समाचार

    Showing ९१-१०० of ४,०१२ items.
  • धरान ६ पानबारीमा बदेलकाे सिकार गर्ने ४ सिकारी हतियार सहित पक्राउ

    ब्लाष्टखबर । धरान उपमहानगर ६ पानबारीमा भरूवा वन्दुक र मृत बदेल सहित ४ जना  पक्राउ परेका छन् ।  पानबारीमा रहेकाे प्रहरी चौकीबाट खटिएकबाे गस्ती टाेलीले विशेष सुचना तथा सुराकीका अाधारमा उनीहरूलाईमध्यराती चारकाेसे झाडीकाे जङ्गलबाट बदेल  मारेर फर्कदै गर्दा गौडे आहालबाट पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।  पक्राउ पर्नेहरुमा धरान ६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु दाहाल रहेका छन् । उनिहरूकाे साथबाट १० केजी बराबरकाे मृत बदेल र २ नाल भरूबा बन्दुक फेला परेकाे कार्यालयले जनाएकाे छ । बदेल मारेर ज

    • प्रकाशित मितिः माघ १७, २०७६
    • २,४७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ब्राउन सुगरसहित ७ पक्राउ

    बिर्तामोड । लागूऔषध ब्राउन सुगरसहित ७ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । ब्राउन सुगर ओसार पसार नियन्त्रणमा सक्रिय रहेको बिर्तामोड प्रहरीले बिहीबार एकैदिन ८ ग्राम २८ मिलिग्राम ब्राउन सुगर सहित ७ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले अर्जुनधारा र बिर्तामोड नगरपालिकाका तीन स्थानबाट लागू औषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बाट सोही स्थानका प्रविण महतारा, देवराम बराइली र कनकाई नगरपालिकाका पंकज उप्रेतीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथबाट २८ मिलिग्राम ब्राउन सुगर र २० ग्राम जति कम

    • प्रकाशित मितिः माघ १७, २०७६
    • २१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोशी टप्पुमा दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’

    धरान / चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु बन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोसीटप्पु बन्यजन्तु आरक्षमा मात्रै ५ सय २६ प्रजातिका चराहरु पाइने रेकर्ड छ । पछिल्लो समय आरक्षमा सेतो पेटे रानी चरी नामक प्रजातीको चरा फेला परेको हो । विश्वमै दुर्लभ मानिने उक्त चरा नेपालको कोशी टप्पुमा फेला परेको कोशी टप्पु वर्ड वाचिङ्ग क्याम्पका संचालक कुरबान मंसुरीले जानकारी दिए । चराको आकार एकिन नभए पनि टाउको वरपर खैरो,पेट सेतो र पछाडिको भाग कालो रंग भएको चरा फेला परेको हो । नेपाली नाम ‘सेतो पेटे रानी चरी’ र अग्रेजी नाम ‘एसी मेनीभेट’ न

    • प्रकाशित मितिः माघ १७, २०७६
    • ३३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • केरामा ‘गभारो’ रोग

    (जाँते, मोरङ)/ मोरङको उत्तरी क्षेत्रको मिक्लाजुङ गाउँपालिका–५ खोलीटार केराखेतीका लागि परिचित भएको ठाउँ हो । यहाँ सिङ्गो गाउँका कृषक केराखेतीमा आबद्ध छन् । करिब पाँच सय घरपरिवार व्यावसायिक रूपमा लोकल केराखेती गर्दै आएका छन् । अहिले यहाँ पसाएको केराको बोटमा ‘गभारो’ रोगले बोट सुक्न थालेपछि कृषक चिन्तित भएका हुन् । पसाएका केराका अधिकांश बोटमा रोग देखिएको छ । पसाएका केरा सुक्ने र बोट नै ढल्ने गरेको कृषकहरू बताउँछन् । यहाँका कृषकले केराको बोटमा लागेको रोगलाई स्थानीय भाषामा ‘गभारो’ भन्ने गरेका छन् । साढे २ बिघा क्षेत्रफलमा लगाएको केराको बोटमा किरा लागेपछि बोट सुक्न थाल

    • प्रकाशित मितिः माघ १७, २०७६
    • १६६ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • उठेन फोहोर, दुर्गन्धित इटहरी

    इटहरी/ निजी संस्थाले बिहानभरि लगाएर सङ्कलन गरेको फोहोर ट्याक्टरमै थन्किएपछि इटहरी दुर्गन्धित भएको छ । तीन दिनदेखिको फोहोर नफाल्दा समस्या उत्पन्न भएको हो । इटहरी उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँको व्यवस्था नगर्दा फोहोर सङ्कलन गरेर पनि फाल्न नपाएको निजी संस्थाले जनाएको छ । लोड गरेको फोहोर फाल्ने ठाउँ नपाएपछि ट्याक्टरमा सङ्कलित फोहोर इटहरी उपमहानगरपालिका प्राङ्गणमा राखिएको छ । फोहोर लोड गरेका ट्याक्टर रातभर त्यहीँ रहेका छन् । लामो समयदेखि फोहोर फाल्दै आएको ठाउँ चारकोसे झाडीमा विवाद बढेपछि अहिले फोहोर फाल्ने ठाउँ नहुँँदा फोहोर उठ्न नसकेको हो । वेस्ट एण्ड इन्भारोम्यानेजमेण्टका व्यवस्थापक भरत गि

    • प्रकाशित मितिः माघ १७, २०७६
    • ३६१ पटक पढिएको
    • धनबहादुर पुरी
  • नगदसहित भेटिएको ‘पर्स’ धनीलाई फिर्ता

    धरान/पसल अगाडि फेला पारेको नगदसहितको पर्स धरान–१३ का एक दम्पत्तीले फिर्ता गरेका छन् । धरान–२ निकेतन गल्लीमा सिसाको फ्रेमिङको व्यापार गर्दै आइरहेका जयकिशोर र गीता जयसवालले धरान–६ प्रगतिचौककी रिना राईलाई धरान प्रहरीको रहोबरमा बिहीबार फिर्ता गरेकी हुन् । गीता जयसवालले पसल बन्द गर्ने समय बुधबारको करिब ४ बजेतिर पर्स फेला पारेकी थिइन् । फेला पारेपछि श्रीमान् जयकिशोरले फेसबुकमार्फत् सूचना जाहेर गरेका थिए । ‘श्रीमतीले पसल बन्द गर्न लाग्दा पर्स फेला पारेकी रहिछन्, त्यसपछि मैले फेसबुकमा सूचना हालिदिएको थिएँ’ जयकिशोरले भने । फेसबुकमार्फत् नै जानकारी पाएपछि रिनाले पनि उनला

    • प्रकाशित मितिः माघ १६, २०७६
    • २६९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्राकृतिक सम्पदालाई विगारेर भौतिक संरचना निर्माण भएकोमा युमा साम्यो महासभाको आपत्ति

    ताप्लेजुङ । युमा साम्यो महासभाले लिम्बूहरुको शिरलाई बिगारेर प्रकृति पूजक युमा साम्योहरुको अपमान हुने गरी भौतिक संरचना निर्माण भएकोमा आपत्ति जनाएको छ । उसले विहिवार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपको साँघुमा रहेको चोत्लुङ अर्थात् मनोकाँक्षा पूरा हुने पवित्र स्थल हातामै फाल्गुनन्दको सालिक निर्माणले प्रकृति पूजकहरुको अपमान भएकोले त्यसलाई तुरुन्त रोक्न माग गरेको हो । आफुलाई प्रकृति पूजक पक्षधरहरुको संस्था दावी गर्ने साम्योमा आबद्ध अगुवाहरुले किराँत धर्म गुरु फाल्गुनन्दलाई ‘हिन्दुकृत जोसमनीपन्थी’को समेत संज्ञा दिएका छन् । लिम्बू समुदाय

    • प्रकाशित मितिः माघ १६, २०७६
    • १३३ पटक पढिएको
    • बसन्त लिम्बू
  • भारतकाे केरला राज्यमा कोरोना भाइरस संक्रमित भेटिए

    ब्लाष्टखबर । भारतकाे केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको छ । चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चीनमा १७० को ज्यान लिइसकेको कोरोना भाइरस  विश्व भरी फैलिदै गर्दा भारतमा करिब पाँच सय बिरामीलाई कोरोना भाइरस संक्रमण हुन सक्ने अासंकामा निगरानीमा राखिएको छ । नेपालमा पनि एक विद्यार्थीमा यो भाइरसको लक्षण देखिएको छ ।

    • प्रकाशित मितिः माघ १६, २०७६
    • १७८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राजकुमार कार्कीका कविता: प्रतिरोधी चेतना आस्थाको गाण्डीव

    प्रतिरोधी चेतना आस्थाको गाण्डीव ‘आस्था चाहिन्छ, विश्वास चाहिन्छ,अनि मात्र खोजेको वस्तु पाइन्छ,कल्पना र सपना त क्षणिक सुखानुभूति मात्र हो,बाँच्नका लागि त सतिसालजस्तै जिन्दगी चाहिन्छ ।’ (सतिसाल जिन्दगी ः पृ.२५) चट्टानी आस्थाको यही मन्त्र–कविताबाट आफ्नो काव्यिक उचाइको उडान भरेका छन्, सबल पत्रकार, सरल समाजसेवी र अथक मुक्तियोद्धा कवि राजकुमार कार्कीले । विद्रोहको पर्याय कार्कीको कलम प्रेममा जति नरम देखिन्छ, उति नै कठोर भएर अघि बढ्छ, देश र जनताको स्वाधीनता, स्वाभिमान र सामाजिक विसङ्गतिको सन्दर्भमा । उनी आस्थाको कलमी गाण्डीव धनु बोकेर समयका कौरवहरूसँग आजीवन प्रतिरोध गरिरहन्छन्, नि

    • प्रकाशित मितिः माघ १६, २०७६
    • १९८ पटक पढिएको
    • प्रा.डा.भीम खतिवडा
  • २५ लाखमा गैंडाको खाग खरिदबिक्री गर्न खाेज्ने दुई पक्राउ

    ब्लाष्टखबर । गैंडाको खागसहित काठमाडौं महानगरपालिका-८ चावहिलका खब खत्री  र बाजुराको बुढीगंगा नगरपालिका-६ का दिनेश थापा पक्राउ परेका छन् । खाग खरिदबिक्री हुन लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ काठमाडौं हानगरपालिका-७ चावहितबाट उनीहरुलाई पक्राउ गरेको हो ।  २५ लाखमा उनिहरूले खागकाे बिक्री गर्न लागेकाे जनाएकाे छ । उनिहरू बस्ने  कोठा र  शरीरको  खानतलास गरी प्रहरीले एक थान गैंडाको खाग बरामद गरेको महानगरीय प्रहरी वृतले जनाएकाे छ । उनिहरूमाथी थप अनुसन्धान भइरहेको वृतले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १६, २०७६
    • १३६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved