Trending Tags

खेलकुद

    Showing ११-२० of २,०८५ items.
  •  धरान भेट्रानस बन्यो उद्घाटन खेलकाे विजयी 

    पथरी । मोरङको कानेपोखरी—५, स्थित जहदाको रङ्गशालामा आइतबार देखी सुरु भएको ‘जहदा भेट्रानस गोल्ड कप’ प्रतियोगिता उद्घाटन खेलमा हाम्रो धरान भेट्रानस एफसी विजय भएको छ ।आइतबार भएको खेलमा एभरेष्ट भेट्रानस मोरङलाई २–४ गोलको अन्तरले टाईव्रेकरमा हाम्रो धरान भेट्रानस एफसी विजय भएको हो । खेलको निर्धारित समय बराबरीमा टङ्गिएपछि खेलको छिनोफाने टाईब्रेकरले गरेको थियो । धरान भेट्रानस एफसीको तर्फबाट टाईब्रेकरमा खगेन्द्र लिम्बु, तीर्थराज मगर, जनकराज सुनुवार र योगेन्द्र राईले गोल गरेका थिए ।त्यसैगरी, एभरेष्ट भेट्रानस मोरङको तर्फबाट प्रेम घिमिरे र डिल्लीराम श्रेष्ठले गोल गरेका थिए । अन्य भुवनसिंह राई र बद्रि बिष्ट

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ११९ पटक पढिएको
    • दिनेश सुब्बा
  • जहदा भेट्रानस गोल्डकपको उद्घाटन खेलमा धरान भेट्रानस विजयी

    पथरी । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा आजदेखि सुरु भएको ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिता उद्घाटन खेलमा हाम्रो धरान भेट्रानस एफसी विजय भएको छ ।आइतबार भएको खेलमा एभरेष्ट भेट्रानस मोरङलाई २–४ गोलको अन्तरले टाईव्रेकरमा हाम्रो धरान भेट्रानस एफसी विजय भएको हो । खेलको निर्धारित समय बराबरीमा टङ्गिएपछि खेलको छिनोफाने टाईब्रेकरले गरेको थियो । धरान भेट्रानस एफसीको तर्फबाट टाईब्रेकरमा खगेन्द्र लिम्बु, तीर्थराज मगर, जनकराज सुनुवार र योगेन्द्र राईले गोल गरेका थिए ।त्यसैगरी एभरेष्ट भेट्रानस मोरङको तर्फबाट प्रेम घिमिरे र डिल्लीराम श्रेष्ठले गोल गरेका थिए । अन्य भुवनसिंह राई र बद्रि बिष्टले भने प

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • १६० पटक पढिएको
    • दिनेश सुब्बा
  • प्रदेशस्तरीय आइटीएफ तेक्वान्दोमा आयोजक हाबी

    पथरी । एक नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगितामा आयोजक टिम कानेपोखरी आइटिएफ तेक्वान्दो डोजाङ च्याम्पियन बनेको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ मा सम्पन्न प्रतियोगितामा आयोजकले ८ वटा स्वर्ण, ८ रजत र ९ कास्य पदक हात पार्दै च्याम्पियन बनेको हो । च्याम्पियन बनेको आयोजकले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो बनेको सुनसरीले ८ वटा स्वर्ण, २ रजत र ३ काँस्य पदक हात पारेको छ । उसले नगद ८ हजार रुपैयाँसहित ट्रफी पाएको छ । तेस्रो बनेको झापाले ७ स्वर्ण, ९ रजत र ६ काँस्य पदक हात पारेको छ । उसले नगद ५ हजार रुपैयाँ पाएको छ । विजेता खेलाडीहरूलाई का

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिताको पहिलो दिन आयोजकको वर्चस्व

    पथरी । प्रथम अध्यक्ष कप, १ नम्बर प्रदेश स्तरीय आई.टी.एफ.तेक्वाण्डो प्रतियोगितामा पहिलो दिन आयोजक टिम कानेपोखारी आई.टी.एफ.तेक्वाण्डो डोजाङ्ले उत्कृष्ट खेल प्रदर्शन गरेको छ ।  मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित जनसेवाको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो दिन इस्पारिङ र प्याटनतर्फको विजेता घोषणा गरी मेडल र प्रमाण पत्र प्रदान गरेको छ । पहिलो दिनको खेलमा आयोजकले धेरै पदक जित्न सफल भएको छ । एकल इस्पारिङ तर्फ जुनियर महिला तर्फ २० देखी २५ केजी तौल सम्मको प्रतियोगितामा सुनसरीका सदिक्षा राई प्रथम, आयोजकका सुनिता तामाङ द्वितीय र आयोजककै सुवानी राजभण्डारी र जेनिसा धिमाल तृतीय भएका छन् ।

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १७३ पटक पढिएको
    • दिनेश सुब्बा
  • शहीद स्मारक ‘ए’ डिभिजन लिगः टिकटको मूल्य निर्धारण

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति  १०० तथा भीआइपीतर्फ ५०० निर्धारण गरिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। लिगको उद्घाटन खेल आगामी मङ्सिर ३ गते नव प्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । महासचिव तुलाधरले दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै फ्लड लाइटमा पनि खेल खेलाइने जानकारी दिए । लिग निर्देशक सञ्जी

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कानेपोखरीमा जहदा भेट्रानस गोल्डकप हुर्दै

    पथरी /  मोरङको कानेपोखरी—५, जहदा स्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिता हुने भएको छ । जहदा भेट्रानस क्लबको आयोजना र नव प्रगतीशिल समाज सेवा क्लबको संरक्षकमा आयोजना हुन लागेको हो । प्रतियोगिता यही कात्तिक २८ गते उद्घाटन भएर मंसिर ५ गते समापन हुने खेल संयोजक डेनी राईले बताए । खेलमा ८ भेट्रानस टिम सहभागी हुर्दैछ । पाहुनाको रुपमा नवलपरासी भेट्रानस टिम, धरान, इटहरी, विराटनगर, दमक, एभरेष्ट मोरङ, जहदा भेट्रानस लगाएत टिम रहेको खेल सहसंयोजक भोजकुमार श्रेष्ठले बताए ।प्रतियोगितामा विजेत टिमले १ लाख, ट्रफी,मेडल र प्रमाण पत्र र उपविजेताले ५१ हजार, ट्रफी,मेडल र प्रमाण

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १५२ पटक पढिएको
    • दिनेश सुब्बा
  • तरहरामा सम्पन्न थ्री अन थ्री महिला पुरुष बास्केटलको दुवै उपाधि धरानलाई

    धरान । तरहरामा सम्पन्न थ्री अन थ्री महिला पुरुष बास्केटबल प्रतियोगितामा दुवै उपाधि धरानको टिमले जितेको छ । पुरुषतर्फ धरानको हाम्रो कलेक्सनले उपाधि उचाल्दा महिलामा यलम्बर बास्केटबल टिमले जितेको हो । फाइनल खेलमा हाम्रो कलेक्सनले धरानकै ब्रदर्सलाई पराजित गर्दा महिलामा यलम्बरले धरानकै मिराकल ए टिमलाई जितेको थियो । विजेता महिला टिमले नगद ५ हजार र पुरुष टिमले नगद १० हजार रुपैयाँसहित ट्रफी, प्रमाण पत्र पाएको छ । व्यक्तिगत टाइटलतर्फ पुरुषमा ब्रदर्सका सर्वधन राई र महिलामा यलम्बरकी लियालिसा श्रेष्ठले जित्दै ट्रफी पाए । विजेता टिमलाई बास्केटबल प्रशिक्षक विकास चाम्लिङ, आयोजक क्लब तरहरा स्पो

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • ११८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

    लक्ष्मीमार्ग ।  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पा क्लबले उचालेको छ । बुधबार भएको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ)काठमाण्डौलाई ३-१ को गोल अन्तरले हिमालयन शेर्पाले उपाधि रक्षा गरेको हो । खेल सुरु भएको ५ मिनेटमा हिमालयन शेर्पाका एन्जल गुरुङले गोल गर्दै अग्रता कायम गरेपनि ४३ मिनेटमा एपीएफका रबि थिङ्ले गोल गर्दै टिमलाई बराबरीमा उभ्याए। पहिलो हापमा रक्षात्मक देखिएको एपीएफ दोस्रो हापमा भने कमजोर देखियो । खेलको ७१ मिनेटमा हिमालयन शेर्पाका बिदेशी खेलाडी मुटुम्बाले र ८९ मिनेटमा सुरेश कुमालले १/१ गोल गर्दै टिमलाई बिजयी बनायो ।

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • १४४ पटक पढिएको
    • विवेक मिश्र
  • चौथो बेलबारी गोल्डकपः हिमालयन शेर्पा फाइनलमा

    लक्ष्मीमार्ग । हिमालयन शेर्पा क्लब काठमाडौं बेलबारी गोल्ड कपको फाइनलमा पुगेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको रोलिङ क्लब धुलाबारीलाई ३–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो ।खेलको १६ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी पिस्टन मुतुम्वाले गोल गरे । हिमालयनका कप्तान विश्वास श्रेष्ठले पोष्टमा प्रहार गरेको बल रोलिङ क्लबका गोलरक्षक मनोज प्रधानले उत्कृष्ट बचाउ गर्दै सानो डिबक्समा पञ्च गरे ।सोही बललाई पिस्टनले जाली चुमाएका थिए । मध्यान्तर पछि हिमालयन शेर्पाले रोलिङलाई दबावमा राख्यो । रक्षात्मक देखिएको रोलिङ क्लब विरुद्ध हिमालयनका विश्वास श्रेष्ठले खेलको ५० औं मिन

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • १२९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकार महासंघ बिजयी

    विराटनगर । विराटनगर जेसीजले ‘जेसीज सप्ताहको’ अवसर पारेर आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ मोरङ बिजयी भएको छ । विराटनगरमा आइतबार विहान भएको फुटसल प्रतियोगितामा विराटनगर जेसिजलाई ५–४ गोलले हराउँदै नेपाल पत्रकार महासंघ मोरङ बिजयी भएको हो । प्रतियोगितामा पत्रकार अनिल श्रेष्ठले ह्याट्रिक गरेका छन् । उनले खेल अवधीभरिमा तीन, हरिहर नेपाल र पुन्य पि अधिकारीले १/१ गोल गरेका थिए । फुटसल प्रतियोगिताको संयोजकमा जेसीजका प्रितेसराज दाहाल रहेका थिए । विराटनगर जेसीजले जेसीज सप्ताहमा हप्ताभरी विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने गरेको छ । सप्ताह अन्र्गतको मैत्रीपूर्ण फ

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • १४५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved