पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा हालसम्मको मत परिणाम अनुसार वडा नम्बर १ र २ मा नेकपा एमालेको र ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर १ को वडाध्यक्षमा भीमकुमार राईले कांग्रेसका राजेन्द्र वस्नेतलाई ४ सय ४९ मत अन्तरले पछि पार्दै विजय हाँसिल गरेका हुन् । राईले १ हजार ९ सय ७, र वस्नेतले १ हजार ४ सय ५८ मत प्राप्त गरेका थिए । महिला सदस्यमा बसुन्धरा गुरुङले १ हजार ८ सय २७, दलित महिला सदस्यमा आरती विश्वकर्माले १ हजार ७ सय ७२ खुला सदस्यमा पूर्णबहादुर कार्कीले १ हजार ६ सय २ र सुरेशकुमार कार्कीले १ हजार ६ सय ७७ मत प्राप्त गरी विजय हाँसिल
विराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले मोरङको बुढीगंगा गाउँपालिका– १ पुष्पलाल चौकमा रहेको जागृति वृद्धाश्रममा खाद्यान्य सहयोग गरेका छन् । दीनबन्धु उषादेवी गोयलको ५० औं विवाह उत्सवको अवसर पारेर आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई एक महिनाको खाद्य सामाग्री वितरण गरेका हुन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि जागृति वृद्धाश्रमकी उपाध्यक्ष लक्ष्मी क्षेत्रीलाई समाजसेवी गोयलले प्रदान गरेको खाद्य सामाग्री वरिष्ठ पत्रकार मोहन भण्डारीले हस्तान्तरण गरेका थिए । पछिल्लो समय विवाह उत्सवमा रमाइलो गर्ने बहनामा फजुल खर्च गर्ने गरेका छन् । तर, समाजसेवी गोयलले सामाजिक कार्य अनुरूप आश्रममा रहे
धनकुटा। धनकुटाको पाख्रिबास नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ विजयी भएका छन् । उनले ५ हजार, ४९८ मत प्राप्त गरी जितेका हुन् । गुरुङले एमालेका उम्मेदवार भीमबहादुर राईलाई पराजित गरेका छन् । राईले ५ हजार, ५३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवार नम्रता देउजा विजयी भएकी छन् । उनले ५ हजार, ६२ मत प्राप्त गरी विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत प्राप्त गरे । पाख्रीवासको वडा नं. २, ३, ७, ९ र १० नं वडाध्यक्ष एमालेका उम्मेदवार विजयी भएका छन् । १, ४
विजयपुर । किरातीहरूले साकेला सिली नाच्दै उँभौली पर्व मनाएका छन् ।उँभौलीको अवसरमा किरात राई यायोक्खाले विभिन्न स्थानमा साकेला नाच्दै मनाएको हो । किरात राई यायोक्खाले १४ गतेसम्म गर्ने कार्यक्रमको प्रारम्भ धरान–१७ स्थित साकेला पार्कमा पूजा गर्दै सुरुवात गरेको हो । उक्त कार्यक्रमको आयोजक किरात राई यायोक्खा धरान–१७ को वडा कार्यसमिति रहेको थियो । १४ दिनसम्म गर्ने कार्यक्रमको उद्घाटन किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले गरे । किरायाले उँभौली विभिन्न स्थानमा वडा कार्यसमितिहरूले साकेला नृत्य प्रदर्शन गर्दै मनाएका छन् । धरान–१३ को कार्यसमितिले धरान–१४ स्थित बुद्धिकर्ण राईको दरबारक्षेत्र व
विराटनगर । विराटनगर–५ बरगाछी नजिक मल्टिकेयर डेन्टल क्लिनिक सञ्चालनमा आएको छ ।सोमबार एक कार्यक्रम आयोजना गरी उक्त क्लिनिक सञ्चालनमा आएको हो । क्लिनिकको उद्घाटन टीकामाया बस्नेतले गरिन् । अत्याधुनिक उपकरण जडान गरी गुणस्तरीय शिक्षा उपचार प्रदान गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याएको वरिष्ठ दन्त रोग विशेषज्ञ डा. स्वेच्छा साहले जानकारी दिइन् । क्लिनिकमा बालबालिकादेखि ज्येष्ठ नागरिसम्मको उपचार हुनेछ । ‘हामीले सञ्चालन गरेको क्लिनिक दाँतको स्पेशियालिटी हो’ उनले भने, ‘यहाँ आउने बिरामीलाई हामी गुणस्तरीय सेवा दिनेछौं ।’ करिब ६० लाख बढी लगानीमा सञ्चालनमा ल्याएको डेन्टल क्लिनिकमा अत्याधुनिक उपकरण जडान ग
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ४३ वर्षिय बवी कुमार राइ र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । मंगलबार विहान सार्वजनिक मतपरिणाम अनुसार राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याएर निर्वाचित भएका हुन् । अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यस पटक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालले मिक्लाजुङ्ग आफ्नो पकड भएको क्षेत्रको रूपमा लिने गरेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा हार भएको छ । यहाँ एमालेका उम्मेदवार नरेन्द्र प्रसाद ढुङ्गेल अध्यक्षमा पराजित भए । उन
बिर्तामोड । झापामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका वडा नं. २ मा चट्याङ लागेर २६ बर्षका भेना हस्दाको मृत्यु भएको हो ।आइतबार राती १ः३० बजे ट्वाइलेट गर्न घर बाहिर निस्किएका उनको बर्षासँगै परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगर । विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साह विजयी भएका छन् । ७१६ मत ल्याएर साहले वडाअध्यक्षमा जितेका हुन् । जनता समाजवादी पार्टीले टिकट नदिएपछि साहले स्वतन्त्रबाट ‘लालटिन’ चुनाव चिन्ह लिएर उठेका थिए । जसपका उम्मेदवार दिनेश कुमार यादबलाई ६८ मतले पछि पार्दै साहले वडाअध्यक्षमा जितेका हुन् । निकटतम प्रतिस्पर्धी यादबले ६३८ मत ल्याएका छन् । १८ मा स्वतन्त्रबाट थप दुइ जना विजयी भएका छन् । स्वतन्त्रबाट गौरव मण्डल र ढुरीया यादव विजयी भएका छन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका जितेन्द्र रुम्दाली राई विजयी भएका छन् । पाँच हजार ३९९ मत ल्याई राई अध्यक्षमा निर्वाचित भएका हुन् । राईले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारजंग याखालाई ५७१ मतान्तरले पराजित गरेका हुन् । याखाले ४ हजार ८२८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी मुना राईले ४ हजार ६५० मत पाएकी छिन । उनले गठबन्धनका जनता समाजवादीका लिलाराज लावतीलाई १४ मतले पराजित गरेकी हुन् । लावतीले ४ हजार १३६ मत पाएका छन् । गाउँपालिकाका १० वटै वडाको मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार वडा नं. २, ३, ५ र ७ मा गठबन्धनका उम्मेदवार वि
धरान। धरानमा गठबन्धनले नै अग्रता कायम गरिरहेकाे छ ।निर्वाचन अधिकृत कार्यालय अनुसार हालसम्मकाे मतदानमा गठबन्धन उम्मेदवार किशाेर राईले ३हजार ६ सय ४५ मत प्राप्त गरेका छन् । एमालेकाे किल्ला मानिएकाे धरानमा ८सय मतान्तरले राई अगाडी छन् ।एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले २ हजार ८ सय ९५ मत प्राप्त गरेकी छन् । यता स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले २ हजार ७ सय ३९ म प्राप्त गर्दै एमाले र गठबन्धनलाई पछ्याइ रहेका छन् ।उपप्रमुखमा गठबन्धन दलकै अाइन्द्र विक्रम बेघाले करिब ५ सय मतान्तरले एमालेका उम्मेदवार पदम इस्वाेलाई पछि पारेका छन् । वेघाले ३ हजार ९ सय ५२ मत ल्याउदा इस्वाेले ३ हजार ४ सय ७६ म
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved