Trending Tags

समाचार

    Showing ११-२० of १३,५०० items.
  • जानकारी नदिई मजदुर निकालिएपछि...

    सुनसरी । कामबाट निकालिएको भन्दै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित अरविन्द पल्प एण्ड पेपर मिल्सका मजदुर आन्दोलित भएका छन् । लामो समयदेखि आफूहरू काम गर्दै आए पनि सञ्चालकले जानकारीसमेत नदिई १८ जनालाई कामबाट निकालेपछि उनीहरूले बिहीबार मिल्सअगाडि धर्ना दिए ।  भारतीय मजदुर ल्याएर स्थानीयलाई प्राथमिकता नदिई कामबाट निकालेपछि मजदुर आन्दोलित भएको बताउँदै समाजवादी ट्रेड युनियन महासङ्घ प्रदेश १ का उपाध्यक्ष मनोज यादवले स्वीकृति नलिई भारतीय मजदुरलाई आफू खुसी काम लगाउनु गैरकानूनी भएको बताए । श्रम ऐनअनुसार श्रम स्वीकृति लिएर मात्रै भारतीय वा बाहिरका कामदारहरूलाई काम दिनुपर्ने नियम कानूनलाई मिच

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पानबारीमा वाणिज्य बैङ्कको एटिएम सेवा

    धरान । धरान–६ स्थित राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयले एटिएम सेवा सुरु गरेको छ । दुई वर्षअघिदेखि सञ्चालनमा आएको शाखाले बिहीबारबाट एटिएम सेवा सञ्चालनमा ल्याएको हो । ग्राहकहरूलाई सहजता प्रदान गर्नका लागि एटिएम सेवा ल्याइएको हो । पानबारी शाखा प्रमुख शिवशङ्कर लहुटियाका अनुसार शाखाले साना व्यवसायी, कृषक तथा निम्न आय भएका नागरिकलाई सेवा दिँदै आएको छ । २०७६ वैशाख ३१ गतेदेखि सञ्चालनमा आएको हो । पानबारीमा मितेरी विकास बैङ्क र निर्धन उत्थान लघुवित्त र प्राइम बैङ्कको शाखा सञ्चालनमा रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ३८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पाथीभरामा हेलिकोप्टरमार्फत् आउने तीर्थयात्री बढ्दै

    माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो ।धराको भेडेटारबाट दसैँयता ७० उडान भएको छ । यस क्रममा ४५० भक्तजन भेडेटारबाट ताप्लेजुङको पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक पविन श्रेष्ठले बताए । बिहानबिहानै हेलिकोप्टरका आवाजले फुङ्लिङ बजारवासी उठ्ने बानीको विकाससमेत हँुदै गएको ताप्लेजुङका स्थानीयवासी चितेन लिम्बूले बताए ।सदरमुकाम फुङलिङ, पॉचथर

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ८० पटक पढिएको
    • रासस
  • कानेपोखरीमा माओवादीको नयाँ नेतृत्व, देशभरीमै कान्छो अध्यक्ष राजवंशी

    विराटनगर । नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकामा पुनः मनोज राजवंशीको अध्यक्षतामा नयाँ समिति सर्वसहमत चयन भएको छ । २९ बर्षीय राजवंशी उमेरको हिसाबले नेपालकै कान्छो अध्यक्ष हुन् । विद्यार्थीदेखि राजनैतिकमा होमिएका राजवंशी विभिन्न पदमा रहेका काम गरेका छन् । बिधार्थी केन्द्रिय सचिब हुँदै, पार्टी केन्द्रीय आयोजक सदस्य, मोरङ जिल्ला क्षेत्र नं २ सह–संयोजक, कानेपोखरीको संयोजक हुँदै नेकपा हुँदा जिल्ला सदस्य हुँदै कानेपोखरी गाउँपालिको सचिवको जिम्मेवारी पनि बहन गरिसकेको उनीसँग अनुभव रहेको छ । माओवादी केन्द्र कानेपोखरीको उपाध्यक्षमा तारा ओझा, सचिवमा रोशन खत्री र सहसचिवमा हिमालसिंह थेगिम रहेका छन् ।

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतको कर्नाटकमा तीव्र संक्रामक ओमिक्रोनको दुई संक्रमित भेटिए

    धरान । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको तीव्र संक्रामक भेरिएन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ । दक्षिण भारतीय क्षेत्र कर्नाटकमा दुई जनामा ओमिक्रोन देखिएको भारतीय सरकारले पुष्टि गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जना पुरुष हुन् । ६६ वर्षीय र ४६ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको हो । उनीहरूको पहिचान भएपछि उनीहरूसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्न थालिएको छ । भारत सरकारले ओमिक्रोनसँग नडराउनका लागि आग्रह गरेको छ । ओमिक्रोनबारे चिन्ता लिनुपर्ने अवस्था नरहेको भए पनि सचेतना अन्त्यन्त आवश्यक रहेको जनाएको छ । बिहीबार स्वास्थ्इ मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनका दुई सङ्क्रमित भ

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गैरीगाउँको टिम विजयी

    धरान/धरान–१४ मा जारी दोस्रो वडाध्यक्ष रनिङ कपअन्तर्गत बिहीबारको खेलमा गैरीगाउँको टिम विजयी बनेको छ । विजयपुर बोर्डिङ स्कुलको खेल मैदानमा जारी खेलमा गैरीगाउँले १–० गोलले हात्तीसारको टिमलाई पराजित गरेको हो । खेलमा विवेक राईले निर्णायक गोल गरे । खेलको म्यान अफ दी म्याच पनि उनी नै घोषित हुँदै नगद ३१ सय रुपैयाँ पाएका छन् । उनलाई आइडियल बोर्डिङ स्कुलले १ हजार र वडाध्यक्ष कृष्ण भट्टराईले २१ सय रुपैयाँ व्यक्तिगत रूपमा प्रदान गरेका छन् । म्यान अफ दी म्याचको पुरस्कार आइडियल बोर्डिङ स्कुलका प्रबन्धक सागर खड्का र वडाध्यक्ष कृष्ण भट्टराईले वितरण गरेका थिए । शुक्रबारको खेल नारायणपुर र पिण्डेश्वरबीच हुन

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फिल्म लाखे निर्माण गरिने

    धरान । निर्देशक सम्राट बस्नेतले ‘लाखे’ नामक फिल्म निर्माण गर्ने भएका छन् । मल्टिस्टार कलाकार लिएर फिल्म बनाउन लागेका हुन् । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापालगायतका कलाकार फाइनल गरिएको छ । फल्मका लागि अझै केही कलाकार छनोट गरिने भएको छ । बाँकी कलाकार अडिसनमार्फत् छनोट गरिन लागिएको छ । निर्देशक बस्नेतका अनुसार फिल्मका लागि १८ देखि २४ वर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिने छ ।नेवारी संस्कृतिमा लाखेको विशेष महत

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उदयपुरमा गाँजासहित दुई युवा पक्राउ

    उदयपुरकाे चौदण्डीगढी नगरपालिका– ४ नमूना चोकबाट दुई युवा गाँजासहित पक्राउ परेका छन् । बुधबार साँझ बेल्टारबाट सप्तरीको फक्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यलयका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका– ९ कमलपुर बस्ने वर्ष २६ को रुपेश सदा र वर्ष २९ को जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।बेलका नगरपालिका क्षेत्रबाट मदन भण्डारी मार्गहुँदै सप्तरीको फत्तेपुरतर्फ स ११ प १७९ नं को मोटरसाइलमा जाँदै गरेका  उनीहरूलाई बुधबार साँझ गस्तीमा रहेको प्रहरीले खानतलासी गर्दा करिव  एक केजी गाँ

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • युवा उद्यमी सम्मेलन हुने

    विराटनगर । विराटनगरमा युवा उद्यमी महिला सम्मेलन हुने भएको छ । युवाहरूको ज्ञान र सीपलाई उद्यमशीलता विकासतर्फ आकर्षित गराई स्वरोजगारको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासतर्फ उन्मुख गराउने उद्देश्यले युवा उद्यमी महिला सम्मेलन शनिबार विराटनगरमा आयोजना गर्न लागिएको हो । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामा एकदिने युवा उद्यमी महिला सम्मेलन २०२१ हुन लागेको अध्यक्ष युनेश श्रेष्ठले जानकारी दिए । महिलाहरूले आर्जन गरेको सीपलाई उद्यमशीलतामा परिवर्तन गरी आयआर्जनतर्फ उन्मुख गराई महिला सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्य लिई सम्मेलनको आयोजना गरिएको अध्यक

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दिवङ्गत पितृको नाममा दीप प्रज्वलन गर्न भक्तजनको ओइरो

    पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको ओइरो लाग्न थालेको छ । बाला चतुर्दशीको अवसर पारेर मन्दिरमा लगाइएको ३९औँ महापुराण सफल पार्न र आफ्ना दिवङ्गत पितृको नाममा दीप प्रज्वलन गर्न भक्तजनको ओइरो लाग्न थालेको हो । आज साँझ दीप प्रज्वलन गर्ने र रातभर जग्राम बस्ने भक्तजनका लागि बस्न पालको व्यवस्था गरिएको अर्जुनधारा जलेश्वर धाम विकास समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनका अनुसार मङ्सिर १० गतेदेखि सुरु भएको महापुराणको आज साताैँ दिन साँझ गङ्गा आरती गरिने छ । आरतीमा सहभागी हुन पूर्वी नेपालका विभिन्न स्थानबाट करिब एक लाख भक्तजन आउने अनुमान गरिएको छ । विगतमा

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ६८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved