्षमा विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार मण्डलले ४ सय २ मत पाएर बिजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका जगदिश सिंहले ३सय ५२ मत मात्र प्रात गरे ।जहदा गाउँपालिकाको २ र ५ नम्बर वडा अहिले गणाना भइरहेको छ । जहदाको २ नं. वडामा पनि माओवादीका उम्मेदवार सुरेश हेमरनले ८७ मत अन्तरले अग्रता लिएका छन् ।
भोजपुुर । जिल्लाको साल्पा सिलिछो गाउँपालिका अध्यक्षमा एमालेबाट बिद्रोह गरेका स्वतन्त्र उम्मेदवार दौलथ कुलुङ बिजयी भएका छन् । नेकपा एमालेले टिकट नदिएपछि धारा चिन्ह लिएर चुनाव लडेका कुलुङ १८१४ मत ल्याई बिजयी भएका हुुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका महेश राईले १ हजार ७ सय ८६ मत ल्याउँदा एमालेका शान्ति बहादुुर अधिकारी १ हजार ३ सय ८३ मत प्राप्त गरे । उपाध्यक्षमा भने काङ्ग्रेसकी अस्मिता कुलुङ १ हजार ८ सय ६२ मत ल्याई जित हासिल गरेकी छिन् । उता जिल्लाको हतुुवागढी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष जित्दा उपाध्यक्ष भने सत्ता गठबन्धन दल माओवादीबाट उम्मेदवार बनेकी सुुनिता किरातीले बाज
विराटनगर । विराटनगर महानगरपालिकाको दुई वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन कार्यालयले विराटनगरले दिएको जानकारी अनुसार विराटनगर १७ मा जनता सामजावादी (जसपा) का उम्मेदवार समिम कमर र विराटनगर १९ नेकपा एमालेका उम्मेदवार श्याम घिमिरे निर्वाचित भएका हुन् ।जसपाका कमरले १ हजार ४ सय ५० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका असलम आलमले ९४५ मत ल्याए । कमरले प्रतिस्पर्धी आलमलाई ५ सय ५ मत अन्तरले पछि परेका हुन् । आलम जसपा परित्याग गरि स्थानिय तहको निर्वाचन अगाडी मात्र काँग्रेसमा प्रवेश गरेका थिए । उनी निर्वतमान वडाअध्यक्ष पनि हुन् । अघिल्लो स्थानिय त
धरान । विराटनगर–२ मा अवस्थित बूढानिलकण्ठ अङ्ग्रेजी माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रमका साथ २५६६ औं बुद्घ जयन्ती मनाइएको छ ।कार्यक्रमको सुरुमा नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थी भिक्षुको रूपमा मञ्चको देखा परेका थिए । कार्यक्रममा कक्षा ९ की साम्राज्ञी बस्नेतले शान्तिसँग सम्बन्धित कविता वाचन तथा कक्षा ४ का निर्माण भण्डारीले संस्कृत मन्त्रोच्चारण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले गौतम बुद्घको कथामा आधारित नेपाली भाषाको नाटक प्रस्तुत गरेका थिए । उक्त नाटकमा गौतम बुद्घले दिएका सुखी जीवनसँग सम्बन्धित सन्देशहरू जस्तैः सधैँ सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराक
धरान । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरान ४ नम्बरमा एमाले प्यानलका धन बहादुर राईको टिम नै विजयी बनेको छ । कार्यालयका अनुसार धन बहादुर राईले ८ सय २६ मत प्राप्त गर्दै विजयी बनेका हुन् । राईले ८ सय २६ मत प्राप्त गर्दा माओवाद केन्द्रका अध्यक्ष पदका उमेदवारले ६ सय १२ मत पाएका छ्न् । एमालेका महिला सदस्यले ८सय२१, दलित महिला सदस्यले ८सय१३ खुल्ल सदस्य एउटा चिन्हमा ८ सय ३ र दुईवटा चिन्हमा ७सय२४ मत खसेर विजयी भएका छ्न् । माओवाद केन्द्रका महिला सदस्यले ५सय५१, दलित महिला सदस्यले ५सय३६ र खुला सदस्य एउटा चिन्हमा ५सय८१ र दुईवटा चिन्हले ४सय५४ मत प्राप्त गरेका छ्न् ।
विजयपुर । धरान उपमहानगर वडा नं. १४ स्थित बूढासुब्बा मन्दिरको टुप्पो विनाको बाँस काटिएको छ ।बुढासुब्बाको बाँसमा अन्य बेला कुनै हतियार प्रयोग नगर्ने र ढलेका बाँससमेत निकाल्न नमिल्ने परम्परा रहेको छ । बूढासुब्बामा उँभौली पर्व वैशाख पूर्णिमाका दिन विशेष पूजाआजा गरिन्छ । उँभौली पर्वका अघिल्लो दिन झ्याङमा सुकेका ढलेपढेका बाँस काटिन्छ । मन्दिरका पुजारी उत्तम आलेका अनुसार यहाँको बाँस वर्षमा १ पटक मात्रै काटिन्छ । उनले भने, ‘वर्षभरि ढलेपढेका बाँसहरूमात्रै निकालिन्छ । अरू बेला भाँचेर पनि निकाल्न मिल्दैन ।’ उनका अनुसार काटिएको बाँस मन्दिरमा नै प्रयोग गरिन्छ । उनले भने, ‘भक्तजनहरू बाँसका टुक्रा घरमा राख्द
मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउनतिर लागेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिए । उनका अनुसार तीनदेखि लगातार विद्युतीय घेराबारा भत्काएर ६० भन्दा बढी हात्ती साँझ पर्ने बित्तिकै भारतीय जङ्गलबाट हूल बाँधेर बाहुनडाँगी आउने र रातभर मकै खाएर उज्यालो हुँदा उतै फर्कने गरेका छन् । शनिबार राति आएकोे हात्तीमध्ये १५ वटा छावासहित तेलपानी सामुदायिक वन
बेलबारी । नेकपा एमालेको पकड क्षेत्र मानिएको बेलबारी १ नम्बर वडामा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ ।बेलबारी १ को अध्यक्षमा मणि पुलामी मगर बिजयी भएका हुन् ।खुल्ला वडा सदस्यमा बाबुराम खड्का,चन्द्र प्रकाश बस्नेत ,खुल्लामहिला वडा सदस्यमा सन्चमाया लिम्बु र दलित महिला सदस्य तर्फ हिमादेवी विश्वकर्मा सहित पुरै प्यानल बिजयी भएको हो ।सुरुवात देखीनै बलियो उम्मेदवारको रुपमा चर्चामा रहेका मगरले निवर्तमान वडाध्यक्ष तथा एमालेका वडाध्यक्षका उम्मेदवार चक्र बहादुर खुलाललाई फराकिलो मतान्तरले पराजित गारेका छन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुग्ने भएका छन् । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत रहेका छन् । प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved