एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो ।खेलको पहिलो हाफमा नेपाल र जोर्डनले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने जोर्डनले दुई गोल ग¥यो । पहिलो हाफको ४३औँ मिनेटमा नेपालका गोलकिपर दीप कार्कीले जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाउन सफल भएका थिए । उनले जोर्डनसँगको खेलमा डेब्यु गरेका हुन । गौतम श्रेष्ठले जोर्डनका मोहमद फैजललाई पेनाल्टी बक्सभित्र लडाएपछि पेनाल्टी पाएको हो । दोस्रो हाफमा जोर्डनका लागि अली ओल्वान र हाम्जा अल दारदौरले ए
विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका २५ जना तेक्वाण्डोे खेलाडीहरूको ग्रेड वृद्धि भएको छ । विराटनगर – १९ युनिक बोर्डिङ स्कुलमा आइतबार एक कार्यक्रम आयोजना गरि खेलाडीहरूको ग्रेड वृद्धि गरेको हो ।तेक्वाण्डो खेलका कलर बेल्ड खेलाडीहरुको ग्रेडिङ्ग वृद्धि भएपछि उनीहरूलाई बेल्ड र प्रमाणपत्र बितरण गरिएको नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघको केन्द्रीय अध्यक्ष तथा आइटिएफ तेक्वाण्डो प्रदेश नं. १ का अध्यक्ष प्रविण कार्कीले जानकारी दिए । ग्रेड वृद्धि भएका विद्यार्थीहरूलाई निलो र रातो बेल्ड प्रदान गरिएको थियो । ग्रेड वृद्धि गरिएको खेलाडीहरूलाई प्रमाणपत्र अध्यक्ष कार्की, कार्यक्रम संयोजक सन
नेपालले तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पाहुना टोली युगान्डालाई जितका लागि १०० रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९९ रनको योगफल बनायो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन् ।त्यसैगरी कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै १८ रन जोडिन् भने सीता रानामगर १२ रनमा आउट भइन् । त्यस्तै विन्दु रावलले चार रन जोडद रोमा थापा र डोली भट्टले समान तीन–तीन रन जोडिन् । सबनम राई र इन्दु बर्माले एक–एक रन जोडिन् ।बलिङमा युगान्डाका फिओना कुलुमे, कोन्सी अवेको र सराह अकिटेङले समान दुई
धरान । धरान रन समूहका संस्थापक अध्यक्ष सन्तोष राईले स्पाइनल इञ्जुरी सङ्घ प्रदेश १ को अक्षयकोषका लागि रकम प्रदान गरेका छन् । बुधबार इटहरीमा आयोजित कार्यक्रममा सङ्घको अक्षयकोष स्थापनार्थ ५ लाख २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । धावक राईले हालै अन्तर्राष्ट्रिय साहसिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ मा सफलता प्राप्त गरेका छन् । यही सफलतापश्चात् नै उनले अक्षयकोषका लागि रकम प्रदान गरेका हुन् । धरान रन समूहले पनि हरेक वर्ष नेवा च्यारिटी १० के रन प्रतियोगिता गर्दै आएको छ । नेवा च्यारिटी रन देशभरिकै सबैभन्दा बढी धावकधाविका दौडने प्रतियोगिता हो । त्यस्तै स्पाइनल इन्जुरी सङ्घकै सदस्य आशि
बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहेका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका छन् । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले विश्व रेकर्ड बनाउन सफल भएका हुन् । जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ सम्पन्न सो प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढाढेलेका थिए । उनहरु दुवै ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी छन् । सिमुरा डोजोको ५०आैँ वार्षिकोत्सका अवसरम
धरान । वडास्तरीय मेयर कप बास्केटबल प्रतियोगिताको उपाधि धरान–१७ ले जितेको छ । धरान–१७ स्थित श्री माविको बास्केटबल कोर्टमा आइतबार सम्पन्न फाइनलमा धरान–१७ ले धरान–१५ लाई ७९–७६ झिनो अङ्कले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै धरान–१७ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको धरान–१५ ले नगद २५ हजार रुपैयाँसहित ट्रफी पाएको प्रतियोगिताका व्यवस्थापक हराइजन क्लबका अध्यक्ष वसन्त राईले जानकारी दिए । उनका अनुसार धरान–१७ ले प्रत्येक क्वार्टरमा १०–२९–१५–२५ र धरान–१५ ले १७–१२–२५–२२ अङ्क बटुलेको थियो । खेलमा सर्वोत्कृष्ट खेलाडी धरान–१७ का कविन मगर घोषित हुँदै नगद ५ हजार रुपैयाँसहित ट्रफी र
रन क्लब नेपालको आयोजनामा तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेस प्रतियोगिता यही वैशाख १० गते शनिबार हुने भएको छ ।प्रतियोगितामा पुरुष–महिला खुला र छात्र–छात्रा गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा करिब ४०० खेलाडीको सहभागिता रहने आयोजकको भनाइ छ ।खुलामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु २५ हजार, रु १२ हजार र रु आठ हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी छात्र–छात्रामा पहिलो हुने खेलाडीले रु १० हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुने खेलाडीले रु तीन हजार पुरस्कार पाउने छन् । दौड ठमेलस्थित छायाँ सेन्टरबा
बिर्तामोड । झापा जिल्ला फुटबल सङ्घको अध्यक्षमा पुनः भगिरथ आले ‘मामा’ सर्वसम्मत चयन भएका छन् । आले सङ्घका संस्थापक अध्यक्ष पनि हुन् ।आले सङ्घको चौथोपटक अध्यक्षमा चयन भएका छन् । धुलाबारीमा सम्पन्न आठौँ साधारणासभाबाट आलेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सङ्घको उपाध्यक्षत्रयमा टीकाराम प्रसाईं, मनेष दाहाल र सञ्जय राई रहेका छन् । कार्यसमितिको सदस्यमा टेकराज तिलिङ, अमिर श्रेष्ठ, जीवनकुमार मोते, वसन्त श्रेष्ठ, नोभेम्वर नेम्वाङ, बुद्धराज लिम्बू, किशोरकुमार कार्की, सन्तोष राई रहेका छन् ।महिला सदस्य पुनम सुब्बा चयन भएको निर्वाचन समितिका अध्यक्ष अजय घिमिरेले प्रकाशित गरेको सूचनामा जनाइए
यासोक । तेस्रो कुम्मायक–कुस्सायक खुल्ला पालिकास्तरीय नकआउट भलिबलको उपाधि दमक नगरपालिकाले हात पारेको छ ।त्रिशाली मेला र पूजाको अवसरमा सञ्चालन गरिएको प्रतियोगितामा दमकले उपाधि हात पारेको हो । सोमबार भएको फाइनल खेलमा पाँचथरको याङ्वरक गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै दमकले उपाधि हात पारेको हो । उपाधि हात पारेको दमकले नगद ६५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र पायो भने उपविजेता याङ्वरकले ३५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त ग¥यो । विजेता टोलीलाई राप्रपा नेपालका केन्द्रीय सह–महामन्त्री तेजकुमार कुरुम्बाङ र उपविजेता टिमलाई नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति मैया
धरान । तेस्रो न्यू जेनेरेसन च्यालेन्ज कपको उपाधि वराहक्षेत्रको सालबन्दी फुटबल क्लबले जितेको छ । सुनसरी वराहक्षेत्र–३ मा शनिबार सम्पन्न फाइनलमा धरानको फेयर फुटबल क्लबलाई २–० गोलले हराउँदै सालबन्दीले उपाधि जितेको हो । खेलमा सालबन्दीका आशिष चौधरी र आशिष राईले गोल गर्दै टिमलाई जिताए । विजेता सालबन्दीले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता बनेको फेयरले नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी पाएको छ । विजेता तथा उपविजेतलाई नेकपा (एमाले) सुनसरी जिल्ला सदस्य एवम् वराहक्षेत्र इन्चार्ज रुद्र दाहाल, न्यू जेनेरेसन क्लबका अध्यक्ष अजित राजधामीलगायतले पुरस्कार वितरण गरे ।
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved