Trending Tags

समाचार

    Showing ३१-४० of १३,५०० items.
  • धरान–१४ वडाध्यक्ष रनिङ फुटबलमा नारायणपुर विजयी

    धरान । धरान–१४ मा जारी दोस्रो वडाध्यक्ष रनिङ फुटबल कपअन्तर्गत बुधबार नारायणपुरको टिमले जितेको छ । विजयपुर बोर्डिङ स्कुलको खेल मैदानमा सञ्चालित खेलमा नारायणपुरले स्कुट टोलको टिमलाई ३–० गोलले हराएको छ । खेलमा विक्की तामाङ, विशाल राई र सरोज राईले एक–एक गोल गरे । खेलको म्यान अफ दी म्याच विपीन श्रेष्ठ घोषित हुँदै नगद ३१ सय रुपैयाँसहित ट्रफी पाए । उनलाई वडाध्यक्ष कृष्ण भट्टराईका छोरा यमन भट्टराई र आइडियल बोर्डिङ स्कुलका प्रबन्धक लोकबहादुर खड्काले नगद तथा ट्रफी दिए । आइडियनले १ हजार रुपैयाँ र वडाध्यक्ष भट्टराईले २१ सय रुपैयाँ प्रदान गरेको हो । बिहीबारको खेल हात्तीसार र गैरीगाउँको टिमबीच हुने आयो

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ३८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एड्स दिवसमा ५ सम्मानित

    विजयपुर । ३४ औं एड्स दिवसको अवसरमा धरान पोजेटिभ समूहले ५ जनालाई सम्मान गरेको छ ।समूहले धरानमा रहेर एचआईभी एड्सका क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका ५ जनालाई सम्मान गरेको हो । सम्मानीत हुनेमा पत्रकार विकास चाम्लिङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका असिस्टेण्ट प्रो. डा. श्याम प्रधान, प्रतिष्ठनकै एआरभी काउन्सेलर नर्स निशा श्रेष्ठ, एचआईभी एड्सका क्षेत्रमा काम गर्ने कृष्ण सुन्दर राई र स्व. नरेशलाल श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई एचआईभी एड्स पहिलो एक्सपोजर भई संक्रमितहरूलाई सङ्गठित गर्दै समाजमा पुनस्र्थापना गराएकाले सम्मान गरेको समूहका उपाध्यक्ष रोमनकुमार राईले बताए ।समूहले दिवसका अ

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • बस खरिद तथा सङ्ग्रहालय निर्माणको लागी विद्यालयमा महापुराण

    लक्ष्मीमार्ग । स्कुल बस खरिद तथा ऐतिहासिक सङ्ग्रहालय निर्माणको लागी विद्यालयमा महापुराण लगाउने भएको छ ।मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयले महापुराण लगाउने भएको हो । मङ्सिर १८ गतेदेखि २५ गतेसम्म एक हप्ता पुराण आयोजना हुन लागेको विद्यालयका प्रधानाध्यापक गोविन्द भण्डारीले जानकारी दिए । पछिल्लो समय प्रविधिमा समेत फड्को मारेको सो विद्यालय जिल्लामै नमुना विद्यालयका रूपमा स्थापित भएको छ । विद्यालयमा हाल १ हजार ५३ जना विद्यार्थी अध्ययनरत छन् ।बस खरिदका लागि २७ लाख र ऐतिहासिक संग्राहलय निर्माणका लागि  करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान रहेको विद्यालयका प्रअ भण

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १२४ पटक पढिएको
    • विवेक मिश्र
  • नेपाली काँग्रेस धनकुटाको सभापतिमा दिनेश आठपहरिया

    धनकुटा । नेपाली काँग्रेस धनकुटाको सभापतिमा दिनेश आठपहरिया विजयी भएका छन् । देउवा पक्षीय आठपहरियाले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गर्दै धनकुटा काँग्रेसको सभापतिमा विजयी भएका हुन् ।बुधबार बिहान सम्पन्न भएको मतगणनाको मत परिणाम अनुसार राईले ५०४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी कमोट फागो ४ सय ७० मत मात्रै पाए । धनकुटा काँग्रेसको उपसभापतिमा सुनिल डंगोलले ४६६ र निर्मल ओझाले ४३० मत प्राप्त गर्दै विजय भए । डंगोल देउवा पक्षका हुन भने ओझा पौडेल पक्षका हुन । उप–सभापतिमा देउवा पक्षका रमेश ईवाहाङ ४१० र पौडेल पक्षका सन्तोष तामाङ ४ सय मत मात्रै प्राप्त गरे । यस्तै सचिवमा देउवा पक्षका

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ११७ पटक पढिएको
    • सन्तवीर लामा
  • नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली कार्यान्वयनमा

    महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको अन्तिम लेखा परीक्षणलाई सूचना प्रविधिको माध्यमबाट सम्पन्न गर्न नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली (न्याम्स) कार्यान्वयनमा ल्याएको छ ।अब लेखा परीक्षण, योजना, प्रतिवेदन, सम्परीक्षणलगायत सम्पूर्ण कार्य सो प्रणालीका माध्यमबाट हुने कार्यालयले जनाएको छ । उक्त प्रणाली आजदेखि नै कार्यान्वयनमा आएको छ । अब सार्वजनिक निकायले आन्तरिक लेखा परीक्षण प्रतिवेदन सोही प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ । ६ हजारभन्दा बढी सार्वजनिक निकायले सोही प्रणालीमार्फत लेखा परीक्षण गराउनुपर्नेछ ।न्याम्सको कार्यान्वयनसँगै सार्वजनिक निकायको प्रभावकारिता वृद्धि हुने, बेरुजु न्यूनीकरण

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • काँग्रेस मोरङको सभापतिमा लिम्बु

    विराटनगर । नेपाली काँग्रेस मोरङ जिल्लाको सभापतिमा डा. शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू दोस्रो पटक विजयी भएका छन् ।संस्थापन पक्षका शेरबहादुर देउवा क्याम्पका प्रत्याशी दिलीप गच्छदारलाई ४ सय ८१ मतले पछि पार्दै लिम्बू दोस्रो पटक जिल्ला सभापतिका पदमा निर्वाचित भएका हुन् । बुधबार सार्वजनिक परिणाम अनुसार लिम्बूले १ हजार ९ सय ६ मत र प्रतिद्वन्द्वी गच्छदारले १ हजार ४ सय २५ मत प्राप्त गरेका छन् ।मङ्गलबार दोस्रो चरणमा भएको जिल्ला सभापतिका चुनावमा सभापति लिम्बू विजयी भएका हुन् । यसअघि आइतबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका ३ प्रत्याशीमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि मङ्गलबार दोस

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ९७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पार्टीमा गलत प्रवृत्ति हाबी भयोः काँग्रेस नेता आर्याल

    विराटनगर । नेपाली काँग्रेस मोरङका संस्थापन समूहले पार्टीमा गलत प्रवृत्ति हाबी भएको आरोप लगाएका छन् । मोरङको निर्वाचन परिणाम सार्वजनिक भए लगतै बुधबार बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीको आन्तरिक निर्वाचनमा शक्ति, पैसा र अनैतिक ढङ्गको व्यवहार प्रदर्शन गरिएको टिप्पणी गरेका हुन् ।शक्ति र सामर्थ्यका अगाडि पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन खोज्नेहरूलाई योजनाबद्ध रूपमा पराजित गराइएको नेता अर्यालको भनाई छ । उनले क्रियाशील सदस्यता वितरणबाट सुरु भएको षड्यन्त्र निर्वाचन स्थल कब्जा गर्नेदेखि लामो समय पार्टी राजनीतिमा योगदान गरेकाहरूल

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विवाहपञ्चमीमा रेल चढ्ने रहर अधुरै

    विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी  सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ ।  पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उनको यो रहर पूरा हुन सकेको छैन । “घरबाट पैदल १० मिनेटको दूरीमा रेल स्टेसन (हाल भङ्गाहा–५ सिद्धपुर बस्ती, बिजलपुरा रेल स्टेसन) थियो, हामी कुनै वर्ष मेला भर्न छुटाउँदैनथ्याैँ”, ४५ वर्षीया बाँतरले २०५७ सालसम्म रेल चढेर विवाहपञ्चमी  हेर्न जाने गरेको विगत सम्झँदै भने, “२०५८ सालको बर्खामा बिग्ही पुल धसिएपछि रेल सेवा बन्द भएसँगै त्यसयता म मेला भर्न जनकपुर गएकी छैन ।” पछिल्ला तीन वर्षयता  चाँडै रेल चल्ने कुरा सुनेका उह

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ८३ पटक पढिएको
    • रासस
  • संखुवासभामा भरूवा बन्दुकसहित एक जना पक्राउ

    संखुवासभाकाे  पाँचखपन नगरपालिका भरूवा बन्दुकसहित  १ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नगरपालिकाकाे ५ नम्बर वडा स्थित खमारेका रामबहादुर राई रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले. जनाएकाे छ । कार्यालयका अनुसार मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त बन्दुक बरामद भएकाे थियाे  । बरामद बन्दुकसहित पक्राउ परेका राई माथि थप अनुसन्धान  भइरहेकाे कार्यालयले जनाएकाे छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १२७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धनुषामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ ।काठमाडौँबाट ज१२प ५२२५ नंको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुन र नगदसहित दुई युवक पक्राउप्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ६२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved