झापा विर्तामोडमा आयोजित प्रदेश १ स्तरीय ओपन थ्री वाइ थ्री बास्केटवल प्रतियोगिताको उपाधि महिला तर्फ धरान मेघा हिमालयन कलेज र पुरुष तर्फ हाम्रो कलेक्सनले चुमेको छ । विर्तामोड ५ न। वडा खेलकुद समिति द्धारा वुधवार आयोजित एक दिने प्रतियोगिताको महिला पुरुष दुवै उपाधि माथि धरानको टिमले कव्जा जमाएको हो ।महिला तर्फको खेलमा धरान मेघा हिमालयनले विर्तामोड महिला टिमलाई ९–६ र हाम्रो कलेक्सनलले तरहरालाई २१–१९ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएका हुन । महिला तर्फको विजेता टिमले नगद पाच हजार, उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसै गरि पुरुष तर्फका विजेताले नगद १५ हज
धरान । दोस्रो इटहरी आमन्त्रण गोल्डकप भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान फुटबल क्लबले जितेको छ । मङ्गलबार जनता क्याम्पसमा सम्पन्न फाइनल खेलमा हाम्रो भेट्रान फुटबल क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै धरानले नगद १ लाख रुपैयाँसहित ट्रफी पाएको छ । यता इटहरीले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । खेलमा धरानका लागि सागर थापाले ह्याट्रिक पूरा गरे । उनी राष्ट्रिय टिमका पूर्व कप्तानसमेत हुन् । तर, म्याच फिक्सिङको आरोप लागी सफाइ पाएपश्चात् भेट्रान फुटबल खेल्दै आएका छन् । त्यस्तै धरानका लागि जुमानु राईले थप एक गोल गरे । इटहरीबाट लीलाराम मगर र चुनबहादुर थापाले एक–एक ग
विराटनगर । इन्डो–नेपाल टी–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेलमैदानमा मङ्गलबार सम्पन्न फाइनल खेलमा भारतको समशेर क्रिकेट क्लब कानपुरलाई ६ रनले हराउँदै पूर्वाञ्चलले उपाधि जितेको हो । जितसँगै पूर्वाञ्चलले नगद १ लाख ११ हजार रुपैयाँको साथै ट्रफी हात पार्यो । उपविजेता भएको कानपुरले नगद ५१ हजार रूपैयाँमा चित्त बुझायो । टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा २ सय ४ रनको योगफल खडा गर्दै अलआउट भएको थियो । अलराउण्ड प्रदर्शन गरेका पूर्वाञ्चलका मन्जित श्रेष्ठले २६ बलमा ४६
पथरी । १ नम्बर प्रदेशमै उत्कृष्ट डोजाङको पुरस्कार प्राप्त गरेको कानेपोखरी आइटिएफ तेक्वान्दो डोजाङले प्रदेश १ आइटिएफ तेक्वान्दो प्रतियोगितामा ८ जनाले टाइटल जित्न सफल भएको छ । फागुन २७ र २८ गते बेलबारी नगरपालिकास्थित डाँगीहाटमा आयोजित प्रतियोगितामा २ वटा प्रथम, ५ वटा द्वितीय र १ तृतीय स्थान जित्न सफल भएको हो । सोमबार कानेपोखरी आइटिएफ तेक्वान्दो डोजाङले एक कार्यक्रमको आयोजना गरी प्रमाण–पत्र र मेडल प्रदान गर्दै सम्मान गरेको थियो । गाउँपालिका प्रवक्ता तथा वडानम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकी, वडानम्बर ६ का वडाध्यक्ष खड्ग बस्नेतलगायतले सम्मान गरेका थिए । डाँगीहाट आइटिएफ टेक्वान्दो सङ्घ बेलबारीको आ
बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार सम्पन्न फाइनलमा घरेलु टोली झापा–११ लाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापाले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझायो । आर्मीले योसँगै चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो । झापा–११ भने पाँचपटक नै उपविजेतामा सीमित भएको छ । आर्मीलाई उपाधि दिलाउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । फाइनल खेलको म्यान अफ दी म्याच टेकबहादुर बुढाथोकी भए । उनले ९ हजार ९ सय ९९ रुप
धरान । सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको १४ नं. वडाले विजयी सुरुवात गरेको छ । जितसँगै १४ नं. वडाले ३ अंक प्राप्त गरेको छ । १४ नं. वडाले १८ नं. वडालाई २–० गोल अन्तरले पराजित गरेको हो । लिगकम नकाउटको आधारमा भइरहेको प्रतियोगितामा समुह ए को दुई खेल सम्पन्न भएको छ । जसमा वडा नं. १४ र १५ को समान ३ अंक रहेको छ भने ११ नं. वडा र १८ नं. वडाले अंक जोड्न सकेका छैनन् । १४ नं. वडाको जितमा सन्दीप राई र विपिन श्रेष्ठले गोल गरे । राईले खेलको ३४ औं मिनेटमा गोल गरेका हुन् भने श्रेष्ठले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा गोधुलीका उत्कृष्ट आठ टिम सहभागी छन् । दुई समुहमा विभाजन
भद्रपुर । भद्रपुरमा पहिलो पटक रात्रिकालीन वडास्तरीय नकआउट भलिबल प्रतियोगिता हुने भएको छ । भद्रपुर– ५ स्थित भद्रपुर युवा परिवारको आयोजनामा यही चैत ६ देखि ८ गतेसम्म रात्रिकालीन भलिबल प्रतियोगिता हुन लागेको हो । भद्रपुर उच्च माविको खेल मैदानमा आयोजित हुने प्रतियोगितामा नगर क्षेत्रका १० वटा वडाले सहभागिता जनाउने युवा परिवारका अध्यक्ष बिर्जु सहनीले जानकारी दिए । प्रतियोगितामा विजेता टिमलाई नगद ३५ हजार र उपविजेता टिमलाई नगद २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र ट्रफिसहित पुरस्कृत गरिने उनले बताए । रात्रिकालीन प्रतियोगिता सम्पन्न गराउन करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको युवा
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । कोइरालाको १२औँ स्मृति दिवसका अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप’ आगामी चैत ५ र ६ गते काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली (त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब) सहभागी हुने छन् । महिला र पुरुषतर्फ तीन तीन तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुने छ । पहिलो, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ५००, ३०० र २०० अमेरिकी डलर नगद तथा पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । &nbs
धरान/धरान मेघा रेवाहाङ मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिता चैतको दोस्रो साता हुने भएको छ । आयोजक मेघा कलेजले आइतबार पत्रकार सम्मेलन गर्दै चैत १५ देखि १९ गतेसम्म प्रतियोगिता गरिने जनाएको हो । प्रतियोगितामा धरान र धरानबाहिरका गरी करिब १२ टिम सहभागी बन्ने कलेजका अध्यक्ष कैलास लिम्बूले बताए । प्रतियोगितामा एउटा विद्यालयका २ टिम सहभागी बन्न पाउने छन् । जसमा कक्षा १० का विद्यार्थी अनिवार्य सहभागी गराउनुपर्ने प्रावधान राखिएको छ । डिपो स्कुलमा पढेका रेवाहाङ राईको परिवारले अक्षयकोष खडा गरेपछि प्रतियोगिता यसै वर्षबाट सुरुवात गर्न लागिएको हो । बास्केटबलमा उदयिमान खेलाडीका रूपमा रहेका र
विजयपुर । सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको धरान १५ को टिमलाई फुटसल फाइभ क्लबले जर्सी सेट प्रदान गरेको छ ।फाइभले २८ सेट जर्सी प्रदान गरेको धरान–१५ समूहका संयोजक सञ्जिव तामाङले जानकारी दिए । फुटबल प्रतियोगिताको ओपेनिङ खेलमा धरान ११ लाई १ गोलकाविरुद्ध ३ गोलले विजयी बन्दै तीन अङ्क जोडेको छ ।
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved