खेलकुद

    Showing ५१-६० of १,७०४ items.
  • हिमालयनको स्पोर्ट्स विक शुरु

    वराहक्षेत्र / वराहक्षेत्रको चतरा स्थित हिमालयन ईङ्गलिस स्कुलले वार्षिक खेलकुद सप्ताह ‘हिमालयन स्पोर्ट्स विक’ शुरु गरेको छ । विभिन्न विधाका दौडमा विद्यार्थी सहभागी गराई सोमबारबाट खेलकुद सप्ताह शुरु भएकोहो । तेस्रो त्रैमासिक परीक्षाको समापनसँगै शुरु भएको खेलकुद सप्ताहमा १,२ र ३ सय मीटरको रिले दौड क्रिकेट, फुटबल, ब्यालेन्स रेस, स्याक रेस, विल ब्यारो रेस, हर्स रेस, कोइन पिकिङ ब्याटमिन्टन, लगायत दर्जनौं खेलकुदका विधा तथा चेस र नृत्य प्रतियोगिता समावेश गरिएको विद्यालयका वरिष्ठ शिक्षक तथा खेल संयोजक प्रदीप ठकुरीले बताए । खेलकुद सप्ताहमा कक्षा १ देखि ९ कक्षा र सदनहरुको विद्यार्थी सहभागी

    • प्रकाशित मितिः माघ ७, २०७६
    • १२१ पटक पढिएको
    • सन्तोष गुप्ता
  • युजिए भलिबल कपः उपाधि ज्ञानदर्पण र पुलिसलाई

    धरान/सातौं युनाइटेड गोर्खा एकेडेमी भलिबल कपको उपाधि छात्रातर्फ इटहरीको ज्ञानदर्पण एकेडेमी र छात्रको पुलिस स्कुलले जितेको छ । सोमबार उपाधि रक्षा गरेका ज्ञानदर्पण र पुलिसले जनही नगद १७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाए । ज्ञानदर्पणले आयोजक युजिए ‘ए’ लाई ३–० को सेटमा पराजित गरेको छ । उसले २५–१८, २५–१९ र २५–१८ को सोझो सेटमा हराएको हो । छात्रमा पुलिसले समिट स्कुललाई ३–१ को सेटमा पराजित गरेको हो । उसले पहिलो, तेस्रो र चौथो सेट जित्दा दोस्रो सेटमा २० अङ्कमात्रै जोडेको थियो । उपविजेता बनेका छात्रछात्रा टिमले नै नगद १४ हजार रुपैयाँसहित ट्र

    • प्रकाशित मितिः माघ ६, २०७६
    • ११६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पानवारी भलिबल कप शुरुः बाँझगरा क्लव र प्रदेश प्रहरी विजयी

    धरान / प्रदेशस्तरिय पाँचौ पानवारी भलिबल कप आजदेखि धरान–६ मा शुरु भएको छ । उद्घाटन खेलमा आयोजक सयपत्री बोइज युनियन क्लब (रातो) प्रतियोगिताबाट बाहिरिएको छ । बाँझगरा युवा भलिबल क्लबसँग २–० को सोझो सेटमा आयोजक पराजित भएको हो ।२५–२३ र २५–२२ को सेटमा आयोजक टिम पराजित भएको हो । खेलको म्यान अफ द म्याच आयोजक टिमका बसन्त राई भए । त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा एक नं. प्रदेश प्रहरी रानीले विमान टे«डर्स बिर्तामोडलाई २–० को सोझो सेटमा पराजित गरेको छ । रानीले २५–१९ र २५–२२ को अन्तरमा पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच बिर्तामोडका भुवन क्षेत्र

    • प्रकाशित मितिः माघ ६, २०७६
    • १२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गाेधुली कपः धरान १७ द्वारा उपाधिमाथि ह्याट्रिक

    धरान । २० औं अन्तर वडास्तरीय टुबोर्ग गोधुली रनिङ कपको उपाधि धरान–१७ ले उचालेको छ । उपाधिसँगै धरान–१७ ले उपाधिमाथि ह्याट्रिक पूरा गरेको छ । १८ औं गोधुलीपछि धरान–१७ ले एकछत्र जित हासिल गरिरहेको छ । शनिबारको फाइनल खेलमा धरान–१७ ले धरान–१६ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित रनिङ ट्रफी जित्न सफल भएको छ । उपविजेता बनेको धरान–१६ ले भने नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाण पत्र हात पा¥यो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरीमा रोकिएपछि सिधै टाइब्रेकरमा

    • प्रकाशित मितिः माघ ४, २०७६
    • १९७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एम्स स्पोर्ट्स मिट सम्पन्न

    धरान / धरान–१२ स्थित एम्स एकेडेमीको ‘एम्स स्पोर्टस् मिट’ बिहीबार सम्पन्न भएको छ । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, फुटसल, बास्केटल प्रतियोगिता गरिएको छ । बिहीबार धरान–१६ स्थित इण्डोर बास्केटबल कोर्टमा बास्केटबल प्रतियोगिता गर्दै कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कक्षा १२ र ११ बीचको स्पर्धामा ३४–१८ को अङ्कले कक्षा ११ विजयी बनेको छ । मङ्गलबारदेखि शुरु भएको प्रतियोगितामा करिब ३ सय विद्यार्थीहरू सहभागी बनेको स्कुलका प्राचार्य मित्र तामाङले जानकारी दिए । प्रतियोगितामा बास्केटबलमा कक्षा १२ की आस्था राई र समिर राई, भलिबलमा कक्षा

    • प्रकाशित मितिः माघ ४, २०७६
    • १५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सातौं युजिए कप, क्वार्टर फाइनलको समीकरण पूरा

    धरान / सातौं युनाइटेड गोर्खा एकेडेमी भलिबल कपको क्वार्टर फाइलनको समीकरण पूरा भएको छ । शुक्रबार विद्यालयको भलिबल कोर्टमा सम्पन्न खेलमा पुलिस स्कुल, पूर्वाञ्चल स्कुल, बालविकास, ज्ञानदर्पण र प्याराडाइज स्कुल क्वार्टर फाइलनमा प्रवेश गरेका छन् । बिहीबारदेखि प्रतियोगिता शुरु भए पनि शुक्रबार मात्रै खेलको उद्घाटन गरिएको थियो । कार्यक्रमको महेन्द्र बहुमुखी क्याम्पस धरानका सहप्राध्यापक हरिप्रसाद दाहालले उद्घाटन गरेका थिए । पुुलिसले तरहरा मोडेल स्कुललाई २–१ को सेटमा हराउन सफल भएको छ । पुलिसले पहिलो सेटमा १८–२५ को हार बेहेरे पनि दोस्रो र तेस्रो सेटमा २५–१८ र २५–१६ अङ्क बनाउँदै जित

    • प्रकाशित मितिः माघ ४, २०७६
    • १२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेशस्तरीय महिला गोल्डकप प्रतियोगिता शुरु

    धनकुटा / शहीद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि धनकुटामा शुरु भएको छ । प्रतियोगिताको समुद्घाटन प्रतिनिधि सभाका सदस्य राजेन्द्रकुमार राईले समुद्घाटन गरे । प्रतियोगिताको समुद्घाटन गर्दै राईले नेपालमा फुटबल खेलको ठूलो सम्भावना रहेको बताउँदै अब खेलेर पनि जीवन निर्वाह गर्दै खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रको पहिचान स्थापित गर्न सकिने बताए । उद्घाटन कार्यक्रममा प्रदेश सभाका सांसद् लीला सुब्बा, जिल्ला समन्वय समितिका प्रमुख टङ्कबहादुर चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रतिष्ठानका सल्लाहकार विजयसन्तोषी राईले शहीद रामकृष्णा श्रेष्ठको योगदानको चर्चा

    • प्रकाशित मितिः माघ ४, २०७६
    • १७० पटक पढिएको
    • ब्लाष्ट खबर
  • एम्स स्पोट्र्स मिट शुरु

    धरान/ धरान–१२ को एम्स एकेडेमीले मङ्गलबारबाट ‘एम्स स्पोट्र्स मिट’ शुरु गरेको छ । कलेजले स्पोट्र्स मिट अन्तर्गत फुटबल, फुटसल, ब्याडमिन्टन, टेबलटेनिस, चेस, भलिबल र बास्केटल प्रतियोगिता गरिरहेको छ । जसमा कलेजका झण्डै ३ सय विद्यार्थीहरू कुनै न कुनै खेलमा जोडिने कलेजका प्राचार्य मित्र तामाङले बताए । कलेजमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थीहरू सहभागी छन् । फुटबल, फुटसल, ब्याडमिन्टन, टेबलटेनिस, भलिबल र बास्केटबलमा ६–६ वटा टिमहरूबीच प्रतिस्पर्धा भइरहेको कलेजका कोआर्डिनेटर हेमन्त भण्डारीले बताए । उद्घाटनको अवसरमा प्रतियोगिताका खेल संयोजकहरूलाई ट्रयाकसुट वितरण गरिएको छ । कार्य

    • प्रकाशित मितिः माघ १, २०७६
    • १५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पानवारी भलिबल कपको पाँचौं संस्करण माघ ६ गतेदेखि

    धरान / धरान–६ स्थित सयपत्री बोइज युनियन क्लवले संचालन गदैं आएको प्रदेश नं १ स्तरीय पानवारी भलिबल रनिङ कपको पाँचौं संस्कबरण माघ पहिलो साताबाट हुुने भएको छ । आयोजक क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म आयोजना हुने जानकारी दिएको छ । धरानको वडा नं ६, पानवारीस्थित सिमल चौरी खेल मैदानमा हुने प्रतियोगिता १० वटा सतरीय टिमले भाग लिने छन् । प्रतियोगिताको विजेताले चाँदीको रनिङ ट्रफीसँगै नगद ७५ हजार पाउने छ । उपविजेताले ४१ हजार पुरस्कार राखिएको आयोजक क्लबका अध्यक्ष एसपजंग रुम्दालीले पत्रकार सम्मेलनमा बताए । क्लवका महासचिव केदार बस्नेतका अनुसार सम्भावित टिमहरुमा १ नं प्

    • प्रकाशित मितिः पुष २९, २०७६
    • ३५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बर्जु महोत्सवमा कुस्ती खेल

    इनरुवा/ सुनसरीको बर्जु गाउँपालिकामा जारी बर्जु महोत्सवमा कुस्ती प्रतियोगिता भएको छ । पुस १८ गतेबाट बर्जु ताल छेउमा सुरु महोत्सवमा विभिन्न स्टल र रमाइलो मेलासँगै कुस्तीका प्रतियोगिता सञ्चालन भैरहेका छन् । महोत्सवमा दर्शकको ध्यान भने कुस्तीतर्फ बढी केन्द्रित देखिएको छ । दैनिक मध्यान्हपछि आयोजना हुने कुस्ती हेर्न गाउँपालिकाका वडासँगै आसपासका गाउँपालिका र विराटनगरबाट समेत दर्शक आउने गरेका छन् । आयोजकले कुस्तीतर्फको दर्शकको क्रेज देखेरै प्रतियोगिताका खेलहरू लमब्याउँदै आएको छ । महोत्सव आयोजक संस्था बर्जु सामुदायिक विकास केन्द्रका उपाध्यक्ष सञ्जीव चौधरीले भने महोत्सवको व्यवस्थापन निकै खर्चिलो र

    • प्रकाशित मितिः पुष २९, २०७६
    • १०७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved