खेलकुद

    Showing ६१-७० of १,७०७ items.
  • एम्स स्पोट्र्स मिट शुरु

    धरान/ धरान–१२ को एम्स एकेडेमीले मङ्गलबारबाट ‘एम्स स्पोट्र्स मिट’ शुरु गरेको छ । कलेजले स्पोट्र्स मिट अन्तर्गत फुटबल, फुटसल, ब्याडमिन्टन, टेबलटेनिस, चेस, भलिबल र बास्केटल प्रतियोगिता गरिरहेको छ । जसमा कलेजका झण्डै ३ सय विद्यार्थीहरू कुनै न कुनै खेलमा जोडिने कलेजका प्राचार्य मित्र तामाङले बताए । कलेजमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थीहरू सहभागी छन् । फुटबल, फुटसल, ब्याडमिन्टन, टेबलटेनिस, भलिबल र बास्केटबलमा ६–६ वटा टिमहरूबीच प्रतिस्पर्धा भइरहेको कलेजका कोआर्डिनेटर हेमन्त भण्डारीले बताए । उद्घाटनको अवसरमा प्रतियोगिताका खेल संयोजकहरूलाई ट्रयाकसुट वितरण गरिएको छ । कार्य

    • प्रकाशित मितिः माघ १, २०७६
    • १६० पटक पढिएको
    • ब्लाष्ट खबर
  • पानवारी भलिबल कपको पाँचौं संस्करण माघ ६ गतेदेखि

    धरान / धरान–६ स्थित सयपत्री बोइज युनियन क्लवले संचालन गदैं आएको प्रदेश नं १ स्तरीय पानवारी भलिबल रनिङ कपको पाँचौं संस्कबरण माघ पहिलो साताबाट हुुने भएको छ । आयोजक क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म आयोजना हुने जानकारी दिएको छ । धरानको वडा नं ६, पानवारीस्थित सिमल चौरी खेल मैदानमा हुने प्रतियोगिता १० वटा सतरीय टिमले भाग लिने छन् । प्रतियोगिताको विजेताले चाँदीको रनिङ ट्रफीसँगै नगद ७५ हजार पाउने छ । उपविजेताले ४१ हजार पुरस्कार राखिएको आयोजक क्लबका अध्यक्ष एसपजंग रुम्दालीले पत्रकार सम्मेलनमा बताए । क्लवका महासचिव केदार बस्नेतका अनुसार सम्भावित टिमहरुमा १ नं प्

    • प्रकाशित मितिः पुष २९, २०७६
    • ३६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बर्जु महोत्सवमा कुस्ती खेल

    इनरुवा/ सुनसरीको बर्जु गाउँपालिकामा जारी बर्जु महोत्सवमा कुस्ती प्रतियोगिता भएको छ । पुस १८ गतेबाट बर्जु ताल छेउमा सुरु महोत्सवमा विभिन्न स्टल र रमाइलो मेलासँगै कुस्तीका प्रतियोगिता सञ्चालन भैरहेका छन् । महोत्सवमा दर्शकको ध्यान भने कुस्तीतर्फ बढी केन्द्रित देखिएको छ । दैनिक मध्यान्हपछि आयोजना हुने कुस्ती हेर्न गाउँपालिकाका वडासँगै आसपासका गाउँपालिका र विराटनगरबाट समेत दर्शक आउने गरेका छन् । आयोजकले कुस्तीतर्फको दर्शकको क्रेज देखेरै प्रतियोगिताका खेलहरू लमब्याउँदै आएको छ । महोत्सव आयोजक संस्था बर्जु सामुदायिक विकास केन्द्रका उपाध्यक्ष सञ्जीव चौधरीले भने महोत्सवको व्यवस्थापन निकै खर्चिलो र

    • प्रकाशित मितिः पुष २९, २०७६
    • १०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गोधुली कप: धरान–१७ सेमीमा

    धरान/ बीसौं टुबोर्ग गोधुली रनिङ कपमा साविक विजेता धरान–१७ अन्तिम चारमा प्रवेश गरेको छ । धरान रङ्गशालामा आइतबारको दोस्रो क्वार्टर फाइनल खेलमा सर्वाधिक विजेता धरान–१९ लाई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । शुरुवाती अग्रता धरान–१७ बाट खेलको ३७ औं मिनेटमा मिलन राईले गरेका थिए । लगत्तै ४१ मिनेटमा दिवस राईले गोल गर्दै अग्रता दोब्बर पारे । तर, पहिलो हाफको अतिरिक्त समयमा धरान–१९ का निरज लिम्बूले गोल गर्दै अग्रता घटाए । दोस्रो हाफको ९ मिनेटमा धरान–१९ का मिलन राईले गोल गर्दै बराबरी गरे । २ मिनेट नबित्दै धरान–१७ बाट कृष्ण राई

    • प्रकाशित मितिः पुष २८, २०७६
    • १५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कुम्मायक गोल्डकपको खेलतालिका सार्वजनिक

    यासोक (पाँचथर) । यासोक– कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा माघ एक देखि सुरु हुने तेस्रो कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक कुम्मायक स्पोर्टिङ क्लवले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा माघ एक गते कुम्मायक गाउँपालिका र तुम्बेवा गाउँपालिका प्रतिस्प्रर्धामा उत्रिनेछन् । खेल स्थानीय पृथ्वी माविको खेलमैदानमा दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा माघ दुई गते दिउँसो १ बजे फिदिम नगरपालिका र याङ्वरक गाउँपालिकाले खेल्दा सोहि दिन दिउँसो ३ बजे फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाले प्रतिस्

    • प्रकाशित मितिः पुष २७, २०७६
    • ८५ पटक पढिएको
    • रमेश थापा
  • गोधुली कप: धरान–११ सेमीमा

    धरान/ बीसौं टुबोर्ग गोधुली फुटबल रनिग कपअन्तर्गत शनिबारको खेलमा धरान–११ सेमिफाइलनमा प्रवेश गरेको छ । साविक उपविजेतासमेत रहेको धरान–११ ले टाइब्रेकरबाट धरान–१५ लाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयसम्म गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट लिइएको थियो । धरानमा दुवै टिमले सुन्दर अवसर खेर फाल्दा टाइब्रेकरसम्म कुर्नु परेको थियो । धरान–१५ एक पटकको गोधुली विजेता टिम हो । खेलको म्यान अफ दी म्याच धरान–११ का गोलरक्षक सचिन श्रेष्ठ घोषित भए । उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी पाए । आज (आइतबार) साविक विजेता धरान–

    • प्रकाशित मितिः पुष २७, २०७६
    • १८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • येले साँझमा ‘द एज’ को प्रस्तुति

    धरान / किरात राईहरूको नयाँ वर्ष येले दोङ ५०८० को अवसरमा धरानमा ‘तेस्रो येले साँझ’ आयोजना हुने भएको छ ।यसअघि दुई पटक यलम्बर साँझ आयोजना गरिसकेको ब्लिङ्क इभेण्ट म्यानेजमेण्ट प्रालिले यसपटक कार्यक्रमको नाम परिवर्तन गर्दै ‘येले साँझ’ गर्न लागेको हो । माघ ३ गते पब्लिक उच्चमाविको मैदानमा हुने येले साँझमा युवापुस्ताबीच लोकप्रिय ब्याण्ड ‘द एज’ र स्ट्याण्ड र कमेडियन सुजन जिम्बाले प्रस्तुति दिने आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत सहयोग पुर्याउने उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रमबाट अनाथ बालबालिका तथा व

    • प्रकाशित मितिः पुष २६, २०७६
    • २२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एन्फा प्रदेशमा किशोर राई

    धरान / अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को शुक्रबार प्रदेश १ तदर्थ समिति गठन भएको छ । एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्षसमेत रहेका किशोर राईलाई तदर्थ समितिको अध्यक्षमा चयन गरिएको छ ।समितिको उपाध्यक्षमा क्रमशः प्रवीण सुवाल, गणेश राई, दीपक श्रेष्ठ र सुरेश साह छन् । समितिको महासचिवमा अमृत आले, सचिवमा नवीन राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भए । यसैगरी सदस्यहरूमा गोविन्द राई, रतन कार्की, मनिष दाहाल, देवेन्द्र बास्तोला, शेखर राई, दिनेश बस्नेत, अनुरोध थापा, समीर राई, सुदीप उप्रेती, महिला सदस्यमा कौशिला सुब्बा र आशा राई रहेका छन् । ताप्लेजुङ, इलाम र सङ्खुवासभा जिल्लाबाट सदस्य आगामी पहिलो बैठकले चयन गर

    • प्रकाशित मितिः पुष २६, २०७६
    • ४३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एमएम कप: प्रदेश २ विजयी

    इनरुवा/ वलाहा (ब्लाष्ट) कर्णाली प्रदेश सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । इनरुवा खेल मैदानमा सम्पन्न समूह बि अन्तर्गतको दोस्रो खेलमा प्रदेश २ सँग ८ विकेटको हारसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको हो । कर्णाली प्रदेशले दिएको १ सय ३० रनको लक्ष प्रदेश नम्बर २ ले २२ ओभर ५ बल खेल्दै २ विकेटको क्षतिमा भेट्टायो । प्रदेश २ को जितमा हसिम अन्सारीले अर्धशतकीय पारी खेले । ७७ बलको सामना गरेका अन्सारीले ११ चौका र १ छक्काको मद्दतमा नटआउट ८० रन बनाउँदा सुरज पटेलले ३३ रन जोडे । प्रदेश २ का हरिशङ्कर साहले ५ र सुधिर चौधरीले व्यक्तिगत २ रन बनाए । कर

    • प्रकाशित मितिः पुष २५, २०७६
    • १०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गोधुली कप: धरान–१६ र ८ क्वार्टरमा

    धरान/ बीसौं टुर्बोग गोधुली रनिङ कपअन्तर्गत बिहीबारको खेलमा धरान–१६ र धरान–८ क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । धरान रङ्गशालमा जारी पहिलो खेलमा धरान–१६ ले धरान–१३ लाई १–० गोलले हराएको छ । खेलमा निर्णायक गोल दोस्रो हाफको ११ औं मिनेटमा मन्दिप बस्नेतले गरे । खेलको म्यान अफ दी म्याच पनि उनी नै घोषित भए । उनलाई नगद १५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ । त्यस्तै दोस्रो खेलमा धरान–८ ले धरान–१४ लाई पनि १–० गोलले नै हराउन सफल भएको हो । जितका लागि धरान–८ का आयुस माझीले गोल गरे । उनले खेलको ३४ औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई क्वार्टर फाइ

    • प्रकाशित मितिः पुष २५, २०७६
    • १९६ पटक पढिएको
    • तस्बिरः मनोज चाम्लिङ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved