Trending Tags

समाचार

    Showing १०१-११० of १४,२१३ items.
  • तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

    तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनिहरुलाई  कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई  सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक सागर घिमिरेले जानकारी दिए ।स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेको छ । यस्तै सुत्केरी सेवा पनि नियमित सञ्चालन गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत चार मध्ये तीन जनालाई प

    • प्रकाशित मितिः माघ ९, २०७८
    • ५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ढुङ्गाले थिचेर एकको मृत्यु

    मेलम्ची नगरपालिका–३ हैबुङमा ढुङ्गाले थिचेर एक जनाको ज्यान गएको छ । बर्दिया घर भएका अन्दाजी ४० वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।आज दिउँसो ३ बजे हैबुङ पाटीभञ्याङ सडक स्तरोन्नति गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिचेर स्काभेटर चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

    काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ ।केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिकरुपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिए

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्रोत नखुलेको रु ५० लाखसहित पाँचजना पक्राउ

    विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले  विगत पाँच दिनमा स्रोत नखुलेको रु ४६ लाख चार हजार २०० र रु १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब रु तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए ।  प्रहरीले गत माघ ३ गतेका दिन जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नपा–३ बस्ने २३ वर्षीय सहाउद्दिन राईनलाई स्रोत नखुलेको रु ३० लाखसहित पक्राउ गरेको थियो । त्यस्तै सोही दिन जलेश्वर नपा–३ स्थित जि

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आइतबार देशभरका अदालतमा शोक बिदा

    सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतबार शोक बिदा दिने निर्णय गरेको उल्लेख छ ।पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो । सरकारी सेवामा २०१५ सालमा प्रवेश गर्नुभएका शर्मा २०१७ सालमा कानून मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्दै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

    वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए ।“विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ”, उनले भने, “अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना, नास्ता र अस्पतालबाट उपलब्ध हुने औषधिसहित उपचारलाई निःशुल्क गर्ने व्यवस्था मिलाएका छौँ ।”कोभिड–१९ को सङ्क्रमण दर बढ्दै जाँद

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हिमपात भएपछि खप्तड आउने पर्यटक बढे

    डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको त्यहाँ गएर आएका पर्यटकहरु बताउँछन् । हिमपातपछि यहाँका डाँडाकाँडा निकै रमणीय तथा सेताम्मे भएका छन् । गएको पुस १४ गते पहिलोपटक हिमपात भएको खप्तड क्षेत्रमा माघ ५ गते रातिबाट पुनः हिमपात भएको हो । खप्तडमा हिमपात भएपछि यहाँ आएका आन्तरिक पर्यटकहरु निकै रमाइरहेको बताइएको छ । हिमपातपछि यहाँ रमाइलो गर्नका लागि दै

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ६९ पटक पढिएको
    • रासस
  • कडा साइबर सुरक्षा ऐनको माग

    नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन÷नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ । प्राधिकरणले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै दिनहुँ साइबर सुरक्षामा जोखिम बढिरहेको, सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी तथा आपराधिक क्रियाकलाप बढिरहेको भन्दै जतिसक्दो चाँडो साइबर सुरक्षा ल्याउनुपर्ने माग गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषत्तोम खनालले राज्य डिजिटल नेपालमा रुपान्तरण भई डिजिटल अर्थतन्त्र निर्माणको क्रममा रहेको अवस्थामा सरकारले साइबर सुरक्षा ल्याउनुपर्ने आवश्यकता औँल्याए। प्राधिकरणले नेपालको बजारम

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

    कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली लागू गरिएको हो । प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ ।यसैगरी जि

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ६५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुन्तला कृषक चिन्तित

    धनकुटा । अघिल्ला वर्षहरूमा १० लाखको सुन्तला बेचेका सहिदभूमि गाउँपालिका वडा नं.४ खोकु बाहुनटोलका कृषक छत्रमान राई यतिबेला चिन्तित छन् । लगातार ३–४ वर्षयता रोगले सुन्तला बगान मासिएपछि चिन्तित देखिएका उनले यो वर्ष सुन्तला बिक्रीबाट ५ लाख मात्र कमाएको बताए । अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन कम भएपछि राईले मात्र होइन, बाहुनटोलका अधिकांश सुन्तला कृषकले राम्रोसँग आम्दामी लिन सकेनन् । अघिल्लो वर्ष १२ लाख बराबरको सुन्तला बेचेका अर्का कृषक शङ्करमान राईले यस पटक भने ७ लाख रुपैयाँको सुन्तला बेचे । त्यस्तै अर्का कृषक केहरमा राईले पनि यो वर्ष सुन्तला अघिल्लो वर्षको तुलनामा आधा घटी अर्थात्

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ६८ पटक पढिएको
    • सन्तवीर लामा

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved