ब्लाष्टखबर । नेकपा ओली समुहकाे संसदीय दलको बैठक आज बस्ने भएकाे छ । दिउँसो ३ बजे बालुबाटारमा बूनलागेकाे उक्त बैठकले प्रतिनिधिसभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने बताइएकाे छ । ओली समुहले उक्त बैठकका लागी प्रचण्ड–माधव समूहका सांसदहरुलाई पनि बाेलाइएका छ । नेकपाकै अर्काे खेमा प्रचण्ड–नेपाल समूहकाे यस अघि शुक्रबार नै संसदीय दलको बैठक बसकाे थियाे । उक्त बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।
विराटनगर / क्रसर उद्योगी भीम पौडेलको महादेवा मिनिरल इण्डष्ट्रिज र शिवम् क्रसरले मापदण्ड विपरीत केराबारी–८ खदम खोलाछेउको निजी जग्गामा गरेको उत्खनन्ले सिंचाइका चारवटा कुलो भत्काइदिएको छ । खदम खोलामा बाँध बाँधेर सिंचाइका लागि बनाइएको चारवटा कुलो मापदण्ड विपरीत उत्खनन् गर्दा भत्किएको स्थानीयको भनाइ छ । सिसौली, सुकुना, जिमनारी र निकासी कुलो अवैध उत्खनन्ले भत्काइदिएको जितबहादुर बस्नेतले बताए । ‘प्रतिबिघा ५ सय रुपैयाँका दरले उठाएर खोलामा बाँध बाँधेर कुलो बनाएका थियौं’ उनले भने, ‘खदम खोला र त्यस छेउमा भएको जथाभावी उत्खनन्ले अहिले सबै कुलो भत्किएको छ । यहाँका किसान सिंचाइविहीन छन् ।’केराबारी–८ आमजुँगीक
पथरी / मोरङको सुनवर्षी नगरपालिका–८ का अध्यक्ष नुरुल मियाँले दोहोरो नागरिकताको फाइदा उठाउँदै भारतीय बैङ्कमा रकम जम्मा गरेर पदीय दुरुपयोग गरेको वडासदस्यहरूले नै दाबी गरेका छन् । जनता आवासलगायतको कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीस्थित कार्यालयमा उजुरी परेको छ भने दोहोरो नागरिकता रहेको प्रमाणसहित छुट्टै उजुरी पनि दिइएको छ । उनले नेपालमा कारोबार गर्ने र रकम भारतमा जम्मा गरेर पदीय दुरुपयोग गरिरहेको वडासदस्यहरूले बताए । वडाध्यक्ष नुरुल मियाँविरुद्ध वडासदस्यहरूले दोहोरो नागरिकता राखेको र वडामा विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्
भण्टाबारी / सुनसरी भन्सार कार्यालयको तथ्याङ्कमा आयात पौने दुई अर्बको हुँदा निर्यात शून्य रहेको देखाएको छ । चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ७३ करोड ६७ लाख ३ हजार रुपैयाँको आयात भएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजको तथ्याङ्क छ । तर, निर्यात भने शून्य छ । भन्सार कार्यालयका अनुसार खाद्यान्न सबैभन्दा बढी आयात भएको छ । त्यसमा पनि आलु, प्याज, चामल, मकैको आयात बढेको हो । आर्थिक वर्ष २०७६/०७७ सालमा ९ करोड २७ लाख ४० हजार मूल्य बराबरको चामल आयात भएकोमा चालु आर्थिक वर्षको आठ महिनामा मात्रै १५ करोड ३० लाख ३५ हजार बराबरको चामल आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९४ दशमलव ४० प्र
सञ्चार र व्यवहार दुबैमा समावेशी कानून हुनुपर्ने मागसहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको दुई दिने भेला सुनसरीको रामधुनीस्थित रास तालमा सुरु भएको छ । पहिलो दिनको सत्रमा आदिवासी जनजातिको हकअधिकार र अग्राधिकारका बारे पत्रकार संवेदनशील हुनुपर्ने आमन्त्रित अतिथिले विचार राखेका छन् । आदिवासी अभियन्ताहरुले उठाउँदै आएका ‘खुवालुङ’ लगायतको संरक्षणका विषयमा समेत आवाज उठेको छ । संविधानको प्रस्तावनामै मुलुक समाजवाद उन्मुख हुने परिकल्पना गरिएको स्मरण गर्दै आदिवासी अभियन्ता तथा नेपाल आदिवासी जनजाति महासंघका नेता तिलक राईले समाजवादको बाटो खन्न समेत आदिवासी जनजातिको अधिकार स्था
ब्लाष्टखबर । प्रहरीले धरान ५ देवीगाउँबाट गाँजासहित दुइजनालाई पक्राउ गरेको छ । विहिबार दिउसो करिव १ बजे देवीगाउँ स्थित देवकला खाजा एण्ड हुक्का हाउसबाट एक किलो दुईसय ग्राम गाँजासहित भोजपुरको हतुवागढी गाउँपालिका ९ का २४ वर्षीय आकाश खड्का र ९ नम्बर वडाका ३१ वर्षीय टिकाराम कार्की पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका अनुसार शंकाको आधारमा उनिहरुमाथी चेकजाच गर्दा सोपरिमाण्को गाँजा वरामद भएको हो । बरामद गाँजासहित पक्राउ परेका दुबैमाथी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । त्यस्तै, बुधबार धरान १३ भृक
ब्लाष्टखबर । प्रधानमन्त्री केपी ओलीले विप्लम नेतृत्व नेकपा शान्ति प्रक्रियामा खुसी व्यक्त गर्दै महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् । सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवलाइ बधाइ दिदै भने ' उहाँले जुन साहसिक कदम चाल्नु भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु ।’उनले नेपालि जनताले शान्ति खोजेको र सो आकाँक्षा आज पुरा भएको भएकाे बताएका छन् । उनले भने ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा
ब्लाष्टखबर। सरकार र विप्लपबिच भएकाे तीन बुधे सहमती पालना गर्न प्रतिबद्ध रहकाे नेकपाका महासचिव विप्लवले जनाएका छन् ।बुधबार र बिहबार दुबै पक्षका प्रतिनिधि विच भएकाे सहमतीपछि आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षरपछि बोल्दै विप्लवले सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।उनले युद्धको अन्त्य कम्युनिष्टले मात्रै गर्न सक्ने बताउँदै उनले भने, ‘घुम्दै रुम्जाटार पुग्ने राजनीतिक स्थितीमा परिवर्तन हुनुपर्छ । हातेमालो गर्न हामी तयार छौँ ।’ उनले सहिदको सपना पूरा नहुन्जेल नेपाली जनता र नेपाल राष्ट्रको भविष्यका लागि निरन्तर लागिरहने बताउँदै
ब्लाष्टखबर । सरकार र विप्लवका प्रतिनिधि बिच तीन चरणमा भएकाे वार्ता सफल भएपछि दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं गएका छन्। शुक्रबार नवलपुरबाट निजीनम्बर प्लेटको गाडीमा सवार विप्लव १२ बजे काठमाडाै पुगेकाे हानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएकाे छ । दिउँसो दुई बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने छन् । उनहनिहरूले साेहि समाराेहमा विस्तृत सम्झौतामा हस्ताक्षर गर्ने बताइएकाे छ । उक्त कार्यक्रमका लागी बिहानै हिडेका विप्लवलाइ प्रहरीले स्कर्टिङ गरी का
ब्लाष्टखबर । धरानकाे चारकाेशे झाडीमा सडिएकाे अवस्थामा मानव शव फेला परेकाे छ । धरान ८ तिनकुने देखी केहि तल रहकाे पानिट्याकी नजिकै सडिएर सुकिसकेकाे अवस्थामा शव फेला परेकाे इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् । उनका अनुसार आज बिहान वन हेरालुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएसंगै घटना स्थल पुगेकाे प्रहरी टाेलीले उक्त स्थानमा मुचुल्का उठाँउने काम भइरहेकाे छ । शव पूर्ण रूपमा सडिएकाेले महिला वा पुरूष भन्ने छुट्याउन नसकिएकाे भएपनि लगाPकाे कपडाका आधारमा पुरूष हुनसक्ने डिएसपी बस्नेतले बताएका छन् । उनले भने
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved