धरानमा एक युवाले आफ्नै आमा माथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिकाको वडा नम्बर १४ स्थित हात्तीसारमा बस्दै आएको ४२ वर्षीय शान्ति सुवेदीलाई आफ्नै छोरा २५ वर्षीय सौगात सुवेदीले खुकुरी प्रहार गरेका हुन् । छोराको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी शान्तिको उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । आमामाथि खुकुरी प्रहार गरेका सौगातले आफ्नो घाटी समेत रेटेकाले उनको धरान स्थित वीपीकोइराला स्वस्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिकाको १७ नम्बर वडामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी केन्द्रबाट दोस्रो कार्यकालकालागी वडाध्यक्षमा उमेदवारी दिएका मनोज भट्टराईले २१ सय ७६ मत ल्याएर विजयी भएका हुन्। उनले यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भइ एक कार्यकाल पुरा गरिसकेका छन् । भट्टराईसंगै वडाध्यक्षमा प्रतिस्पर्धा गरेका नेकपा एमालेकी कल्पना शेर्पाले १३ सय २ मत पाएकी छन् भने नेपाली काँग्रेसका नरसिंह राईले १४ सय ३६ मत पाएका छन् । वडाको सदस्यहरूमा माओवादी केन्द्रका उमेदवार महिला सदस्यमा १८ सय ८५ मत प्रप्त गरेकी छन्
बराहक्षेत्र । सुनसरीकाे बराहक्षेत्र नगरपालिकाकाे नगर प्रमुख पदमा ५ दलिय गठबन्धनका उमेदवार नेपाली काँग्रेसका रमेश कार्की विजयी भएका छ्न । निर्वाचित कार्कीले १९ हजार २ सय ९३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी निवर्तमान नगर प्रमुख नेकपा एमालेका निलम खनाल भने ५ हजार १ सय ५४ मतले पछि पर्दै १४ हजार १ सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत रमेश श्रेष्ठले बताए । उपप्रमुखमा भने नेकपा एमालेकी नन्द कुमारी राईविजयी भएकी छिन । राईले १५ हजार ७ सय ६६ मतले विजयी हुँदै गठबन्धनकी उमेदवार नेकपा माओवादी केन्द्रका अमित गौतम ५ हजार २ सय २२ मतान्तरले पछि पर्दै १०
धरान १५ मा नेकपा एमालेकाे प्यानल विजयी भएकाे छ । अधिकृतले सार्वजनिक गरेको अन्तिम परिमाण अनुसार एमालेका वडाध्यक्षका उमेदवार नरेश इवारमले ३६०८ मत प्राप्त गरि निर्वाचित भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुवास खवासले१८८२ मत प्राप्त गरेका थिए। इवारमले १७२६ मतको अन्तरलेपछि पार्दै दाेस्राे कार्यकालका लागि विजयी भएका हुन् । यस अघि २०७४ सालकाे निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका उनले एककार्यकाल पुरा गरिसकेका छन् । वडाकाे सदस्यहरूमा एमालेबाट महिला सदस्यमा सृजना नेपालले २६८३, दलित महिला सदस्यमा रचना नेपाली २६३९,खुला सदस्यम
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनिहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेकि छिन्। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी हुन् ।
सुनसरी । अल्पसङ्ख्यक मुसहर समुदायका २७ वर्षे युवाले वडाध्यक्ष निर्वाचित हुँदै इतिहास बनाउन सफल भएका छन् । कोसी गाउँपालिका–७ बाट वडाध्यक्ष पदमा लालदेव सदा विजयी बनेका छन् । उनले नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका थिए । सदासहित प्यानलै विजयी बनेको छ । अन्तिम मतपरिणाम अनुसार सदाले लोकप्रिय मत पाए । २ हजार ४ सय ९९ खसेको मतमध्ये ११ सय मत प्राप्त गर्दै प्रत्यासी नेपाली काङ्ग्रेसका रामचन्द्र महतो कोइरीलाई पराजित गरे । कोइरीले ४ सय ४२ मत मात्रै प्राप्त गरेका थिए । कोइरी निवर्तमान वडाध्यक्षसमेत हुन् । व्यवस्था फेरियो, अवस्था फेरिएनसदा सामान्य परिवारका व्यक्ति हुन् । साविक हरिपुर गाविस वडानम्बर
भद्रपुर । झापाको गौरीगञ्जबाट बलात्कार अभियोगमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो । २०७४ साल जेठ ३ गते १४ वर्षीया एक बालिकालाई सोही ठाउँको गहते जङ्गलमा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि बालिकालाई बेहोस बनाएर उनी फरार भएका थिए ।उनी उदयपुरबाट फरार भएर भारततर्फ भागेको र प्रहरीले खोजी गरिरहेको थियो । तर, स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरीका लागि उनले आवेदन दिएका थिए । छनौट प्रक्रिया पूरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले ज
धरान । गायिका जुनी खालिङ राई र गायक चोत्लुङहाङ लिम्बूको स्वरमा ‘झलमल खुल्छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।पूर्वेली गीत गायनमा सक्रिय जुनी र पूर्वाञ्चल गट ट्यालेन्ट–४ का गायनतर्फका विजेता चोत्लुङहाङको लोकभाकाको यो गीत गायिका जुनीको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । जीवन खालिङ राईको शब्द र अनिल कोयी राईको सङ्गीत रहेको गीतको एरेञ्ज कृष्णभक्त राईले गरेका छन् । गीतको स्टुडियो भिडियोको छायाङ्कन योगेन मुकारुङ र सम्पादन जीवन मुकारुङले गरेका हुन् ।
विजयपुर । धरानमा किरात राईहरूले उँभौली पर्वको अवसरमा साकेला शिली प्रदर्शन गरेका छन् । शनिबार प्रकृतिपूजक किरात राईहरूले कुलपितृको पूजा गर्दै साकेला शिली प्रदर्शन गरेका हुन् । साकेलाको अवसरमा पितृको सम्झना गर्दै भलबाढी नआओस्, अन्नबाली सप्रियोस्, प्राकृतिक प्रकोप नओस् भन्ने कामना गर्दै साकेला पर्व मनाउने गरेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए । साकेला प्रदर्शनीमा भेला भएका किरात राईहरूले प्रदेश १ को नाम किरात राख्न माग गरेका छन् । किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा भएको कार्यक्रमको १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरेका थिए ।धरानका
धरानबाट क्रियाशील पत्रकार महिलाद्धारा प्रकाशित हुदै आएको दिव्य रोशनी साप्ताहिक पत्रिकाको १८ औं बार्षिक समारोहको अवसरमा धरानका ती संचारकर्मी पुरस्कृत भएका छन् । पुरस्कृत संचारकर्मीहरुमा व्लाष्ट टाइम्स दैनिकका सम्पादक गोपाल दाहाल, कान्तिपुरका प्रदीप मेन्याङ्बो र गोरखा पत्रका महिला संचारकर्मी रहेका छन् । पत्रिकाका सम्पादक तथा प्रकाशक मनिता चाम्लिङ्का बुवा क्विन्स गोर्खा ईन्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको उत्कृष्ट सामाजिक पत्रकारिता सम्मानद्धारा कान्तिपुरकर्मी प्रदिप मेन्याङ्वो र गोर्खापत्र दैनिकका पत्रकार निशा राईलाई सम्मान गरिएको थियो । पत्रिकाका सम्पादक
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved