समाचार

    Showing १३१-१४० of ४,२७८ items.
  • देउमाईमा डेरी उद्योगमा आगलागी हुँदा ७० लाख बढीको क्षति

    ब्लाष्टखबर । इलामको देउमाई नगरपालिका–४ स्थित मङ्गलबारे बजार नजिकै एक डेरी उद्योगमा आगलागी हुँदा रु ७० लाख माथिको क्षति भएको छ । मङ्गलबारे बजारको तल्लो बुधबारेमा रहेको गजुरमुखी दर्शन डेरी उद्योगमा आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट दुध पेल्ने मेसिन, घ्यु, छुर्पी लगायतका सामान जलेर नष्ट हुँदा क्षति भएको वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिए । आगलागी दिउँसो ३ः०० बजेदेखि शुरु भएको थियो । स्थानीय अशेष बुढाथोकीले सञ्चालन गर्नु भएको सो डेरी उद्योगमा आगलागी नियन्त्रण भइसकेको छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताए । नगरपालिकामा दमकल नहुँदा इलाम

    • प्रकाशित मितिः चैत्र १, २०७६
    • १८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैन : मन्त्री ज्ञवाली

    ब्लाष्टखबर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताएका छन् । उनले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको बताएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तानसेन नगर कमिटीद्वारा पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ कार्यक्रममा उनले पहिलो काम समृद्ध नेपाल बनाउनुपर्ने अवस्था रहेकाले संविधानका सीमा हेरफेरको बहस उचित नभएको उल्लेख गरेका छन् । उनले नेकपा नेतृत्वको सरकारले जनताका आशा र भरोसाको विश्वास टुट्न नदिने बताए । मन्त्री ज्ञवालीले संविधान जलाउने समूहलाई वार्ताबाट संविधान स्वीकार्य गर

    • प्रकाशित मितिः चैत्र १, २०७६
    • १०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भद्रपुरमा जेष्ठ नागरिक चौतारी निर्माण

    भद्रपुर । करिब साढे १० लाखको लागतमा जेष्ठ नागरिक चौतारी निर्माण गरिएको छ । भद्रपुर नगरपालिका वाड नं ९ देवकोटा चोकमा निर्माण गरिएको देवकोटा जेष्ठ नागरिक चैतारीको शनिबार उद्घाटन गरिएको छ । चन्द्रगढी चारआली जाने बाटोमा पर्ने देवकोटा चोक भएर आवत जावत गर्ने यात्रुहरुले सवारी साधनमा चढ्न तथा ओर्लेर बस्ने ठाउँ अभाव भएको थियो । यात्रुहरु घाम पानीमा नै सडक छेउमा बस्नुपर्ने वाध्यता तथा स्थानीय जेष्ठ नागरिकहरु फुर्सदको समयमा भेला भै गफगाफ गर्ने उपयुक्त स्थाको अभावलाई मध्यनजर गरि स्थानीयवासिहरुको सक्रियतामा विभिन्न दाताहरुबवाट चन्दा सङ्कलन गरेर चौतारी निर्माण गरेका थिए । चौतारीमा ३० जना मानिस अटाउने क्षमत

    • प्रकाशित मितिः चैत्र १, २०७६
    • ९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आठराई गाउँपालिकाकी बिन्दा हत्यामा देवरहरुको संलग्नता

    पाँचथर / तेह्रथुमको आठराई गाउँपालिका–४, ईवास्थित तीनसल्लेमा बिहीबार २८ बर्षीया बिन्दा पुरीको बिभत्स हत्यो भयो । बिन्दाको आफ्नै घरमा हत्या भएको थियो । धारिलो हतियारले घाँटि रेटेको अवस्थामा बिन्दाको शव फेला परेको थियो । गाउँलाई नै स्तब्ध पार्ने गरि भएको बिन्दा हत्याकाण्डमा उनको दुई जना देवरहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सक्रान्तिका इनिस्पेक्टर शेशकराम थान्दारका अनुसार बिन्दाको हत्या उनकै देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेका हुन् । हत्याको प्रमुख कारण पैशा देखिएको इन्सपेक्टर थान्दारले बताए । बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका दाईले भाउजुलाई

    • प्रकाशित मितिः चैत्र १, २०७६
    • ५९६ पटक पढिएको
    • सन्देश सुब्बा
  • नेपालमा कोरोना संकमितलाई उपचार गर्न छुट्टै अस्पताल बनाउन ओलीको निर्देशन

    धरान / अस्पताल बसेर फर्किएको भोली पल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिएका छन । त्रिवि शिक्षण अस्पतालबाट हिजो डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल शुरु गर्न आज निर्देशन दिएका हुन ।  विरामीको कम चाप हुने काठमाडौंकै कुनै अस्पताल वा छुट्टै संरचना खडा गरेर कम्तीमा १ सय वेडको अस्पताल बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन । कोरोनाविरुद्ध

    • प्रकाशित मितिः चैत्र १, २०७६
    • १२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गरिवलाई खै कृषि अनुदान ?

    मधुमल्ला / लख्या देवी महतो उमेर ६१ लागिन् । मोरङ मिक्लाजुङ–९ हेल्थपोस्ट लाइनमा उनको घर छ । त्यही घरमा आफ्नो परिवारका साथ बस्छिन् लख्यादेवी । घरसँगै एउटा झुप्रो हालिएको छ । त्यही झुप्रोमा दुईदर्जन बाख्रा पालेकी छन् । लख्यादेवीको बाख्रा पालन पैतृक झैं बनिसकेको छ । करिब चारदशक बढी भयो बाख्रा पालन थालेको । जीवन निर्वाहका लागि लख्यादेवीले बाख्रापालन थालेकी हुन् । गत वर्षसम्म त्यही सानो खोरमा करिब ५०–६० बाख्रा देख्न सकिन्थ्यो । तर, यस वर्ष बाख्राको सङ्ख्या घटेको छ । तीन वर्षअघिसम्म त्यही खोरमा सय बाख्राहरू हुन्थे । चरिचरन क्षेत्र अभाव हुन थालेपछि व्यवसाय खस्कँदै गएको उनी बताउँछिन् ।

    • प्रकाशित मितिः चैत्र १, २०७६
    • ८९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वर्ष दिनमा १८२ पटक अनुगमन, कारबाहीमा चार फर्म

    विराटनगर /  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले मोरङ जिल्लामा एक वर्षमा १ सय ८२ वटा फर्म अनुगमनको क्रममा चार वटा मात्र फर्मलाई कारवाही गरेको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा १ सय ८२ वटा फर्म गरेको अनुगमनको क्रममा जम्मा चार वटा फर्म कारवाहीमा परेकोे पाइएको हो ।कारावाहीमा परेकाले बिल बिजक नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिए । उनका अनुसार विराटनगरका वंशल भेराइटी, पाल भेराइटी, न्यू निलकण्ठ वाच र न्यू श्याम इम्पेक्सलाई कारवाहीको दायरामा ल्याएको हो । अनुगमनको क्रममा

    • प्रकाशित मितिः चैत्र १, २०७६
    • ५८ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • कोरोना सङ्क्रमण १२५ देशमा, चार हजार ७ सयको मृत्यु

      विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण  १२५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १५८ जनामा सङ्क्रमण भएको छ । तीमध्ये चार हजार ७ ४९ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये ६८ हजार ६५४ जनाको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । बाँकी बिरामी अवस्थामा नै रहेका ५५ हजार ६५५ जनामध्ये ५० हजार ४४ जना अर्थात् कूल ९० प्रतिशतको अवस्था सामान्य रहेको छ । तर पाँच हजार ७११ जना अर्थात् हाल बिरामी नै रहेका १० प्रतिशत सङ्क्रमितको अवस्था भने गम्भीर रहेको छ । रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो समय सङ्क्

    • प्रकाशित मितिः फाल्गुन ३०, २०७६
    • ११८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आइसोलेसनका बिरामी डिस्चार्ज

    धरान/ कोभिड–१९ सङ्क्रमण भएको आशङ्कामा आइसोलेसनमा राखिएका दुईमध्ये एकजनालाई डिस्चार्ज गरिएको छ । कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरिएका बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पेइङ वार्डलाई हाल आइसोलेसन वार्ड बनाएको छ । एकसाताअघि नै उक्त आइसोलेसन वार्डमा हङ्कङबाट आएकी एक महिला र दक्षिण कोरियाबाट आएका एक पुरुष कोरोना भाइरसको शङ्कामा उपचारका लागि राखिएका थिए । प्रतिष्ठानका सह–प्रवक्ता डा.अशोक ऐयरले भने, ‘महिलाको रिपोर्ट नेगेटिभ देखियो । उनी निको भएर पनि डिस्चार्ज भइसकेकी छन् भने पुरुषको रिपोर्ट आइसकेको छैन । तर उनलाई मानसिक रोग भएको शङ्का गरिएको छ ।’

    • प्रकाशित मितिः फाल्गुन ३०, २०७६
    • ३७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किन बढिरहेछ सडक दुर्घटना ?

    हामी दैनिक सडक दुर्घटनाका खबरहरू सुन्छौं । तथ्याङ्कहरूले नेपालमा सडक दुर्घटना बढिरहेको देखाउँछ । तर, दुर्घटना किन बढिरहेका छन् त ? भन्ने विषयमा गम्भीर अध्ययन अनुसन्धान भएको पाइँदैन । झट्ट हेर्दा दुर्घटनाका विविध कारणहरू देखिए पनि मुख्य कारण भनेको ट्राफिक नियमको पालना नगरिनु हो । ट्राफिक नियममा रहेर सवारी साधन चलाए दुर्घटना अवश्य कम हुन्छ । त्यसका लागि आम सर्वसाधारणमा सचेतना जगाउनु आवश्यक देखिन्छ । सवारीसाधनलाई चलाउँदा केही कुरामा ध्यान दिनु आवश्यक छ । जस्तो, आफ्नो सवारीसाधनमा पुग्नभन्दा पहिला कुनै क्षति पुगेको पो छ की भनि १० मिटर दुरीबाट हेर्नुपर्छ । त्यस्तै अतिरिक्त चक्का र ज्याक गाडीलाई एक

    • प्रकाशित मितिः फाल्गुन ३०, २०७६
    • १८३ पटक पढिएको
    • विष्णुकुमार राई

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved