Trending Tags

खेलकुद

    Showing १०१-११० of २,१३२ items.
  • चतरामा नकआउट फूटबल प्रतियोगिता हुने

    वराहक्षेत्र / सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतरामा असोज १० गतेबाट प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा मोरङ्ग, उदयपुर र सुनसरीका ८ टिम सहभागि हुने, चतरा फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।फुटबलमा आयोजक चतरा फुटबल क्लब, ग्रीन कल्चर, पञ्चकन्या फुटबल क्लब, जे.वाई.सी सुन्दर हरैंचा, हाटखोला, राजावास, इटहरी र एभरेष्ट फुटबलल क्लब भिडन्त गर्दैछन् ।विजेतालाई नगद धनराशि ४५ हजार र उपविजेतालाई नगद २० हजार र ट्रफि प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राजकुमार राईले बताए ।प्रतियोगिताको व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट सर्वाधिक गोलकर्ता, गोलकीपर र रक्षापंक्तिका खेलाड

    • प्रकाशित मितिः आश्विन ८, २०७८
    • २०२ पटक पढिएको
    • सन्तोष गुप्ता
  • नेपाली महिला क्रिकेट टोलीले इटहरीमा प्रशिक्षण सुरु गर्ने

    इटहरी / आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले सुनसरीको इटहरीमा प्रशिक्षण सुरु गर्ने भएको छ । इटहरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जगत टमटाले आज (बिहीबार) देखि एक सातासम्म इटहरीस्थित क्षेत्रीय रङ्गशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराइने जानकारी दिए । छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली महिला खेलाडीहरूलाई सानो–सानो समूहबाट प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ २७ देखि असोज २ गते कञ्चनपुरको महेन्

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • २८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फुटसलबाट लयमा फर्कंदै ‘धराने फुटबल क्रेज’, मितेरीको आयोजनामा प्रतियोगिता हुने

    कोभिड संक्रमणले थिलथिलो पारेको धराने फुटबल क्रेज क्रमशः जुर्मुराउँदै छ । धरानका व्यावसायिक फुटसल कोर्टमा सङ्क्रमण मत्थर हुँदै जाँदा आकर्षण बढ्दै गइरहेको छ । धरानका मितेरी फुटसल धरान ११, बुढासुब्बा (१८), बिग (१५) र धरान फुटसल (१२) मा दैनिक न्युनत्तम ५ टिमले खेल खेलिरहेका छन् । फुटबल फ्यान र खेलाडीको शहरका रुपमा परिचित धरानमा छुट्टीमा आएका सिंगापुर पुलिसका ‘अन सर्भिस’ हरुले मितेरी फुटसलको आयोजनामा प्रतियोगिता गर्ने भएका छन् ।  धरान ११ स्थित मितेरी फुटसल र सिंगापुर लिभ टोलीको संयुक्त आयोजनामा हुने प्रतियोगिताले फुटसलको व्यावसायिक स्पर्धाको झल्को दिएको छ । तर प्रतियोगिताको आयोजना भने ‘च्

    • प्रकाशित मितिः आश्विन ६, २०७८
    • ७१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कानेपोखरीमा खेलाडीहरुलाई खेल सामाग्री वितरण

    पथरी / मदन भण्डारी स्पोर्ट एकेडेमी कानेपोखरी र रमाइलो युवा परिवारले खेलाडीहरुलाई संयुक्त रुपमा खेल सामाग्री वितरण गरेको छ । सोमबार रमाइलोमा एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई फुटबल जर्सी र फुटबल वितरण गरेको हो । मदन भण्डारी स्पोर्टस एकेडेमी कानेपोखरीका संयोजक जीवन लिम्बु र रमाइलो युवा परिवारका अध्यक्ष नविन पौडेलले संयुक्त रुपमा खेलाडीहरुलाई जर्सी र फुटबल हस्तान्तरण गरेका थिए ।कार्यक्रममा गाउँपालिकाका खेलकुद परिषदका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष चरण गुरुङ, एकेडेमीका संयोजक लिम्बु र क्लबका अध्यक्ष पौडेलले मन्तव्य राखेका थिए । बक्ताहरुले फुटबल खेलाडी तथा अन्य खेलाडीहरुको समस्या तत्

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • ५२७ पटक पढिएको
    • दिनेश सुब्बा
  • नेपाल अमेरिकासँग पराजित

    आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपाल अमेरिकासँग एकदिवसीयमा पहिलो पटक पराजित भएको हो । अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६३ बलमा १२ चौका र तीन छक्का प्रहार गरे । यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए । सुसान्त मोदानीले दुई रन जोडे । नेपालका सन्दीप लामिछाने र करण केसीले

    • प्रकाशित मितिः आश्विन २, २०७८
    • २०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपालले अमेरिकाविरुद्वको खेलमा पहिले व्याटिङ गर्ने

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्ने भएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो । अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ । राष्ट्रिय टोलीमा गुलशनको यो डेब्यु समेत हो ।आज अमेरिकालाई पराजित गदै लगातार दोस्रो जित दर्ता गराउने दाउमा नेपाल रहेको छ । यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको

    • प्रकाशित मितिः आश्विन १, २०७८
    • २१९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बराहक्षेत्रका खेलाडीले गरे मास्क, सेनिटाइजर वितरण

    कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा गाउँका साप्ताहिक हाटबजार खुल्न थालेका छन् । हाटबजारमा बढ्दो भीडभाडका कारण सङ्क्रमणको जोखिम बढ्दो छ । वराहक्षेत्र २ स्थित हाटखोला फुटबल क्लबले हाटबजार क्षेत्रमा सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले जनचेतनामूलक अभियान सन्चालन गरेको छ । बिहीबारे हाटमा मास्क लगाउन प्रेरित जनचेतना कार्यक्रममा खेलाडीहरुले २२ सय मास्क वितरण गरेका छन् । हाटखोला फुटबल क्लबमा आबद्ध खेलाडीले मास्क र सेनिटाइजर वितरण गरेको सचिव रोहित साहले जानकारी दिए । खेलाडीहरुको चेतनामूलक अभियानमा उत्साह थप्न चतरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दम्पत

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ३६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विश्वकप क्रिकेट लिग–२ः नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित

     आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।अमेरिकाले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर २३० रनको योगफल तयार गरेको थियो । दुई सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि प्लेयर अफ दी म्याच हुनुभएका कुशल भुर्तेलले ८४ रनको योगदान दिए। उनले ९३ बलको सामना गर्दै तीन छक्का र तीन चौकासमेत प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले अविजित ६२ रन बनाए। उनले ८७ ब

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • २१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आइटिएफ तेक्वाण्डोद्धारा ९० जुनियर बेलटेष्ट ग्रेडिङ सम्पन्न

    पथरी/ कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्ले गाउँपालिका क्षेत्रभित्रका ९० जना जुनियर खेलाडीको बेलटेष्ट ग्रेडिङ सम्पन्न गरेको छ ।  तेक्वाण्डो डोजाङ्ले शनिबार वडा नंं. ६ स्थित जनसेवाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी खेलाडीको जुनियर बेलटेष्ट ग्रेडिङ सम्पन्न गरेको हो । जुनियर बेलटेष्ट ग्रेडिङमा ४५ जना एल्लो, ४३ जना स्टेप ग्रिन, ८ जना ग्रिन, १ जना स्टेप रेड र २ जना रेड बेल्ट पाउन सफल भएका छन् । कार्यक्रममा सफल खेलाडीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूले बेलको प्रमाण पत्र प्रदान गरेको थियो । जुनियर बेलटेष्ट ग्रेडिङ्मा सहभागी खेलागीहरुलाई प्रशिक्षक नविन तामाङ, चतुरलाल चौधरी र

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • २६४ पटक पढिएको
    • दिनेश सुब्बा
  • गाउँको फुटबल खेल उकास्न वराहक्षेत्रका युवा सकृय

    कोरोना सङ्क्रमणका कारण थलिएको गाउँको फुटबल खेल उकास्नका लागि वराहक्षेत्रका युवा सकृय भएका छन् । सङ्क्रमण केही मत्थर भएपछि युवाहरुले 'वार्म अप' सुरु गरेका छन् । खेलमा उत्साह थप्नका लागि कुवेतमा रहेका वराहक्षेत्रका खेलप्रेमी चन्द्र लिम्बू (गुना) ले १६ सेट जर्सी प्रायोजन गरिदिएका छन् । मलेसियामा रोजगारीका लागि गएका आकाशहाङ राईले स्वर्गीय बुवा गम्भीरध्वज राईको नाममा १६ सेट जर्सी पठाइदिएका छन् । शनिबार २२ बीघे फुटबल ट्रेनिङ सेन्टर खेल मैदानमा ए डिभिजन पूर्व खेलाडी तथा युवा व्यवसायी रोशन श्रेष्ठ, खेलकुद महासङ्घका केन्द्रीय सदस्य तथा नगर खेलकुद विकास समिति सदस्य अरुण राई, खेलकुद महासङ्घका जिल

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • ४२६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved