खेलकुद

    Showing ८१-९० of १,६५७ items.
  • इङ्ल्याण्डको टिममा नेपाली छोरी

    धरान/ नेपालीमूलकी अस्मिता आले इङ्ल्याण्डको महिला अण्डर–१९ को राष्ट्रिय टिममा पर्न सफल भएकी छन् । सात वर्षको उमेरदेखि नै एस्टन भिल्लामा आबद्ध भएकी १७ वर्षीया आले युइएफए महिला अण्डर १९ च्याम्पियनसिपको छनौट प्रतियोगिताका लागि टिममा परेकी हुन् । उनले सेण्टर ब्याक खेल्दै आएकी छन् । नेपालीमूलबाट पहिलो पटक उनको उमेर समूहमा राष्ट्रिय टिममा पर्ने उनी पहिलो खेलाडी हुन् । अण्डर १७ मा पनि यसअघि उनी इङ्ल्याण्डको जर्सीमा खेलिसकेकी थिइन् । त्यो बेला उनले इटाली, स्पेन र जापानविरुद्धको खेलमा आफ्नो उपस्थिति देखाएकी थिइन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्न सफल आले एस्टन भिल्लाको पहिलो रोजाइमा परेकी

    • प्रकाशित मितिः आश्विन १७, २०७६
    • ६७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रात्रिकालीन क्रिकेटमा नेपाल पुलिस र आर्मी विजयी

    इनरुवा/ सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पछिल्ला खेलहरूमा नेपाल पुलिस क्लब र आर्मी विजयी भएको छ । वर्षाका कारण तीनदिन खेल अवरुद्ध भएका कारण दुई खेल खेलाइएको हो । समूह बी को पहिला खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विराटनगरलाई पराजित गर्दा दोस्रो खेलमा नेपाल आर्मीले वीरगञ्जलाई पाखा लगाएको हो । पहिलो खेलमा पुलिसले विराटनगरलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको खेलमा १ सय ६३ रन जोडेको थियो । उसका लागि दिलिप नाथले ४५ तथा अमित श्रेष्ठले ४० रन बनाए भने योगेन्द्र कार्की २३ र प्रेम तामाङले अव

    • प्रकाशित मितिः आश्विन १६, २०७६
    • १७९ पटक पढिएको
    • अमर काफ्ले
  • झापा स्पोर्ट्स अवार्ड उमेश र एस्तरलाई

    बिर्तामोड/ झापा स्पोर्ट्स अवार्ड २०७५ को वर्ष उत्कृष्ट खेलाडी उमेश राई र एस्तर राई घोषित भएका छन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर कराँतेकी खेलाडी हुन् । पुरुषतर्फ उमेश र महिलातर्फ एस्तर वर्ष खेलाडी हुन सफल भएका हुन् । उनीहरूले २०७५ सालमा पाएको मेडल, शिल्ड र प्रदर्शनका आधारमा वर्ष उत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत भएका हुन् । उनले अवार्ड जित्दै एक थान मोटरसाइकल पाए । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनकै राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसिया च्याम्पियन हुन् । उमेश रोजगारका शिलशिलामा कुवेतमा छन् । उनको अवार्ड बुवा रामबहादुर राईले ग्रहण गरे । स्पोर्ट्स

    • प्रकाशित मितिः आश्विन १५, २०७६
    • १८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पर्यटन प्रवद्धनका लागि धरानमा अन्तर्राष्ट्रिय स्तरको साहसिक खेल प्रतियोगिता हुदैं

    धरान / धरान उपमहानगर अन्तर्गतको धरान खेलकुद बिकास समितिले भिजिट २०२० लाई लक्षित गर्दै धरानमा वृहत अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्नका लागि पर्यटन तथा संस्कृति मन्त्री योगेस भट्टराईलाई प्रस्तावना पत्र बुझाएको छ । आज पर्यटन तथा संस्कृति मन्त्रालयमा भेटेर १५ दिने साहसिक खेलकुद प्रतियोगिता संचालन गर्ने प्रस्ताव बुझाएको हो । समितिका संयोजक सुवास राईको नेतृत्वमा मन्त्रालयमा पुगेर अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ्ग प्रतियोगिता, अन्तर्राष्ट्रिय क्रसकन्ट्री साइक्लिङ्ग प्रतियोगिता र गल्फ प्रतियोगिता गर्न प्रस्तावना बुझाएको हो । राष्ट्रिय खेलकुद परिषदले प्याराग्लाइडिङ, साईक्लिङलाई साहसिक खे

    • प्रकाशित मितिः आश्विन १४, २०७६
    • २७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उत्तमलाई मिस्टर धरानको उपाधी

    धरान / धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा शनिबार भएको फिटनेस प्रतियोगितामा उत्तम खत्रीले मिस्टर धरानको उपाधि जितेका छन् । सुनसरी जिल्ला बडिबिल्डिङ तथा फिटनेश संघले आयोजना गरेको प्रतियोगितामा एनीटाइम फिटनेश धरान,१८ सँग आवद्ध खत्रीले २० औं मिस्टर धरानको उपाधि जितेका हुन । उनले उपाधि ट्रफीसँगै नगद एक लाख जिते । प्रतियोगितामा धरान फिटनेश क्लबका ऋतिक घिमिरे दोस्रो भए । यस्तै, भिजन फिटनेशका विनोदकुमार नेपाली तेस्रो भए । चौथो आवर फिटनेशका असित राई घोषित भए । आवर फिटनेशकै विनोद तामाङ पाँचौं भए । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ तौल समुहमा प्रतिस्पर्धा भएको

    • प्रकाशित मितिः आश्विन १२, २०७६
    • १९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वर्षाका कारण रात्रिकालिन शनिवारको खेल स्थगित

    इनरुवा / इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालिन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबारको खेल स्थगित भएको छ ।वर्षाका कारण मैदानमा पानी जमेकाले शनिबार राती हुने खेल स्थगित गरिएको प्रतियोगिता संयोजक सञ्जय यादवले जानकारी दिए ।समूह बी अन्र्तगतको पहिलो खेलमा शनिबार बेलुकी नेपाल पुलिस र बिराटनगरबिच प्रतिष्पर्धा हुने कार्यतालिका रहेको थियो ।शनिबारकालागि स्थगित गरिएको खेल आइतबार खेलाइने आयोजकले जनाएको छ ।समूह बी मा विभागीय टोलीहरु नेपाल पुलिस र आर्मी सहित बिरगञ्ज,धनगढी,बिर्तामोड, झापा र काठमाण्डौं रहेका छन् । समूह ए बाट विभागीय टोली एपीएफ यसअघिनै फाइनल पुगिसकेको छ ।मौसम पूर्वानुमान महाश

    • प्रकाशित मितिः आश्विन ११, २०७६
    • १४० पटक पढिएको
    • अमर काफ्ले
  • आज हुने भनिएको बेलबारी गोल्ड कपको फाइनल खेल स्थगित

    लक्ष्मीमार्ग  / मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको शनिबार तोकिएको फाइनल खेल बर्षाका कारण स्थगित भएको छ ।२ दिनदेखिको निरन्तर बर्षाका कारण शुक्रबार तोकिएको फाइनल खेल समेत स्थगित भएको थियो । शनिबार बिहानैदेखिको बर्षाका कारण खेल स्थगित गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिएका छन । अब फाइनल खेल असोज १४ गते मंगलबार दिउँसो ३ः३० बजे हुने छ । उपाधिका लागी धरान फुटबल क्लब र रोयल क्लब वेष्ट बंगाल भिडनेछन । प्रतियोगितामा बिजयी टिमले ५ लाख र उपबिजेताले २ लाख ५० हजार पाउने छन । गतबर्ष बिजेताले २ लाख २२ हजार र उपबिजेता

    • प्रकाशित मितिः आश्विन ११, २०७६
    • १,०६९ पटक पढिएको
    • विवेक मिश्र
  • एशियाली शारीरिक सुगठनमा मोरङकी रजनी

    एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको ५३ औं संस्करणमा सहभागी हुन मोरङ मिक्कलाजुङ की एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको बटाम प्रस्थान गर्ने भएको छ । असोज १० देखि १६ गतेसम्म हुने प्रतियोगिताको महिला ५५ केजीमा मोरङ मिक्लाज्ङ रजनी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी रहेका छन् । प्रतियोगिताका दौरान हुने एसियाली कोंग्रेसमा सहभागी हुन संघका केन्द्रीय अध्यक्ष राजेशबाबु श्रेष्ठ पनि असोज ११ गते इन्डोनेसिया जादैछन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सद

    • प्रकाशित मितिः आश्विन १०, २०७६
    • २८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेलबारी गोल्डकप: रोयल र धरान एफसी भिड्ने

    लक्ष्मीमार्ग/ लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा उपाधिका लागि पाहुना टोली रोयल क्लब सिलिगुडी भारत र धरान एफसी सुनसरी भिड्ने भएका छन् । बिहीबारका खेलमा रोयलले विभागीय नेपाल एपीएफलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । रोयलबाट निशान लिम्बूले २ गोल गर्दा सञ्जय सुब्बाले एक गोल गरे । खेलको म्यान अफ दी म्याच बनेका रोयल क्लबका निशान लिम्बूले नगद ५ हजार रुपैयाँ पाए । उपाधि भिडन्त शनिबार हुँदै छ । धरानले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई हराउँदै उपाधि होडमा उभिएको थियो ।

    • प्रकाशित मितिः आश्विन १०, २०७६
    • २२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप स्थगित

    बिर्तामोड / प्रतिकुल मौसमका कारण झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप स्थगित भएको छ । असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर आयोजकले खेल तालिका सार्वजनिक गरेको थियो ।निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी र हिलो भएका कारण निर्धारित समयमा खेल सञ्चालन गर्न असमर्थ रहेको भन्दै आयोजक जायोन स्पोर्टस् क्लबले बिहीबार रंगशालामै पत्रकार सम्मेलन गरेर स्थगित भएको जनाएको हो । आयोजक क्लबका प्रवक्ता अविनाश राईले गोल्डकपको सम्पूर्ण तयारी गरिसकेपछि खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नु परेको बताए ।प्रवक्ता राईले कात्तिक २ गत

    • प्रकाशित मितिः आश्विन ९, २०७६
    • १५७ पटक पढिएको
    • प्रेम आचार्य

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved