Trending Tags

समाचार

    Showing १११-१२० of १४,२१३ items.
  • धनकुटामा सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड

    धनकुटा । धनकुटामा सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिँदै गएको अवस्थामा धनकुटामा नियमित लाग्दै आएका हाटबजार पनि बन्द भएका छन् । धनकुटाका सार्वजनिक संस्थानहरूबाट सेवा लिँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा बुधबार बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सार्वजनिक स्थानमा भीडभाड कम गराउनका लागि यस्तो निर्णय गरिएको जनाइएको छ । समितिले सार्वजनिक स्थानहरूमा प्रवेश गरेर सेवा लिन परे अनिवार्य माघ ७ गतेदेखि खोप कार्ड बोकेर हिँड्न भनेको छ । यद्यपि खोप कार्ड मोबाइलमा खिचेर आवश्

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • काठमाडौँमा तीन व्यक्ति मृत्त फेला

    काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् । यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ–१९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मेयर लक्षित आपत्तिजनक अभिव्यक्ति दिने उपर कार्वाहीको माग

    इनरुवा । नगर प्रमुख राजन मेहता उपर मोसो दली जन कार्वाही गर्न उक्साउन खोजेको भन्दै नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले दिलिपचन साह उपर कार्वाहीको माग गरेको छ । सामाजिक सञ्जाल मार्फत मेयर लक्षित अपमानजनक शब्द सहितको भडकाउ अभिव्यक्ति दिई सर्वसाधारणलाई उक्साउन खोजेको भन्दै काँग्रेस नगर कार्य समितिले सुनसरी प्रशासन समक्ष साहलाई पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याउन माग गरेको हो ।नगर कार्य समितिले विज्ञप्ति मार्फत साहले सामाजिक सञ्जाल मार्फत नगर प्रमुख मेहता उपर जन कार्वाहीका नाममा सार्वजनिक अभिव्यक्तिको प्रतिकारमा उत्रने सम्मको चेतावनी दिएको छ । उसले विज्ञप्तिमा नगर प्रमुखलाई क

    • प्रकाशित मितिः माघ ७, २०७८
    • ४८९ पटक पढिएको
    • अमर काफ्ले
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

    कोरोना भाइरस सङ्क्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । गत महिना आठाँै राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो । मुलुकभर कोरोना भाइरस सङ्क्रमण बढेका कारण शनिबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगन भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । कोरोना बढेसँगै सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सार्वजनिकस्थलमा खोप कार्ड अनिवार्य गरेको छ । यस्तै आज रातिदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ । 

    • प्रकाशित मितिः माघ ७, २०७८
    • ११० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ब्राउनसुगरसहित ३ जना पक्राउ

    भद्रपुर । झापाको बिर्तामोड नगरपालिका–४बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका–१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका–४ का २७ बर्षीय पुणर्लाल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार राती ८ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सङ्कालागि चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट ५ ग्राम प्रतिवन्धित लागूऔषध ब्राउनसुगर बरामद गरेको जिल्लाका डिएसपी बसन्त पाठकले जानकारी दिए । लागूऔषध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप

    • प्रकाशित मितिः माघ ७, २०७८
    • १०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • माेरङमाकरेन्ट लागेर एक जनाकाे मृत्यु

    माेरङमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिका-७ का २५ बर्षीय मदन श्रेष्ठ रहेकाे इलाका प्रहरी कार्यालय सिजुवाले जनाएकाे छ । कार्यालयका अनुसार बिहिबार बेलुका ६ बजे रतुवामाई-९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका श्रेष्ठ खोलाको डिलमा रहेकाे पानी तान्ने ट्युवेल चलाउने क्रममा करेन्ट लागि घाईते भएका थिए । घाइते श्रष्ठलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएकाे छ । घटना सम्बन्धमाथप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • १३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिँदै

    सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ ले निर्दिष्ट गरेअनुसार  ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि, २०७८’ स्वीकृत गरेको छ । ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरिरहेको बोर्डका सूचना अधिकारी शोभित रिजालले जानकारी दिए । 

    • प्रकाशित मितिः माघ ७, २०७८
    • ११४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लागूऔषध विरुद्ध सुनसरी प्रहरीको ‘स्टिङ अप्रेसन’

    सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्रबाट लागूऔषध कारोबार बढेपछि त्यसलाई नियन्त्रण गर्न सुनसरी प्रहरीले सक्रियता देखाएको छ ।  सीमावर्ती क्षेत्रमा लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको सङ्ख्या बढेपछि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले सक्रियता देखाएको हो । खुला सीमाको फाइदा उठाउँदै जिल्लाका विभिन्न सीमा नाकाको हुँदै लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको सङ्ख्या बढेपछि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले चलाएको ‘स्टिङ अप्रेसन’ सफल देखिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा बताउँछन् ।गत असार महिनाको १६ गतेदेखि लागूऔषध नियन्त्रणतर्फ सुनसरी प्रहरीको प्रगति विवरणअनुसार हालसम्म लागू

    • प्रकाशित मितिः माघ ७, २०७८
    • ८९४ पटक पढिएको
    • मिकाइल आलम
  • त्रिविका सबै र लोकसेवाका लिखित परीक्षा स्थगित

    विजयपुर । कोरोना भाइरसको ओमिक्रोन भेरियण्ट सङ्क्रमण दर तीव्र रूपमा वृद्धि भएपछि त्रिभुवन विश्वविद्यालयका वार्षिक तथा सेमेस्टर प्रणालीका सबै र लोक सेवा आयोगले लिने लिखित परीक्षाहरू स्थगित भएका छन् ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयले पुस ९ गतेपछिका कुनै पनि परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो । बिहीबार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकपछि कार्यालयले सूचना जारी गर्दै त्रिविले सञ्चालन गर्ने कुनै पनि परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ । तर, शुक्रबार र शनिबार (आज र भोलि) का निर्धारित परीक्षा तथा प्रवेश परीक्षा भने नरोक

    • प्रकाशित मितिः माघ ७, २०७८
    • १०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाहीको माग

    पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचारका लागि पुर्याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गरी घटनाका दोषीउपर छानविनसहित कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोधसमेत गरेको छ ।टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वा

    • प्रकाशित मितिः माघ ७, २०७८
    • ५६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved