खेलकुद

    Showing ३१-४० of १,६५० items.
  • सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक

      काठमाडाैं / तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई सो सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए । प्रतियोगितामा नेपाली सेनाका खेलाडीले ३१ रजत र ४९ कास्य पदक प्राप्त गर्नुभएको छ । प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ विभागीय टोली हो । आर्मी क्लबमा आबद्ध गौरिका सिंहले पौडीका विभिन्न खेलमा चार स्वर्णसहित नौ पदक जितेर यस प्रतियोगितामा सर्वाेत

    • प्रकाशित मितिः मंसिर २५, २०७६
    • १५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपालले हात पार्याे पुरुष फुटबलको स्वर्ण , भुटान २ –१ ले पराजित

    ब्लाष्टखबर। २ –१ गाेल अन्तरले भुटानलाई हराउँदै पुरुष फुटबलको स्वर्ण नेपालले हात पारेकाे छ ।  आज (मंगलबार) भएकाे १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतकाे पुरुष फुटबलको फाइल खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो ।  दशरथ रंगशालामा भएको फाइनल  खेलकाे १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको नेपाल ३७ औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले गाेल फर्काएसंगै बराबरीमा फर्कीएकाे थियाे । दाेस्राे हापमा हेड मार्फत पुन: नेपालकाे तर्फबाट सुनिल बलको गोल गरेसंगै पुन: अग्रता लिएकाे नेपाललाई राेक्न भुटानकाे तर्फबाट प गोल हुन सकेनपछि नेपालले भुटानलाई २-१ ले हराउँदै पुरु

    • प्रकाशित मितिः मंसिर २४, २०७६
    • ३१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सागः बास्केटबलमा नेपाल सेमिफाइनलमा

      काठमाडाैं / तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपाल माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपालका लागि असिम श्रेष्ठले सर्वाधिक १८ स्कोर गरे । त्यसैगरी आयुष सिंहले १५ तथा सदीश प्रधानले १४ स्कोर गरे । अब नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ । अर्को सेमिफाइनलमा बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ ।

    • प्रकाशित मितिः मंसिर २२, २०७६
    • १५० पटक पढिएको
    • रासस
  • नेपालबाट माल्दिभ्स पराजित

      ब्लाष्टखबर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । जीतको लागि नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभारमा ६ विकेट गुमाएर ७९ रनमा समेटियो ।   माल्दिभ्सका लागि मोहमद आजमले सर्वाधिक १७ रनको योगदान दिए भने मोहमद रिस्वानले १३ तथा अलि इभानले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालले सुशन भारी र ललित राजवंशीले समान दुई/दुई विकेट

    • प्रकाशित मितिः मंसिर २०, २०७६
    • ९७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मदरको दशौं संस्करणको फुटबल खेल सम्पन्न

    मधुमल्ला । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको मदर मधुमल्ला मा.वि.ले अन्तर सदनात्मक खेलकुद कार्यक्रम अन्र्तगत श्री सत्य साइ मेमोरीयल सुपर फाइभ रनिङ सिल्ड फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार विद्यालय परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी १० औं संस्करणको खेलकुद कार्यक्रम सम्पन्न गरेको हो । अन्तर सदनात्मक रुपमा लिग आधारमा संचालन गरीएको छात्र -छात्रा फुुटबल प्रतियोगिता संचालन गरिएको बिद्यालयका सहायक प्रिन्सिपल पुष्प बरालले बताए । प्रतियोगिता अन्र्तगत छात्र तर्फ लुम्बिनी सदन प्रथम र मनकामना सदनले द्धितिय स्थान हाँसिल गरे । त्यस्तै छात्रा तर्फ जनकुर सदन प्रथम र लुम्बिनी सदनल

    • प्रकाशित मितिः मंसिर २०, २०७६
    • २२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तेह्रौँ साग: २९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा

      काठमाडाै‌ / तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म २९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ यस्तै भारत २३ स्वर्ण, १९ रजत र १२ कास्य गरी कुल ५४ पदकसहित दोस्रो स्थानमा छ । पाकिस्तान आठ स्वर्ण, १५ रजत र १३ कास्यसहित तेस्रो, श्रीलङ्का सात स्वर्ण, १८ रजत र ३२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, सात रजत र २४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ । नेपालले आज ट्रायथलन, तेक्वान्दो र करातेमा दुई/दुई स्वर्ण पदक जितेको हो साग पदक तालिका 

    • प्रकाशित मितिः मंसिर १९, २०७६
    • ११८ पटक पढिएको
    • रासस
  • बूढासुब्बा गोल्डकप अनिश्चित

    धरान/तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) का कारण टुबोर्ग बूढासुब्बा गोल्डकपको २२ औं संस्करण प्रभावित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को तालिका अनुसार बिहीबारबाट हुने भनिएको बूढासुब्बा गोल्डकप सागका कारण अनिश्चित बनेको हो । एन्फाले अर्को मिति तय नगरिञ्जेलसम्म बूढासुब्बा कहिले हुने भन्ने निश्चित नभएको आयोजक धरान फुटबल क्लबले जनाएको छ । क्लबले अर्को मितिका लागि एन्फालाई मङ्सिरको पहिलो साता नै पत्राचार गरेको जनाएको छ । मङ्सिर २८ गतेदेखि शहीद स्मारक लिग शुरु हुँदै छ । लिग फागुनको पहिलो साता अर्थात् ५ गतेसम्म जारी रहने छ । त्यो बीचमा बूढासुब्बा गोल्डकप हुने सम्भावना लगभग टरेको एन्फाका माना

    • प्रकाशित मितिः मंसिर १८, २०७६
    • १८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तेह्रौँ साग : महिला फुटबलमा नेपालको विजयी शुरुआत

      काठमाडाैं / तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज सम्पन्न भएको पहिलो खेलमा नेपालले विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दवावमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो । नेपालका लागि सरु लिम्बूले ८८औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । खेलको १५औं मिनेटमा सावित्रा भण्डारीले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकेनन  । श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेको थियो । सो अवसरमा नेपाली खेल

    • प्रकाशित मितिः मंसिर १७, २०७६
    • १२० पटक पढिएको
    • रासस
  • तेह्रौँ साग :पदक तालिकामा नेपाल शीर्ष स्थानमा

      काठमाडाै‌ /  तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ । यस्तै भारत तीन स्वर्ण, आठ रजत र तीन कास्यसहित दोस्रो स्थानमा छ । श्रीलङ्का तीन स्वर्ण, छ रजत र १० कास्यसहित तेस्रो, पाकिस्तान दुई स्वर्ण, तीन रजत र पाँच कस्यसहित चौथो, बङ्गलादेश एक स्वर्ण र १२ कास्यसहित पाँचौँ तथा भुटान एक कास्यसहित पदक तालिकाको छैटौँ स्थानमा छ । माल्दिभ्सले भने अहिलेसम्म कुनै पदक प्राप्त गर्न सकेको छैन । नेपालले आज सम्पन्न खेलमा कराते र तेक्वान्दोमा आफ्नो वर्चश्व जमाएको हो । कराते र त

    • प्रकाशित मितिः मंसिर १७, २०७६
    • ४२८ पटक पढिएको
    • रासस
  • प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सुजनको जोडीलाई

    उदयपुर/१ न. प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगितामा सुजन श्रेष्ठ (धरान) र प्रनिशसिंह ठकुरी (झापा)को जोडीले उपाधि चुमेका छन् । उदयपुरमा सञ्चालन भएको प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा उक्त जोडीले उपाधि चुमेका हुन् । त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला ब्याडमिन्टन सङ्घ उदयपुरको आयोजनामा भएको प्रतियोगितामा रविन साउदेन (धरान) र प्रकाश राई (दमक) लाई फाइनल खेलमा पछि पार्दै श्रेष्ठ र ठकुरीको जोडी प्रथम भएको हो । साउदेन र राईको जोडी दोस्रो भएका छन् । उदयपुरका सरोज खवास र हिमाल श्रेष्ठको जोडी तथा भोजपुरका विशाल तामाङ र प्रमिश श्रेष्ठले तेस्रो स्थान हात पारेका छ

    • प्रकाशित मितिः मंसिर १५, २०७६
    • १२७ पटक पढिएको
    • सिंह चाम्लिङ राई

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved