धरान । धरान–२० नम्बरको मतगणना जारी रहँदा हस्ताक्षरविनाको मतपत्रमा मत खसालेको पाइएपछि धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा आन्दोलन सुरु भएको छ । निर्वाचन स्थलका अधिकृतको हस्ताक्षरविनाको मतपत्र फेला परेपछि आन्दोलन भएको हो । त्यसक्रममा तोडफोडको पनि प्रयास भएको छ । अहिले पनि आन्दोलन जारी छ । सुरक्षाकर्मी व्यापक रूपमा परिचालित भएका छन् । २० नम्बरका असन्तुष्ट पक्ष आन्दोलित बनेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका प्रमुख पुष्करराज नेपालविरुद्ध नाराबाजी भइरहेको छ । उनीहरूले राजीनामा दिनुपर्नेसम्मको माग उठाइरहेका छन् । हाल धरान २०, १९, १२ नम्बर वडाको मतगणना जारी रहेको थियो । धरान २० मा प्र
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ । जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ । नेकपा (एमाले)ले २९ नगर र ९१ गाउँपालिकामा जित हासिल गरेको छ । एमाले ४५ नगरपालिका र ३० गाउँपालिकामा अग्रस्थानमा छ । एमाले ३३ उपप्रमुख र ८९ उपाध्यक्षमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) ११ नगरपालिका र ७४ गाउँपालिका गरी ८५ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र १३
ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार मिलन बिष्टलाई २८४ मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी भएका हुन् । कार्कीले तीन हजार ७७६ मत ल्याएर विजयी हुँदा विष्टले तीन हजार ४९२ मत प्राप्त गरेका हुन् । उपप्रमुखमा एमाले उम्मेदवार अस्मिता थापा फराकिलो मतान्तरले विजयी भएकी छिन् । नेपाली कांग्रेसकी उम्मेदवार प्रेमकुमारी दाहाललाई एक हजार ३३ मतले पछि पार्दै थापा निर्वाचित भएकी हुन् । थापाले चारहजार ११६ मत ल्याउँदा दाहालले तीन हजार ८३ मत ल्याएका हुन् ।गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादीका एकिन्द्रराज कटवालले ९३३, एकीकृ
विराटनगर । मोरङको लेटाङ नगरपालिकामा प्रमुखमा एमालेका भुपेन्द्र कुमार लावती र उपप्रमुखमा एमालेकी कृष्ण कुमारी पोखरेल निर्वाचित भएका छन् । बुधबार सार्वजानिक भएको अन्तिम मत परिणाम अनुसार एमालेका लावतीले १० हजार २ सय २२७ मत र उपप्रमुखमा एमालेकै पोखरेलले ९ हजार ४६० मत ल्याएर विजयी भएका हुन् । लावतीले गठबन्धनबाट उठेका काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र ढकाललाई २ हजार १ सय २२ मतको अन्तरले पराजित गरेका हुन् । यहाँ काँग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । नगर प्रमुखमा काँग्रेसका ढकालले ८ हजार १ सय ५ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका कृष्ण प्रसाद लम्साल उपप्रमुखमा ४ हजार ९०५मत ल्याएर
धनकुटा । धनकुटा नगरपालिकमा पुनः नेकपा एमालेको तर्फबाट चिन्तन तामाङले विजयी हासिल गरेका छन् । उनले ७ हजार, ६६६ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । तामाङले नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईलाई पराजित गरेका हुन् । राईले ७ हजार, ६५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवार भिामादेवी खनाल विजयी भएकी छन् । उनले ७ हजार, १९६ मत प्राप्त गरी विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गणेश विष्टले ६ हजार ६२९ मत प्राप्त गरे ।धनकुटा नगरपालिकाको वडा नं. १,२,४,८ र ९ को वडाध्यक्ष एमालेका उम्मेदवार व
धरान । अभिनेता बिक्रमडि जोशी धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कले सञ्चालनमा ल्याएको अनाथालयलाई आर्थिक सहयोग जुटाउन ‘लन्डन टु पेरिस च्यारिटी राइड’ गर्ने भएका छन् ।उनले करिब ३ सय ८७ किलोमिटर दूरी साइकलबाटै पूरा गर्ने जनाइएको छ । आउँदो शुक्रबार ६ जना नेपाली साथीहरूसहित च्यारिटी राइड गर्न लागिएको उनले जनाए । चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउनका लागि च्यारिटी राइड गर्न लागिएको जनाइएको छ । जोशीले ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्ममा अभियन गरिसकेका छन् । साइकल यात्रा टिममा जोशीसहित सुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनिल कार्की र लक्ष्मण गुरुङ र
धरान । भदौ २३ गतेदेखि संसद् अवरोध गरिरहेको नेकपा (एमाले) मङ्गलबारदेखि जारी संसद् अधिवेशनमा फरक तरिकाले प्रस्तुत भएको छ । सभामुख अग्नि सापकोटाले आफ्नो दलबाट निष्कासन गरेका सांसद्हरूलाई पद मुक्त नगरेको भन्दै संसद्मा अवरोध पु¥याउँदै आएको थियो । संसद् अवरोध गरेको पनि ९ महिना पुगिसकेको छ । तर, यसपटकको संसद्मा भने एमाले फरक तरिकाले प्रस्तुत भएको हो । यही बेला स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रममा छ । एमाले हालसम्म दोस्रो अवस्थामा छ । यही बेला संसद् अवरोध अन्त्य गर्नुलाई राजनीतिक विश्लेषकहरूले फरक तरिकाले व्याख्या गरिरहेका छन् । पहिलो; आफ्नो दलले निष्कासन गरेका माधव नेपालको समूहलाई जनतालाई स्थान
विराटनगर । मोरङको केराबारी गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका छन् । बुधबार विहान सार्वजानिक भएको अन्तिम मत परिणाम अनुसार एमालेका सुमनले अध्यक्षमा ७८१० मत र उपाध्यक्षमा एमालेकै मगरले ७२६७ मत ल्याएर विजयी भएका हुन् । सुमनले कांग्रेसबाट निर्वाचित निवर्तमान गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीलाई १ हजार ४ सय २० मतको अन्तरले पराजित गरेका हुन् ।गाउँपालिका अध्यक्षमा कांग्रेसका कार्कीले ६ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी सुभद्रा राईले ६ हजार ४ सय २८ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भइन् ।उक्त गाउँपालिकामा २०७४
धरान । धरानस्थित युएन कलेज एण्ड नवोदय प्लस टुले १० वर्ष पूरा गरेको अवसरमा दशक महोत्सव गर्ने भएको छ ।कलेजले यही जेठ ७ गते स्थापनाको १० वर्ष पूरा भएको भन्दै धरान स्थित किरात याक्थुङ चुम्लुङको हलमा दशक महोत्सव मनाउने भएको हो ।२०६८ सालमा ११ जना विद्यार्थीबाट सुरु भएको कलेजले हालसम्म १० हजार विद्यार्थी उत्पादन गरिसकेको यस कलेजले धरानलाई शैक्षिक क्षेत्रमा प्रदेशकै हबको रूपमा स्थापित गर्न भूमिका खेल्दै आएको दृष्टिगत भए पनि थप जानकारी अवगत गराउन दशक महोत्सवको आयोजना गरिने भएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले बताए । उनका अनुसार १ नम्बर प्रदेशकी सामाजिक विकास रा
धरान स्थित युएन कलेज एण्ड नवोदय प्लस टुले दस वर्ष पुरा गरेको अवसरमा दशक महोत्सव मनाउने भएको छ । कलेजले यही जेठ ७ गते स्थापनाको १० वर्ष पुरा भएको भन्दै धरान स्थित किरात याक्थुम चुम्लुङको हलमा दशक महोत्सव मनाउने भएको हो । २०६८ सालमा ११ जना विद्यार्थीबाट सुरु भएको कलेजले हालसम्म १० हजार विद्यार्थी उत्पादन गरिसकेको यस कलेजले धरानलाई शैक्षिक क्षेत्रमा प्रदेशकै हबको रूपमा स्थापित गर्न भूमिका खेल्दै आएको दृष्टिगत भए पनि थप जानकारी अवगत गराउन दशक महोत्सवको आयोजना गरिने भएको क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले बताए । उनका अनुसार १
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved